[Show all top banners]

instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

365

NepaliBudho
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यी हुन् नेपालकाे नयाँ संविधानका विशेषता
[VIEWED 11468 TIMES]
SAVE! for ease of future access.
Posted on 09-16-15 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संविधानका विशेषताहरु यस्ता छन् :

– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
– सार्वभौम र राजकीय सत्ता जनतामा
– सात प्रदेशको संघीय संरचना
– संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
– संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
– सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
– प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
– दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
– दुईतिहाइले संशोधन गर्न सकिने
– मिश्रित निर्वाचन प्रणाली
– केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
– प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
– केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
– राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
– प्रदेशमा एक सदनात्मक संसद्
– ७ प्रदेशमा कुल सांसद ५५०
– प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
– प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
– प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
– ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
– प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
– प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
– प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
– संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
– प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
– एकीकृत न्यायपालिका
– केन्द्रमा सर्वोच्च अदालत
– सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
– प्रदेशपिच्छे उच्च अदालत
– साबिक जिल्लामा जिल्ला अदालत
– आमा वा बाब’को नामबाट वंशजको नागरिकता
– धर्मनिरपेक्ष राष्ट्र
– धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
– मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
– सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
– राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
– जिल्ला प्रशासनिक इकाईका रूपमा रहने

– जिल्लामा निर्वाचित जिल्ला सभा रहने
– सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
– स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
– चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
– ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
– संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था

स्रोत : http://kantipur.ekantipur.com/news/2015-09-17/20150917074444.html
 
Posted on 09-16-15 9:04 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो नाम मात्र को नेपाल को संभिधान हो। यो भारत र अरु देस बाट पारित ,नेपाली जनचाहना बिपरीत को नेपाली संभिधान हो ।
8 बर्ष देखि संभिधान को भूत सुन्दै आएका नेपाली लाइ जस्तो रूप मा भए पनि आई दिए होस भनेर आइले खुसी मनाएका हुन तर यो संभिधान ले देस मा शान्ति ल्याउछ भन्ने आस चै छैन । प्रदेस प्रदेस बीच कुश्ती र फेरी सत्ता बाड फाड़ मा नेपाल अल्झिने छ ।
अरु कुरा तेस्तै हो कुकुर हरु ले दौरा सुरुवाल हटाए । एउटा राष्ट्रीय पोशाक को नाम मा केइ थो । अब त्यों नी रहेन । धन्न कुकुर हरु ले झण्डा र गाई लाइ चै छोएनन ।
मैले त पैले यो प्रदेस को कुरा निस्कदा देखि भनेको हो । बिहान निस्केर 24 घण्टा भित्र देस घुमी सक्ने जस्तो सानो देस मा किन चैयो प्रदेस । साले हरु को अरु खाने बहाना । अरु केइ हैन ।
आइले थारु को र मधेस को कुरा निस्कदा मधेस का अरु जाती लखाटेर जात्रा छ भन्ने समाचार आई रहेको बेला झन् प्रदेस नै ल खा भनेर दीदा के होला ।
श्री पशुपति नाथ ले नेपाल को रक्ष्या गरुन
 
Posted on 09-17-15 9:13 AM     [Snapshot: 367]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

७ प्रदेशमा कुल सांसद ५५० . जागिर खुलाएछन | 

Each state has 79 सांसद? Do we need that many ?


हाम्रो घरमा नेपालको झन्डा झुण्ड्याउन पाउने कुरा पनि संबिधानमै हुनु पर्ने हो कि ?  

I
Last edited: 17-Sep-15 10:35 AM

 
Posted on 09-17-15 10:57 AM     [Snapshot: 484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संबिधान सभा का संसद लाई चुप राखी संबिधान लेरौना प्रदेश मा तेती सांसदको जागिर राखेका होलान |
आफु आफु मा भोग नराखे त कसरि संबिधान बनौन दिन्थे ?
 
Posted on 09-17-15 11:55 AM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does anyone have this in English?
 
Posted on 09-17-15 4:57 PM     [Snapshot: 799]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Dharma nirapekchha re ani feri Muslim aayog re......

BTW, aba desh dharma nirapeksha bhai sake pachhi hindu dharma kaa sampada haru jastai Pashupatinath, darbar squares of patan, kathmandu, and bhaktapur etc., kina sarkari niyantran ma rakhne? Since all churches and mosques are free, Pashupatinath should also be free.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters