पहिलाकुरो यो उपेन्द्र भनाउदो लाई आफ्नो फोरमको नाम मधेशी फोरम राख्न न दिन नहुने हो। यो राजाबादि, अतिबादि हिन्दुहरुले उचालेको मान्छेले कसरि मधेशीको हकहित को प्रश्न उठाएको दाबी गर्न सकेको हो कुन्नि?अहिले उ किन बार्तामा आउथ्यो त? उसको उद्देस्य समस्या समाधान गर्ने भन्दा पनि नमिल्ने र नसक्ने माग राखेर जसरी हुन्छ यो स्थिति चर्काएर राजाबादिहरुको सेवा गर्ने र प्रजातन्त्रलाई अफाप सिद्ध गर्न खोज्ने न हो।
दोश्रो कुरो, अब लोकप्रीय मधेशी नेताहरु पनि माओबादिले हतियार उचाले पछि एमाले र काङ्ग्रेसले गाउ छोडे जस्तो गाउँ छोड्ने हैन, बरु गाउँ गएर आफ्नो आधार मजबुत पार्न तिर लाग्नु पर्छ। नत्र अतिबादले गाँजेको हाम्रो देशमा जसले चक्काजाम गर्यो त्यो नै पपुलर हो कि झै देखिने समय भैसक्यो।
तेर्श्रो कुरो, चुनाब बाबा चुनाब। सरकारले अब जसरि हुन्छ चुनाब गराउने तिर सोच्नु पर्यो।यो फोरम सोरम हरु त्यसै पत्तासाफ हुन्छ, मधेशका जनता त्यति बेवकूफ छैनन, तिनको प्रजातन्त्र प्रतिको आशक्ति अतिशय छ। अर्को कुरो चुनाबमा तिनले 'हो, हामीलाई त्यो के जाति संघीय राज्य चाहिन्छ' भने भने तुरुन्तै दिनु पनि पर्छ। अहिलेको जमानामा कसैलाई दबाएर राख्न सकिदैन भन्ने कुरो सबैलाई छर्लङ छ।
मुख्य कुरो जनताको खुशी र सुखको हो। मधेश मानौकि छुट्टि हाल्यो भने पनि नेपालको भलो त्यो छुट्टै देश समृद्ध भए मात्र हुन्छ, छिमेकि गरिब भए भने आफु पनि कमजोर भइन्छ। आखिर तराइको नेपाल सँगको संबन्ध पृथ्वि नारायण भन्द धेरै अघि शुरु भएको हो। अहिले त के भा'छ भने कहिं लिम्बुवान भन्याछ, कहि तराइ भन्या छ। तराइको त धेरै चित्त दुखाइ छ, तर त्यो लिम्बु हरुलाई त सधैं राजा महाराजा देखि सबैले पुल्पुल्याइराकै हो, किन दुइ चारजना तेसरि उफ्रेका? किनकि ति उफ्रने लाई थाहा छ कि तिनको न पढाइ राम्रो छ, न जनताले पत्याउछन, अनि के गर्ने? संघर्ष गर्ने भन्य् कुर्ल्यो बस।
तेस्तै हो, अलि अलि जनाधार भएक सद्भाबना आदि पार्टिलाई काठमाण्डुमा सत्ता सधै पुगेको छ। तर यो उपेन्द्र, गोइत, ज्वाला आदिको जमानत जफत हुन्छ चुनाबमा उठ्यो भने। तेसैले तराइको कुरो ल्यायो कुर्ल्यो। तेस्तो आन्दोलन त कर्णाली बासि, सेति बासि, कमैया, कम्लरि, चेपाङ्, दमै, कामि,नेवार सबैले गरे हुन्छ, आखिर पहिला हाम्रो देश जहानिया शासन भएको देश हो, कसले पो सुख पाएको थियो र।