[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Great Review on Nepali music

[Please view other pages to see the rest of the postings. Total posts: 60]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 29092 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-30-04 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There was one thing in Sajha that always left me unquenched and often irritated. And that was to hear one-liner commentaries about the works of Nepali musicians by their fans. Having not much access to Nepali music and a lot of skepticism carried over from the initial phase of Nepali pop, I always wanted to hear more about them, exactly what our music fans liked or did not like about a particular work, worker or group. But in Sajha, it never went aboveWow, Cool and Great.

To my great relief and I believe of many who were as thirsty as I were, here is a relatively comprehensive review of Nepali music by the one and only in DC, Dr. Anup Pahari, in Himal Khabarpatrika.

I remember one of my conversations on this topic with Anup in which I was sharing my frustration that I personally have not found a single song that penetrates my heart with its music and word- among the hits and releases of the past decade that I have access to. I am talking about a perfect song- a flawless piece without a single millisecond of boring moment, with words that penetrate you, elevate you to a higher plane. That kind of song. Do you have any ?

Okay, that's not what is in this review. But it is a great piece for those who wants to learn about the current situation of Nepali music.

The only thing I see missing is about the song-writers and lyrics from a literary point of view. Perhaps that was not a part of this review. Ghazalkar bhaye pachhi aafno dherai chaaso tesaima hune pheri.

Anyway, enjoy a commendable and good work by Dr. Anup Pahari.

( - http://www.nepalihimal.com/2061/mansir-1-15/nepali_sangeet_bishleshan.htm )

There are so many computer savy people in Sajha. It will be great if somebody can convert it to unicode and post that to this thread.
 
Circuskoretiredbadar
Posted on 11-30-04 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-30-04 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One of the open secrets of the Nepali music scene is that many of the blind /accidental/ roaming singers one meets on the street or trail from Mechi to Mahakali have, in general, more soul and musicianship than most newcomers who dominate the airwave. But apparently they are not marketable enough in the day and age where attitude, looks, airs of sophistication, screaming fan base, and sound engineering count for a lot.

Lok-Dohori, which has gone mainstream sound like factory productions with teams of songwriters working round the clock - Tin Pan alley style - to knock out formula songs.

Which is why I hear more heart-touching songs from amateurs on my trek in and around the kathmandu valley rim and Kaski than from radio or slickly packaged albums.

Much better to consult truck, taxi and bus drivers that ply Nepal's highway and road about the current state of music than read some dry pontifications from scholarly types like Anup Pahari, writing from half way round the world.

Just my thought!!!

-Karmapa

 
Posted on 11-30-04 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One of the open secrets of the Nepali music scene is that
many of the blind /accidental/ roving singers one meets
on the street or trail from Mechi to Mahakali have, in
general, more soul and musicianship than most newcomers
who dominate the airwave. But apparently they are not
marketable enough in the day and age where attitude,
looks, airs of sophistication, screaming fan base, and
sound engineering count for a lot.

Lok-Dohori, which has gone mainstream sound like factory
productions with teams of songwriters working round the
clock - Tin Pan alley style - to knock out formula songs
for Dhaulagiri Cassette Centre or other such labels.

Which is why I hear more heart-touching songs from
amateurs on my trek in and around the kathmandu valley
rim and Kaski than from radio or slickly packaged albums.

Much better to consult truck, taxi and bus drivers that
ply Nepal's highways and roads about the current state of
music than read some dry pontifications from scholarly
types like Anup Pahari, writing from half way round the
world.

This is not to say that the scholars and factory-style
productions have no role to play. Different strokes for different
folks. But that's not where it's at for me.

Karmapa

 
Posted on 12-01-04 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोक-रक, आधुनिक र पप हुँदै नेपाली सङ्गीतको स्तर, विधा र क्षेत्र विस्तार हुँदैछ । र, परम्परागत सूरताललाई आधुनिक वाद्ययन्त्रका विविध ध्वनिमार्फ् नयाँ मिठास दिने साङ्गीतिक सिर्जनाहरूले र्सवत्र प्रशंसा पाइरहेका छन् ।

ड्ड अनुप पहाडी

बितेका दर्ुइ दशकमा नेपाली सङ्गीत जगतमा क्रान्ति आएको छ । शहरिया ठिटाठिटी, लाहुरेका छोराछोरी र गाउँले युवाले शहरबजारमा आएर पश्चिमा वाद्यवादनका साधन प्रयोग गर्दै आ-आफ्नो सृजनशीलतालाई उदार र परिष्कृत बनाउनुका साथै लोकसङ्गीत रमाइलो मात्र होइन, बजारमा सफल पनि हुन्छ भन्ने कुरा चाल पाएका छन्, जुन कुमार बस्नेतले झण्डै ५० वर्षघि बुझेका थिए ।

कुनै समय काठमाडौँ उपत्यकाका केही किशोरहरूको मात्रै पेवा थियो- गितार, किबोर्ड र ड्रम । सन् ६० र ७० को दशकमा गितार झुण्ड्याउँदै हिँड्ने यी केटाहरू रेडियो नेपाल सुनेर देशका विभिन्न अञ्चल र जिल्लाको सङ्गीतसँग केही हदसम्म परिचित भए पनि बिटल्स्को रक एण्ड रोल गाउँदै हेभी मेटल रकमा मिसिन रुचाउँथे । त्यतिबेला दार्जीलिङ्गे युवाहरू मौलिक नेपाली गायनको स्वाद लिन्थे भने काठमाडौँमा पश्चिमा रक ब्याण्डको पकड थियो । त्यसबेलाका उपत्यकाका गिटारिष्ट र ड्रमरहरूलाई न रोदीको ज्ञान थियो न देउडाको । मध्यपश्चिम पहाडको लोकप्रिय झयाउरे शैलीलाई काठमाडौँले पट्यारलाग्दो ठान्दथ्यो ।

लोकसङ्गीतलाई शहरियाका कानमा पार्ने काम सन् १९५० को दशकको अन्त्यतिर धर्मराज थापा, झलकमान गर्न्धर्व र कुमार बस्नेतजस्ता अग्रज गायकहरूले गरेका हुन् । एक भेगका जनतालाई अर्को भेगको सङ्गीत सुन्ने अवसर रेडियो नेपालले पनि उपलब्ध गरायो । समय बित्दै गयो र प्रेमराजा महत जस्ता जिल्लाबाट आएका नयाँ पुस्ताका कलाकारले लोकसङ्गीतलाई बजारमुखी बनाउन योगदान गरे । तर नेपाली लोकमा पश्चिमा वाद्यवादन सफलतापर्ूवक घुसाउने चाहिँ पहिलो पुस्ताका कुमार बस्नेत नै हुन् ।

वास्तविक लोकसंस्कृतिमा हर्ुर्किएका, गाउँ र जिल्लाका स्थानीय सङ्गीतबाट प्रभावित युवापीढीले जतिबेला पश्चिमा विद्युतीय यन्त्रहरू हात पारे, क्रान्तिको सुरुआत त्यही समयदेखि भएको हो । मौलिक नेपाली आधुनिक गायनको प्रारम्भ त्यतिबेला भयो, जब ब्याण्डहरूले अरूको नक्कल नगरी आफ्नै गाना रच्न थाले । एउटा उत्कृष्ट नमूना थियो- हङ्गकङ्गको 'द हिमालयन ब्याण्ड' को प्रस्तुति मुसुमुसु हाँसी देऊ, जो आज पनि त्यत्तिकै लोकप्रिय छ । १९८० को दशकको मध्यतिर काठमाडौँका ब्याण्डहरू पनि पश्चिमा गीत-सङ्गीत सार्नु वा नक्कल गर्नुको सट्टा नेपाली लोकसङ्गीतलाई आधार बनाएर अगाडि बढ्न थालेपछि 'नेपाली लोक-रक' भनिने प्रभावशाली विधाको जन्म भयो, जसले गाउँसँग कुनै न कुनै नाता गाँसिएको युवा वर्गलाई तुरुन्तै तानिहाल्यो ।

आज एकसेएक आधुनिक सङ्गीत रच्ने ब्याण्डले पनि आफ्नो प्रस्तुतिको केही अंश लोकसङ्गीतमा आधारित बनाएका छन् । धेरै त प्रयास गर्दागर्दै पनि सेलो अथवा झयाउरेलाई राम्रोसँग बुझन नसकेर असफल पनि छन् । तर, नेपथ्य या १९७४ एडी समूहहरूको लोक-रक भने नेपालका विभिन्न क्षेत्र र समुदायहरू बीचको सीमा एवं राष्ट्रिय र सांस्कृतिक रेखा नाघेर विश्व सङ्गीत -वर्ल्ड म्यूजिक) कै अङ्ग बन्न सक्ने स्तरको हुन पुगेको छ ।
विश्व सङ्गीत
विश्व सङ्गीत भनेको एक किसिमको मिश्रण -फ्यूजन) हो, जसमा विश्वभरका जनसमुदायहरूका साङ्गीतिक सम्पदालाई यसरी 'रिप्याकेज' गरिएको हुन्छ कि त्यो जताततै फैलिँदै जान्छ । नेपालमा अनेकौँ त्यस्ता साङ्गीतिक सम्पदाहरू छन््, जो दक्षिण एशियाभरि र समुन्द्रपार पनि फैलिन सक्छन् । सेलो र चुट्का, देउडा, सोरठी र धिमे, ढोलक र पञ्चेबाजामा आधारित सङ्गीत यसका केही उदाहरण हुन् । यस्ता स्थानीय साङ्गीतिक सम्पदाको भरमा रचिएका मौलिक र मनोरञ्जनात्मक प्रस्तुति नै नेपाली सङ्गीतको विकासमा सबैभन्दा सफल प्रयोग बन्न पुगेको हामी पाउँछौँ । उत्तर र पश्चिम अप्रिmकामा यस्तो विश्व सङ्गीतको 'ट्रेण्ड' शुरु भएको आधा शताब्दी भइसक्यो र युरोपीय संस्कृतिले पनि यसलाई राम्ररी अङ्गीकार गरिसक्यो । त्यस्तै स्थान ओगट्ने क्रममा छ पञ्जाबी भाङ्गडा पनि । नेपालका स्थानीय लोक सङ्गीतले पनि यसैगरी विश्वको प्यास मेट्ने साङ्गीतिक सौगात दिन सक्छन्, र यसको सुरुआत नेपथ्यको 'भेडाको ऊन जस्तो' अल्बमले गर्न सक्छ ।

आजका नयाँ ब्याण्डहरूको चर्चा गर्दा यहाँ पियानो, गितार, 'ब्रास र इस्ट्रूमेण्ट', भायोलिन र म्याण्डोलिन जस्ता गैर-नेपाली वाद्ययन्त्रहरू तिनले भित्र्याएका होइनन् भन्ने कुरा बिर्सनुुहुन्न । सन् १९५० को दशकतिर यस्ता यन्त्रहरू भित्र्याउने श्रेय अम्बर गुरुङ, नातिकाजी, कुमार बस्नेत, गोपाल योञ्जन, बच्चु कैलाश, मदन परियार, शिवशङ्कर, नारायणगोपाल, दीप श्रेष्ठ आदि नेपाली सङ्गीत जगतका नक्षत्रलाई जान्छ । यसले त्यतिबेलै नेपाली लोकसङ्गीतलाई त छोएन, तर काठमाडौँ उपत्यका, पहाड-मधेश, दार्जीलिङ र धरानको आधुनिक सङ्गीतलाई भने ठूलो प्रभाव पार्?यो । यो पीढीले दक्षिण एशियाको शास्त्रीय र हल्का-शास्त्रीय सङ्गीतमा युरोपेली 'कोर्डल/हार्मोनिक' संस्कारलाई मिसाउँदै नेपाली आधुनिक सङ्गीतको आविष्कार नै गरिदियो । पर्ूर्वीय र पाश्चात्य परम्पराको यस्तो मेलकै सफलता हो, आज हामी नेपाली आधुनिक सङ्गीतलाई परम्परागत साङ्गीतिक संस्कारको रूपमा लिन्छौँ । नेपाली आधुनिक सङ्गीत भनेको समकालीन नेपालकै एउटा मौलिक उत्पादन हो, जुन विधामा विगत, वर्तमान र भविष्यका नेपालीहरूले सर्म्पर्क गर्नसक्ने साङ्गीतिक र सांस्कृतिक भावहरू सम्मिश्रति छन् ।

सङ्गीत बगिरहेको नदी हो, जसलाई कुनै एक ठाउँमा उभिएर परिभाषित गर्न मिल्दैन । तैपनि नेपाली आधुनिक र पपलाई परिभाषित गर्ने प्रयास गरौँ । नेपाली आधुनिक सङ्गीत भन्नाले सन् १९५० को दशकदेखि रेडियो नेपालले प्रसारण गरेको सबै सङ्गीतलाई मान्न सकिन्छ, जो पर्ूववर्ती विधा जस्तै लोक, भजन इत्यादिमा आधारित थिएनन् । यो विधासँग निकट या अर्ध निकट सम्बन्ध राख्ने सबै समसामयिक सङ्गीतलाई पनि नेपाली आधुुनिक सङ्गीतको संज्ञा दिन सकिन्छ । फराकिलो हिसाबले भन्ने हो भने सबै लोकप्रिय समसामयिक नेपाली सङ्गीतलाई 'नेपाली पप' पनि भन्न मिल्छ । तर यो विश्लेषकको परिभाषामा नेपाली पप भनेको नेपाली आधुनिक सङ्गीतको संस्कारसँग केही सम्बन्ध नभएको आजका युवाले युवाकै लागि प्रस्तुत गर्ने सङ्गीत हो । शायद यसै कारणले नेपाली पपमा गैर दक्षिण एशियाली प्रभाव पर्याप्त पाइन्छ ।

नेपाली आधुनिक सङ्गीतका स्रष्टाहरू गोपाल योञ्जन, अम्बर गुरुङ या दीप श्रेष्ठले पाश्चात्य सङ्गीतलाई यस्तो शैलीमा ढालेर भित्र्याएका हुन्छन् कि त्यसलाई विदेशी वा स्वदेशी भनेर खुट्याउनै गाह्रो हुन्छ । आजका न्हृयू बज्राचार्यले आफ्ना सिर्जनामा नेपाली आधुनिक सङ्गीत अर्न्तर्गत कम्पोज गरेका भए पनि उनको पप धून पूरै समसामयिक -कन्टेम्पोरेरी) सुनिन्छ । त्यसैले कुन नेपाली आधुनिक र कुन नेपाली पप केलाउन पक्कै पनि गाह्रो छ । यसरी छुट्याउन नसकिनुलाई राम्रै पनि मान्नर्ुपर्छ । कुन्ती मोक्तानका दर्ुइ छोरी शीतल र सुवानीको गायन पूरै समसामयिक या पप ढाँचाको छ । तर पनि त्यसमा उनीहरूले अन्तरा र स्थायीको प्रयोग गरेका छन् ।

लोक-रक या नेपाली पपको कुरा गर्दा नेपथ्य या १९७४ एडी जस्ता समूहहरूले नेपाली सङ्गीतलाई हल्का बनाइदिएका छन् भन्ने गुनासो पनि सुनिन्छ । भनिन्छ, यिनीहरूले साङ्गीतिक सीपभन्दा वाद्यवादन प्रविधि र स्टेजको तडकभडकलाई बढी ठाउँ दिएका छन् । हो, नेपाली आधुनिक या लोकगीतका गायक पनि सबै राम्रा छैनन् । कैयौँ सीडी र क्यासेटहरू नबिकेर म्यूजिक पसलमा थुप्रिरहेका देखिन्छन् । कैयौँ कमसल ब्याण्डहरूले फ्यूजनको असफल प्रयोग गरेका छन् भने केही पोख्त ब्याण्डहरूले शुद्ध 'नेपाली आवाज' सुन्न पाइने अति सुन्दर सङ्गीत प्रस्तुत गरेका छन् । उनीहरू परम्परागत गोरेटो छाडेर यताउता लागेका हुन् भने त्यस्तो काम यसअघिका गायक-सङ्गीतकारहरू गोपाल योञ्जन, अम्बर गुरुङ, दीप श्रेष्ठ र शम्भुजीत बाँस्कोटा जस्ता उर्वर साङ्गीतिक प्रतिभाले पनि गरेकै हुन् र गरिरहेकै छन् ।

आखिर सङ्गीतको मूल्याङ्कन गर्दा कुन 'मिसावट' र कुन 'शुद्ध' भनी पहिल्याउनुको साटो कुन सुन्दा राम्रो लाग्छ र कुन सुन्दा राम्रो लाग्दैन भन्ने महसूस गर्नु पर्दछ । अमेरिकी ज्याज्का प्रख्यात पर््रवर्तक ड्यूक एलिङ्गटन्ले भने जस्तै, "सुन्दाखेरि राम्रो लाग्छ भने त्यसलाई राम्रै भन्नु पर्?यो... ।"
 
Posted on 12-01-04 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गायक, साधक
राणाकालको अन्त्यपछि, सन् १९५० को दशकदेखि, आधुनिक युगमा प्रवेश गरेको नेपालमा आधुनिक सङ्गीतको सुरुआत पनि त्यहीताका भयो । यो साङ्गीतिक, सांस्कृतिक यात्राको कोशेढुङ्गा सङ्गीतको संसारमा डुबुल्की मार्ने स्रष्टाहरू नै हुन् । उनीहरूको चेतना, अभिव्यक्ति, मौलिकता र प्रस्तुतिले नै समग्र आधुनिक युगको सङ्गीतको महल ठड्याएको हो । भाग्यवश नेपाली आधुनिक सङ्गीतका शुरुदेखि नै समर्पित स्रष्टा अम्बर गुरुङ आज पनि नेपालीहरूका माझमा छन्, र सुनिन्छ उनी ६६ वर्षो उमेरमा पनि नयाँ अल्बमको तयारीमा जुटेका छन् ।

अम्बर गुरुङः अम्बर गुरुङलाई नेपाली आधुनिक सङ्गीत आन्दोलनका महामानव भन्न मिल्छ । सम्पर्ूण्ा विधालाई परिभाषित गर्ने सङ्गीतकार, 'स्टाइलिष्ट' प्रस्तुतकर्ता हुन् उनी । भोलिका लागि गाउँछु भन्ने समसामयिक गायकहरूले भाव र सीपको खानी फेला पर्ने गुरुङका कृतिहरूलाई फर्केर सुन्नु उचित हुन्छ । विभिन्न साङ्गीतिक संस्कारहरूलाई सिलाइ नदेखिने गरी नेपाली आधुनिक गीतहरूमा मिसाएर प्रस्तुत गर्नु उनको विशेषता हो । कसैले उनलाई उत्कृष्ट सङ्गीतकार तर ठिकठिकैको गायक ठान्दछन्, जुन सरासर गलत मूल्याङ्कन हो । साधारण पुरुषको जस्तो छैन उनको स्वर । उनको गायनमा शब्द र धूनको उत्कृष्ट मिलनले मुटु छुन्छ, मनमा तरङ्ग ल्याउँछ । स्वर, कम्पोजिशन् र गायन तीनैको कलात्मक नियन्त्रणबाट कहिले लहर कहिले तरङ्ग, म दूर भएर के भो - या डाँडापारि हिउँ परेछ जस्ता गीतहरू उत्पादन हुन्छन् ।

आधुनिक नेपाली सङ्गीतमा कम्पोजिशन्को महत्त्व बढी हुन्छ, त्यसपछि मात्र शब्द चयन र स्वरको कुरा आउँछ । जत्तिकै राम्रो शब्द या स्वर भए पनि राम्रो सङ्गीत नहुँदा गीतलाई बचाउन सकिन्न । स्वरसम्राट नारायणगोपालका केही गीतहरूमा समेत कम्पोजिशन्को कमी पाइन्छ । अम्बर गुरुङको खुबी भनेको आफ्नो मेलोडीलाई असाध्यै राम्रो लिरिक -शब्द) ले सिंगार्न र उपयुक्त भावसहित स्वर दिन सक्नु हो । यो थाहा पाउन नौ लाख तारा उदाए या म भूलमा परेँ सुने पुग्छ । मेलोडीको जगमा शब्द र स्वरलाई उभ्याउन सफल अम्बर गुरुङ जस्ता श्रष्टा थोरै छन् र सम्झनुपर्दा, गोपाल योञ्जनकै नाम अगाडि आउँछ ।

दीप श्रेष्ठः अम्बर गुरुङ जस्तै नेपाली आधुनिक सङ्गीतका स्रष्टा र साधक हुन् दीप श्रेष्ठ । तुलनात्मक रूपमा सरल कम्पोजिशन्बाट अति मीठो गीत प्रस्तुत गर्ने विशेषता छ श्रेष्ठको- साइँली बरी चिया बारीमा, सुनिदेउ सानो छँदाको कथा, एउटै बाटो र जति हाँसूँ भन्छु -अञ्जली मास्केसँग) । मल्टी ट्र्याक रेकर्डिङ र विभिन्न इन्स्ट्रूमेन्टस्हरूको आड लिने समसामयिक सङ्गीतकारहरूले उनको गायन शैली अध्ययन गर्नु जरुरी छ । प्रविधिमा भर नपरी र चाहिने भन्दा बढी आधुनिक इन्स्ट्रूमेन्टको प्रयोग नगरी श्रोतालाई सङ्गीतको सागरमा लिएर जाने दीप श्रेष्ठको हुनुपर्ने जति कदर भएको छैन ।

नेपथ्यः नेपाली 'रक' विधाको 'युनिभर्सल मिडियम' हुन पुगेको छ नेपथ्य । विविधता छँदाछँदै पनि यसले सबैलाई समेटेर एउटै धारमा लिएर जानसक्छ र यसको प्रभावलाई हतपत पन्छाउन सकिँदैन । विश्वका अन्य युवा सङ्गीतकार जस्तै नेपथ्य समूहका सदस्यहरू पनि राम्रो रक सुनेर हर्ुर्केका हुनु पर्दछ । उनीहरू नेपाली लोक सङ्गीतमा पनि राम्ररी भिजेका छन् । नेपथ्यले प्रस्तुत गर्ने सङ्गीतमा रकको स्वाद र शक्ति एकातिर छ भने अर्कोतिर नेपाली लोकसङ्गीतको ध्वनि र मिठास छ । जुनसुकै रक ब्याण्डको जस्तो नेपथ्यको ध्वनि पनि चर्को र विद्युतीय हुन्छ । तर उसको प्रस्तुति सृजनशील र भावुक पनि छ, जसले रक र लोकसङ्गीतको सबैभन्दा सबल पक्षलाई एकैठाउँमा ल्याएको छ । साँच्चिकै, 'लोक-रक' को अग्रिम पंक्तिमा नेपथ्य र यिनका मूल गायक अमृत गुरुङ पर्दछन् ।

नेपथ्यका एक किसिमका गीत सीधै लोकसङ्गीतमा आधारित छन् भने अर्कोखाले गीत आधुनिक पपुलर विधामा आधारित अधिकांश रक, तर कतै ब्लूज् र रेगे पनि छन् । आफ्नो पछिल्लो अल्बममा सेलो, रेगे, देउडा, रक र झयाउरेको बीचमा सजिलैसँग तैरन सक्ने क्षमता देखाएको छ यो समूहले । गिटारिष्ट हरि महर्जनको 'रिफ' बाट शुरु भएको 'सा कर्ण्ााली' गीतलाई अमृत गुरुङले देउडाको फाँटमा लैजान्छन् । पूरै ब्याण्ड सम्मिलित भइसक्दा नेपालको पश्चिम पहाडको देउडामा अडिएको 'सा कर्ण्ााली' लिभरपुल, दिल्ली वा लण्डनका पारखीले झुम्न हुने भइसकेको हुन्छ । नेपथ्यको खुबी नेपाली लोक सङ्गीतको मौलिक ताल र सूरहरू समेट्दै समुन्द्रपारका गैर नेपाली श्रोताहरूलाई पनि उत्तिकै आकषिर्त गर्नु हो । आजका नेपालीलाई भोल्रि्रति आश जगाउने कोशिश गरेको नेपथ्यको हालैको 'रङ्गीन चरा' गीत १९७४ एडीको 'पहिलो जुनीमा' र 'सम्बोधन' जस्तै पप क्लासिक हुनसक्छ ।

सुकमित गुरुङः सुकमित गुरुङले गाउन शुरु गर्दा 'नेपाली पप' विधा जन्मिएकै थिएन । नेपाली पपको जग बसाल्ने काममा उनको ठूलो देन छ । ओ मेरो प्रियतम, ढुकढुक र रेलिमाई गीतहरूले नेपाली पपको जग नै बसाइदिए । सन् १९८० को दशकका यी गीतहरूले आज पनि रेडियो, क्यासेट या लाइभ अडियन्स्लाई जगाइदिन्छन् । अरूसँग दाँज्नु पर्दा सुकमित गुरुङ नेपाली सङ्गीतकी टिना र्टनर हुन्- प्रभावशाली, भावपर्ूण्ा र स्टेजमा सफल गायिका । सुकमित गुरुङको गला पाएपछि ठिकठिकै कम्पोजिशन् पनि अलौकिक बन्दछन् । नयाँ गायक र गायिकाले रोल मोडल खोज्नुपर्दा सुकमित गुरुङलाई हेरे हुन्छ ।

रामकृष्ण ढकालः नेपाली आधुनिक सङ्गीतमा नयाँ श्रोताहरू आकषिर्त भइरहेको कुरा रामकृष्ण ढकाल जस्ता युवा नेपाली गायकहरूको सफलताबाट देखिन्छ । उनका आधुनिक गीतहरू आज बर्म्बईका स्टूडियोहरूमा रर्ेकर्ड गरिन्छन् । बलियो र उचो स्वरका धनी ढकाल स्टेजमा आँखा चिम्लन्छन्, हातले ताल दिन्छन् र एकपछि अर्को गर्दै आफूलाई सफलताको चुलीमा पुर्?याउने गीतहरू गाउँछन् । निःसन्देह, रामकृष्ण ढकालको स्वर उनको सम्पत्ति हो । तर उनका लागि सङ्गीत दिनेहरूले कहिलेकाहीँ उनको स्वरको गहिराइ, मिठास र सम्भावनाहरू नबुझेको देखिन्छ । 'फर्मूला' अर्न्तर्गत गाउने गरेका ढकालले आफ्नो गीतको छनौटमा बढी ध्यान दिनुपर्ने देखिन्छ ।

कुन्ती मोक्तानः नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरूले चितवन होस् वा वासिङ्गटन डीसी, जहाँको अडियन्स्लाई जर्ुमुराउन र झुम्न बाध्य बनाइदिन्छन् । कुन्तीको सफलताका हिस्सेदार शिलाबहादुर मोक्तान पनि हुन्, जसको सृजनाले उनका गीतको मेलोडीलाई गहकिलो बनाएको छ । नेपाली सङ्गीत जगतमा कुन्तीको सफल यात्राका पछाडि दुइटा स्वरहरू स्पष्ट छन्, पर्दा अगाडि उनको आफ्नै तथा पर्दा पछाडि पारिवारिक र साङ्गीतिक सहयात्री शिलाबहादुरको, जसलाई गायिकाको स्वर, झुकाव र रेञ्ज प्रस्ट थाहा छ । 'कर्ीर्ति' र 'कुसुम' अल्बमहरू मोक्तान परिवारको मीठो साङ्गीतिक बन्धनका प्रमाण हुन् ।

सपनाश्रीः कलाकारको हिसाबले सपनाश्री, कुन्ती मोक्तान र सुकमित गुरुङ भन्दा धेरै नै फरक देखिन्छिन् । उनका विशेष सौगात मायाप्रीतिका मधुर र भावुक गीत हुन् । उनको नामदेखि गायनकलासम्ममा, साङ्गीतिक नोटहरूलाई केलाई-केलाई विचार पुर्?याएर गाउने गायिकाको अभाव पाइन्छ । स्टेजमा गाउँदा, सपनाश्री धेरै हलचल गर्दिनन्, मानौँ उनको तन र मन गलामै केन्द्रित छ । आफ्नो भित्री मनतिर फर्केर गाउने सपनाश्री लाहोर या दिल्लीमा हर्ुर्केकी भए स्वभावतः सेमि-क्लासिकल गायिका हुनेथिइन्- गजल गीत, ठुमरी या दादरा विधामा । सपनाश्रीको आन्तरिक झुकाव नबुझने सङ्गीतकारहरूले उनलाई नसुहाउँदो कम्पोजिशन् गर्न सक्छन् । उनले अरू कुनै समसामयिक पप कलाकार हुन खोज्नुहुँदैन, किनभने उनको साङ्गीतिक 'जिनियस' अन्तै छ । उनको गायनको मिठास 'मिडटेम्पो' देखि 'स्लोटेम्पो' मा र धेरै मेलोडी भएका गानाहरूमा झल्कन्छ । हर्ेदाखेरी धेरै कष्टै नगरी उनको कण्ठबाट निस्केका गीतले सपनाश्रीका स्वर्गीय पिता मदन परियारको याद दिलाउँछन्, जसले नेपालका नामूद गायकहरूलाई एकोर्डिएनमा साथ दिने गरेका थिए ।

१९७४ एडीः १९७४ एडी समूहको नाम फैलनुका धेरै कारण छन्, जसमध्ये एक आफैँ गीत रच्ने र गाउने व्यावसायिक ब्याण्ड हुनु हो । एशियामा मौलिक कृतिभन्दा कभर गीतहरू राम्ररी गाउने ब्याण्ड धेरै छन् । १९७४ एडी नउदाएसम्म नेपालमा पनि यही स्थिति थियो । यही समूहले नेपाली सङ्गीतकार र सङ्गीतप्रेमी श्रोतालाई मौलिक कृतितिर डोर्?यायो । यसो गर्न साङ्गीतिक गहिराइ र सृजनशीलता दुवैको खाँचो हुन्छ, जुन १९७४ एडीमा पर्याप्त मात्रामा छ । सुन्नुस्- मायालुले, सम्झी बस्छु, पहिलो जुनीमा या यो मन त मेरो नेपाली हो । यस्ता गीतहरूलाई भाषाको बन्धन हुँदैन र तिनले नेपालमा होस् या बाहिर, जहाँ भए पनि मनको ढुक्ढुकी बोल्दछन् ।

यो समूहको हरेक सदस्यले अर्को सदस्यलाई केही दिइरहेको र केही लिइरहेको हुन्छ । फिरोज र मनोज दुवै आफैँमा अति दक्ष गिटारिष्ट हुन् र दुवैले आफूलाई हार्मोनी र मेलोडीमा टेवा दिन्छन् । निराकरलाई बास गिटार मन परेको प्रस्ट हुन्छ । निराकर र ड्रमर एड्रिस्न तथा पर्कसनिष्ट सञ्जयले तालको गोरेटो बनाएका हुन्छन् ।

न्हृयू बज्राचार्यः यो लेखकका गुरु गोपाल योञ्जनले १५ वर्षअगाडि न्हृयू बज्राचार्यलाई इङ्गति गर्दै भनेका थिए- यिनको प्रतिभा हर्ेनलायक हुनेछ । सङ्गीतकारको हिसाबले प्रसिद्ध न्हृयूले स्टेजमा गाउँदा निष्प्रिmक्री भन्न सकिन्छ, योञ्जनले उनको क्षमताको सही आकलन गरेका रहेछन् । न्हृयूको स्वरमा सफ्ट मेलोडीलाई सुहाउँदो 'डिप् व्यारिटोन' छ । उनको पहिलो कम्पोजिशन् 'नआउ सपना भरी' या रामकृष्ण ढकालको सुपरहिट हुनपुगेको ओराली लागेको हरिणको चाल भो ले नै यो कुरा प्रमाणित गर्दछ । न्हृयू बज्राचार्यको सोलो अल्बमको मिठास अतुलनीय छ र सुकमित गुरुङसँगको युगल गायन इन्स्टेन्ट क्लासिक हुन पुगेको छ । आधुनिक नेपाली प्रस्तुतिमा अरू गायक र सङ्गीतकारमा सृजनशीलताको आलस्य र रेकर्डिङ स्टूडियोको उपकरणहरूमा बढी निर्भरता देखिन थालेको बेला न्हृयूका सिर्जनामा कम्पोजिशन् र लिरिकले अवश्य नै प्राथमिकता पाएका छन् । गीत र गजल विधामा जस्तै उनलेे नेपाली आधुनिक सङ्गीतमा पनि 'थोरै गरे धेरै हुन्छ' भन्ने सिद्धान्त अपनाएका छन् ।
र्
र्सजक र श्रोता
नेपाली सङ्गीतको धरातल बदलिँदो छ र यस परिवर्तनलाई डोर्?याइरहेछ नेपाली पपले । नेपाली सङ्गीतलाई सुरिलो आवाज र बृहत् आकारतर्फधकेलिरहेछ प्रविधिको विस्तार, गैर-नेपाली साङ्गीतिक प्रवाह तथा सङ्गीत बजारको ब्यापारीकरणले । धेरै वर्षछि पुस्ते फाटो -जेनेरेशन् ग्याप्) पनि उत्पन्न भएको छ यो क्षेत्रमा । आजका नेपाली पपका र्सजक र श्रोता सन् १९९० को दशकअघिका पुस्ताले सुनेका रेडियो नेपालका प्रस्तुति भन्दा भिन्दै सिर्जनाहरू सुनेर हर्ुर्केका छन् । ४० वर्षन्दा माथिको उमेरकाले अधिकांश सुन्दै नसुनेका रक, ब्लूज् र मेटल ध्वनिहरू आजका युवा श्रोता र र्सजकहरूको 'एक्स्पोजर' र फर्माइस पनि हो ।

स्तर र छनौटको कुरा बाहेक गत दर्ुइ दशकमा सङ्गीतको क्षेत्रमा नेपालमा भएको परिवर्तन भनेको उत्पादन, बिक्री र खपत हुन थालेको सङ्गीतको 'सङ्ख्या' हो । आजको सङ्गीत बजारमा देखिएको जस्तो शैलीगत विविधता र गायक/गायिकाको सङ्ख्या यसअघि कहिल्यै थिएन । नेपाली समाजको अरु क्षेत्रमा नदेखिएको प्रतिस्पर्धा र प्रजातन्त्रको प्रभाव राम्रैसँग देखिएको छ सङ्गीतमा ।

दशकौँदेखि विद्यमान रेडियो नेपालको 'भ्वाइस् टेष्ट' पास गरेर मात्र नेपाली सङ्गीतको संसारमा प्रवेश गर्न पाइने अवस्था अब छैन । आजका गायक र सङ्गीतकार अब आफ्नो साङ्गीतिक सीप र क्षमताको भरमा अगाडि बढ्ने वा पछि पर्ने गर्दछन् । जनताको कान र ज्रि्रोलाई जित्न सके र्सजकको नाम पनि, र अब आएर दाम पनि, बन्छ । श्रोता अर्थात् बजारले मन पराइदिए भने कसैको केही लाग्दैन । यसरी आजको लोक-रक, नेपाली आधुनिक र नेपाली पपको आधारमा सङ्गीतको स्तर, दायरा, र विधाको गहिराइ र फराकिलोपन बढ्दै जानेछ, र नेपाली जनमानसले मीठो र विविध सङ्गीत पाइराख्नेछन् ।

-समाजशास्त्री अनुप पहाडी वाशिङ्गटन डीसीमा कार्यरत छन् ।
 
Posted on 12-02-04 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends,
I have notified Anup ji about this thread. It would be nice to hear from him.
-ViV
 
Posted on 12-02-04 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>नेपाली आधुनिक सङ्गीत भन्नाले सन् १९५० को दशकदेखि रेडियो नेपालले प्रसारण गरेको सबै सङ्गीतलाई मान्न सकिन्छ.

यहाँनेर लेखक ले भन्न खोजेको कुरा अस्पष्ट छ र हचुवाको भरमा परिभाषित गर्न खोजेको आशय मिल्छ।
लेखकले लोक, आधुनिक, पप र रक मा हुने भिन्नतालाई गहिरोसित नियाल्न सकेको आभाष पाइदैन।
किनभने त्यो समयमा पनि रेडियोबाट धेरै बिधाका गितहरु बज्दै आए। तिन्लाई लोक, आधुनिक, पप अथवा रक र पुरानो नेपाली गित भनेर छुट्टाउने लक्षमण रेखा तान्न त गाह्रो छ तर पनि आधुनिक गित भनेर सबेलाई एउटै खाल्डोमा हाल्न खोज्नु बिश्लेषकको कमजोरी देख्दछु।

जस्तै

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेशको तोरी छिर्लोगं छ्याईँ
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।छिर्लोगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

यसलाई पनि लेखकले जबर्जस्ती आधुनिक गितको खाल्डोमा हाल्न खोजे।

साथै पुरानो नेपाली गित,
सिरुपाते नारन खुकुरिको कति लाग्दो कर्द, कति लाग्दो कर्द
हाम्रो जोबन बकस लिने को पो होला मर्द, कृष्ण बजाऊ मुरली

यस गितलाई पनि आधुनिक गितको खाल्डो हाल्न खोज्नु लेखको कमजोरी हो र बालुवामा हलुवा मिस्नु हो।

 
Posted on 12-02-04 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिश्लेषकले गरेको बिश्लेषण धैरै हदसम्म युक्तिसगंत छ तर कता कता धरातलयञ गहिराइमा नपुगिकन सतही बिश्लेषण दिन खोजेको अनुभम गर्न सकिन्छ। जस्ले यस क्षेत्रमा न्युन ज्ञान भएका युवा पिढिहरुलाई भ्रमको खाल्डोमा डोर्याउन खोजेको पाइन्छ।

नेपथ्यले भेडाको ऊनजस्तो मार्फत देऊडा गितलाई अगाडि ल्यायो यो आँफैमा सर्हानीय कुरा हो तर गित सुनेर मलाई खल्लो लाग्यो सस्तो लोकप्रियताको लागि गित गाएको देखिन्छ।

झल्काइदेऊ झल्काइदेऊ
कम्पनी गलैको माला झल्काइदेऊ

गितमा भाव कम छ । एउटा भाकालाई हु बहु रक अथवा पप मा ढाल्नेदेखि बाहेक अर्को काम गरिएको छैन। यस अर्थमा नेपथ्य पनि गहिराइ भन्दा लोकप्रियताको पछाडि लागको
छर्लगं हुन्छ। स्थानीय भाषाको मर्म बुझ्न नसकेको महसुस हुन्छ ।हुन त बजारको लागि त्यसो गरेका होलान् तर गितको भाव र मर्मलाई लतारिने गरी हु बहु नक्कल गर्नुलाई यहाँ बिश्लेषकले बढि महत्त्व दिन खोजेका छन्।

जे होस्,
मामा नहुनु भन्दा कानो मामा जाती!
 
Posted on 12-02-04 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I just finished reading the piece.

But -- as someone who knows Anup personally and respects him -- I am not sure whether Anup's impressive scholarly talents shine through in the piece. The piece has a more of "rah rah" tone to it than a sober analysis.

Thta is to say, since Anup is identified as a social scientist (and not a music critic), I would have preferred to read what he has to say about how changing forces within our pan-Nepali samaaj have influenced the production/distribution and growth of various strands from Nepali music . . . from lokgeet to even rap in the last 10 years.

I mean, to say that Kunti Moktan has a beautiful voice is not much help,
really.

I am also surprised that the piece contains absolutely no reference to three things
that have been instrumental (pun intended!)in the development of Nepali music, especially in the last 10 years.

a) an easier availability of technology to produce and distribute music.
b) A rise in the number of distribution channels: FM radio stations, concerts, Nepali movies, etc.
c) a changing demography: more younger people in Nepal now as a per centage of its population than ever before.

There are also tensions within the Nepali music industry that the piece fails to
explore.

At a conference at Royal Nepal Academy in January 2005, Ambar Gurung was
vociferously critical of younger Nepali musicians. Since his words seemed to contained more spite and bile than genuine criticisms, and were going unchallenged, I -- as a member of the audience -- requested him, during the Q & A time, to back up his claims.

Gurung started mumbling a few nice words about the younger generation, but he was visibly uncomfortable. Later, Abhi Subedi told me that he used that discussion -- the one on the generational divide -- as a reference point in a program on Radio Sagarmatha, where Subedi had been invited to talk about Nepali music.

I hope my comments here are seen as attempts to add to the discussion.

More later,

****************

And, Nepe, on a personal note, you could have posted Anup's piece without speaking less of Sajha posters whose music sensibilities, according to you, do not go beyond saying "cool". I mean, you did not have to praise one by speaking ill of others, and
come across with a "let me teach you barbarians a lesson by showing you how to talk about music by referring to this piece" sort of an attitude.

It's OK if you disagree the above para.

On a larger note, let's not forget that Sajha attracts all kinds of people, and it's this 'wisdom of crowd' (the title of a book I happen to be reading at the moment!)
that remains Sajha's strengths; and let there continue to be space on Sajha for
people who can't say anything beyond "cool" and who can write in flowing
paragraphs and everyone else in between.

After all, that's how a genuinely democratic space must function, no?

oohi
ashu



 
Posted on 12-02-04 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry, I meant, January 2004.

 
Posted on 12-03-04 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau ... yo thread ko umer badhyo... LOL!

I am waiting for Nepe's response! It's kinda funny... u know... you can almost expect 'Where There is Ashu There is Nepe' or vice versa. But whatever it's fun following their discussions... you get to frown in disagreement, laugh at times at their tearing each others postings apart, nod vigourously in agreement... or go "what the hell ?"

Haina yo lekh padhnu nai paryo... ! Mathi paste gareko padhna ali garo bhayo. Ke ko bare ma discussion huna lagya chha background information thaha hunu paryo...!
 
Posted on 12-03-04 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

doctor and his shitty commentary as if that is a in depth analysis of his.so many prominent and powerful artists are missing there. and also he saying or kind of blaming nepathya for cheap publicity is total sucker attitude.

 
Posted on 12-03-04 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Before putting your valuable comments would you mind to go through all the contents in thread?
Nobody has blamed neither Nepathya nor Any other artists.
Try to understand first before putting your mouth in asshole.
 
Posted on 12-03-04 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It was for Mahakal.
learn dude from blank bro.
 
Posted on 12-03-04 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Blank wrote:

"But whatever it's fun following their discussions... you get to frown in disagreement, laugh at times at their tearing each others postings apart, nod vigourously in agreement... or go "what the hell ?"


Don't just follow their discussions.
Contribute your thoughts and ideas too.
Disagree with them with reasons.
Add to what they say.
Take risks with ideas.
Doesn't matter whether you have brilliant things to contribute or just-being-formed ideas.

Share!

Don't worry about detractors who may slam you with their lies, lie and lies. With
nothing to fear, and looking staright into their eyes, simply drive them to the point
of sheer exhaustion with nothing but the verifiable truth.

And so, give a damn; be passionate about this kind of discussions.
It won't really harm your life or your career!
It may even make the life real life all the juicier and more meaningful.

After all, on a larger note, what good is one's higher education, if one always sits on
the fence, snickers at others, criticises others and spends a lifetime watching others having a dose of fun with an interplay of thoughts and opinions?

I think this this forum allows us to give shape to our TENTATIVE ideas and thoughts, and have them subjected to public scrutiny. That's great.

oohi
ashu

 
Posted on 12-03-04 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to all who have responded to my foray into reviewing Nepali music. I appreciate your taking the time to read the piece and critique the critique.

As Gunaraj Luintel in a recent Kantipur column wrote (paraphrazing a famous person), "Having critics is a fortunate thing". In that spirit I do feel fortunate that a critical discussion on (Nepali) music, one of my passions, has sprung up around some of my impressions.

Since each of you raises somewhat different issues, I'm going to respond individually in separate posts. Please bear with me, la? I'll go from the general to the specific points raised in that order. It may take me more than one day though.


Response to Ashu:
I plead fully guilty to writing this review as a great fan of good Nepali music. Thank you for the nod towards my scholarly side. But I wrote this not as a "sociology of Nepali music," but self-consciously as a pakka fan reviewing my encounter with the musicians mentioned while they toured DC and other US cities. Even so, I hope you did find here and there some "sociolgical" asides.

Somewhere in the translation and emailing business I think the part about the review being based on attending live concerts in the USA got lost.

Because I do not live day to day in Nepal I chose not to venture too deeply into specific "tensions" or empirical trends/developments. I didn't feel qualified to go that route since to do so well, I would have needed to do some formal and informal info. gathering in the field. For example, although I do have some rough guesses about the origins, fans and social appeal of rap in Nepal, I definitely don't know enough things in context to, as karmapa would say, "pontificate" on it.

However, your points about "absolutely no reference" to points a), b), c) is a bit of a stretch, जस्तो लाग्यो मलाई. Yes, there are no separate sections devoted to those specific topics, but peppered throughout the piece there are a fair number "references" to precisely those things:

the first 3 paras talk about new tech. and access by younger generation to modern instruments revolutionizing Nepali music;
the last 3 paras talk about the sheer volume and variety of music now available to younger audiences; the role of the market and competition etc. (fm, concerts, etc implied here);

ho, i did not have anything to say about the issue c) (young demographics)

But you'll agree that anyone who reads the article should be at least be able to tell that I am well aware of a) and b). Agreed that I didn't massage the said topics enough.

Lastly, the "rah-rah" factor. Lighten up Ashu! Isn't there enough 'sober analysis' to go around in Nepal these days to last couple of decades? If you really feel the need for one more "sober" piece, allow me to shamelessly give myself a plug here.
Please visit:

http://peacejournalism.com/ReadArticle.asp?ArticleID=495

(i'd be interested in your comments on this)

But seriously now, ho, I did write the piece wanting to come out appreciating and endorsing the artists and trends that have captured my imagination as a Nepali music lover living abroad. In that sense this is a celebratory rather than an openly critical piece. Common?, this is my coming out piece as a wannabe critic; you didn?t expect me to write a review a?la the D.B. Bista book review I did, did you? But keep posted cause I do intend to air my pet peeves in Nepali music sometime soon enough?

But I?m never going to be into ?gotcha? kind of reviews. If I don?t like something that much, I simply won?t write about it, unless it is something that is important enough to warrant a public discussion (and Bista?s book met that criterion).

Still, I do for the most part go into why I ?rah rah? in the case of each artist I saw live.

You bring up Kunti to illustrate, I believe, absence of analysis. Ok fair enough.
About Kunt,i I mention that much of her success is a joint venture between her and her behind the scenes husband-composer-arranger Shila Bahadur Moktan who custom makes the tunes for Kunti. As an amateur musician, this is my way of acknowledging a master musician?s artistry. Sure, I?ll grant you that this is not getting into deep deconstructionist analysis about the topic. But at the same time, this is NOT the same thing as saying she has a nice voice. Really.

In the end, I have another anecdote about Amber Gurung for you. In an interview he did a number of years ago he said something like, ?If I was a budding musician today I am sure I too would be a pop musician.?

Look, if anyone can rail and rant about ?quality? issues in Nepali music, then Mr. Gurung can. I don?t begrudge him that prerogative.

BTW, if you can, look for a tape album by Raju Gurung (middle son of Gurung) called ?Portrait? It?s a delectable album with a number of very listenable and mature original tracks. One of them is a unrecorded composition made on a whim by Gurung in the early 1960s when rockability was all the rage. The new arrangement by Raju Gurung is fantastic and the harmonic singing by Raju and his friends is awesome. But most remarkable of all are the song?s lyrics by Amber Gurung. I wish more young pop stars would listen to tracks like that and try and come up with lyrics 1/5th as ?saral, taral? yet thoroughly "adhunik" as Gurung's.

Let me know what you think of the album if you have heard it or hear it soon, and that song in particular (दिलको मायालुलाई, I think is the title).

Thanks again for your comments? they are seen as you intended them to be seen.

Anup












 
Posted on 12-04-04 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गितमा भाव कम छ । एउटा भाकालाई हु बहु रक अथवा पप मा ढाल्नेदेखि बाहेक अर्को काम गरिएको छैन। यस अर्थमा नेपथ्य पनि गहिराइ भन्दा लोकप्रियताको पछाडि लागको
छर्लगं हुन्छ। स्थानीय भाषाको मर्म बुझ्न नसकेको महसुस हुन्छ ।हुन त बजारको लागि त्यसो गरेका होलान् तर गितको भाव र मर्मलाई लतारिने गरी हु बहु नक्कल गर्नुलाई यहाँ बिश्लेषकले बढि महत्त्व दिन खोजेका छन्।


and what is that mr/ms dada giri.......... now that is the doctors view and i oppose that ....
and yo fawker dada giri the assshole was your mums....a lil oral.

 
Posted on 12-04-04 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now you put your brains before you start to talk shit from your assssshole of your face......
 
Posted on 12-04-04 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महाकाल,
मैले उल्लेख गरेको गित सुनिस्?

त्यस गितमा भाव छैन र गहिराइ पनि छैन।
सही कुरा लेख्दा तिम्लाई चित्त बुझ्दैन भने नबुझिराखोस्।
यदि हैन भने कसरी हैन ? उत्तर छ तिमीसित?

तिम्रो दिमाखको गोबरलाई निकालेर सोचेर कुरा गर ।
नामै अनिकाले छ।

बिहान बिहान उठेर गोब्बरसित बोल्नु पर्यो आज।

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters