[VIEWED 8870
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
SadhanaSharma
Please log in to subscribe to SadhanaSharma's postings.
Posted on 11-27-07 7:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कविता अहिले सम्म मैले लिखितरुपमा पढ्न पाएकी छैन । मेरा पिता श्री लक्ष्मीधर गुरागाईंले म सानै हुँदादेखि यो कविता मलाई सुनाउने गर्नुहुन्थ्यो र आजसम्मपनि यो हामी बाबुछोरीको मनपर्ने कविता मध्येको एक हो । यस कविताका रचयिता श्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भन्ने पनि मैले मेरा पिता मार्फत सुनेकी हुँ । यो कविता यहाँ पुरा नहुन पनि सक्छ, हरफहरु तलमाथि भएकापनि हुनसक्छन् । त्यो यहाँले बताइदिनुभए म आभारी हुनेछु । यस्तो सुन्दर सिर्जनाका सर्जकलाई हृदयदेखि नै धन्यवाद दिंदै म यो कविता सबैसामु पस्किन चाहन्छु । आमा
झिकेर मुटुको टुक्रा छाती भित्र अटाउँछिन् भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा
कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन् ताते ताते भनी मीठो तोते बोली सिकाउँछिन् राखेर काखमा नानी कहिले गीत गाउँछिन् बाबु सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन्
बाबु उठ्छ भनी राती अल्प अल्प निदाउने बाबु रुन्छ भनी चाडैं अन्तबाट बिदा हुने बाबुकै साथमा खेल्छिन्, काखै काख नचाउँछिन् आमाले नै विधाताको शृष्टिलाई बचाउँछिन्
कोखा कोखा भनी खाना नानीलाई खुवाउँछिन् बगाई दुधको धारा शिशुलाई नुहाउँछिन् मातृवात्सल्य रित्तिन्न जस्तै दु : ख भएपनि बचरा गुँड छोडेर टाढा टाढा गएपनि
कुनैबेला लुकी आफैं शिशुलाई छकाउँछिन् रोएपनि स्वयम् आई हाँसी हाँसी फकाउँछिन् डर भन्ने कुनै हुन्न आमाको काखमा हुँदा भन्दछन् पोष नै लाग्छ स्नेहिला हातले छुँदा
आमाको रुप बिग्रिन्छ सन्तान जन्मिएपछि सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि तरपनि हुन्छ यो सारा आमाको निम्ति गौरव आमा निश्वार्थ देवी हुन् नभनौं कसरी अब
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान् आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् धर्ती मैं छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा पाईंदैन कसै गरी तर जन्मदिने आमा पाईंदैन कसै गरी ।।
|
|
|
|
Somesarki
Please log in to subscribe to Somesarki's postings.
Posted on 11-27-07 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साधना जी अत्यन्त मार्मीक छ । के गर्ने आमा भन्ने शब्द नै प्यारो छ। पोस्ट गर्नु भएछ धन्यवाद छ धेरै। उही सोमेसार्की
|
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 11-27-07 8:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Simply masterpiece! Amazing creation.
Thanks for presentation.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-04-08 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy Mother's day to all!!!
|
|