धेरै भएको थियो हलमा गएर चलचित्र नहेरेको । तर आज हेरियो त्यो पनि मुन्नाभाइको दोस्रो संस्करण लगे रहो मुन्नाभाइ । मुन्नाभाइ एमविविएसको निरन्तरता रहेकोले फिल्म राम्रै होला भन्ने अनुमान थियो मेरो । त्यसमा पनि भारतिय मात्र हैन नेपाली मिडियामा पनि मुन्नाले चलचित्रमा गान्धिगिरी गरेको खुब चर्चा भइरहेको थियो । त्यसैको प्रचारले लामो समयपछि मलाइ हलसम्म तान्यो । करिव सांढे दुइ घण्टाको चलचित्र राम्रै रहेछ । हल्लाफुल्का प्रस्तुतीमा बजोड शन्देस चलचित्रको राम्रो पक्ष देखे मैले । साच्चिकै चर्चा भएजस्तै चलचित्रले गान्धिगिरी गरेको छ, अहिंशात्मक शन्देस दिनका लागि । चलचित्र हिन्दि भर्सनमा मात्र हो वा अन्य भाषामा पनि छ त्यो भने मलाइ ज्ञान भएन । तर यो चलचित्र अमेरिकी राष्ट्रपति जर्जडब्लु वुसलाइ जसरी पनि देखाउनै पर्ने रहेछ । चलचित्रमा नायक मुन्नाले य अक्खा मुम्बइ मेरे इशारेपो चल्ता हे भनेझै बुस ये अक्खा वल्ड मेरे इशारापे चल्ताहे भन्दै आइरहेका छन् । कतै उनले यो चलचित्र हेरेर गान्धिगिरी पो शुरु गर्थे कि भन्ने मेरो अनुमान हो । अं अनी नेपालमा यो चलचित्र कम्रेड प्रचण्डलाइ पनि देखाउनै पर्ने रहेछ । अनी बल्ल उनले पनि अहिंशात्मक आन्दोलनको प्रभाव महसुस गर्थे कि । चलचित्रमा सबैभन्दा राम्रो प्रस्तुती भनेकै भारतीय जनताले भुल्दै गएको गान्धिको शिक्षाको पुनर्तजगि हो । मुन्ना पहिलोपटक गान्धि ग्रन्थालय जांदा त्यसको रेखदेख गर्नेले लामो समयपछि कोही आयो भन्ने भनाइले भारतमा गान्धि कुन स्थानमा पुगिसकेका रहेछन् भन्ने जनाउंछ । अनी विविध समस्या समाधानका लागि मुन्नाले गान्धिको विचारको प्रयोग गर्दै पाएको सफलताले गान्धिको विचार कहिल्यै पुरानो नहुने प्रष्ट पारेको छ । अनी मलाइ राम्रो लागेको अर्को पक्ष भनेको मुन्नाले प्रत्यक्ष गान्धिलाइ देख्नु र सुन्नु भ्रममात्र रहेको प्रष्ट्याएको छ । मुन्नाले देखेको गान्धि भ्रम हो भन्ने पुष्टि नभएकोभए चलचित्र ज्यादै हल्ला हुनथ्यो, अनी काल्पनिक हुन्थ्यो । त्यो पक्षले चलचित्रलाइ वास्तविक बनाउन सकेको छ ।
त्यसका पात्रहरु पनि साह्रै सुहाएका । त्यो सर्किट छ नी क्या गजवको पात्र चयन गरिएको । ठ्याक्कै मुन्नालाइ सुहाउने क्या । दुबैको
SOURCE : http//www.hamroblog.com