[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूरै बस्तीमा चोरीको बिजुली
[VIEWED 5939 TIMES]
SAVE! for ease of future access.
Posted on 06-07-11 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को मात्र छैनन् देस बिगार्ने ? तर अरु जात लाई गाली गरेर आफ्नो जात लाई चोखो देखौना हामी खप्पिस छौ
लौ पढ्नुस

पूरै बस्तीमा चोरीको बिजुली

(1 Vote)
 
मकर श्रेष्ठ

भक्तपुर, जेष्ठ २४ - विद्युत् महसुल नबुझाउने घरमा लाइन काट्न सोमबार चाँगुको खोरिया गाउँमा गएका कर्मचारीले चोरीको बिजुली प्रयोग गरेको भेटे ।

महिनांैसम्म बिजुलीको बिल नतिर्नुको कारण उनीहरूले थाहा मात्रै पाएनन्, गाउँभरि चोरीको बिजुली बल्छ भन्ने पत्तो पनि पाए । चाँगु-४ को खोरिया गाउँ र सँगै जोडिएको पाँच वडाको अर्को बस्तीमा पनि चोरीको बिजुली प्रयोग गरेको भेटे ।

'महिनांैसम्म बिजुलीको बिल नतिर्ने घरको लाइन काट्न गएका थियौं,' असुरक्षाका कारण नाम बताउन नचाहने प्राधिकरणका एक कर्मचारीले भने- 'लाइन काट्न पोलमा चढेका थियांै, कालो तार राखेर चोरी गरेको भेटायांै ।'

खोरिया गाउँ पूरै तामाङ बस्ती हो । महसुल नबुझाउने १३ घरको लाइन काट्दा ४० भन्दा बढी घरमा मिटर नराखी सर्भिस केबलबाट र हुकिङ गरेर चोरेको भेटिएको अनुगमनमा खटिएका कर्मचारीले जानकारी दिए ।

'लाइन काट्न हामी थोरै कर्मचारी आएकाले अन्यत्र जान सकेनौं,' ती कर्मचारीले भने- 'बक्यौता नतिर्नेको घरमा लाइन काटेपछि त्यसबाट चोरी गर्ने धेरै घरमा पनि बत्तीको लाइन काटियो ।' प्राधिकरणले बक्यौता नतिर्नेको लाइन काट्न र चोरी नियन्त्रण गर्न अभियान थालेको छ ।

यसले भक्तपुरमा फागुनको तुलनामा विद्युत् चोरी कमी आएको देखाएको छ । फागुनमा ५४ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४९ दशमलव ८२ प्रतिशतमा झरेको कर्मचारीले बताए । वैशाखमा ३९ लाख ७ हजार ३ सय ४१ युनिट खपत भएकोमा १९ लाख ६० हजार ६ सय ९५ युनिट मात्रै बिक्री भएको प्राधिकरणले जनाएको छ ।

दलका स्थानीय नेताहरूले विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । विद्युत् प्राधिकरणले चोरी नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्ने जिल्लाका दलका प्रतिनिधिले सुझाव दिएका छन् । 

माओवादीका सहइन्चार्ज देवेन्द्र श्रेष्ठले प्राधिकरणले पुरानो प्रविधि हटाएर नयाँ जडान नगरेसम्म चोरी नियन्त्रण नहुने बताए । 'पुरानो प्रविधिकै कारण चोरी गर्न सजिलो बनाएको छ,' उनले भने- 'कसलाई चोर भन्ने ? चोरलाई चोर भन्न नपाउने अवस्था छ ।' प्राधिकरणका कर्मचारीले पाउने एक सय २० युनिट कटौती गर्नुपर्ने उनको सुझाव छ । कर्मचारीले पाउने बिजुली अन्यत्र बिक्री गर्ने उनले आरोप लगाए । कांग्रेसका सभापति गणेश चक्रधरले मिटर वितरणमा सहज नभएसम्म विद्युत् चोरी नियन्त्रण गर्न नसक्ने बताए । 'मिटर राख्न चाहनेलाई जडानको बेला पैसा माग्ने गर्छन् । ढिलासुस्ती गर्नुभएन,' उनले भने- 'त्यस्तै सचेतना जगाउनुपर्छ । प्राधिकरणका कर्मचारीले चोर्न सिकाउनु भएन ।'

एमालेका अध्यक्ष राजेन्द्र राजथलाले प्राधिकरणका कर्मचारी जनताको सेवा गर्न तल्लीन हुनुपर्ने सुझाव दिए । 'पैसाको पछि दौडिनु भएन । अहिले कर्मचारीले बह्मलुट गरेका छन्,' उनले भने- 'चोरी गर्न नसक्ने तार राख्नुपर्‍यो । चोरी नियन्त्रणमा भक्तपुर नगरमा मिटर रिडिङ गर्न नसक्ने कुरा आएको छ । प्रशासनले सहयोग गर्नुपर्छ । प्राधिकरणले अनुगमन पटक्कै गरेको छैन ।'

नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले चुहावट रोक्न प्राधिकरणका कर्मचारीले चासो देखाउनुपर्ने बताए । नियन्त्रण गर्न अवरोध आए मात्रै दलको भूमिका रहने उनले जनाए । 'चोरी कम गर्ने हो भने मिटर वितरण सहज हुनुपर्छ । त्यस्तै चुहावट नियन्त्रण नियमित गर्नुपर्छ,' उनले भने- 'प्राधिकरणका कर्मचारीले चोर्न सिकाउनु भएन ।' त्यस्तै सर्वसाधारणले ८० रुपैयाँमा २० युनिट बाल्न पाइरहेकोमा बढाउनुपर्ने उनले बताए ।

 
Posted on 06-07-11 4:13 PM     [Snapshot: 11]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Elite people making billions from corruptions and these are sharing something and trying to save some too.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters