[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 टीपन

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 30658 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-15-11 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

टीपन


यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, उनीहरुले कुन चाईने महापण्डीत चिनेका थिए कुन्नी, असाध्यै गुनगान गाउँथे ती पण्डीतको। तिनै पण्डीतले चिना नबनाईदीइ भएन रे भनेर मलाई त्यो टीपन दीएका थिए घराँ। त्यै भएर नयाँ सडक हिनेको म। अन्त भए त के जान्थे, तर त्यहाँ ती नातेदार कहाँ जहिले जाँदा नी जेरी स्वारी टन्न खान दिन्थे। मलाई जेरी स्वारी एकदम मिठो लाग्ने। घराँ बिहान जेरी स्वारी किन्द्याओ न भन्यो "अहिले भात खाने बेलाँ तँलाई के को जेरी स्वारी" भन्थे, दिउँसो किन्द्याओ भन्यो "भरखर भात खाको हैन?" भन्थे, अलि ढिलो भन्यो "के एउटै कुरो दस चोटी भनीरा? अहिले तेरो हजुरबालाई हलुवा बनाउँदा तँलाई नी दिम्ला ल अब चुप लाग भन्थे।" हलुवा खान्छु त कल्ले भन्या थ्यो र? त्यो हलुवा खाँदा मुखाँ लेस्सारीएर प्याक प्याक हुन्थ्यो, गुलीयो मात्रै भएर हुन्छ र? त्यो हलुवा खाएर एक गिलास पानी तन्काएर चिया खायो, चियामा स्वाद छैन त! त्यस्तो हुन्थ्यो। हलुवाले भाँडथ्यो नी चियाको गुलियो। अनि फेरी साँझ तिर जेरी स्वारीको कुरो झिक्यो, उही बिहानको सम्बाद दोहोर्‍याउँथे "एक छिनाँ भात खाने बेला हुन्छ, के को जेरी स्वारी?"

त्याँ नयाँ सडकाँ जाँदा आफुले केही भन्नु पर्दैनथ्यो, खुरुक्क जेरी स्वारी ल्याउँथे। चियाको स्वाद त जेरी स्वारीले नी नभाँडने त होईन, तै पनि आफुलाई मन पर्या कुरोले भाँडेको। चित्त दुखाई थिएन। त्यही हेराई हो, अर्काले हेरे स्टेर देको भन्दै तात्थे काका, तरुनीले हेरे लल्याक लुलुक भएर साथी भाईलाई चिया ख्वाउँथे। त्यस्तै त होला नी।

"टिपन राम्रो संग राख है" भनेको सुन्दा सुन्दा च्यात चुत पारेर काकाले चुरोट निभाको जसरी किचिदिम की जस्तो लाग्न थाली सकेको थ्यो मलाई। हाम्लाई थाह छैन, सामानको कसरी हिफाजत गर्नु पर्छ भनेर? अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त?  त्यो फोटोमा म धुलो पर्नै दिन्न थें, बेला बेला आफै सफा गर्थें। भन्नलाई त घराँ यस्ले केही गर्दैन, भन्थे। गर्नु पर्ने कुरा त म गरी नै राथेँ नी। दुई ट्याम भात, खाजा खाईदेकै थिएँ। राती उनीहरुले मिलाईदेको ओछ्यानमा सुत्देकै थिएँ। उनीहरुलाई त के थियो र महिनामा एक चोटी फिस तिर्दीन्थे, झोला बोकेर स्कुल त मलाई जानु पर्थ्यो नी दिन दिनै, गएकै थिएँ। साथी भाई पनि राख्नै पर्यो। एक छिन फुर्सद हुँदैन थ्यो आफुलाई। भ्याई नभ्याई थियो, तै पनि घराँ "यो बेगारी पानी पनि आफै सारेर खाँदैन" भन्थे, अब घराँ गाग्रै थिएन, अनि के सार्नु त? भन्नेले जे भने पनि आफुले गर्नु पर्ने कुरा चैं रीत पुर्याएर गर्ने गर्या थिएँ।

अनि लर्खरीदै - लरबरीदै होईन नी फेरी -- नागपोखरी पुगेको थिए, झुरुप्प मान्छे देखें। अब नहेरी हुन्थ्यो के त त्यो तमासा? भिडको बिचमा एउटा मान्छे डमरु प्याटाटाट प्याटाटाट पार्दो रे छ--के के हो फलाक्दो रे छ। छिटछिटो बोल्थ्यो उ। निक्कै हतार छ कि झै गर्थ्यो। फनफनी घुम्दो पनो रेछ भिड भित्र। भुईँमा अनेक थोक छरेको थ्यो -- एउटा पुरानो टिनको बाकस पनि खोल्या थ्यो--त्यसमा पनि के के हुन सामान थिए। यता बाट उता अनि उता बाट यता फलाक्दै हिन्दै गर्दा बिचाँ उस्ले छर्या (उसैले त छर्या होला नी)  सामान तिर देखाउँदै गर्जियो –
 
अब यस्लाई म मन्तरले भुईँ बाट उठाएर हावामा झुन्डाउँछु--अनि सर्प निस्किन्छ यसबाट हावामा अनि आकाशबाट गरुड एक्कासी आएर त्यो सर्प --- भन्दै टाउको झटकार्यो उस्ले। अब त्यहाँबाट त्यो तमासा नहेरी यता उती लाग्नु हुन्थ्यो के त?
 
उस्ले त्यो भुईँबाट उठाएर हावामा झुण्डाउँछु अनि सर्प निस्किन्छ अनि गरुड आउँछ भन्या चिज तिर मैले हेरें। एउटा डल्लो थ्यो, ५ नम्बरको भकुण्डो भन्दा अलि ठुलो। त्यहाँ भित्र सर्प होला भनेर मैले निक्कै ध्यान सँग कति बेर हेरें। सर्प चल्मलाएको देखिन। यस्ले लट्ठ पारेर राख्या होला भन्ने ठाने, पर्खिए। त्यो मान्छे अनेक थरी कुरा गर्छ, कैले के किन  भन्छ, कैले के भन्छ। डल्लो उडाउँदैन त। केही किन्नलाई त्यस्ले भन्नु पर्थ्यो ? के किन्ने हाम्लाई थाह नभाको कहाँ हो र? पैसा नभएर पो त।
 
कत्ति बेर


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-15-11 2:02 PM     [Snapshot: 50]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

घराँ बिहान जेरी स्वारी किन्द्याओ न भन्यो "अहिले भात खाने बेलाँ तँलाई के को जेरी स्वारी" भन्थे, दिउँसो किन्द्याओ भन्यो "भरखर भात खाको हैन?" भन्थे, अलि ढिलो भन्यो "के एउटै कुरो दस चोटी भनीरा? अहिले तेरो हजुरबालाई हलुवा बनाउँदा तँलाई नी दिम्ला ल अब चुप लाग भन्थे।"

अनि फेरी साँझ तिर जेरी स्वारीको कुरो झिक्यो, उही बिहानको सम्बाद दोहोर्‍याउँथे "एक छिनाँ भात खाने बेला हुन्छ, के को जेरी स्वारी?"


 
Posted on 02-15-11 3:35 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कस्तो रमाइलो वाई, हासेर गालै दुखिसक्यो







 
Posted on 02-15-11 5:41 PM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 सधाझैँ राम्रो प्रस्तुती प्रभो !!
कसैले झैँ कुराउदा पनि नकुराउने
 दिप प्रभो को कथा दह्रो गयो  


 
Posted on 02-15-11 6:40 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

घरमा सबैका लामा लामा चिना थिए आफ्नो चैं टिपन मात्रै। सानी भनेर हेपेका जस्तो लाग्थ्यो त्यो बेला। आमाले टिपनलाई चिना बनाउन दिए देखी ग्रह मात्रै हैन मिल्किवे नै  बिच्कियो जस्तो लाग्छ अचेल.....

लेखाइ त लन्च पछी खाको जेरी जस्तै मिठो लाग्यो, as always ...  हामीले नि जेरी खान दीपले नयाँ सडक जाने दिन पर्खेको जस्तो भो र मात्रै.....

 
Posted on 02-15-11 8:20 PM     [Snapshot: 365]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 दीप प्रभो, कथा त सारै रमाइलो रहेछ... मनै चंगा भो पढेर.... आफुले गरेका बदमासी पनि याद आयो.. 
 
Posted on 02-15-11 9:08 PM     [Snapshot: 399]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Good story Deep
Write more stories of your Kaka and bange
 
Posted on 02-15-11 9:21 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभु, धेरै पछी  स्वतन्त्र हाँस्न पाइयो आफैं सँग । सदा झैं स्वादिलो लेखाइ ।

प्रभो ले के के सम्झें भन्दै हुनुहुन्थ्यो, तलको अनुच्छेदले मेरो सारा बालककाल मेरा अगाडि ल्याएर राखिदियो । कहाँ होला अब त्यस्तो भद्रपुरको हाट!!

".....मैले सोचें, यस्ले त्यो डल्लोमा ग्यास भर्या बेलुन जस्तो के राख्या होला, अनि बेलुनमा सर्प होला, यस्ले पाल्या गरुड यता उती कता रुखाँ राख्या छ यस्ले, गरुड बोलाउँदै छ यो --गरुड आको देखे पछी कुन सडको बेलुन उडाउँछ यस्ले अनि गरुडले आएर सर्प लैजान्छ--खेल खत्तम। सबै हिने पछी यो पनि गरुड र सर्प लिएर हिन्छ, गरुडले सर्प खाएछ भने अर्को सर्प ल्याउँछ यस्ले। यै रे छ यस्को टिडीक। अहिले यस्ले बोलाउँदा गरुड आईरा छैन। त्यै भएर यो चिन्तित भाको। मैले निष्कर्ष निकालें।"


-somewhereondearth

 
Posted on 02-16-11 5:25 AM     [Snapshot: 496]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

(केहि बोलम भने दीपको लेखाइको वजन घट्ला भन्ने पिर पर्छ)

त्यसैले चुप! आनन्दित!

(ढोगेको एमोटिकोन पनि चाइयो के साझामा!)

 
Posted on 02-16-11 6:09 AM     [Snapshot: 506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गजब छ दीप !

अब कलेक्सन निकाल्ने हैन भन्या ?

 
Posted on 02-16-11 11:41 AM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटि होइन, दुइ चोटि दोरायर पढियो ।

 
Posted on 02-16-11 12:08 PM     [Snapshot: 610]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आजको कुरालाई ताकेर भने की औसत दिनको लेखाजोखा गरेर भने थाह छैन तर डर बढाएर हिने"  hehe


दरो गयो ल धेरै पछि, हाम्लाई नि उ बेलां तेस्तै हुन्थ्यो | बियरको बोतल उडाउनि भनेर घर नगई चटक हेर्न बस्यो, औसधी बेचुन्जेल बस्नु पर्नी रे छ , पछि दिक्क भेर खै त भन्यो...भाग.... भूराहरु भनेर उल्टई गाली भेट्नी, बरु त्यों नाग पोखरीको बोर्डमा पौरोटी चप्पल उल्टो पारेर टेबुल टेनिस खेल्या सम्झे ल मैले त
Last edited: 16-Feb-11 12:19 PM

 
Posted on 02-16-11 12:59 PM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तम प्रस्तुती सदा झै। 
 
Posted on 02-16-11 1:07 PM     [Snapshot: 654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीप ज्यु को अर्को कथा पनि दरो छ लौ...सारै रमाइलो लग्यो, अब यो कथा यति नै हो र भन्या?
 
Posted on 02-16-11 1:58 PM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो , 
धन्य भएँ म ..।अर्को अध्याय सेवन गरेर !!!
 
Posted on 02-22-11 9:13 AM     [Snapshot: 1110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmmm  --- yo katha ho ya ganthan ?!  
 katha pani sakinu  ani hasda hasda pet pani dukhna  suru hunu!! 
 
Posted on 02-22-11 10:56 AM     [Snapshot: 1159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गजब छ प्रस्तुती पढियो .. अनी हासियो खित्कै छोडेर ..     होइन तेत्रो डल्ला उदाउने मेला तमासा हुन्जेल नी बाङगे महाराज को सवारी किन नभा हो ?? .......   लौ न दीप प्रभो सप्रसँग व्याख्या गर्दिनु पर्‍यो ............     ठुलो आशा लिएर पर्खिदै छु ...........
 
Posted on 02-22-11 12:32 PM     [Snapshot: 1213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त?"

हाहाहाहाहाहाहाहा

बिचरा दीप ब्रो लाई झन तेत्रो पीर पर्या बेला आफु चाँही खित्का छोडेर हासियो ! कत्ती रिस उठ्ने होला अब

प्रत्येक शब्द दुई दुई किलो को छ हौ ! भन्न खोज्या कती वजनदार लेख्न सक्या त ! 


 
Posted on 02-22-11 1:50 PM     [Snapshot: 1263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रभो
सार्है मिठो कथा सदा झै।
धन्य होश प्रभो को!!
 
Posted on 02-24-11 2:51 PM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अत्ति दामी .. कत्ती हेड्छौ है तिमी दीप जुता  कति वटा फट्यो होला? तर अत्ति दामी ....
 
Posted on 02-28-11 9:22 AM     [Snapshot: 1722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौका पारेर ब्यक्तिगत तहमा हार्दिक धन्यबादका पुष्प-पत्रहरु बर्षाम्ला भन्ने रहर थ्यो र छ पनि। रहरको एउटा गुण "नपुग्ने" पनि हुने हुँदा अहिलेको लागि साथीहरुले लेखाईको नाममा मैले जताततै छरेका शब्दहरुलाई संगेटेर एउटा प्रस्तुती सम्झिदीएकोमा आफ्ना समय यहाँ खर्चीने सबै प्रति हार्दिक आभार अर्पण गर्दैछु।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters