[VIEWED 29456
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-07-05 4:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथोहरुको नेपाललाई सहयोग गर्ने भावना देख्दा मलाई साथीहरुको जमर्कोमा केहि सहयोग पुग्ला कि भनेर मेरो यात्रा विवरण राख्दै छु। ञस्लाई म part part मा प्रस्तुत गर्नेछु। नेपालको हालको स्थिति बारे यसबाट ज्ञान पाईएला कि भन्ने आशाको साथ: "एउटा अनुभुति बेग्लै" "आब्बुई हो!!! क्या बिघ्न रै?छ हो ऊकालो नि।" ८-९ कक्षातिरको ?घनघस्याको उकालो? पाठको सम्झना गर्दै मैले बोलें। खोई मलाई मात्र लाग्या हो कि तर त्यो पाठ लेख्नेले यो अन्धेरीघाटको उकालो नदेख्या हुनुपर्छ भन्ने लख काटें। "काहाँ उकालो हुनु नि सर, यो ता क्याहि नि होइन" मलाइ साथ दिन संगै हिडेको लोक दाइले मेरो कुरा काट्यो। हुन त आफु परियो शहरमा हुर्केको मान्छे, दश पाईला नि गाडिमा चढ्ने बानि लागेको, त्यो दाइ उकालो खाई शेष भएकोसंग कुरा नमिल्ने भइहाल्यो। "हुन नि शहरमा बस्न छोडेर फिल्डतिर काम गर्ने जोश चलेर यो दु:ख गर्नुपर्यो" भन्ने मनमा चल्यो तर मलाई मजा नि आईराख्या थियो। आखिर काठमाण्डौ गएर साथीभाईलाई भोजपुर जस्तो ठाउमा गएर आएको भन्दा शानै अर्को हुने नि। बाटो चाहिं परेछ आधा जिउ नै खाने। उकालो र ओरालो मात्र। आफु त्यतिकै दुब्लो मान्छे अब त भोजपुरसम्म पुग्दा त मान्छे नै बिलाउला भन्ने पिर पनि चल्यो मनमा। बाटोमा कुरा गर्दै हिंड्यो भने बाटो गएको पत्तो पाइँदैन भन्थे, त्यै भएर लोक दाईसंग गफ गर्ने मेशो निकालें। "अनि दाई, घरमा को को छन्, नि तपाईको???" "छन् जहान अनि दोइटा भुरा।" "अनि घर कता नि दाइको।" "ऊ त्यहि धनकुटा हो, सान्मे गा. बि. स. पर्छ" दाईले फुईया गर्दै उत्तर दिनुभो। हुन नि अफिसको सामानको भारि टन्नै थियो दाईको, म जस्ता त २ जनाले नि सक्दैन होला त्यत्रो भारि उचाल्न। दाईलाई थकाई लाग्या हुनुपर्छ भन्ने लख काटेँ "यसो बस्ने कि दाई???" "होईन, ऊ माथि एउटा होटेल छ, त्यहिं बस्नुपर्छ" दाईले यसो सुझाव दिनुभो। आफुलाई नि थकाई लागेर भनेको अब भारि बोक्नेले नि त्यसो भनेछि लाजै लाग्यो बसम् भन्न नि। ऊ माथि भन्या नजिकै होला भन ठानेको त आमै नि आएकै होईन। "अझ कति छ दाई??" यसो सोधिहाले।"?सरलाई थकाई लाग्यो कि??? ऊल्टो प्रश्न पो बज्रियो। ?होइन, यसो पानी प्यास लाग्यो" मैले नि कुरा मिलाईहाले। हुन नि त्यत्रो बाटो हिड्नलाई एउटा टुम्लेट नि बोकिएनछ। प्यास नि लागेको थियो आफलाई धन्न दाईले पत्याईहालेछ मेरो कुरा। "आयो सर, आबो त्यहिं हो" माथ्लो डाँडा देखाउँदै दाईले भन्नु भो। आफ्नो खुट्टोले करामत देखाउने बेला भैसकेको थियो, झन त्यति माथीलाई त्यहिं भन्दा त सात्तो नै उडिहाल्यो। "ऊसो भए यसो थकाई नै मारौं न।" मैले लाजै पचाएर भने लु जा त। "लु बसम् न त सर त्यहि चौतारो मा।" अलि परको चौतारो देखाउँदै दाईले नि सहमति जनाउनुभो। आफ्नो मनमा पनि यसो आराम भो दाईको शब्द सुनेर। ********************************************
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-07-05 4:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
******************************************** माथ्लो डाँडा नि आईपुगेछ उकालो चढ्दा चढ्दै, मकै नै मकै भएको बारी चढ्दै गर्दा बाटो कटेको नि पत्तै पाएनछु। तर प्यासले चाहिं मुखै पो सुकेछ मेरो। "साहुनी, यसो पानी खाम न हो।" लोक दाईले च्याट्ट परेकी साहुनीसंग माग्नुभो। "कहाँसम्म नि दाई?" साहुनीले नि सोधीहाली। "त्यहि श्यामशिला त हो नि, कामै त्यता आफ्नो" लोक दाईले प्रस्ट्याउनुभयो। "यसो चिया खाने कि दाई" आफ्नो सामान बिकाउने मेशो निकालिहालि साहुनीले। "के चिया खाने यस्तो गर्मिमा।" मैले आफ्नो कुरो राखें। "त्यसो भए चिसो खाने नि।" बाठि रैछ साहुनी पनि। "कहाँ चिसो खाने?.अरु पाईन्न??" लोक दाईले पनि जिस्कदै भन्नुभो। "छ्या हो!! अरु के चाहिएको नि त्यस्तो??" नबुझेको पारामा साहुनीले भनि। "दुईटा दिनु न कोक।" मैले बिचमा प्वाक्क भनिहालें। कोक खाएर हामीले चाँडो बाटो ततायौँ, टाढा थियो हाम्रो गन्तब्य। यता उताको गफ गर्दै बाटो काट्दै थियौ, माथिबाट स्ट्रेचरमा बिरामी बोकेर तलतिर लागेका मान्छेहरु भेटिए। अब यस्तो अहिलेको अवस्थामा हिँडेको मलाई त सोध्न नि डर लाग्यो। "के भएको हो दाई??" एकजनासंग लोक दाईले सोधिहाले। "हाम्रा गाऊँका मास्टर्नी हुन्, घाँस काट्न गएकि, भिरबाट लडिछन्, पेटमा बच्चा पनि थियो, खोई बाँच्ने हुन् कि होईनन्??" एकै सासमा त्यो दाईले जम्मै कुरा भन्न भ्याउनुभयो। आज नै धनकुटा पुग्ने लक्ष्य थियो क्यारे उनीहरुको, दौडिहाले। "पुग्छन् त यी आज दाई??" मैले आफ्नो जिज्ञासा राखें। "खोई कर्फ्यु नलाग्ने हो भने त धनकुटा नै पुर्याउँथे, बिचरी बाँच्ने हुन् कि होईनन्।" हुन नि कर्फ्युले हामी जनतालाई मात्र दु:ख, गर्नेले कर्फ्यु नै हुँदा नि बिध्वंश मच्चाईराखेका छन्, मेरो मनमा कुराहरु खेल्न थाले। आधा घन्टा माथी के चढिएको थियो, एकजना बुढि आमै भेटिईन् बाटोमा। "बाटोमा बिरामी भेट्नु भो, बाबुहरु??" आमैले सोध्नुभो। "अँ भेटिए, आमै।" मैले बोले। "आज पुर्याऊँछन् होला है धनकुटा अस्पतालमा।" आमैले आश गर्नुभो। "पुर्याऊँछन् होला आमै।" मलाई आमैको विश्वास तोड्न मन लागेन। "बिचरी, टाढाबाट पढाउन आएकी, दशाले गढेछ, लोग्नेलाई खबर नि गरलान् नि केटाहरुले। हाम्रो यहाँको हेल्थ पोष्ट नि उडाईहाले। नभए केहि गर्थेकी ती कम्पाउन्डर सापले।"आमैले लामै कुरा बोल्नुभो। हुन नि देशमा स्वास्थ्यको स्थिती धेरै नाजुक भैसकेको छ यो ४ ५ वर्षमा। जम्मैजना स्वास्थ्यकर्मिहरू गाउँघरमा बस्न छोडिसके। बस्नेहरु नि भाग्ने मनस्थितीमा। मनमा नि अनेक कुरा आउन थाले, दिक्क लाग्न थाल्यो देशको अवश्था देखेर। मैले मनका कुरा बदल्न लोक दाईसंग कुरो गर्न थालें।
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-07-05 4:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
?अनि दाईको बिहे भइको कति भयो नि??? ?९ वर्ष त ठ्याम्मै भयो होला सर। अलि अचम्मै तालले भएको नि सर मेरो बिहे त।? "कस्तो अचम्म नि दाई??" म जिज्ञासु बने। "खासमा मलाई त मेरो जहानले भगाएको भन्नु पर्ला सर।" मलाई त झन् उत्सुकता बढ्न थाल्यो। "कसरी नि दाई?" "अब उनी मेरो साथिको बहिनी, हामी गोठालो जाँदा कहिले काही भेट हुन्थ्यो, उस्ले त मलाई मन पराएकि रैछ। पछि उस्का सौतेनी आमाले अर्कै ठाऊँमा बिहे गर्न लागेछन्, अनि मेरो घरमा बिहे भन्दा अघिल्लो रात आईपुगि। मलाई नि माया लाग्यो, के गर्ने मनै त हो। अनि लुकाएँ घरमा। पछि उस्का बाउहरु खोज्न आएका थिए, धन्न जोगाएँ। पछि उस्का दाईले नि घरमा मनाए अनि बिहे भो सर।" लोक दाईले एकै सासमा आफ्नो प्रेम कहानीको बेलिबिस्तार लगाए। हुन नि आफ्नो प्रेमका अनुभुतिहरू अलि भिन्नै थिए, तर यो प्रेम कहानी यति सरल थियो की मेरो त मुटुमा नै गढिए। आखिर प्रेम एक अनुभुति न हो लाग्यो मेरो मनमा। ********************************************
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 04-07-05 5:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Nirman. This is what encouragement means. I am dwarfed by your effort. You find solution to every problems man. I am sort of more determined now. Get on with your new story and you will surely do a favour to that cause in your episode as you said. You have the perfect style.
|
|
|
manab
Please log in to subscribe to manab's postings.
Posted on 04-07-05 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wow this is like a forum of stories. Thanks for the language. It is so nice to read stories in your own language.
|
|
|
Mitra 2
Please log in to subscribe to Mitra 2's postings.
Posted on 04-07-05 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निर्माण, ल राम्रो छ यात्रा संस्मरण! अनि त्यस्तो बिकट ठाममा पनि कोक पाईने भन्या? सहरदेखि त्यो उकालो बोकेर लग्या कोक त महङगो पर्यो होला। जे होस हाम्रो त्यहिको छिमेकी गाममा चै घरेलु कोक नै बढि प्रचलनमा छ। उकाली, ओराली, र चौतारीको कुरा सुन्न मज्जा आयो र गामको याद पनि आयो। ल अरु पनि जाओस।
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-07-05 4:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल निर्माण भाई ! तिम्रो लेखाई पनि कम रै'न छ। सबैकुरा खुलस्त लेख्नु नि फेरि। साईली, माईली सँगका कुरा लुसुक्क छुपाएर राख्ने होइन नि। अँ, कतै बास बसेको ठाउँ को सम्झना छैन? हे हे हे, भाईले लाज मान्ला भनेर उचालेको .........रे क्या !! -सरु
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-07-05 10:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
******************************************** हाम्रो त्यो दिनको गन्तब्य आउन आधा घन्टाजति बाँकि थियो होला। टाढाबाट एक हुल मान्छेहरु आउँदै गरेका देखें। 'सर, उनीहरु जस्ता छन्। अलि होश पुर्याउनु है।' लोक दाईले साबधान गर्नुभो। मैले त एकछिन् कुरो बुझिन, बन्दुक देखेछि बल्ल कुराको अर्थ बुझें। मेरो त हंसले नि ठाम् छोड्यो एकछिनलाई। 'कता हो तपाईहरु??' उनीहरु मध्य एकजनाले बोले। 'आज त त्यहि साबुङ्गसम्म हो?' लोक दाइले उत्तर दिनुभो। 'के काममा अनि??' फेरि प्रश्न बज्रियो। 'सडकको स्टाफ हो हामी।' मैले प्रश्ट्याउने कोशिश गरेँ। 'ए तेसो भए सरकारी मान्छे, ज्ञानेको चम्चाहरु??' अर्कोले थर्काउन खोज्यो। मेरो त सात्तो नै गयो। के भन्ने मेरो त मुख नै सुक्यो। बल्ल अलि हिम्मत निकालेर बोलें। 'होईन, हामी त कन्सल्ट्यान्ट पट्टिको मान्छे।' 'ए तेसो भए डलर खानेहरु??' अर्कोले खेदौंला जस्तो गरि भन्यो। 'भैगो छोड्दे।'अर्कोले बोले। मेरो त ज्यान नै माया मार्ने बेला भैसकेको थियो, ती मान्छे त मलाई भगवानै जस्तो लाग्यो मलाई। उनीहरु आफ्नो बाटो लागे, तर मेरो मुटुमा ढ्याङ्ग्रो बज्न छोडेन। खुट्टाहरु लिग-लिग कामिराखेका थिए। मलाई त आमा-बाऊ, बाजे-बराजु जम्मैको याद आउन थाल्यो। व्याकग्राउन्डमा कसैले ?दु:ख पाईस मंगले, आफ्नै ढङ्गले? भन्दै गरेको अनुभुति भयो। लोक दाई नि चुपचाप लागेर हिड्न थाले। हिड्दा हिड्दै हाम्रो साईट अफिस देखियो: टाढा । 'उ त्यहि हो सर अब!' लोक दाईको नि सासमा सास आएछ बल्ल। साईट अफिस देख्दा त मलाई नि अलि हलुका महशुस भो। अलि हलुङ्गो भएको जस्तो भो जिउ नै। 'ओहो! निर्माणजी!! कताबाट हो बाटो बिराएर??' सत्यरामजीले जिस्कने पारामा भन्नु भयो। मेरै कलेज र ब्याचका साथी थिए रैछन् त्यहाँ। तर मलाई भने अगिकै घटनाले काण्ड पुर्याईराखेको थियो। 'अँ। आइयो डुल्दै!!' बस् यति मात्र निस्क्यो शब्द। 'अनि यात्रा कस्तो भयो नि??' सोधनि सुरु भयो। 'बाँचियो भन्नु पर्ला यार।' त्यसपछि मैले हाम्रो यात्राको बेलिबिस्तार लगाएँ। 'के गर्ने यार, हामीलाई त नर्मल भैसक्यो यस्तो कुरा, खुकुरिको धारमा घाँटी राखेर काम गरिएको छ यार।' उहाँले नि आफ्ना गुनासो पोख्नुभो। हुननि ४ वर्ष टुप्पि बाँधेर पढ्नु अनि यस्तो अनकन्टार ठाउँमा काम गर्नु, गाह्रै छ नि। धन्न आफ्नो धनकुटामा नै Base परेको छ अनि बेला मौकामा घरमा सम्पर्क हुन्छ। साइटका साथीहरुको त २ ३ महिनामा एकचोटि सम्पर्क भए धन्न। भएको भोजपुरको एउटा टेलिफोन टावर नि उडिसकेको विध्वंशमा, फोन त भोजपुरभरिमा जम्मा १ वटा त्यो नि सदरमुकाममा सिमित। अब साथीभाई भेट भएको 'कान्तिपुर' लाउन थालियो तन्न पारेर। साथीहरुले एल. टि. लाइ नयाँ नाम दिनुभएको रहेछ, हाम्रा जंगलबासी दाजुभाइले मदिरा निषेधको उर्दि जारी गरेकाले। ********************************************
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-07-05 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>जे होस हाम्रो त्यहिको छिमेकी गाममा चै घरेलु कोक नै बढि प्रचलनमा छ। ---मित्र जी त्यो नि खाईयो यार....बटुकोमा हालेर ;o) >>>>तिम्रो लेखाई पनि कम रै'न छ। सबैकुरा खुलस्त लेख्नु नि फेरि। साईली, माईली सँगका कुरा लुसुक्क छुपाएर राख्ने होइन नि। अँ, कतै बास बसेको ठाउँ को सम्झना छैन? हे हे हे, भाईले लाज मान्ला भनेर उचालेको .........रे क्या !! ----हाहाहाहाहा सरु दाई आउदैछ त्यो नि.....कुर्नुस मात्र...... धन्यवाद जम्मैलाई हौसलाको लागि, निर्माण
|
|
|
Gunaraj
Please log in to subscribe to Gunaraj's postings.
Posted on 04-08-05 1:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
o;f] k9]+, c+w]/L3f6 b]Vg] ljlQs} ofb tfhf eof] . cfkm' klg s'b\g t s'lbof] lg w]/} k6s . s'g}a]nf bz} 306fdf wgs'6faf6 ltjf/Le+Hofu klg l5rf]lnof] . clg s'g} a]nf d[uf}nfdf kTy/L eP/ Rof+u|] b]lv kflv|af; 8f]sf]df af]lsP/ klg cfOof] . c+w]/L3f6df bzf}+k6s af; al;of] . hf+8 / s'v'/f l;lgQ} kfl/of] . 6'Dn]6df klg sf]xL kfgL af]S5< hf]/ 6'Dn]6df hf+8 af]s]/ lxl8GYof] . af6f]df sf]s t slxn] klg lkOPg x} . ;fgf] b'Ddf, 7"nf] b'Ddf, dfg8f+8f sfGnfsfGn} lx+l8of] . ca km';{b eof] eg] km]/L n]vf}+nf .
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-08-05 4:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र गुणराज जी, खुशि लाग्यो तपाईका कुरा सुनेर.....ल त सातीहरु अर्को है आईतबारसम्मको लागि: ******************************************** गफ गाफ चल्दै थियो कलेजका सुनौला दिनको, अब हातमा सुरा भएछि क्याम्पसका सुन्दरीहरुका कुराहरु आउन थाले नि गफगाफमा। हामी गफमा मस्त बाहिर मान्छेले बोलाएको त सुन्दै सुनिएनछ। "ढोका खोल्नुस् त सर।" बाहिर लोक दाई बोलाउदै हुनुहुदोरैछ। अब खाईराखेको, हत्त न पत्त साबधानिपुर्वक गिलासहरु खाटमुनि लुकाइयो अनि ढोका खोलियो। बाहिर अर्को एकजना नि रहेछ लोक दाईसंग। "तपाईहरु त्यहाँ तल कार्यक्रममा आइदिनुपर्यो है।" त्यो मान्छेले हुकुम गर्यो। "हुन्छ।" सत्यजीले सहमति जनाउनुभो। पछि पो थाहा पाइयो, आज उनीहरुको साँस्कृतिक कार्यक्रम रे अनि जम्मै गाउँका मान्छेहरुलाई जम्मा हुने उर्दि रे। धन्न बेलामा गिलास लुकाइएछ, धन्न हाम्रो पत्र पत्रिकामा नाम आएको जन कार्बाहिमा परेको भनेर। मेरो त अगि नै सात्तो गैसकेको थियो, जान्न भनेर बसेको, पछि सत्यजीले कर गर्नुभएछि कुरा काट्न मन लागेन, हिंडे लुसु लुसु। हामी पुग्दा लगभग कार्यक्रम सुरु हुने क्रममा रहेछ। सत्यजी र म लुसुक्क गएर एक कुनामा बसियो। साँस्कृतिक टोलि चाँहि स्कुलका भाइबहिनीका रहेछन्, गाना साह्रै मिठो गाउनेहरु रहेछन्। वरिपरि उनीहरुका बन्दुकधारिहरु सेन्ट्रि बसेर कार्यक्रम पनि सुरु भयो। तर क्रान्ति र जनबाद बाहेकका त गीतै छैन जस्तो, आफ्नो पप-रक सुन्ने बानि परेको, अलि मनै परेन। एकजना बन्दुक बोक्ने भाइ नि आएर गितार बजाएर आफै गीत गाउन थाले। आफैले रचना गरेको रे, खोइ शब्द चाहिं ठेट याद भएन तर यस्तै "नौलो बिहानी आउनेछ, रातो सुर्योदय लिएर, गरिबका दिन फिर्नेछन्, सामन्तिका छाति चिरेर" भन्ने थियो। गीतमा नि चिर्ने नै, मेरो मुटुमा अलि चिसो पो भो त्यस्तो कठोर शब्द सुनेर। तर स्वर चाहि राम्रो रैछ त्यो भाइको, क्रान्तिमा नलाग्या भए त नेपाली सङ्गित जगतमा नै क्रान्ति ल्याउने खालको, गितार नि बिछट्टै राम्रो बजाउने। एकछिनमा नाचगान नि सुरु भो। उनीहरुका छापामारहरु नाच्न थाले, महिला छापामारहरुमध्य एक दुईजना चाहि बिछट्टै राम्रा रैछन। आफ्ना त आँखै लोभि, छापामारलाई नि छोडिएन हो। एकैछिनमा त भिडका मान्छेलाइ नि तानेर नचाउन थाले। मलाई र सत्यजीलाइ नि ताने हो, अनि त नाच्न करै लाग्यो। नाच्दै गर्दा एकजना राम्री बैनिसंग ठोक्किए म त, जानेर त होइन, भाग्यले भन्नु पर्ला। छापामार नै रैछन, एकछिन् त डर लाग्यो, पछि ती बैनि हाँसेपछि बल्ल सासमा सास आयो। डर मिस्रित भएनि कार्यक्रम चाहि रमाइलो नै लाग्यो मलाइ, एकछिन पछि फर्कियो पनि, भोलि को यात्रामा चाँडो लाग्ने मनसाय बनाएर। उनीहरुप्रतिको डर पनि अलिकति भएनि हटिसकेको थियो मनमा। ********************************************
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-17-05 4:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को भाग कहिले आउँछ नि? सुनुम् न।
|
|
|
Sristi
Please log in to subscribe to Sristi's postings.
Posted on 04-17-05 5:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
New and interesting one!! This time in nepali language ..well done Nirman ji
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-17-05 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल निर्माण भाई एकजना बैनी सँग ठोकिएपछि त कथा नै बन्द भो नि? होइन ओइ, के भो ? हाम्ले पनि सुनम न, त्यसपछि के के भएछ। -सरु
|
|
|
John_Galt
Please log in to subscribe to John_Galt's postings.
Posted on 04-17-05 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nirman, Great story....simply great....is it evoking another stint with comerade natasha? aafu lai nepali ma type garna aune bhaidyabhaye ramro sita tapai ko gungan gaunthey tar ke garne....gai khane bhasa mai type garna paryo. Dhanya mero karma.... आफ्ना त आँखै लोभि, छापामारलाई नि छोडिएन हो। hehehe...bado ghat laygo. keep it coming bhai
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-17-05 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि झन्डै बिर्सेको हो यो धागो।।।बाँकि नि चाँडै पोष्ट गर्छु म। ....कृपया प्रतिक्षा गर्नुहोला। प्रतिकृयाको लागि जम्मैलाइ धन्यबाद। निर्माण अनि जोनजी रोमानाइज्ड फोन्ट प्रयोग गरौं सार्है घतलाग्दो छ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-18-05 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो, गुनराज-जी! कताबाट बातो बिराईयो आज? गाथाँ आरामै? हेर्नुस्, पहिले तपाईं मात।र हुनु हुन्थ्यो, साझामा रमाईला रमाईला कथाहरु कोर्ने। अचेल त फस्टाएका छन् लटरम्मई! हाम्लाई पो रमईलो! अब, निर्माणको रहरलाग्दो कथा निर्माण देखेर उनको एउटा सालिक निर्माण कै प्रस्ताब राख्न मन लाग्यो, साझापुरमा! कुरो एउटै के भने, आफुलाई फेरि त्यो अनुमोदन पत्र निर्माण गर्नै आउँदैन र पो। ल, ल, अरु नि झट्टै पेश गरम् न हो, साथी!
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-18-05 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल छ छ हामि त मोज गर्छ??ौ लेख्नेलाई फुल को माला हेर्नेलाई फूल को माला पढ्नेलाई चाहिँ सुनको माला है लेखुं लेखुं र पढ्न पाऊ छिटै
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-19-05 1:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भो पुन्टे मेरो शालिक चाहिदैन बरु मेरो प्रेरना दादाको बनाम्। पण्दितले चाहि बरु गाठी कुरा गर्यो मलाई फुनको माला भय पुग्छ; ल नयाँ भाग: ******************************************** ::बिहान झिस्मिसे मै निस्क्यो भने बिहानको भात खान श्यामशिला पुगिन्छ, सर:: लोक दाइको कुरा मनमा लिएर सुतेको भएनि नानीदेखि लागेको बानी कहाँ जानु नि छिटो। बिहान उठ्दा त घाम डाँडामाथि आइपुगिसकेछ। चाँडो चाँडो झितिगुन्टा बोकेर बाटो लाग्ने तरखर गर्दा त घडिमा नि ठ्याम्मै ७::३० भेसकेछ। ::लौ दाई, चाँडो लागम्।:: जो चोर उस्को ठुलो स्वर भनेझै मैले लोक दाइलाइ बाटो लाग्न बोलाएँ। साबुङ्गका साथीभाइसंग बिदावारि भै फेरि उकालो लागियो, श्यामशिला पुग्न। अलि उचाइमा भएकोले हुनुपर्छ साबुङ्गमा अलि जाडो रैछ बिहान। त्यहि भएर स्वेटर लाएर हिंडेको, उकालोले देखाइहाल्यो आफ्नो तागत। ::गर्मि हुँदो रैछ है, दाइ।:: स्वेटर फुकाल्दै मैले लोक दाइसंग गफगर्ने मेसो निकालें। ::हो नि सर, उकालोले गर्दा गर्मि हुन्छ, तर माथि श्यामशिलामा त चिसो नै छ।:: धारा रहेछ बाटोमा, धारा देखेर हो कि गर्मि नै भएर, मलाई अलि प्यास लागिहाल्यो। यसो पानी खाइराखेको थिएँ, पछाडी मान्छे कुरिराखेको त पत्तै पाएनछु। यसो फर्केको त बन्दुक देख्दा त झसङ्गै भएँ। हिजोका बैनिहरु रहेछन। धन्न हिजो देखेकोले चिनिहाले नभए अर्को स्पष्टिकरण बुझाउनुपर्ने। उनीहरु नि श्यामशिलातिरै लागेका रहेछन्। राम्री बहिनी नि छ कि भनेर लोभि आँखा डुलाएको त अलि पर रैछन्। एक मनले अब बाटो चाहि राम्रै कट्ने भो जस्तो लाग्यो। तर बन्दुकले मलाइ मेरो मिठो सपनाबाट झक्झकाइहाल्यो, अर्को मनमा सार्है डर लाग्यो, बाटोमा सेना भेट्यो भने त हनिहरु त सखाप सखाप आफु नि दोहोरो भिडन्तमा परेर शहिद होला भन्ने डर। लोक दाइलाइ नि सार्है डर लागेको रहेछ, पछि पो कुरा फुस्कायो बुढाले। जे भएनि उनीहरुसंग अलि वर र अलि पर गर्दे बाटो कट्दै थ्यो। ::अनि अब यतै हो कि तपाईपनि?:: एकजना बैनीले कुरा गर्न शुरु गरे। ::होइन। यसो फिल्ड भिजिट मात्र हो।:: मैले कुरा छोटो राख्ने कोशिश गरें। तर एउटा मनमा चाहि ती राम्री बैनीसँग कुरा गर्ने मन चाहि थ्यो। ::ए अनि कहाँबाट पास गर्नु भएको नि तपाईले:: ती बैनि त अरु कुरा गर्न पो तम्सिइ। ::पुल्चोकबाट।:: ::ए मेरो नि डिप्लोमाको लागि धरानमा नाम निस्केको थ्यो तर पढ्न पाइन।:: बैनीले दिखेसो पोखि। ::अनि बैनीले किन छोड्नु भो नि।:: मलाइ नि कुरा लम्ब्याउन मन लाग्यो। ::यस्तै हो गरिबलाइ पुँजिवादी समाजमा अबसर नहुने रहेछ, त्यसमाथि हामी महिला, त्यहि भएर मुक्तिको लागि हिडेका हामी।:: बडो खरो लवजमा बैनीले कुरा सुनाइ। अब आफु नि धनीमानी भएर पुल्चोकमा पढेको त थिएन तर शायद काठ्माण्डौमा हुर्केकोले अलि बढि अवसर चाहि पाएको हुनुपर्छ मैले। ::अनि कहाँ पढ्यौ नि, बैनी।:: बैनी शब्द शायद डरले अलि बढी नै निस्किराखेको थ्यो मेरो मुखबाट। ::धनकुटाको क्याम्पसबाट आइ एसम्म गरियो, त्यसपछि पढ्न पाइएन, अब क्रान्तिको बेला के को पढाइ, त्यो नि पुँजिवादी पढाइ।:: बैनी त साह्रै खरा रैछन्, अलि अलि डर पो लाग्यो मलाइ। अब आफुलाई अर्की बैनीको बारेमा बुझ्न मन लागेको कुरा त आगरामा पुग्न लागेछ। यसो कुरा घुमाउने मेसो निकाले मैले नि।
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-19-05 1:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
::अनि तपाइहरु जम्मै संगै हो??:: अलि डर लागेनि सोधिहाले लु जा त। अलि लजालु रैछन ती बैनी त, बोल्दै नबोल्ने। ::हामी छापामारतिर, यी कमरेड चाहि भरखर आएकी, मिलिसिया भन्नुपर्ला।:: ती बैनीलाई देखाउदै भनि त्यहि बैनीले। अब आफ्नो भाग्य नै खोटो रैछ, अलि अगाडि भेटेको भए त के हो के हो, भेट्नु नि मिलिसिया भएछि त। शायद म नि त्यहि गाउमा बस्थे होला घरजम गरेर, पापी मनमा नि अनेक भावना आउन थाल्यो। हेर्दा हेर्दै हिले भन्जयाङ्ग आइपुगेछ। ::यहाँ चिया खाने कि, सर।:: प्वाक्क लोक दाइले बोल्नुभो, आफ्नो केहि हुन लागेको बेला। बिचरा बुढालाइ म पनि उनिहरुसंगै लाग्ला भनेर सार्है पिर परेछ। ::बैनीहरु नि चिया खाने कि??:: मैले सोधिहाले प्वाक्कै। यसो हेरेको त लोक दाइ मलाइ आँखा तर्दै हुनुहुँदो रैछ। ::भो नखाम्, हामी लाग्छौ।:: ती बैनीले यसो भनेछि बाल्ल लोक दाइको अनुहार अलि चहकिलो बन्यो। ती बैनीहरु बाटो आफ्नो बाटो लागे, हामी चाहि एउटा चिया पसलमा छिर्यौ, तर मेरो लोभि आँखा तिनै राम्री बैनीलाई पछ्याइरहेको थ्यो, टाढा पुगेर बिलिन नहुन्जेल सम्म। ********************************************
|
|