माओवादी नेता डा. बाबुराम भट्टर्राईले प्रतिद्वन्द्वीभन्दा ४० हजार बढी मत ल्याएको गोरखा जिल्लामा चुनाव कसरी भयो र यहा“को वातावरण कस्तो थियो भन्ने कौतुहलता सबैलाई होला । चुनाव सम्पन्न हुनासाथ चैत २८ गते नै एमाले र कांग्रेसले माओवादीबाट संविधानसभा चुनावमा धा“धली भएको आरोप लगाउ“दै केही बुथकोे चुनाव रद्द गर्न निर्वाचन आयोगमा उजुरी दिए । त्यसो नभएसम्म मत गणनामा सहभागी नहुने जानकारी दिएका थिए । यही कारणले मतगणना एक दिन ढिला भयो । अरू दल नआएकाले माओवादी र जनमोर्चाका प्रतिनिधिमात्रै बसेर मतगणना सुरु गरे । यही विषय समेटेर कान्तिपुर टेलिभिजनमा चैत २९ गते बिहान १० बजे टेलिफोनबाट प्रत्यक्ष रिपोटिङ गरें । त्यही दिन दिउ“सो माओवादी कार्यकर्ता अमृत उपाध्यायलगायतले समाचारको विषयमा विवाद सुरु गरे । म सोच्दै थिए“, यिनीहरूस“ग कुरा गरेर काम छैन । त्यतिबेलै मेरो मोबाइलमा घन्टी बजेकाले एकछिन है भनेर त्यहा“बाट फुत्किए“ ।
त्यसको एक घन्टा नबित्दै काठमाडौं जा“दै गरेका कांग्रेस कार्यकर्ता रमेश बस्ताकोटीलाई माइक्रोबसबाट ओरालेर माओवादी कार्यकर्ताले कुट्न थाले । उनलाई प्रहरीले समातेर सुरक्षित स्थलतिर लग्यो । त्यसको केहीबेरमै कांग्रेसकै अर्का कार्यकर्ता चित्र भट्टलाई त्यसैगरी कुट्न थाले । प्रहरीले समातेर अस्पताल लग्यो । अस्पतालमा असुरक्षित महसुस गरेर होला उनीहरू भागेर स्थानीय रंगशाला नजिक बा“सको झ्याङमा लुकेर बसेछन् । त्यहा“बाट थुतेर फेरि कुट्न थाले । हामी त्यो तस्बिर खिच्दै थियौं । त्यही बेला अर्का पत्रकार भीमलाल श्रेष्ठलाई माओवादीले दर्ुर्व्यवहार गर्न थाले । यो खिच र त्यो खिच भनेर वाईसीएल कार्यकर्ता आदेश दि“दै थिए । वातावरण असहज लागेर त्यहा“बाट हामी हि“ड्यौं । भट्ट र बस्ताकोटीलाई मरणासन्न हुनेगरी कुटेर प्रहरीको जिम्मा लगाइदिए ।
रातिबाट मतगणना सुरु भयो । हामी रातभरि त्यही गणनास्थलमै रह्यौं । १ र २ क्षेत्रमा माओवादीले भारी मतको अन्तरले अग्रता हासिल गर्दै थियो । भित्रैबाट माओवादी विजयोन्मुखको समाचार हामी पठाउ“दै थियौं । देशैभरिको परिणाममा माओवादीले अग्रता हासिल गर्दै थियो । बाहिर माओवादीका केही कार्यकर्ता उग्र बन्दै थिए । तिनमा विजयोन्माद बढ्दै गयो । तिनले घरमा बसिरहेका कांग्रेस कार्यकर्ता फणिन्द्र धिताललाई कुटपिट गरे ।
भित्र गणना भइरहेको थियो । सडकमा होहहल्ला बढेपछि म, सीडीओ जीवन ओली र डीएसपी गीता उप्रेती त्यतातिर जा“दै थियौं । भीडबाट बचाऊ भन्दै कानुन व्यवसायी तथा मानवअधिकार संगठन गोरखाका उपाध्यक्ष मोहन पोखरेल फुत्त निस्किए । उनलाई 'हाम्रा १३ हजार सहिदको रगतको बदला लिन्छौं' भन्दै झम्टिरहेका थिए । काठमाडौं जा“दै गरेका उनलाई करिब १३ किलोमिटर परसम्म पिछा गरेर 'तपाईं शंकाको घेरामा हुनुहुन्छ, छानबिन गर्नु छ' भनेर माइक्रोबसबाट थुतेछन् । गोरखा बजारमा ओराल्नासाथ उनलाई तिनै वाईसीएलले कुटपिट सुरु गरे । उनको जीउभरि नीलडाम थियो । मुखबाट रगत बगिरहेको थियो । दा“त हल्लिएको थियो । कपडा च्यातिएको थियो । 'दामोेदरजी, म कुटिए“,' उनी भन्दै थिए, 'के फरक पार्टर्ीीई भोट दिएकैमा यसो गर्न पाइन्छ - के फरक मत राख्नेले बा“च्न नपाउने - धन्न नजिकै प्रहरी भएकाले बा“चियो ।' हामी मतगणनास्थलवरिपरि थियौं । बाहिर रहेका एक सहकर्मीले मलाई टेलिफोनमा भने, 'सर, तपाईं बाहिर नआउनुस् ।' मैले किन नआउने भनेर प्रश्न गरिन“ । त्यसको केही मिनेटमै मेरो मोबाइलमा धम्कीको स्वर सुनियो, 'अब पालो पत्रकारको ।' वातावरण तनावपर्ूण्ा थियो । चुनावमा गाउ“भरि छरिएका वाईसीएल सदरमुकाममा केन्द्रित थिए । तिनीहरूका हातमा लट्ठी, छडलगायतका हतियार थिए । असुरक्षित महसुस भइरहेको थियो । पत्रकार महासंघ गोरखाका सभापति किशोरजंग थापालाई फोन गरे“ । उनले पनि परिस्थिति असहज भएको बताए ।
उनले पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीलाई सर्म्पर्क गरेको र निष्ठुरीले केही समस्या परे आफैं आउने आश्वासन दिएको जानकारी दिए । ठाउ“ठाउ“मा वाईसीएल बसेर झोला, पर्स जा“च्ने काम भइरहेको थियो । कांग्रेस कार्यकर्ता पैसा र मोबाइल लुटियो भन्दै थिए । कांग्रेसलाई खोजीखोजी कुटिरहेका थिए । कांग्रेस र एमालेको केही समूह भूमिगत भएको थियो । घटनाक्रमको समाचार लेख्नसक्ने अवस्थामा म थिइन“ । अरू साथीले कोही पनि सुरक्षित नभएकाले समाचार नलेख्ने सामूहिक सल्लाह भयो । त्यो आक्रोशित भीडलाई रोक्नसक्ने अवस्थामा प्रहरी थिएन । प्रहरीकै अगाडि कांग्रेस कार्यकर्ता कुटिएका थिए । त्यतिबेला राज्यको उपस्थिति नदेखिएको अवस्था थियो । अप्रिय घटना भएपछि जो आए पनि के गर्नु । सुरक्षाका लागि नलेख्नुबाहेक अरू विकल्प हामीले देखेनौं ।
एकपछि अर्काे धम्की आइरहे । सकेसम्म आफैं समस्या समाधान गर्नुपर्छ भनेर कैयौं घटना र्सार्वजनिक गरिएनन् । के गर्ने भनेर धेरै सोचियो । सुरक्षा घेराबाट बाहिर निस्कने अवस्था थिएन । साथीहरू अब के गर्ने भनेर सर्म्पर्क गरिरहन्थे । मैले कान्तिपुर क्षेत्रीय ब्युरो पोखरा, काठमाडौंस्थित जिल्ला ब्युरो र कान्तिपुर टेलिभिजनमा जानकारी गराए“ । त्यहा“बाट सुरक्षित रहने उपाय सोच्नु भन्ने सल्लाह पाए“ । साथीहरू बेलुका घरतिर लागे । म सुरक्षा घेराभित्रको त्यही मतगणनास्थलवरपर रहे“ । घटनाक्रम माओवादी विधायक परशुराम रम्तेललाई जानकारी गराए“ । उनले पत्रकारलाई त्यस्तो केही नहुने बताए । मैले आफूले अहिलेसम्म गरेका रिपोर्टिङका बारेमा सम्झाए“ । उनले भएका कुरा लेख्न र बोल्न पाइन्छ भन्ने प्रतिक्रिया दिए ।
माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल र सेक्रेटरी चुडामणि खड्कालाई जानकारी गरायौं । उनीहरूले पार्टर्ीीे नीति यस्तो नभएको र घुसपैठ हुनसक्ने बताए । घुसपैठ भन्ने प्रतिक्रियाले झन् सशंकित बनायो । यस्तो भनाइले केही भएमा जबाफदेही कोही नुहने देखियो । यही बेला संयुुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयबाट आएका प्रतिनिधिले अवस्थाको जानकारी लियो । पत्रकारको सुरक्षाका लागि सम्बन्धित ठाउ“मा पहल गर्ने आश्वासन दिएको थियो । स्थानीय प्रशासनबाट सुरक्षा ग्यारेन्टी थिएन । पार्टर्ीीे नेतृत्वबाट आदेश आएमात्रै सुरक्षित रहन सक्ने उनीहरूलाई बतायौं ।
चुनावी अभियान सुरु भएदेखि नै माओवादीको प्रत्यक्ष र अप्रत्यक्ष धम्कीको सामना गर्नुपरेको थियो । कांग्रेस उम्मेदवारद्वय चिरञ्जीवी वाग्ले र चीनकाजी श्रेष्ठ तथा एमालेका उम्मेदवार विकलकुमार श्रेष्ठ र हरि काफ्लेलाई ठाउ“ठाउ“मा अवरोध गरेका थिए । अश्राङ गाविसमा उम्मेदवार, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत चढेको गाडीलाई लक्ष्य गरेर भीरबाट ढुंगासमेत गुल्टाएका थिए । घैरुङ गाविसमा खुकुरी, ख“ुडा, बन्चरोजस्ता हतियार बोकेर बसेका समूहले उम्मेदवारलाई प्रचार गर्न नदिएर फर्काएका थिए । यस्तो घटना हुने पर्ूवजानकारी हामीले पाएका हुन्थ्यौं । असहज अवस्था थाहा पाएजति ठाउ“मा हामी पुगेकै हुन्थ्यौं । माओवादीले अन्य दललाई अवरोध पुर्याएका गुनासा आइरहे । कांग्रेस र एमालेका कार्यकर्ता धेरै ठाउ“मा कुटिए । प्रचार गर्न गएका उम्मेदवार फर्काइए । उम्मेदवारका घर घेरिए । त्यसको समाचार आउ“दा उनीहरूले पत्रकारमाथि माओवादीविरुद्ध लागेको आरोप लगाइरहन्थे । उनीहरू चुनावी कार्यक्रममा पत्रकारको खोइरो खन्थे । मिडिया हराउन लागेका छन् भनेर कार्यकर्ताको अगाडि पत्रकारको अपमान गर्थे । विदेशीको पैसा खाएर माओवादीविरुद्ध लागेको आरोप लगाउ“थे । गाउ“का कार्यकर्तालाई पत्रकारविरुद्ध लाग्न नेतृत्वले नै उचालेका थिए चुनावी कार्यक्रममा । त्यसैको परिणाम गाउ“बाट आएका कार्यकर्ता पत्रकारलाई जे गरे पनि हुन्छ भन्ने मानसिकतामा देखिन्थे । माओवादीका जिल्ला सेक्रेटरी चुडामणि यसअघि कान्तिपुर पु“जीवादी पत्रिका भएकाले अबको लडाइ“ कान्तिपुरसित हो तर 'तपाईंचाहिं राम्रो मान्छे भएकाले केही गुनासो छैन' भनेर अप्रत्यक्ष धम्की दिन्थे । अरू दलको चुनावी कार्यक्रममा जा“दा ठाउ“ठाउ“मा माओवादी कार्यकर्ता दर्ुर्व्यवहार गर्थे । त्यस्ता घटनाको सूची लामै छ । त्यसलाई हामीले कार्यकर्ताको सामान्य सनकका रूपमा मात्रै लिएका थियौं ।
पछिल्लो समयमा माओवादी नेतृत्व तह नै पत्रकार भ्रष्टाचारी र राजावादीको पछि लागेको आरोप लगाउ“थे । म डा. बाबुराम भट्टर्राईको घरदैलो कार्यक्रम होस् वा चुनावी सभा सबै ठाउ“मा पुगेको छु । उनीहरूको समाचार पनि लेखेको लेख्यै छु । मैले बुद्धिले भ्याएसम्म निष्पक्ष र सन्तुलित समाचार दिए“ । पछिल्लो समयमा उनीहरू जस्तो समाचार लेखे पनि नराम्रो देख्ने भएका छन् ।
चुनाव सकिएको तेस्रो दिनसम्म पनि वातावरण तनावपर्ूण्ा थियो । वातावरण त्यस्तो बनाउन अगुवाइ गर्ने अमृत उपाध्याय माओवादीका कुन तहका कार्यकर्ता हुन् भन्ने थाहा छैन । उनी मेरो कलेजका सहपाठी हुन् । बीए सकिएपछि म एमए पढ्न थाले“ । उनी भूमिगत भए । बेलाबखत भेट हु“दा माओवादीविरुद्ध समाचार लेखेको गुनासो गर्थे । भूमिगत रह“दा पनि साथी भएका नाताले म तपाईंको सबै समाचार पढिरहन्छु भनेर सुनाउ“थे । चुनाव सकिनुलगत्तै तिनी बाहिर बसेर समाचारका बारेमा नानाथरी कमेन्ट गरेर मासलाई तताइरह“दा रहेछन् ।
बाहिरी वातावरणको प्रवाह नगरी म मतगणनाको समाचार बनाउन लागिरहें । साथमा डिजिटल क्यामेरामात्रै थियो । भिडियो क्यामेरा एकातिर थियो भने ल्यापटप अर्कैतिर । रिपोटिङ गर्न असजिलो थियो । मतगणनाको समाचार टेलिफोनबाट टिपाउनुपरेको थियो । कांग्रेस कार्यकर्तालाई गाडीबाट थुत्दै कुट्दै गर्ने क्रम जारी थियो । गाउ“मा भएका कांग्रेस कार्यकर्ता असुरक्षित महसुस गरेर हेलिकोप्टरबाट काठमाडौं ओसारेको खबर आउ“दै थियो ।
माओवादी नेता भट्टर्राई भारी मतान्तरले विजयी भए । जिल्लाका तीनवटै क्षेत्रमा माओवादीले विजयको झन्डा फहरायो । वैशाख ३ गते विजयजुलुस हु“दै थियो । जुलुसमा सहभागी हुने पत्रकारलाई 'कुकुर लखेटे जसरी लखेट्ने' भन्ने धम्की सुनियो । जुलुसमा जान सक्ने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्यौं । उनीहरूले सुरक्षा हुने बताए । माओवादी सेक्रेटरी खड्काले वाईसीएलको सुरक्षा घेरामा हामी हि“ड्ने जानकारी दिए । विजयसभामा गयौं । विजयसभा सकिएपछि त्यो भीड अनियन्त्रित बन्न सक्ने अनुमान गरेर सभा सकिनुअघि नै सुरक्षा घेरातिर लागियो ।
मानवअधिकार उच्चायुक्त प्रतिनिधिले फेरि मलाई भेटे । स्थिति सहज बनाउन हामी आफैंले पहल गरेको जानकारी दिए“ । वातावरण केही सहज बनेको अनुमानले प्रमुख जिल्ला अधिकारी, डीएसपी, निर्वाचन अधिकृतलगायत मनकामनातिर लाग्यौं । सदरमुकाम र्फकेपछि फेरि मानसिक तनाव दिन सुरु गरे । 'अहिलेसम्म को पत्रकारले कस्तो समाचार लेख्यो, त्यसको विश्लेषण गर्ने' चेतावनी दिएको सुनाए एक सहकर्मीले । हवाई गस्तीका क्रममा सिर्दिवासमा भेटिएका माओवादी कार्यकर्ता तुफानले हाम्रा विरुद्ध लाग्ने पत्रकार त्यही हो, त्यसलाई छोड्दैनौं भनेर धम्कीपर्ूण्ा खबर पठाए । माओवादीका पर्ूवजिल्ला सेक्रेटरी लोकप्रसाद बन्जारालाई कुटेको आरोपमा उल्टै कांग्रेस कार्यकर्तालाई माओवादीले मुद्दा दर्ता गर्न थाले । राजनीतिक घटनालाई आपराधिक घटनामा परिणत गराउने प्रयास गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष घिरन थापालगायत एक दर्जन नेता कार्यकर्तालाई त्यस्तो आरोप लगाएर उजुरी दिने क्रम बढी नै रह्यो । जिल्लास्तरका नेताहरू विजयसभा मनाउन गाउ“तिर लाग्ोका छन् । सदरमुकाममा चाहिं कार्यकर्ताले विभिन्न अफवाह फैलाएर मानसिक तनाव बढाउन छाडेनन् । समानुपातिक निर्वाचनको अन्तिम परिणाम पनि आइसकेको थियो । तनावमा बसिरहनु भन्दा केही दिन घरतिर गएर शान्त हुने निधो गरे“ । प्रहरीले खै के सूचना पायो, बुधबार मलाई सुरक्षा दिएर घर -काठमाडौं) पुर्याइदियो