[VIEWED 12637
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-03-08 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Episode 1 एस कथा का घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जीवन सँग मेल खान गएमा सम्योग मात्र हुनेछ।
साझा मा मेरो प्रबेश धेरै नै भो… कहिले के नाम बाट कहिले के नाम बाट… हुन त eautai नाम बाट सधैं प्रबेश गर्दा नि हुन्थियो तर सधैं password बिर्सिने, password recover गर्न खोज्यो कुन email id बाट registration गरेको नै थाहा नहुने… email create गर्न सजिलो छ तर password सम्झिन भने निक्कै गाह्रो… सयाद् जीवन पनि ईमेल create गर्नु जत्तिकैको सजिलो भाको भए………… कुरा हो 2000-2001 तिर को, म teacher थिए। म त्यस्तो teacher पनि थिएन career teaching मा नै बनाउछु भनेर हिंडेको… मात्र केबल tuitione teacher… बागबजार, जमल का institute हरु मा tution पढौदै हिंड्ने… सोख ले हैन बाध्यता ले पढौदै हिढथिए। हुन त मैले एस.एल.सी पस्चात नै पढाउने काम सुरु गरेको थिए तर कहिले पनि येही क्षेत्र मा लाग्छु भनेर सोचेको थिएन… tara मान्नु पर्छ teaching profession लाइ… कसै को under मा बस्नु नपर्ने… एकजना साथीनी थी BBS पढ्दा उनि पनि teacher नै थी उनी ले नै मलाई भन्ने गर्थी आहा कस्तो राम्रो profession आफ्नो मन को राजा आफै… अहिले पुलिसनी छिन् उनि… हुन त कडा मिजास को थी उनि…पुलिस नि भाको राम्रै भो … अहिले लाग्छ उनिले स्कुल मा बच्चा हरु लाई झ्यालखाना को चोर् लाई पुलिस ले तर्शाको झै तर्साउथि होला।
हुन त teaching लागेको भन्दै मा एकदम सोझो टाईप को teacher भनेर हिंड्नु पर्छ भन्ने छैन। सोझा teacher हरु पनि धेरै नै देखे। बाहिर सोझा भित्र टेदा आफ्नै समकालिन साथी हरु teaching मा लागेका हरु आफू लाई अलि बुज्रुक नै सम्झिन्थिए। कुरा तेसो हैन, teaching मा लाग्दैमा आफ्नो सोचाइ अलि बुढा पाको type को बनाउनु पर्छ भन्ने छैन र मलाई त्यस्तो मन पनि पर्दैन। म सोच्थिए BBS पढदा ICom लाई अनि MBS पढ्दा BBS पढाउने teacher हरु जति सुकै नै बुढा बन्न खोजे पनि कहाँ हुन्छ र। उमेर ले नै दिन्न नि। आ तेसैले आफू त सिधै भन्निन्थियो ल है साथी हो आफू त MBS पढिरा छु student नै हु… प्रख्यात teacher चाहि हैन… मन लागे क्लास मा बस्ने नत्र tata bye bye… मुखै छुचो मेरो त…। ईन्स्टिच्युट को पनि मालिक मेरै साथी थियो… मुर्मुरिन्थियो… ईन्स्टिच्युट को goodwill गयो भन्दै… अब good will को कुरा गर्दा मम पसल जस्तो फैलिएको ईन्स्टिच्युट मा के को goodwill soodwill… बेरोजगारी ले छ्याप्प् छयाप्ती भा बेला अलि बुझ्ने खाली student ले त सोच्न सक्ने नै हो नि येस्तो कुरा … एती पनि नबुझ्ने student ले के सिके होलान र Macro Micro Economics पढेर …
ईन्स्टिच्युट को owner साथी मुकुल धेरै नै मिहेनत गर्थियो student बोलाउन मा। मिहेनती नै थियो। Entrepreneurship quality थियो उस्मा। आफू पर्यो मालिक बन्न कहिले नि नसिकेको। हुनत मालिक बन्ने भन्ने कुरा Charity begins at home bhaneko जस्तै entrepreneurship begins at home हो। मालिक बन्न खोजो भने जस्री नि हुन्छ मालिक बन्न नसक्ने को बाहाना नै बाहाना जिन्दगी भर्…। अहिले पनि तेस्तै हो मेरो… मालिक बन्न सकेको छैन। मुकुल राम्रो साथी थियो मेरो। Student हरु सँग मेरो weakness बुझ्थियो अनि मलाई भन्थियो… एकदम राम्रो साथी मेरो जीवन को turning point मुकुल ले नै हो ल्याइदिएको। मैले जीवन बुझेको tuition सेन्टर। मानौ त्यो tuition centre मेरो कर्म भुमि नै थियो। मैले धेरै कुरा परेर सिकेको ठाउँ थियो। मेरो दोश्रो घर नै त्यही थियो। शनिबार होस् या सार्वजनिक बिदाको दिन सधैं नै म त्यही हुन्थिए… मुकुल, स्व्यम, धीरज, महेश, बुद्ध, ठाकुर्, क्रिश्णे अनि अरु फाट फुट आउने thuprai साथी हरु को जमघट हुन्थियो क्लास नभाको बेला। भाको नभाको कुरा गर्नु हाम्रो सोख थियो। धीरज मास्टर निक्कै हसाउने साथी थियो… मुकुल ले भन्ने गर्थियो यो धीरज कुन दिन मर्दा नि हाँस्दा हाँस्दै हासो अडकिएर मर्छ …. हुन पनि हो जमल मा हासेको दरबार हाई स्कुल सम्म सुनिने गरी हास्थियो बदा बिन्दास मान्छे थियो।
भाको नभाको कुरा कुराको क्रम मा girlfriend बनाउने कुरा हुन्थियो… खाली कुरा मात्र बनाउन सक्ने चाहि कोही हैन। क्लास मा थुप्रै केटी हरु लाई पढाउथिए सबै मास्टर हरु तर एकदम सोझो type ले। Student लाई त्यस्तो आँखा ले कहिले नि हेर्नु हुन्न रे… हाहा हासो नै उठ्ने… अब हामी हरु को उमेर नै कति भा थियो र त्यस्तो सोझो टाईप ले हिंड्न लाइ।। घर मा कत्तिन बुडि छोरा छोरी भाको अनि परस्त्री सँग अलि कति पनि नजिक हुनै नहुने जस्तो … हुन त आफू पनि अलि अलि तेस्तै थियो… तर मुकुल च्यामपू थियो। केटी पट्याउन मा। घन्टौ घण्टा कुरा गर्थियो फोन मा … दीऊसो class नहुने .. उस्को काम नै के थियो र … खाली फोन… फेरी केटी हरु पनि के के को को हो… कहिले सुनिता कहिले मनिता… नम्रता बिनम्रत्रा … सयाद् उस्ले नि सम्झदैन थियो होला। तर एौट केटी ले चाहि रेगुलर नै फोन गर्थियो अनि गफ सकियेपछि सुनाउथियो… केटा हरु मुर्मुरिन्थिए मास्टर भएर टन्न केटी हरु लाई पढाये पनि केही गर्न नसकेको मा
to be continued..................
|
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-04-08 9:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान ६ बजे बाट मेरो पहिलो क्लास सुरु हुन्थियो। ६-७, ७-८, ८-९…।। हुँदै क्लास ले निरन्तरता लिन्थियो। २००२ मा नयाँ session सुरु भो। ७-८ को क्लास स्पेसल् थियो। एकजना स्टुडेन्ट थि। नाम प्रिया। राम्री नै थि। राम्री भन्ना ले स्वर्ग को अप्सरा झै त हैन तर राम्रै थि। थाहा थिएन सुरु मा पढाई मा चाहि उनी कस्ती भनेर। हुन त तिनी हाम्रो ईन्स्टिच्युट मा पढ्न आको दोस्रो बर्ष रहेछ। पहिलो Statistics पढन आकी रे अनी अर्को साल चाहि Accounts. मेरो मन मा त्यस्तो कुबिचार् त थिएन उनी माथि। कुबिचार् भन्ना ले सिनेमा को गुल्सोन गोबर को बिचार जस्तो चाहि हैन नि। कुबिचार् भन्ना ले केटी पटयौने… अब तपाईं हरु सोचिरा होला कस्तो मास्टर भनेर… मैले अगाडि नै भनिहाले नि आफु त बुढा मास्टर सास्टर हैन भनेर… MBS पढिरा बेला BBS लाई पढाउदै हिंडेको मास्टर …
एकदिन दिउसो असन घुम्दै थिए… फ्याट भेटे उनिलाई। नमस्कार सर भनी … “ ओहो” …. म त झसँग नै भए…। नमस्कार।। मलाई कसैले नि नमस्कार सर चाहि भन्दैन थिए… कहिले पो त्यस्तो नमस्कार गर्न लायक भएर हिडिन्थियो र। नमस्कार त फर्काये अनि सोधे कता हिंडेको एत्ती दिउसो घाम ma … उनी ले भनी साथी आउछु भन्दै थि उस्लाई कुर्न ईन्स्टिच्युट मा जान लागेको। उनित गै साथी भेट्न .. आफ्नो मन मा कता कता के के कुरा खेल्दै थियो… सोचिरा थिए… मलाई त प्रिया ले बुढा मास्टर हरु लाई झै नमस्कार पो गरी भनेर। म फेरी अली मेन्टल टाईप को मान्छे … सानो कुरा लाई पनि धेरै सोचिरहने।। तेसैले मेरो टाउको पनि धेरै नै दुखिरहन्छ… अहिले पनि दुख्छ…। के गर्ने बानी नै त्यस्तो छ, छोड्न सकिन्न। दिउसो को घुम घाम पछी क्लास लिन ईन्स्टिच्युट मा आए। क्लास लिए। राती ८ बजे सबै क्लास सकिन्थियो… अनि सुरु हुन्थियो भाको नभाको कुरा। आफ्नो दिन्भर दिमाग मा खेलिरा को कुरा मैले गर्नु स्वाभाबिक नै थियो। भनिदिये मेरो साथी haru को माझ प्रिया को कुरा… दिउसो एकछिन भेटे देखी दिमाग मा के के कुरा खेलिरा को … अब मुला साथी हरु निहु मात्र चाहिएको त थियो जिस्काउन। जिस्काइ हाले मलाई प्रेम भो रे प्रिया सँग, ल ल छ छ रे … के के हो के के। अब आफु पर्यो मेन्टल टाईप को घर आए रात भर के के कुरा खेली रा को हो के के। थाहा थियो भोली त्यो ७ बजे को क्लास लाई म राम्ररी पढाउन सक्दिन भनेर।
भोली पल्ट ६ बजेको क्लास त सकियो… तात्तो न छारो सँग मेरो मुटु मात्र धुक धुक गरी रा थियो। आखिर भाको चाहि केही हैन… कत्तिन लभ सव नै परिसकेको जस्तो… डर लागिर थियो। ७ पनि बज्यो क्लास सुरु गरे… क्लास लिदा साचि नै त्यस्तो फीलिङ चाहि आएन। मेरो student नै झै लग्यो… मन मनै सोचिरा थिए यो सब एही साथी हरु को हिजो बेलुका को भाको नभाको कुरा ले गर्दा हो मेरो मन मा भुकम्प गै रहेको। तर खै के हो के। मान्छे को मन नै त हो… दिमाग मा प्रिया धेरै नै आउन थालयो, दिन भर रात भर्… प्रिया लाई त केही पत्तो पनि थिएन कि मेरो दिमाग मा एस्तो कुरा चलिरहन्छ भनेर। दिन हरु बित्दै गए… दिमाग त पुरै आउट नै भै सकेको थियो नि। जहाँ पनि प्रिया। अब यो प्रिया भन्ने नाम को letters हरु rearrange गरेर कता कता बाट आफ्नै नाम समेत् फेला पारे। ओहो…झसँग हुँदै सोचे पनि यो नाम त मेरै नाम भित्र रहेछ। मेरो लभ परेको रहेछ, one sided मन मनै लागि रा थियो। एस्तो बेला साचि नै दिमाग लाई धेरै हुदो गाह्रो हुँदो रहेछ फेरी तेस्माथि म जस्तो मेन्टल मान्छे लाई। लाग्थियो अब दिमाग मा कुरा सोच्न को लागि ठाउँ नै छैन। दिमाग को सब कुना मा प्रिया नै प्रिया। मुकुल lai एक्दिन भनी हाले ।।लौ यार दिमाग येस्तो हलचल भै रा छ भनेर… मुकुल फेरी एस्ता कुरा लाई निकै उडौथियो… उधायो पनि तर आज को उडाइ मा ओजन नपुगेको झै थियो। मलाई विश्वाश थियो मुकुल नै हो त्यस्तो मान्छे जस्ले मेरो मन को कुरा प्रिया समक्छ्य राखिदिन सक्छ।
एक्दिन दिउसो, मुकुल को रेगुलर job सुरु भो केटी हरुलाई फोन गर्ने।। एसै बिच प्रिया लाई पनि फोन गर्यो। अनी एकछिन साधारण गफ गरेर मलाई ल कुरा गर पो भनेर दियो… अब अकस्मात् मुकुल ले त्यसरी फोन देला जस्तो त लागेको थिएन… आफु फेरी तेस्तै केटी सँग कुरा गर्नैइ डर लाग्ने… मुकुल ईशारा गर्दै थियो कुरा गर कुरा गर भन्दै थियो। कुरा त गरे… अहिले सम्झदा हास्सो उठछ… कतिको हिसाब haru practice हुँदै छ? Exam पनि आउन लाग्यो, Formula हरु सम्झेको छ कि छैन… आदि इत्यदि…। हाहा
मुकुल हाँस्दै थियो… एक्छिन मा नै मैले फोन राखिदिये मुकुल को haso मा अली फरकपन देखेको पहिलो पटक थियो मैले। सानो स्वर मा भन्दै थियो। अहिले पनि केटी सँग कुरा गर्दा पढाई को नै कुरा गर्छ… के कुरा गर्ने त भनेर सोध्न त मन लागेको थियो, तेत्तिकै मा मुकुल बाहिर हिडिहाल्यो। अब चाहि मुकुल लाई finally कुरा गर् भनेर भन्नु मन लगिरा थियो। एकदिन मौका पारेर बिहान नै भनी हाले मुकुल प्लिज क्यान यू हेल्प मी टु टेल प्रिया व्हाट आइ फील अबोउट् हर? मुकुल ले ठुलो ठुलो आँखा पारेर आस्चर्य हुँदै भन्यो SERIOUSLY??? मैले भने एस्… मुकुल ले सजिलो संगै भनेको थियो ओके ल ल म भनी दिन्छु। तेस्दिन भर म मुकुल को रेस्पोन्स कुरी बसेको थिए। उस्को दिउसो गफ गर्ने प्रोग्राम निरन्तर जारी नै थियो। थाहा छैन तेस्दिन उस्ले कुरा गर्यो वा गरेन। तर विश्वाश थियो उस्ले पक्कै कुरा गर्छ भनेर।। आज नभये भोली। मुकुल बाट केही रेस्पोन्स आएन। भोली पल्ट सोधिहाले।।के भो… मुकुल भन्दै थियो अरेय् यार… एस्तो कुरा मा हत्तार गर्नु हुन्न। त्यो दिन साँझ घर मा खान खाँदै थिए… मुकुल को फोन आयो।। हेय् मुला मैले सब भनिदिए…। मेरो मुटु को धड्कन ज्वोर ज्वोर ले चलिरा थियो… लागिरा थियो हत्तेरिका मुकुल लाई किन भन्ना लाको होला मैले। तर मुख बाट एौट शब्द निस्कियो।। थ्यांक यू यार।। थ्यांक यू। मैले सोचेको थिएन एस्को result के हुन्छ भनेर… खान खाने क्रम जारी नै थियो… मुटु धुक् धुक् गर्दै कोहि सँग नबोली खान खाँदै थिए… मम्मी ले सोध्नु भो कस्को फोन… मैले भने मुकुल को। एक छिन् मा फेरी फोन आयो।। फेरी मुकुल को नै थियो। सोध्यो प्रिया को फोन आयो। मैले भने छैन… किन उस्ले फोन गर्छ र।। मुकुल ले भन्दै थियो एस, गर्छे, she told me, she is calling you. मेरो मुटु को धुक् धुकी एती जोर जोर ले चली रा थियो कि शायद T shirt को अगाडि को part मा प्रस्ट देखिरा थियो। Obviously फोन आउने नि थियो आयो नै। प्रिया ले भनी, मलाई मुकुल ले के के भनेर जोक गर्दै थियो… मुकुल ले जोक गरेको हो हगी? मेरो दिमाग ले सोच्न सकिरा को नै थिएन , भनिदिये हैन… प्रिया भन्दै थि… हैन… व्हाट??? मैले त कहिले नि सोचेको नै थिएन एस्तो कुरा…। अब म भोलि देखी क्लास मा आउन सक्दिन… म तपाईं सँग पढ्दिन। आफु फेरी घर मा कसैले सुन्ला भनेर एत्तिकै डराइ डराइ कुरा गर्दै थिए। एकतिर खाना खादा खाँदै बिचै मा फोन, मुटु को धुक् धुक् अनि घर मा थाहा पौला भन्ने tension. मैले भने म तिमीलाई भोलि कल गर्छु।
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-04-08 9:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Guchha
Please log in to subscribe to Guchha's postings.
Posted on 03-04-08 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-05-08 7:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Episode 3
त्यस रात भर निद्रा लागेन, दिमाग मा निक्कै नै कुरा खेल्यो। सुत्न सक्ने त chance नै थिएन। बिहान ५ बज्यो, ईन्स्टिच्युट जान को लागि तयार भए, बिहान ५.३० बजे तिर नै ईन्स्टिच्युट पुगे। मुकुल बसी र थियो। सिधै फोन गरे प्रिया लाई, शायद उ पनि कुरेर नै बसिरहेकी थि। फोन को एक घन्टी मात्र के गएको थियो फोन उठाइहाली प्रिया ले। मैले भने सुन it is not a joke, it is real. Whatever Mukul said was true. प्रिया फेरी भन्दै थि, म आज आउदिन क्लास मा र अब म कहिले नि आउदिन। प्रिया ले एतिकै मा फोन राखिदि।
मुकुल ले के भो के भन्दै थियो। खै यार कुरा बिग्रेको जस्तो छ मैले भने। हया मुला छाडिदेउ… उस्ले कति सजिलो सँग लिएको अर्की अइ हाल्छ नि …. तर मेरो जीवन को पहिलो प्रेम थियो प्रिया, one sided नै भये पनि त्यती सारो कसै लाई पनि मैले मेरो मन र मस्तीस्क दुबै ठाउँ मा राखेको थिएन। त्यो दिन क्लास लिन सक्ने स्थिती नै थिएन मेरो। जसो तसो क्लास त लिये नै। प्रिया आइनन। मलाई लगिरा थियो प्रिया ले के सोची होला। मेरो परिचय कति राम्रो थियो उस्को दिमाग मा पहिला तर आज के सोची होला मलाई, कस्तो टाईप को teacher भनेर सोची होला, एस्तै यावत कुरा हरु ले भित्र भित्रै खाँदै थियो मलाई। मन मा कता कता मैले धेरै ठुलो गल्ती गरे भन्ने भान हुँदै थियो। आफुलाई थुक्क म कस्तो जस्तो लागिरा थियो। यो लभ सव भनेको गर्न नहुने रहेछ बल्ल थाहा भो। मैले सिकेको पहिलो प्रेम को पाठ।
अब प्रिया कहिले नि आउने भैइनन् एही सोचे मैले। त्यो दिन तेत्तिकै बित्यो अब पढाउनु पर्ने काम त गर्नैइ पर्यो। एसै त दिमाग मा धेरै tension लिन नसक्ने मान्छे एत्तिका tension लिदा बहुलाउने नै भो नि। क्लास सब साकिएपछी साथी हरु को जमघट भो। सब लाई उत्सुकता थियो मेरो प्रेम कहानि ले के मोड लिएको छ भनेर। बेली बिस्तार् लाग्यो हिन्दी धाराबहिक झै।
तेस्रो दिन पनि प्रिया आइनन, मेरो मन मा झिनो आशा थियो प्रिया आउछिन कि भनेर। मुकुल ले भन्थियो फोन गर्न समेत् पनि हिम्मत छैन यार त सँग कसरी लभ गर्छस। हुन त लभ गर्न पनि guts नै चाहिन्छ। फोन त गर्नै पर्यो …. साथी ले त्यस्तो नराम्रो सँग भने पछी फोन गरे…। फोन को घन्टी जान पाको छैन उठ्यो… नमस्कार Sir…
उफ्फ्फ्फ्फ्………फेरी नमस्कार…। Casting नै झुर्… मैले सोधे तिमी लाई साह्रै रिस उठेको छ हो मसंग… उनीले भनी हैन… तेसो भये किन क्लास नआएको त... म क्लास मा आउनै सक्दिन होला … कसरी पढ्ने मैले तपाईंले पढाईरहेको बेला मा। मैले भने Please do not say anything like that, if you do not accept this, just we will be very good friends…. यो त अलि common नै कुरा हो नि … propose हान्दा fail खायो भने एसो भन्ने भनेर सिनेमा हरु मा हेरेकै कुरा थियो। प्रिया ले यो कुरा चाँही मानि अनी भोली बाट क्लास मा आउने समजदारि भो। यो कुरा चाँही मुकुल बाहेक कसैलाई थाहा थिएन। भोली पल्ट अरु पढाउने साथी हरु छक्क प्रिया लाई देखेर। स्व्यम ले भन्दै थियो रे… एस्को को लभ चाँही success भा जस्तो छ भनेर।
मुकुल लाई जिस्काउने मौका मिलेको थियो… कहिले के भन्दै कहिले के भन्दै प्रिया लाई जिस्काउथियो। कहिले राम्री भएर पढ्न नआउनु है फेरी Sir ले त्यही कुरा गर्ला… एस्तै एस्तै… एक्दिन त मुकुल ले नमस्कार भाउजु भनेछ… दिउसो घर मा थिए प्रिया को फोन आयो अनी भन्दै थि।। आज मलाई मुकुल ले नमस्कार भाउजु भन्यो कस्तो बदमाश… मैले ए भने तेही त…अनी तिमी ले केही भनेनौ त… उनी ले भनी उम्हु केही पनि भनिन… प्रिया लाई we will be good friends भनेको त खाली बाहना न थियो मेरो। अब मेरो लभ गुरु मुकुल का अनुसार उस्लाई personal कुरा हरु सोध्नु भन्ने लेसन पढेको थिए त्यही अनुरुप सोधे… सम्पूर्ण कुरा हरु… बुवा को profession देखी उस्को schooling सम्म का सम्पूर्ण कुरा हरु।
फोन मा कुरा हुने क्रम निरन्तर नै जारी थियो। कहिले उनी ले फोन गर्थी कहिले मैले किनकी दिउसो घर मा म एक्लै हुन्थिए। बिहान ११ बजे सम्म tuition पढायो अनी अर्को tuition ४ बजे बाट सुरु हुन्थियो। एक्दिन राती ९ बजे तिर फोन आयो। फोन blank थियो। कसैले पनि बोलेन। मलाई थाहा थियो यो प्रिया को नै फोन हो भनेर। अब प्रिया हो भनेर कुरा गर्यो भने धेरै बेर कुरा गर्नै पर्यो… मलाई डर फेरी घर मा थाहा पाउला भन्ने थियो। वास्तव मा मलाई घर मा थाहा होला भनेर डर किन थियो भन्दा मेरो बुवा साह्रै नै कडा। म निक्कै नै डराउथिए सानै देखी र अहिले हुर्किसक्दा पनि त्यो बाल्यकाल् देखी तर्सिरहेको बानी आझै हट्न सकेको थिएन। सानो बच्चा देखी नै मलाई तर्साउनु हुन्थियो कहिले लठ्ही ले त कहिले सिस्नु ले। आज मलाई inferiority feel हुनु को पछाडि पनि शायद त्यही बाल्यकाल को परिणाम् हुनु पर्छ। मैले फोन मा खाली हेल्लो हेल्लो गरेर राखिदिए। बौ ले सोधदै थियो कस्को फोन … खै कोही पनि बोल्दैन … बौ ले भन्दै थियो वाहियात्… तर मलाई थाहा थियो त्यो वाहियात थिएन, मेरी प्रिया को नै फोन थियो।
भोली पल्ट प्रिया भन्दै थि… तपाईं कस्तो छुचा… हिजो किन नबोलेको…। मैले सिधै भनी दिये के गर्नु तिम्रो जस्तो private रूम मा private फोन छैन मेरो। बौ ले सुन्छ फोन को कुरा सब अनी कसरी कुरा गर्ने त। बिहान हामी teacher student नै थियौ तर दिउसो फोन मा लामो लामो कुरा हुन्थियो कुरा पनि के के हो के के। मलाई लागि रहेको थियो अब प्रिया ले मेरो बारेमा research गर्दै छे। मेरो राम्रो नराम्रो कुरा हरु पत्ता लगाउदै छे। मैले normal way मा नै लिएकोथिए।
नेपाल बन्द हुनु normal नै हो। नेपाल बन्द भन्दै मा क्लास गरेन भने फेरी tuition मा पनि course सकिन्न तेसैले हामीले नेपाल बन्द मा पनि क्लास continue नै गर्थियौ, त्यो दिन आउन नसकेको लाई आर्को क्लास मा राखेर वा दिउसो ११ बजे पछी छुटटै एक्छिन पढाएर क्लास लाई balance मा ल्याउथियौ। त्यो दिन पनि नेपाल बन्द नै थियो। म बिहानै ईन्स्टिच्युट पुगेको थिए। ७ बज्यो, प्रिया आइ , त्यो क्लास को अरु student कोही पनि आको थिएन। प्रिया tuition centre को अफिस room मा निक्कै बेर सम्म बसी। त्यही बिच मलाई आहिले सम्म याद छ, स्व्यम एउटा chair मा बसेर newspaper पढिराथियो… त्यो मुला ले के सुर चलेर हो एउटा news को headline सुनायो। “ प्रेम मा असफल भएपछी प्रेमी ले प्रेमिका को हत्या गर्यो”… त्यो मुला एत्ती ठुलो स्वरले करायो ki एक्छिन सम्म कोठा मा कसैले नि बोलेन … मानौ सुन्सान नै भो शायद हावा सम्म चलेन कोठा मा। एकै छिन् पछी प्रिया हिडि अब बिस्तारि हिंडेर घर जान्छु भन्दै गैइ। ल राम्ररी जानु है भनी दिए… म मुला पनि लभ गर्न चाँही नजानेको मान्छे… म पुर्याइदिन्छु भन्न समेत् नसकेको।। प्रिया हिंडेपछी मुकुल ले पो सम्झायो मलाई यो कुरा।। आफु लाई थुक्क कस्तो मान्छे म … कस्तो निश्ठुरी टाईप को मान्छे यार म भन्दै सोचिरा को के थिए। प्रिया को फोन आयो, मलाई खोजेकी भन्दै मुकुल ले फोन दियो। उत मलाई कुरेर पो बसी रहेकी रहिछ। कन्तिपथमा अहिले Global bank भा को ठाउँ मा त्यहा पहिला Standard Chartered Bank थियो, त्यही बैंक बाट फोन गरेर मलाई कुरेर बसिरा कि रहिछिन उनी। थाहा थिएन उनीले किन बोलाइन् मलाई त्यहा केही थाहा थिएन पटक्कै थाहा थिएन। मन मा एउटा ब्याकुल्ता बोक्दै छिटो छिटो मेरा पाइलाहरु त्यही बैंक तिर हुइकिदै थिए।।।।
To be continued.....
|
|
|
pra34
Please log in to subscribe to pra34's postings.
Posted on 03-05-08 10:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nice story.....iam curious too what happens next...
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-06-08 6:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद Guchha अनि pra34.
साझाका अरु कथाहरु को तुलनामा मेरो नेपाली व्याकरण पक्ष साह्रै नै कमजोर लाग्यो मलाई। यो कथा मैले निबन्ध पारामा लेखेको छु। कथा सुरुगर्दा लगिरहेको थियो शायद मैले पाठकहरुलाई कौतुहलता र उत्सुकता जगाउन सक्दिन होला। तर Guchha अनि pra34 तपाईंहरु को curiosity ले यो कथा लाई अगाडि बढाउन निकै हौसला मिलेको छ। साहित्य तथा व्याकरण पक्षलाई सुधार गर्न साझाका दिग्गजहरु को पनि सहयोगको आशा मा छु।
एस कथाको बाँकी भाग सकेसम्म छिटो लेख्दै पोस्ट गर्दै जाने छु
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-06-08 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Episode 4
मनमा बिभिन्न किसिम का सोचाइ हरु बोक्दै सोच्दै पुगे Standard chartered bank मा। मेरो लाईफ को पहिलो डेटिङ। त्यो पनि नेपाल बन्द को दिन अनि कुनै पार्क मा नभैकन Standard Chartered Bank मा। फेरी कस्तो उल्टा date fix मैले गर्नु पर्ने ठाउँ मा प्रिया ले fix गरेकी। प्रिया मलाई देखेर निक्कै नै खुसी भै। मैले सोधिहाले “ के भो” प्रिया ले भनी घर जान नै मन लागेन। कस्तो अचम्म… घर नै जान मन लागेन अनि कहाँ जाने त..... मैले सोधे। प्रिया ले भनिन ठमेल तिर घुम्न जाउ … नेपाल बन्द मा ठमेल??? हुनपनि नेपाल बन्द मा ठमेल घुम्नु को आनन्द नै बेगलै हुदो रहेछ… सधैं खैला बैला हुने त्यो ठाउँ सुन्सान हुँदा मानौ कुनै dating spot भन्दा कम् चाँही नहुने रहेछ। घुम्दा घुमदै धेरै कुरा भो … म फेरी कुरा चपाउन नसक्ने मानिस्। मुकुल भन्ने गर्थियो यार तँ त खुला किताब हो। जस्ले नि २-४ पटक को भेट मा पढ्न सक्छ। येस्तो खुला किताब लाई password राखेर lock गर्न तैले सिक्नु पर्छ। अब यो त सबै बानी हो नि। Artificially password राख्दैमा मान्छे को behavior त change हुन्न नि। प्रिया सँग को ठमेल घुमाइ मा धेरै personal कुरा भो… घर को बारेमा निक्कै कुरा भो, मानौ सम्पूर्ण कुरा नै भो … शायद मैले जीवनमा त्यती सारो घर को कुरा कसैलाई नि भनेको थिएन… मुकुल लाई समेत् पनि मैले भनेको थिएन। प्रिया ले पनि एउटा खुला किताब झै मेरो जीवन को सबै चिज पढी। कतै गएर ब्रेकफास्ट गरु भन्दा कही कतै केही पनि खुला थिएन। Ascol campus अगाडि एउटा चिया पसल खुला रहेछ त्यहा चिया चाँही पाइने रहेछ।। नेपाल बन्द भाको ले दुध छैन रे तेसैले कालो चिया मात्र छ रे… ok भन्दै कालै चिया दुबै ले पियोउ अनि प्रिया लाई घर सम्म पुर्याइदिए।
थाहा छैन त्यो दिन प्रिया ले मेरो मुख बाट के सुनि वा मेरो खुला किताब झै मन बाट केके कुरा थाहा पाइ। दिउसो घर पुगेर मैले फोन गरे। फोन उठेन। अरुबेला एक घन्टी मा नै उठने फोन त्यो दिन ४-५ पटक full घन्टी जादा नि उठेन। मन मा निकै कौतुहलता थियो। आफुलाई थाम्नै सकिन। झटपट फोनको तार कम्प्युटर ma जोडेर dial up को internet start गरे अनि प्रिया लाई ईमेल लेखे। आज हामी कति close भयोउँ एक्छिन को ठमेल घुमाइ मा मैले तिमीलाई बुझ्ने र तिमीले मलाई बुझने थुप्रै मौका हरु पायोउं हामीले। अनि email मा अरु पनि थुप्रै कुरा हरु लेखे सम्पूर्ण ठमेल भ्रमण् थियो त्यो ईमेल मा। नेपाल बन्द को सार्थक् ठमेल घुमाइ को ब्रितान्त लेखेको थिए।
ईमेल पठाएको एकैछिन मा फोन आयो। प्रिया ले ईमेल पढि सकिछ। अनि मलाई भनी, मेरो बारे मा तपाईं लाई के थाहा छ र त्यसरी हामी close भयोउं भनेर भन्न लाई। हामी त खाली teacher student हौ। मलाई अचम्म लाग्यो यो सुन्दा उनी अली tension मा थि। उनी बोलिरही थाहा छैन के के बोल्दै थि तर मेरो दिमाग मा “ हामी त खाली teacher student हौ” भन्ने कुरा मात्र खेलिरा थियो।। उनिले के भनेर फोन राखी त्यो पनि मलाई याद छैन। मलाई आज सम्म थाहा छैन त्यो dating… हैन हैन ठमेल घुमाइ मा उनिलाई के मन परेन थाहा छैन मलाई। आफु फेरी मेन्टल मान्छे अनि straight forward कुरा गर्ने मान्छे… सिधै कसैले भनेन भने झन्नक रिश उठिहाल्ने। म पनि के कम्, फोन सोन गर्नै छादिदिये। फेरी concidence भन्नु पर्ला लगातार २ दिन क्लास नै लिन नसकिने गरि कडा सँग नेपाल बन्द भो। घर मा बहिनी थि, बहिनी लाई कसैको फोन आयो भने नदिनु है भनेको थिए, अनि ईन्स्टिच्युट मा पनि प्रिया को फोन आयो भने थाहा छैन मेरो बारे भन्नु भनेको थिए। प्रिया को फोन आयो, मेरी बहिनी ले मैले भने झै भनी दाई घरमा हुनुहुन्न। ईन्स्टिच्युट मा पनि धेरै पटक फोन आएछ तर मेरो अत्तो पत्तो प्रिया ले पाइनन दुई दिन सम्म। ईन्स्टिच्युट मा फोन गर्दा भन्दै थि रे, मैले के गल्ती गरे र त्यस्तो अहिले मलाई sir ले एस्तो सजाय दिदैहुनुहुन्छ. घर मा फोन गर्दा हुनुहुन्न रे, ईन्स्टिच्युट मा फोन गर्दा अत्तो पत्तो छैन … आखिर sir कहाँ हुनुहुन्छ त।
To be continued.........
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-08 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nice story. I am enjoying it. waiting for the next part
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-06-08 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The story is moving well so far. Keep it up.
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-06-08 8:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Serial and Nepal ko Chora thanks a lot. Btw, feeling too sleepy today, shall continue it tomorrow.
Thanks to all who read it.
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-07-08 6:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Episode 5
२ दिन पछी रेगुलर झै क्लास भो। क्लास normal way मा नै लिये मैले। प्रिया स्टुडेन्ट को भूमिका मा थि म teacher को भूमिका मा अनि ७ देखी ८ बजे सम्म को tuition को नाटक पनि सकियो। दिउसो प्रिया को फोन फेरी आयो मैले नै उठाये प्रिया रिस ले चुर भै रहेकी रहिछिन। नमस्कार सर्… तपाईं ले मलाई एकदम् tension दिनु भो अब अति नै भो अब देखी yo relation येहि सम्म .. येति भन्दै फोन राखिदि…। मलाई मात्र के को tension आ…। आफु झन mental लाई आनन्द नै भाको जस्तो भै रहेको थियो दिमाग मात्र खल्बल भै रहेको थियो प्रिया सँग को relation जुन दिन देखी सुरू भो त्यही दिन देखि। म प्राय बोली रहने मान्छे … घर मा धेरै दिन भो त्यती बोल्न छाडेको। त्यो दिन त ईन्स्टिच्युट बाट सिधै घर आए अनि सिधै bed तिर गएर सुते। बहिनी ले सोध्दै थि के भो के भो… भन्दै… केही हैन भनेर सुते।। अब घर मा शन्का त हुने नै भो ।।मलाई के भा छ भनेर, बोल्न पनि कम् हुँदै छ फेरी आज कोही सँग नबोली सुत्न गयो… भोलि पल्ट बिहानै बहिनी ले सोधि मुकुल सँग झगडा भो हो? मुकुल सँग झगडा असम्भब कहिले नि हुन सक्दैन। मुकुल त मेरो मिल्ने साथी हो। जीवन मा progress कसरी गर्न सकिन्छ भनेर practically सिकाउने मान्छे। केही हैन केही भा छैन भने मैले… यो कुरा बहिनी लाई चाँही भन्नु पर्ला भन्ने मन मा थियो अनि बेलुका बहिनी लाई सबै कुरा भने। बहिनी मेरो मिल्ने साथी हरु मध्य एक हो। बहिनी र म वास्तव मा twins हौ। मम्मिले भन्नु भा को म एक घण्टा अगाडि जन्मेको रे बहिनी भन्दा। बहिनीको सजेसन हरु निक्कै valuable छ मेरो लाईफ मा। आज म जे छु जस्तो छु मेरी बहिनी कै कारण ले छु। संसार मा सबै भन्दा प्यारो चिज के हो भनेर मलाई सोध्यो भने म मेरी बहिनी नै भन्ने छु। मेरो आदर्श हो मेरो बहिनी। बहिनी ले भनि, के त येसरि हिंड्नु practical छ त। के हाम्रो family status ले दिन्छ तपाईं लाई लभ सव गरेर हिंड्न। बौ ले कसैको कुरा सुन्दैन, अनि मम्मी ले बौ को मात्र कुरा सुन्छ। फेरी हामी financially एकदम् weak नै छौ, तपाईं रहर ले हैन बाध्यता ले आफ्नो campus नगैकन पढाउने काम गर्दै हुनुहुन्छ… फेरी त्यो केटी ले के नै पो देख्यो होला रा तपाईं सँग। केटी हरु ले फ्युचर हेर्छ तपाईं सँग के फ्युचर देखी होला र प्रिया ले … केटी हरु को कुरा केटी हरु नै बुझ्न सक्छन ….. यि सब कुरा हरु लाई सोच्दा मेरो मन मा अब प्रिया प्रति को चाहना कम् हुँदै गैरहेको थियो।
७ बजे को क्लास को course सकियो। हुन त अरु course हरु पनि सकिदै थियो। बिस्तारी म free हुँदै थिए। अनी प्रिया सँग दिउसो हुने फोन बार्ता पनि कम् हुँदै बिस्तारि पूर्णबिराम झै लाग्न थालिसकोको थियो। आफ्नो MBS second year को exam पनि आउँदै थियो। Exam दिये राम्रो भो। Exam सकियेको केही दिन मा Bank मा जागिर पाए। तर पढाउने काम त मेरो passion थियो। मेरो रगत मा थियो शायद तेसैले होला पढाउने काम चाँही छोड्न सकेको थिन मैले बैंक को ब्यस्तता को बाबजुत् पनि। बहिनी को एउटा कुरा मलाई सधैं नै याद आईरहन्छ, केटी हरु ले केटा हरु मा आफ्नो future हेर्छ। शायद येहि कुरा ले मलाई सधैं नै उक्साइ रहन्थियो career राम्रो बनाउन मा।
एक्दिन office मा थिए, मेरो mobile मा फोन आयो। Prepaid mobile भर्खर सुरू भा थियो। तेसैले दोस्रो lot बाडेको बेला मा लिएको थिए। फोन प्रिया को थियो। मुकुल ले दिएको रे मेरो नम्बर भन्दै थि। मुकुल र प्रिया को कुरा प्राय भै रहन्थियो। आफ्नो प्रिया प्रति interest बिस्तारि हट्दै गै सकेको थियो। प्रिया भन्दै थि, उस्ले MBS जोइन गरी रे अनि अहिले New Road मा MBS को accounts को tuition पढ्चिन रे। मैले ए ए मात्र भन्दै गए। फोन मा हाम्रो कहिले काही मात्र कुरा हुन्थियो। बाटो मा कहिले काही भेट पनि हुन्थियो। नमस्कार सर्…। अब यो नमस्कार भन्ने शब्द प्रति मलाई घ्रिना लाग्न पनि कम् हुँदैथियो।
मेरो Banking career निकै नै लोव् लाग्दो पारा मा progress हुँदै थियो। एक बर्ष मा नै promotion हुनु, department head हुनु जस्ता कुरा ले म निक्कै नै खुशी थिए, आफ्नो उज्ज्वोल भबिस्य देखिरा को थिए। ३ बर्ष लगातार काम गरिसकेपछि मलाई अर्को बैंक बाट offer आयो। बैंक नयाँ थियो भर्खर खुल्न लागेको थियो। License लिने देखी staff training दिने सम्म सब काम गर्नु पर्ने। काम सिकिने भो भनेर नयाँ बैंक join गरे। बैंक अपरेसन मा आउनु भन्दा अगाडि सम्म त्यती काम नै हुन्न थियो, त्यसैले दिन भर cyber café मा बसे झै internet मा नै हुनथिए प्राय सबै staff हरु। म msn messenger मा सधैं नै online हुन्थिए। प्रिया को याद मस्तिस्क मा झिनो हुँदै थियो। तर एकदिन प्रिया ले मलाई msn messenger मा पकडिहाली। च्याट हुन थाल्यो … अहिले उनीहरु लाजिम्पाट बाट सरेर बुढानिलकण्ठ सरेको रे।। अनि उस्को घर मा कसैले नि उस्को कुरा बुझ्दैन रे… अब त घर छाडेर हेटौंडा गएर बस्छु रे, हेटौंडा मा उस्को आन्टी छ रे… एस्तै कुरा गर्थी प्रिया।। उस्को कुरा मा केबल निराशा मात्र थियो … लाग्थियो प्रिया निकै ठुलो समस्या मा थि। मैले गर्न सक्ने केही थिएन। बरु बैंक तिर vacancy आको थियो भने उस्लाई खबर चाँही गर्थिए।
to be continued.........
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-07-08 6:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पार्त पनी धेरै राम्रो छ, दामी गयो, ल छिटो छीटो हाठ चलाऊ
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-07-08 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिय पाठक मित्र हरु, येश् कथा को बाँकी अंश शायद अन्तिम नै हुने छ। येश् कथा "म" पात्र को सेरोफेरो मा मात्र यो कथा अगाडि बढेर सकिन लागेको छ। प्रिया को के मजबुरी थियो प्रिया को मन मा "म" पात्र प्रति के कस्तो भावना थियो यि सम्पूर्ण कुरा हरु लाई लिएर कथा लम्ब्यौन त मन थियो तर मैले सोचे त्यो कथा लाई छुटै नाम दिएर नयाँ thread अगाडि बढाउदा बेश होला।
पाठक मित्र हरु को के सुझाब छ त्यही अनुरुप यो कथाकार ले कथा अगाडि बढाउने प्रयत्न गर्नेछ।
पाठक मित्र हरु को सुझाबले कथाकारलाई सधैं नै हौसला प्रदान गर्ने छ।
Last edited: 07-Mar-08 06:12 PM
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 03-07-08 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथिको जाँगर, स्रिजनशिलता , र लेखनप्रति स्रद्धा छ भन्ने स्पष्ट देखिन्छ यो लेखाइबाट । तर व्याकरण, शुद्धता, र मुख्यत कथाको योजनामा कमजोरि देखिन्छ । हुन त म कुनै लेखक होइन, तर पढेको अनुसार तिम्रो जस्तो लेखाइलाइ यस्तै सुझाव दिने गर्छन् अरु हरु । सायद अरु धेरै प्रयास हरुले अझ निखार्ने छन् तिम्रो लेखाइ । प्रकास कोविदका उपन्यास जस्तो झुकाव देखेँ मैले तिम्रो लेखाइमा ।
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-07-08 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Copycat, thanks a lot for your suggestion. I will try my best in future to improve the story plan before writing anything and will always remember your suggestion whenever the story deviates from its original plan.
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-07-08 9:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last Episode
मलाई America जाने भूतले सताइ रहेको थियो। पुरानो bank मा हुँदा देखी नै America जानु पर्ला कि भनेर Univeristy सँग correspondence गरिरहेको थिए। नयाँ bank मा ६ महिना के काम गरेको थिए visa लागिहाल्यो। बैंक छाडेको दिन प्रिया लाई फोन गरे,र भने म America जादै छु। प्रिया शान्त थि, कुनै जवाफ नभएको जस्तो चुप थि। केही बोलिनन....... एक्छिन मा एक्कसि एउटा प्रश्न सोधी तपाईं मलाई तपाईं को बिहे मा बोलाउनु हुन्छ, मैले भने अवश्य, अनि तिमी नि … उनि ले पनि sure भन्दै थि, मलाई थाहा छैन उस्ले किन सोधेकी थि यो प्रश्न मलाई।
म America आए। तर America आउने बेलामा मैले प्रिया लाई फोन गर्न चाहिन। फोन गरु कि जस्तो लागि रहेको थियो तर गरिन। America आए पछी प्रिया लाई ईमेल लेखे, प्रिया को reply मा उस्ले लेखेकी थि, I was expecting your call on the day you went to USA. America को individual र independent life ले सताइ रहेको थियो मलाई। Msn messenger मा सधैं online बस्नु अनि नेपालमा साथीहरुसँग च्याट गर्नु मेरो दिनचर्या बन्दै थियो। Messenger मा लामो समय सम्म online बस्ने साथीहरु मध्य Priya पनि थि। मुकुल पनि London गै सकेको थियो। उ पनि online आउथियो तर एकदमै कम्। London को ब्यस्त जीवन को बारेमा सुनाउथियो, तर बिचरा ले त्यहा कसैलाई फोन गर्न समय नै नपाउने रहेछ। दिनभर फोन मा झुन्डिनु पर्ने मान्छेलाई फोन गर्न समय नहुँदा साचैनै गाह्रो नै भयो होला। तर प्रियालाई भने म दिन दिनै जसो online भेटथिए।
२ महिना भन्दा बढि online chat गर्दा गर्दै मेरो loneliness को online साथी बनी सकेकी थि प्रिया। प्रिया ले एक्दिन मलाई अकस्मात् एउटा कुरा भनि मुकुलले मलाई propose गरेको थियो तपाईं ले भन्दा नि पहिला। अब मलाई बल्ल पत्ता लाग्यो मुकुल को दिउसो long phone च्याट गर्ने special केटी को रहिछिन भनेर। एक्दिन मुकुल ले दारु खाको बेला मा भनेको पनि थियो मैले येस्को को लागि मेरो लाईफ को valuable चिज sacrifice गरेको छु। यो मोरो जन्ढ्या ले के भन्यो भनेर कसैले नि वास्ता गरेको थिएन। उस्को valuable चिज त्यस्दीन मैले बुझे। मेर हाथ हरु कप्न थाले, प्रिया सँग को च्याट मा मैले केही लेख्न नै सकिन। प्रियाले यो कुरा आज मलाई किन भन्दै छे। के प्रिया म र मुकुल को बिचमा फाटो ल्याउन खोज्दै छे, के उनि कुनै चीज को बदला लिन खोज्दै छे। एही यावत कुराहरु सोचदै प्रियासँगको च्याटलाई मैले त्यस दिन त्यही पूर्णबिराम गरे।
कुरा निकै पुरानो भै सकेको थियो। अब फेरी सम्झेर tension मा आउनु थिएन मलाई। Sajha.com, msn chat, hi5 आदी इत्यदि नै थियो मेरो एक्लोपना को साथी। मेरो hi5 मा प्रिया लाई पनि add गरेको थिए। तेस्मा प्रिया को फोटो चाँही थिएन। प्रियाको नेट्वोर्क मा थोरै साथी हरु थिए। Hi5 मा साथी हरु खोज्नु अनि साथी हरु को reunion गर्न खोज्नु मेरो सोख बन्दै थियो। एतिकै मा by chance एक्दिन एकजना अपरिचित member को profile हेर्न पुगे म, तेस्मा लेखिएको थियो Sweet Angel o mine…. फोटो थियो प्रिया को। प्रिया को boyfriend??? म छक्क पर्दै त्यो रात भर फेरी एक पटक पुराना दिन हरु सम्झे। Msn मा प्रिया त्यही दिन देखी block छिन्। मेरो birthday मा एउटा कार्ड आएको थियो khattam.com मार्फत, लेखिएको थियो Sir, why are you angry with me, I tried to remember what mistake I committed but could not find. तर म कस्तो निस्ठुरी reply आज सम्म पनि गरिन।
समाप्त ......... प्रिया मलाई माफ गरिदेउ
|
|
|
Rani Pokhari
Please log in to subscribe to Rani Pokhari's postings.
Posted on 03-08-08 9:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिया पाठकसाथीहरु नमस्कार।। एश कथालाई लम्ब्याउनु भन्दा छुट्टै नाम दिएर प्रियाको कथा सुरु गर्नु नै उपयुक्त थानेको छु।
पाठक मित्र हरु को सहभागिताप्रति यो कथाकार सधैं नै आभारी रहने छ।
फेरी भेटौँला प्रिया को जीवन बुझ्न नयाँ कथा को साथ।
धन्यवाद !!!
|
|
|
prem chopda
Please log in to subscribe to prem chopda's postings.
Posted on 03-09-08 3:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ekdam ramro mr. queen pond ( rani pokari). Sounds true story. I m eagerly wating to for ur next stuff. Keep going
|
|