आमा को पत्र छोरा लाइ कमल थापा
गृह मन्त्रि
निरंकुश सरकार माघ १९
हुन त तिमि पनि मेरो सन्तान नै हो । तर आज सन्तानको रुपमा मात्र सम्बोधन गर्न मनले मानेन । त्यसैले तिमिले सारा जनताको आंखामा छारो हालेर कसैको जुत्ता चाटेर जुन पद पाएका छौ सायद त्यहि पदको रुपमा सम्बोधन गर्दा तिमिमा अथाह आनन्द आउंछ होला भन्ने लागेर मैले तिमिले पाएको चाकरीको पदवाट नै सम्बोधन गरेको छु । सायद यसले त्रि्रो त्यो मुसे मुहारमा पक्कै हासोको रेखा कोर्न सफल हुन्छ होला ।
खोइ कहांवाट यो पत्र शुरु गरौं । मनमा हजार बेदनाहरु रुमल्लिइरहेका छन् । गल्ति मेरो नै हो । गल्ति मेरो कोखको नै हो । थाहा थिएन । यसरी प्रसव वेदना सहेर पनि दिएको जन्म आज आएर मेरो लागि अभिसाप बन्ने छ भन्ने । थाहा थिएन मेरो कोखवाट शुरु भएको एक जीवनले सारा नेपालीलाइ दुख दिने छ भन्ने । यदि यत्ति थाहा पाउन सकेको भए पक्कै पनि त्यो भ्रृणलाइ आजको यो विकसित रुपमा आउन म पक्कै दिने थिइन । कसैले मेरो यो कोखलाइ आज यसरी सराप्ने त थिएनन् ।
तिमिलाइ जन्म दिंदा र अन्यलाइ जन्म दिंदाविचको पिडामा कुनै अन्तर थिएन । मैले अरुलाइ जन्मदिंदा जत्ति पिडा खपेको थिए तिमिलाइ जन्म दिंदा सायद त्यो भन्दा बढि नै पिडा पाएको मेरो अनुभव छ । लाग्थ्यो किन तिमिलाइ जन्म दिंदा बढि पिडा भयो । त्यो अहिले आएर पंष्ट भयो । त्रि्रो जन्म अरुलाइ पिडा दिंन नै भएको रहेछ ।
अहिले तिमि विद्धान बनेका छौं । तर विर्सियौ मैले सिकाएको क ख को भरमा नै तिमिले केही ज्ञान पाएका हौं । यदि मैले सिकाएको त्यो ज्ञान तिमि आफ्ना दाजु भाइको रगको खोलो बगाउनमा खर्च गर्ने छौं भन्ने मैले अनुमान सम्म पनि गर्न पाएको भए म त्यो गल्ति गर्ने प्रयास पक्कै गर्ने थिइन ।
आज त्यहि चेतनाका भरमा सारा जनतालाइ भ्रममा राख्नको लागि आफ्नो ज्ञान खर्च गरिरहेका छौं तिमि , माघ १९ जस्तो कालो दिन स्वर्ण दिन हो भनेर सबैको अगाडि झुट बोल्दै हिडेका छौं तिमि । तिमिले सबैलाइ ढाट्न त सकौंला तर यो आमालाइ पनि ढाट्न सक्छु भन्ने भ्रम कहांबाट पलायो कमल ।
तर सबै सन्ताको बराबर माया भए झै मलाइ लाग्थ्यो तिमि यो देशको सेवा गर्ने छौ आफ्ना दाजु भाइको सेवा गर्ने छौं । एक असल छोरा बन्ने छौं । तर यि सब मेरा भ्रम मात्र रहेछ । तिमि त मेरो कोखवाट जन्मिएको देशको विकासको लागि समस्या समाधानको लागि एंेजेरु पो रहेछौं ।
हेर त बालककालमा त त्रि्रो मुहारमा यहि माटो मात्र लत्तपत्तिएको हुन्थ्यो । त्यो पनि म बढो मायाले सफा गरिदिन्थे । कपडामा लागेका दागहरु बढो मेहनतसाथ धोएर दागहरु सफा गरिदिन्थे ।
तर, अहिले हेर त त्रि्रो मुहारमा रगतका दागहरु लत्तपत्तिएका छन् । आफ्नै दाजुहरुको रगतले तिमीले लगाएका कपडा दागमय बनेका छन् । त्रि्रो आतहरु रगतमय बनेका छन् । तर, बाल्यकालमा सानो दाग लाग्दा पनि रुने तिमि आज सारा शरीर रगतका टाटामय बन्दा पनि तिमिमा कुनै संकोच छैन, तिमि अझ मन्द मूस्कानका साथ हिडिरेका छौं । कुनै नाङ्गो बादसाहलाइ कुनै लाज नभए झै तिमि पनि निर्लज्ज पो भएछौं ।
तिमि बाल्यकालमा कमल जस्तै कोमल बन्ने छौ भन्ने भ्रममा परेर त्रि्रो नाम कमल राखिदिएको थिए । तर अंह म भ्रममा रहेछु । तिमि कमल हैन कांडा पो रहेछौ त्यो पनि विशालु काडा जस्ले घोचेपछि विस्तारै शरिर गलाउंदै मृत्युको मुखमा लैजान्छ ।
तर, के गर्ने अब तिमिले बाटो विराइ सकेका छौं । मलाइ लाग्छ तिमिले बाल्यकालमा राक्षसहरुको कथा सुन्नमा बढि जोड दिनुको कारण तिमि भोलिका दिनमा राक्षस बन्न चाहना राख्ने रहेछौं । थाहा छैन कतै मेरो त्यो कथाको प्रभावले नै तिमि विस्तारै मानववाट राक्षस बन्दै जान लागेको त हैनौं ।
मलाइ थाहा छ अब तिमिलाइ सम्झाउनु पनि ब्यर्थ त तिमिले मेरो रगतले नुहाउन पनि पछि पर्ने छैनौं भन्नेमा ममा कुनै भ्रम छैन । तर के गर्ने आमा मन हो मान्दैन । त्यसैले मात्र लेखेको हुं । यदि अझै पनि आमाको लाज राख्न सक्छौं । छोडिदेउ राक्षसहरुको संगत आउ जनताको अधिकार संरक्षणका लागि । आज सडकमा आउ र जनताको हांसोले त्रि्रो मुहारमा लागेको त्यो रगतको दाग मेटाउ। आउ कमल आउ
उहि तिम्रि आमा
धर्ती थापा