सदस्यको योग्यता ः देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिक संस्थाको सदस्य बन्न योग्य हुनेछ ।
(१) १८ वर्ष उमेर पुगेको ।
(२) राजनीतिक विषयमा पत्रकारिता गरिरहेको ।
(३) प्रचलित कानुनले अयोग्य नठहरिएको ।
(४) सल्लाहकार सदस्यका लागि उप नियम (२) लागू हुनेछैन ।
१७. सदस्यताको प्रकार ः
संस्थाको देहाय बमोजिमका चार प्रकारका सदस्य हुनेछन् ।
(१) साधारण सदस्य ः नेपालको कुनै पनि सञ्चार माध्यममा राजनीतिक विषयमा पत्रकारिता गरिहेको व्यक्ति संस्थाको साधारण सदस्य हुन सक्नेछ ।
(२) संस्थापक सदस्य ः संस्था स्थापना हुँदा केन्द्रीय समितिमा रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु संस्थाका संस्थापक सदस्य हुनेछन् ।
(३) सल्लाहकार सदस्यः नेपालको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएको व्यक्तिलाई संस्थाको सल्लाहकार सदस्यमा मनोनयन गर्न सक्नेछ ।
(४) विशिष्ट केन्द्रीय सदस्यः संस्थाको अध्यक्ष भई पाँच वर्ष पूर्ण कार्यकाल पूरा गरी नयाँ कार्यसमितिलाई संस्था हस्तान्तरण गरेपछि नयाँ कार्यसमितिको सर्वसम्मत निर्णयबाट विशिष्ट केन्द्रीय सदस्य मनोनयन गरिने छ । विशिष्ट सदस्यमा मनोनयन हुनका लागि राजनीतिक क्षेत्रमा क्रियाशिल भएको हुनुपर्ने छ भने संस्थामा रहँदा कुनै पनि विवादित र संस्थाको हित विपरित कार्य नगरेको हुनुपर्ने छ ।
१८. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः
(१) धारा १६ बमोजिम योग्यता पुगेको पत्रकारले तोकिए बमोजिम संस्थाकोे सदस्यताको निम्ति आवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त आवेदनमाथि कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरी तोकिएबमोजिम सदस्यता शुल्क लिई सदस्यता दिन सक्नेछ ।
(३) विशिष्ट केन्द्रीय सदस्यका लागि केन्द्रीय समितिको सर्वसम्मतिले निर्णय गर्नुपर्नेछ ।
१९. सदस्यको अयोग्यता ः
देहायको अवस्थामा कुनै पनि व्यक्ति संस्थाको सदस्य रहने छैन ।
(१) मृत्यु भएमा;
(२) सदस्यता नवीकरण नगरेमा;
(३) सदस्यता परित्याग गरेमा;
(४) राजनीतिक पत्रकारिता छोडेमा,
(५) संस्थाको हित विपरित कार्य गरेको ठहर भएमा,