खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरुन् ।
जो चीज् हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरुन् ।।
खान्या जीच कुहेर फाल्नु नपरोस् दीनू कि खानु बरु ।
एती जान्नु अवश्य धेर् अव बखान् कुन्-कुन् कुराको गरूँ ।।२१।।
खान्या चीज नहेरि केही नकुहुन् सब् पँह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मनमहाँ यो चीज छ ञाहाँ भनी ।।
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भया ।
आखिर् चीज् घरमा भइ बखतको काम् सब् बिती गै गया ।।२२।।
जो चीज् छन् घरमा हिरा तल प्रि्रा सब् चीस् मनैमा रहुन् ।
जो खोज्छन् पतिले ऊ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं पर्यो पनि भन्या मानोस् मरेझैं अनी ।।२३।।
पूजाको सरजाम जति थोक् चाहिन्छ सो सव् गरी ।
साँझमा बत्ति जलाउनु अनि ठूला पानस् विषे तेल् धरी ।।
खान्या चीज् बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भंडार पर्छ नभुली सब् राख्नु संभारले ।।२४।।
दिन दिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै न खाया ।।
गृहिणी भइ रहृयाको यो ठूलो धर्म जान्नु ।
बिहक सकि दियाको अन्न भन्न्या न ठान्नु ।।२५।।
काम्का खातिर जत्ति चीज घरका दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुँदैन सब चीज् थन्क्याइ राखी दिया ।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाऊन् चोर चकार डाकुहरुले देख्नै नपाउन् भनी ।।२६।।
छिनिसकि सब धन्धा सासुको पाउ मिच्दी ।
उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी ।।
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जाओस् स्त्री टहल् गर्नल् गर्नलाई ।।२७।।
प्राण्का नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।।
किस्मिस् दाख बदाम म्रि्री नरिवल् जो चीज् छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।
आज्ञा माफिक अङ्क पाउहरुमा मर्दन् बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम् गरी दिन् भरी ।।
यस्तो भो यसरी गर्याँ यति गर्याँ गर्न्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनर्ीर् इ बात सुनुन् भनी ।।२९।।
जति गरी दिनमा काम् सो सबै बिन्ती गर्दी ।
मधुर वचन बोल्दी स्वामीको चित्त हर्दी ।
पतिकन यस रीत्ले बातले खुश् बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।
यति सब बधुशिक्षाका सिलोक् सीलोक् जो बनाञाँ ।
पढिलिनु सबले यो नारिको हित् जनाञाँ ।।
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार् तर्छन् ।।३१।।
स्त्रीको धर्म पनी मती पनी पती मर्न्या बखत्को गति ।
वाचुन्जेल सुख भोग् पनि बुझि लिदाको दिन्छ तेस्ले जति ।।
स्त्रीका धर्म पती जती त अरुथोक् देख्तैन मन्ले रति ।
यस् लोक्मा परलोकमा सुख दिन्या सो हेर जान्छन् सति ।।३२।।
स्त्रीको धर्म पत्रि्रता अति ठूलो जो गर्दछन् भक्तिले ।
आफ्ना कुल् सब तारि पितृहरुको कुल् तार्दछन् शक्तिले ।
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ सारै ठुली ।
सो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भुली ।।३३।।