[VIEWED 5111
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 02-17-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझा प्रयोगकर्ता मित्रहरु, नमस्कार ! नेपालीहरुको एउटै साझा छहारी साझा चौतारीको रुपमा हरेको ग्रेटर बोष्टन नेपाली समाजले हाम्रा बिभिन्न चाडपर्वका अवसरमा नेपाली सस्कृति र परम्परा तथा भेषभूषा र रहनसहन झल्कने विविध कार्यक्रमहरु प्रस्तुत गर्दै तिनको संरक्षण र संवद्र्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको कुरा सर्वविदितै छ । यो परदेशमा बिभिन्न आरोह-अवरोह तथा कठिनाइहरु पार गर्दै यहाँसम्म आइपुगेको यो समाजले आफ्नो क्षेत्रमा ब्यापकता र कार्यक्रममा विविधता ल्याउने उदेश्यले नेपाली साँस्कृतिक र साँगीतिक कार्यक्रम सहित साहित्यिक कार्यक्रम एवं अन्य रचनात्मक कार्यहरुको आयोजना गर्न थालेको र भविष्यमा पनि गर्दै जाने उदेश्य लिएको ब्यहोरा पनि समाजका तर्फबाट म यहाँ सहर्ष निवेदन गर्न चाहन्छु । यसै शिलसिलामा नयाँवर्ष २०६४ का अवसरमा ग्रेटर बोष्टन नेपाली समाजका विविध पक्षका साथै बिभिन्न विषय-वस्तु क्षेत्र र विधालाई जस्तै कथा कविता गीत गजल मुक्तक संस्मरण नियात्रा ज्ञान-विज्ञान धर्मशास्त्र खोज-अनुसन्धान आदि समेटेर स्मारिका प्रकाशन गर्न लागेको हुदाँ उक्त स्मारिकाका छोटो मीठो र सटीक रचना सकेसम्म दईहप्ताभित्र उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु । अनि पासपोर्ट साइजको तपाइँको सुन्दर तस्वीर पनि पठाउन नभुल्नु होला । प्राप्त रचनाहरु सम्पदक मण्डलको निर्णयान’सार प्रकाशित गरिने छ । सहयोगको लागि धन्यवाद ! शिव प्रकाश
sprakashp9@yahoo.com पत्राचार गर्ने ठेगाना 232 Canton St # 305 Randolph, MA 02368 USA
|
|
|
|
1whocandie4u
Please log in to subscribe to 1whocandie4u's postings.
Posted on 02-17-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Is it only for the people who are in USA?
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 02-17-07 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिवप्रकाश जि , नमस्ते लेख रचना हरु इमेल बाट पनि पठाउन सकिन्छ कि सकिदैन? लेख रचना को लागि कुनै दस्तुर लाग्छ कि लाग्दैन? कस्तो रचना लाइ स्तरिय मानिन्छ? कृपया झर्को नमानि लेख्दिनु भए आभारि हुने थिए ।
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 02-17-07 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिव प्रकाशजी नमस्कार, साहित्यिक लेख-रचना मात्रै स्विकार्य हुन्छ कि राजनैतीक लेख हरु पनि समाबेश गर्न मिल्छ ? कृपया जानकारी भए आभारी हुने थिए ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-17-07 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिवप्रकाशज्यू, प्रकाशन सामाग्रीको आमन्त्रण हो भने लेखरचना मात्र होईन मुद्रण हुन सक्ने सबै रचना माग्नुहोस् र प्रकाशन गर्नुहोस् । सबै भनेर मैले "चित्रकारी" र "फोटोग्राफी" समेत भन्न चाहेको हुँ । यस प्रतिभा समुहलाई पनि समावेश किन नगर्ने ? "समावेशी" आजको माँग हो जो । Nepe
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 02-17-07 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मित्रहरु नमस्कार ! सबैभन्दा पहिला 1whocandie4u जी को जिज्ञाषा बारेमा यो संसारभरि छरिएर रहेका सबै नेपाली साहित्यकार र साहित्यानुरागीलाई आह्वान गरिएको हो । sano_kanchha जी को सवालमा लेख रचना इमेलबाट पठाउन सकिन्छ प्रीति फन्टमा टाइप गरेर। जहाँसम्म स्तरियताको प्रश्न छ त्यो सम्पदक मण्डलले निर्णय गर्ने छ । पठाउन पैसा लाग्दैन र छापियो भने पैसा पनि पाइँदैन । हा....! हा.....! हा.....! vivasg जी को सोधाइका लागि राजनीतिक बाहेक सबै स्वीकार्य हुनेछ । Nepe जी को सुझाव अति राम्रो छ तर यस विषयमा निर्णय भएको छैन । सोच भने हामीले पनि बनाएको हो तर तस्वीर कलेवरमा भयो भने बढी आकर्षक हुन सक्छ । कलेवरमा छपाउँन धेरै खर्च लाग्ने भएकोले यो विषय गौण नै छ भन्नु पर्ला ! सुझाव र जिज्ञाषाको लागि मित्रहरुलाई साधुवाद ! शिव प्रकाश
|
|
|
1whocandie4u
Please log in to subscribe to 1whocandie4u's postings.
Posted on 02-18-07 1:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Small query again, "sano_kanchha जी को सवालमा लेख रचना इमेलबाट पठाउन सकिन्छ प्रीति फन्टमा टाइप गरेर। " Only preety Font??? what about Roman Unicode like we do to publish something in sajha? Did i irritate u? sorry.
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 02-18-07 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
1whocandie4u Jee जिज्ञाषाको लागि पुनः धन्यवाद यसमा irritate हुने केही कुरा छैन । Roman Unicode मा पठाउन सकिन्छ तर यसमा सम्पादन गर्न अलि गारो हुने भएकोले प्रीतिलाई जोड दिइएको मात्र हो । शिव प्रकाश ।
|
|