भाग-३
उत्सबको घरमा जानै पर्ने भयो। पहिलो कुरा उत्सब र उसकी श्रीमती रिजा हामीहरुको कलेजदेखिको साथी, दोस्रो कुरा उनिहरु जहिले पनि हामीलाई मदत गर्ने साथी। उनिहरुसँग नभेटेको धेरै भैसकेको थ्यो। कोरोनाले गर्दा जमघट बन्द थ्यो र १ बर्षपछि उनिहरुले हामीलाई निम्ता दिएका थे। रिजाले मलाई फोन गरेपछी मैले नाइ भन्न सकिन।
जाने बेलामा उसले मलाई सचेत गर्यो।
"धेरै पिउने हैन।"
"अनी अरु के आज्ञा छ कि?"
"जहिले त्यही तिघ्रा देखाउने लुगा लाउनु पर्छ?"
"अहिले धेरै निहु नखोज! यो भन्दा छोटो सर्ट्स लाइदिन्छु।"
उ चुप भयो। बाटोभरी हाम्रो कुरा भएन। मलाई सजिलो लुगा लाउन मन पर्छ। सारी र गहनाले मलाई उकुसमुकुस गर्छ। त्यही पनि कुनै बिशेष अबशर थिएन। साथीहरु भेट्ने मात्रै। मैले टिसर्ट र हाफ प्यान्ट लगाएकी थिए। उ मलाई धेरै कुरामा कन्ट्रोल गर्न चाहन्छ। मैले कसरी बोल्नु पर्छ, हास्नु पर्छ, कस्तो लुगा लगाउनु पर्छ, के खानु पर्छ आदी इत्यादी।
रिजाले अरु २-३ जना साथीसाथी पनि बोलाएकी रैछे, उनिहरुपनि आफ्नो जोडीसँग आएका थिए। मैले एक जना हामी सबैभन्दा अली परिपक्व जोडी देखे। श्रीमान ६०-६५ होला, श्रीमती चाँही ५५-६० बर्ष जतिको। उनिहरु रिजाको छिमेकीका आमा बुवा, असाध्यै रमाइला, मिलनसार रहेछन। दुबै जना ठट्टा गर्नु पर्ने। म जस्तो धेरै नखुलिने मान्छेलाई पनि एकछिनमा घुलमिल हुन सजिलो भयो। यसपाली बच्चाबच्चीको ग्रुप थिएन, रिजाको बच्चाहरु नेपाल गएका थिए। त्यसैले ठुलो मान्छेहरु मात्रै थिए।
हरेक जमघट जस्तै लोग्नेमान्छे हरु एउटा ठाउमा र श्वासनी मान्छेहरु किचेनमा वा लिविङ रुममा जम्मा भए। जती शिक्षित भए पनि आखिरमा महिला र पुरुषमा बिभाजन हुन्छ, घरभित्र अनि घर बाहिर। नेपालको राजनीति, स्टक मार्केट र नन्-भेज जोकबाहेक उनिहरु के कुरा गर्छन् कुनी। हामीहरु चाँही खानाको रेसिपी, नयाँ फेशन, नेटफ्लिक्स्को नयाँ मुभिदेखी आफ्नो सन्तानको बखान गर्न पछी पर्दैनौ। उसले आँखै आँखाले मलाई एकचोटि एकछिन घुरेर हेर्यो, मैले पनि कसैले नदेख्ने गरी बिचको औंला देखाइ दीए। आफ्नै ग्रुपमा गयो।
रिजाले मिठो मिठो खाना पकाएकी थिए। खानासङै पिउने कुरा पनि थ्यो तर पिउने कुरामा वाइन र कक्टेल मात्रै थ्यो। हार्ड ड्रिन्क्स थिएन। मलाई वाइन मन पर्दैन। कक्टेल गुलियो जुस जस्तो लाग्थ्यो। त्यसैले मैले कोक मात्रै पिए। सबै जनाले अली अली वाइन र कक्टेल पिएका थिए। हामीहरु भन्दा बुजुर्ग दीदीले नि वाइन पिउनु भएको थियो।
अल्कोहोलको कारण होला सबै जना अरुबेला भन्दा बढी खुलेर कुरा गर्दै थिए।
"नयाँ के के छ त खबर तिमीहरुको?" रिजाले सोधी।
"गज्जब छ नि! कोरोनाले बुढा बुढी घरमा बस्न पाइएको छ। भनेको बेला खान पाइएको छ अनि ---"
"के के खान्छौ त बुढाबुढी?" ती हामी भन्दा बुजुर्ग दिदीले प्याच्चै सोधिन।
हासोको फोहोरा छुट्यो। दुई अर्थी प्रश्नको उत्तर दिन कोही पनि पछी परेनन।
"मिठो मिठो खान्छन नि! हनीमुनमा के खान्छन तपाईंलाई थाहा छैन र?" रिजाकी अर्की साथी नि कम रैनछे।
"हैन, त्यस्तो मिठो कुरा के के खान मिल्छ हामीलाई नि सिकाओ न!" ती दिदी पनि अलिकती मातेकी रैछिन।
"हामी त थरी थरी भिटमिन खान्छौ दिदी!" फेरी हासोले कोठा थर्कियो। कोही भन्दा कोही कम थिएनन। म हासी मात्रै रहेको थे।
"उत्तावलीहरु! हामीलाई सिकाओ न कसो कस्तो भिटामिन खानु पर्छ?"
"हामीले सिकाउनी हो र हजुरको श्रीमानले पो दिने हो त भिटामिन।" रिजालाइ लागिसकेको थ्यो। उ मुर्छा परेर हासिरहेकी थि।
"उहिले जवानीमा घर, व्यबहार, परिवार भन्दै सक्यो भिटामिनको रहर। अहिले बुडेशकालमा के को भिटामिन नि, नानी?"
"जवानीमा नसकेको कुरा त अहिले गर्नु पर्छ नि दिदी!"
"जिन्दगीमा त्यही भिटामिन रहेन भने के अर्थ रह्यो र?" सबै भन्दा सानी देखिने रिजाको साथीले भनी।
"हैट! यस्तो कुरा नगरौ! अरुले सुने भने के भन्ला?" मैले सकेसम्म यस बिषयलाई बन्द गर्ने कोशीश गरे।
"तिमीहरुको पनि छोरा छोरी दुबै कलेजमा हैन? तिमीहरु को पनि त खतरा हनिमुन भैरहेको होला नि!" रिजाले मलाई जिस्काउन खोजी।
" छोरा छोरी अहिले घरमा छन, अब केही महिना पछी फर्किन्छन।" मैले भने।
"त्यही भएर पो बिचरा अघी देखी सिरियस भएर बसेकी रहेछ।"
" यो मर्ने बेलामा के को भिटामिन नि ? अब त हाम्रो उमेर पनि त ढल्कियो नि!"
"उमेर ढल्के पनी मन बुढो हुँदैन क्यारे! रहरहरु त सधैं जवान हुन्छन्” ती दिदीले भनिन।
उ हातमा व्हिस्कीको ग्लास लिएर भित्र आयो.
"के को हासो हो? पुरै टोल थर्किएको छ।"
"लौ यो!" उसले मेरो हातमा व्हिस्कीको गिलास राखिदियो।
"ओहो! कत्रो माया प्रेम ! आफ्नो मान्छेलाई मात्रै?" रिजाले जिस्काइ।
"अरुको मान्छेलाई त माया गर्यो भने त मारीहाल्छन नि!" उ जिस्क्यो र बाहिरियो।
" कहिले देखी छोडेको वाइन? पहिला त खान्थ्यौ हैन र??" रिजाले सोधी।
" ६-७ महिना भयो, वाइनले मलाई निद्रा लाग्दैन ।" मेरो बुढो त आजकल निउ खोज्ने कुरा मात्रै गर्छ , यार। राम्रो बोले पनि नराम्रो मात्रै सुन्छ।" मैले बिषयबस्तुलाई मोड्ने प्रयास गरे।
"लोग्नेमान्छे हरु बाहिर कोही सँग सल्क्यो भने त्यस्तो हुन्छ। यिनीहरुको भर हुँदैन। बेला बेलामा चेक गर्नु पर्छ।" दिदीले तुरुन्तै भनी।
" के चेक गर्नी?"
"के हैन, त्यही चेक गर्नी हो!" दिदीले फेरी हसाउनु भयो।
"कसरी?" अर्कीले सोधी।
"त्यो पनि मैले सिकाउनु पर्छ तिमीहरुलाइ?" दिदीले झन हसाउनु भयो।
"एउटा कुरा भन त नानीहरु?" दिदी अहिले गम्भीर मुद्रामा हुनुहुन्थ्यो।
"हजुर!"
"त्यो गड्यौलाको उपचार हुन्छ कि हुँदैन?"
"हँ, कस्तो गड्यौलाको के उपचार दिदी?" मैले कुरा बुझिन।
"हरे, यी नानी किन बुझेर नि नबुझेको जस्तो गर्छिन?"
"साँच्चै! मैले नि बुझिन दिदी।" रिजा र अरु केटीहरु पनि दिदीलाई अचम्म मानेर हेर्दैथे।
"तिमीहरुले भिटामिनको कुरा गर्या हैन?"
"हो त, अनी गड्यौला का बाट आयो त?" मैले सोधे।
"भिटामिनको सर्प लल्याकलुलुक भएर गड्यौला जस्तो भयो भने के गर्ने?" दिदीको कुरा सुनेर हामी सबै मरीमरी हाँस्यौ।
"तिमीहरु पढेलेखेका हरुलाई था होला नि त! अब घरमा छोराबुहारीलाई सोध्ने कुरा भएन।" दिदीले हाँसो गरेको हैन भनेर थाहा पाएपछी रिजाले भनी।
"दिदी, औषधी पाउछ नि, त्यो सर्पलाई बलियो बनाउने। डक्टरका जानुपर्छ। डक्टरले लेखीदिन्छ औसधी।"
"मलाई के थाहा नानी? बुढा जान मान्छन् कि मान्दैनन?"
"फकाउनु न। कसैले थाहा नपाउने गरी जाने भन्नुस् न।"
"म तपाईंहरुलाई लाने ल्याउने काम गरुला। रिजाले सबै मिलाउछे।" मैले भने।
"यस्तो कुरा भन्नु नहुने। बुढाले थाहा पाए भने मार्छन् मलाई।"
"हामी कसैलाई भन्दैनौ, हजुर ढुक्क हुनुहोस्।" रिजा र सबैले कसम खायौ।
मलाई व्हिस्की अली अली रमरम लागेपछी बरन्डामा निस्के। चुरोट खान मन थ्यो, तर नेपालीको जमघटमा कुरा काटिन्थ्यो यदी महिलाले चुरोट पिएको देखे भने। उसलाई टेक्स्ट गरे, उ आयो, उसको इलेक्ट्रिक सिगरेट २-४ पफ ताने। हामीबिच कुनै सम्बाद भएन। उ अरु कसैले देख्ला की भन्ने डरले तुरुन्तै गयो।
पछाडि अरु कोही पनि आएको जस्तो लाग्यो। । उ रिजाको नयाँ साथी थी। उमेर यस्तै ३५-४० होला। उ कम बोल्थी, धेरै हास्थी। उसको नाम शर्मिला वा शमा के थ्यो। मैले सम्झिन।
"कस्तो शीतल है?" उ मेरो छेउमा बसी।
"भित्र एकदम हल्ला छ। यहाँ शान्त छ।"
"तिमी मेडिकल फिल्डमा हो? रिजाले भन्थी तिमी कुनै अस्पतालमा काम गर्छौ रे?"
"म मानसिक अस्पतालमा काम गर्छु, मेडिकल नै हैन।"
"एउटा कुरा सोध्छु कसैलाई नभन है?"
"कसम खानु पर्छ? गाई खाने?"
"हैन, पर्दैन। तिमी त्यो फिल्डमा भएकोले तिमीलाइ थाहा छ कि भनेर?"
"के हो? मलाई थाहा छ भने भन्छु नि।"
"सुन न! मलाई एकदम दुख्छ!"
के दुख्छ?"
"तल्लो पेट अनी--?"
"मिन्स हुँदाँ?"
"हैन क्या! त्यस्तो गरेको बेला!"
"के गरेको बेला?"
"हेत्तेरी! कस्तो मान्छे तिमी त! बुझ न कुरा!"
"तिमी राम्ररी भन न त!"
"बुढा सँग सुतेको बेलामा क्या!"
" "कहिले देखी? पहिला पनि दुख्थ्यो?"
"१-२ बर्ष भयो। मेरो कारण बुढो खुशी छैन।"
“डक्टरलाई देखायौ? “
“डर लाग्छ।“
“के को डर?"
“कतै मेरो बुढाले छोड्ला भनेर। तिमीलाइ कुनै उपाय थाहा छैन, औशधी हरु केही छैन?”
" अहिले को जमानामा सबै कुराको समाधान हुन्छ। डक्टरले के कारण दुखेको हो पत्ता लगाएर तिम्रो उपचार गर्छ नि। डक्टरले मात्र लेख्न सक्छ औषधी। मैले लेख्न मिल्दैन।"
"के गरु त म?"
"तिमीहरु दुबै जना डक्टरका जाउ। यस्तो समस्या लुकाउनु हुँदैन, उपचारले समाधान हुन्छ।"
"तिमीलाई थाहा छ कस्तो डक्टरका जाने?"
"तिम्रो प्राइमरी केयर डक्टरले रिफर गर्छ होला?"
"प्लिज, रिजालाइ नभन ल!"
"म कसैलाई भन्दिन!"
उ ढुक्क भएर भित्र गइ।
सबैको आ-आफ्नो समस्या थ्यो।
२ बर्ष अघि डक्टरले उसलाई पनि टेस्टएस्टरोनको कमी भएको र खाने चक्की, लगाउने मलम वा, सुइ के लगाउने भनेर सोधेको थ्यो। उसले पछी निर्णय गर्छु भन्यो तर औषधीको बारेमा कहिले कुरा गरेन। उ म मा पनि कमजोरी हुनु पर्छ भन्ने जिद्दी गर्थ्यो। जस्तै मेरो शरीरमा धेरै परिवर्तन आएको छ। मेरो वेट बढेको छ। मेरो शरीरमा कतै आकर्षन छैन। मेरो बोलीमा तिक्तता छ।
केही हैन धेरै हदसम्म उसको कुरा ठीक थ्यो। हाम्रो सामान्य कुराकानी जहिले पनि झगडामा परिनत हुन्थो। मलाई उसको छाया पनि मन पर्थेन। शायद उसलाई पनि मेरो अनुहार हेर्न मन पर्थेन। जे पायो त्यही भन्थ्यो उ।
रिजाको घरबाट फर्किदा पनि हामी बोल्नु भन्दा नबोल्नु बेश सम्झेर मौन थ्यौ!
****************************************************************************
म २-३ दिन बिरामी भए। हुन त रुघाखोकी थ्यो तर कोभिडको शंकाले घर बसे रिपोर्ट नआएसम्म।
जुनाले टेक्स्ट गरी।
"के भयो?"
"सामान्य रुघाखोकी!"
"ल ल! आराम गर।"
"हुन्छ!"
"तिमीलाई सोध्दैथ्यो एक जनाले?"
"कसले?"
"मिस्टर हम्बलले "क्रेजी खोइ?" भन्थ्यो!"
"हो र?"
"के भनु?"
"छिट्टै आउछे भन्देउ!"
जुनाले जिस्काएकी हो वा साच्चै भनेकी हो। मैले फेरी सम्झे उसको निलो आँखाहरु। फेसबुक प्रोफाइल चेक गरे, उसले प्रोफाइल फोटो चेन्ज गरेछ। अहिले उसको सिङल फोटो थ्यो। उसले किन फोटो चेन्ज गर्यो? के मोडेल जस्ती उसकी गर्ल्फ्रेन्ड उसलाई छोडेर गै? वा उसले जानी जानी आफ्नो ब्यक्तिगत जिबनको फोटो सामाजिक संजालबाट झिक्यो?
क्रमश:
Last edited: 06-May-21 10:36 PM
Last edited: 06-May-21 10:51 PM