----
मन्दिरबाट यता र उता एकछिन् बरालिएसि एका तिर लागियो र एउटा
खेताँ पिक्निक् गर्ने निस्चित् भो। सधै त्यतै तिर गर्थे क्यारे। आफु त
उहिलेइ एक् चोटि आ हो अनि ऐले नि त्यै स्वेता आउनि भे र आ नत्र बाङ्गेले भन्या जस्तो के खान आउनि?
त्याँ खेताँ पिक्निकको तयारि हुदै थ्यो समय खै कति बज्या थ्यो
कुन्नि आफुलाइ त स्वेता छेउ परे न्यानो हुन्थ्यो नभए घाम् लाग्या भे
नि चिसो चिसो लाग्थ्यो।
सुनिताले मलाइ स्वेता र स्वेतालाइ मेरो बारेमा प्रशस्तै भनिसकेकि
थि यसैले उ सङ्गै स्वेता सङ्ग कुरा गर्न मलाइ बिशेष धक् थिएन। बरु
भन्ने हो भने सुनिता सङ्गै हुदा मलाइ सजिलो लाग्थ्यो स्वेता सङ्ग
कुरा गर्न-
बल्ल बल्ल धेरै मेहेनत् गरेर खेत् को एउटाछेउमा सबै जनाको
हुल् भन्दा पर म, सुनिता र स्वेता बस्न गयिम्। अफ्नो मन् खहरे
जस्तो कैले गड्गडाउथ्यो कैले सुक्थ्यो। हरेक् चोटि स्वेता र मेरा आँखा
जुध्दा रहरमा नुहाएक खुशिहरु हजारौ फिलिङ्गा बनेर छरिन्थे
- म पुलकित् हुन्थेँ।
"मलाइ खोला--- पानी एकदम् राम्रो लाग्छ त्या खोला सम्म जाम्न"
स्वेताले भनि -एकछिन् यता उताका कुरामा भुमिका बाधे पछि।
म त उठि हालेँ जानलाई - सुनिता चाइ मलाइ मन् छैन भन्छे बा!
"तँलाइ कस्ले सोध्या छ र मन् छ छैन भनेर --- ल हिन्"
मैले आदेश् दिए।
"तिमिहरु जावो न ---" उस्ले हाँसेर भनि - स्वेताको अनुहार् सुर्योदय
अगाडिको पुर्बी आकश् झै भयो मेरो नि मनले बार बजेको तोप् हान्यो
-ड्याङ्ग!
सुनिता लाइ मैले हात् समातेर उठाएँ - अनि खोला तिर जान
ठिक्क पर्या हुल् बाट एउटा नातेदार् जान्ने भए "ए काँ जान ला हँ
तिमेरु?"
"काँइ हैन ति खोला सम्म" मैले कुइना ले छ्यास्स हाने पछि सुनिता
बोलि।
"ह्याँ खाने बेला हुन लायो काँ जानि खोला तिर -- पर्दैन आओ"
नातेदार् अरु जान्ने भए।
जाँ जान ला भे नी उन्लाई आउन त भन्या थे न यस्सै भाँजो हाल्न खोज्न त भएन नी।
"एकै छिनमा आउनि हो ---स्वेतालाइ हेर्न मन् लाग्यो रे क्या खोला "
सुनिताको जवाफ् सङ्गै हामि छिटछिटो हिनिम्। मैले आफ्ना बेहाल् आँखा स्वेता
तिर फ्यालेँ उस्का चन्चल् आखा पनि मेरा सङ्ग ठोक्किए ---
मनमा बादल् गर्जिए - उस्ले आफ्ना मधहोस् मुस्कान् ले मेरा घायल् आँखाको
स्वागत् गरी - बिजुलि चम्कियो ---
"दीप् दाइ" सुनिता ले अलि आश्चर्यको स्वरमा बोलाइ।
त्यस्तो अलौकिक् स्थितिमा उस्ले हस्तक्षेप् गर्या मन् परेन मलाइ "के?"
मैले अलि ठुलो स्वरमा सोधेँ
उस्ले आँखाको इशाराले पुर्बतिर दुइ चार् वटा कान्ला माथि हेर्न
सन्केत् गरि। उस्को अनुहारमा हाँसो थ्यो।
हेर्छु त ---- बाङ्गे! निलो LT ज्याकेट् स्याकेट् लाएर।
रिङ्गटा लाग्ला जस्तो भो रिसले।
हामि तिर हेर्दै कत्ति न मुस्काउने भा थ्यो बज्या गुल्टियो एउटा
कान्ला बाट। हाम्रा मान्छे हाँस्न त हाँसे तर बाङ्गे देखेर कसैको
अनुहार् निचोर्या कागति जस्तो, कसैको आँखा गोल्भेडा जस्तो, कोइ पिरो
खोर्सानि टोक्या जस्तो ताल् माल् गर्न लाए। तनाब हाबामा फरफरायो।
"कस्तो लेवलै नमिल्या कान्ला रे छ" खोच्याउदै यता र उति धुलो
झार्दै आइपुग्यो बाङ्गे। उ आउनु के थ्यो सुनिता र स्वेता लस्कि हाले।
जे को डर् थ्यो त्यै भो।
बाङ्गेले जति ल्वाङ् चपाए नि ल्वाङ्लाई मिचेर भनम् कि सङ्गै
मिस्सेर भनम् ट्वाट्को सुगन्ध उस्को स्वासमा मैले चिनिहाले। मैले केहि
बोल्नु अघि नै जाँदै गर्या स्वेता प्रति सन्केत् गर्दै सोध्यो "को यार्?"
"को?" मैले नबुझ्या जस्तो गरेँ।
"ऐले फेरि उल्टो मलाइ को भन्दा त ---" बाङ्गेले नातेदर् हो हैन त्यो
पैला बुझ्न खोज्या प्रस्टै थ्यो।
"था छैन" मैले भने।
"उसो भे मै सोध्छु त" - बाङ्गे त लस्किन्छ बा स्वेता तिर।
"ए बाङ्गे ए" हस्तछेप् नगरि भो?--- ट्वाँटको सुरमा बाङ्गेले के के
सोध्नि हो के के ---के ठेगान्।
किन अन्मरिस् भनेर नि सोध्न नपाइ - उस्को जवफ् दिन तिर लाग्नु
पर्यो "स्वेता" भन्दै।
"को स्वेता?" बाङ्गे लाइ परिचय पुगेन।।
"सुनिता साथि को अब?" मैले नि झर्केर भने -
"एएएए! त्यै भेर पो मलाइ हिजो सोध्धा आउन मिल्दैन भन्या रे छ
थुक्क पातकि! "बाङ्गे पो उल्टो रिसाउछ म सङ्ग। मेरा मान्छेले
त्यसरि बाङ्गे आएसि मैले बोलाको भनेर म माथि खनिने पक्का थ्यो।
बाङ्गेलाई मैले
नचिन्या हैन - कतै फन्दामा पर्यो कि छेउमा जो छ उसैलाई दोष
लाइदिन्थ्यो बिना हिच्किचाहट् अनि दुइ चार् टा पस्पति भस्म बिद्यानास्
जस्ता किरियाहरु नि थपिदिन्थ्यो --- आखिर् भनेर न भस्म हुइने न
पढ्या बिर्सिनि रे छ के को डर् भन्ने बाङ्गेले उइलेइ बुझि सक्या थ्यो।
त्यसैले कसैले त्याँ बाङ्गेलाइ किन आ भनेर सोधेको खन्डमा
"दीप्"ले आइज भन्या थ्यो अनि" भन्ने निश्चित् थ्यो बाङ्गेले।
"तँ रक्सि खा र आ ह्याँ?" मैले अलि रिसाएर सोधे।
"अब तैले ह्याँ खान पाइदैन भन्या हैन त?" बाङ्गे रक्षात्मक्
भो। मैले घुरेँ मात्रै।
"किन र बास् आउछ? उल्टो सोध्छ बाङ्गे।"
"अनि के त?" मेरो रिस् मरेकै थिएन। ज्याकेट् भित्र इशारा गर्दै
देखायो -"तँलाइ नि ल्याइद्या छ"
लौ मार्यो ---- बाङ्गे त बोतलै बोकेर आएछ ---
यो बाङ्गेले ठुलो समस्यामा पार्छ एक् दिन् जस्तो लाग्थ्यो सधै त्यो
दिन् आजै रे छ जस्तो लागो मनमा।
"किन आ तँ ह्या?" म अब स्वेता सङ्ग कुरा गर्न पाइएन भन्ने
भन्दा पनि अफ्नो जात्रामा के के तमशा हुने हो भन्ने पिरको
भुमरिमा परिसक्या थिएँ। बाङ्ग्या सङ्गत् नगर्नु भनेर घरमा भन्या यति
चोटि हो भन्ने हेक्का छैन।
अब के गर्नि त बाउ टुरमा गै हाल्यो --- रक्सि चुरोट् सय रुप्या
सप्पै झ्याप् हानेसि घराँ बसिरनि कुरो भएन - सुपरि काँ गा
पाटन मर्या रे छ ट्वाक् का पुगिँ त्यो नि रैन्छ -त्यस्को बैनिको दर्शन् नि
पाइएन सित्तैमा त्यस्को बाउ झर्कियो म सङ्ग --- के नि -
साथिहरुलाई नदि एक्लै खान नि मन् लागेन ----अनि आए नि यतै-यता नि
ऐले आ हो - खोज्दा खोज्दा - धन्न यो माल् हरिप् रे छ यार् गुलियो
गुलिओ नि छ --- लाउदै खोज्दै गर्न सजिलो भो---
झन्नै फर्कि सक्या थें - यता तिर लास्ट् ट्राइ दिन्छु नभए फर्किम्ला
भन्या ठ्याक्कै भेट् भो - पर्साद् सर्साद् खाइस्? बाङ्गेले प्रश्नमा
उस्को कुरो बिसायो।
मेरो आमा हामि तिर आइन्। बाङ्गे उनको पनि नातेदार् टाढैको भए
पनि -"के गरि र हँ तिमेरु ह्याँ? स्वर् निक्कै रुखो थ्यो उन्को --- बाङ्गेले
ङिचच दात् देखायो--- "के छ बाबु?" आमाले नरम् सङ्गै सोधिन्
बाङ्गेलाई। टाउको मात्रै हल्लाएर ठिक् भाको सन्केत् गर्यो बाङ्गेले।
आमाले मलाइ भने अलि पर तिर घिच्याउदै झै लगेर सोधिन्
"किन बोलाको तैले यस्लाइ - उता सबै रिसाइराछन्"
मैले बोला हो र, आफै आयो ।।। मलाइ बिनाबिथ्थामा दोश् ला मन्
परेन.
जा पुर्याएर आइज यस्लाइ --- बस् चढाएर आइज --- कुरो मिलाएर
भन्---आमाले सल्लाह् दिइन्।
बाङ्गेलाई थाहा थ्यो उस्को आवागमनले बाताबरण हल्लाको तर त्यस्ता
कुराले उसलाई खासै फरक् पर्दैनथ्यो --- मैले बाङ्गेलाई तैले
ट्वाट् खार आ बैनि ले थाहा पाइछ फुपु रिसाइन् रे --- हिन् - भनेर
लादै थिए --- फुपुले बिचाँ बोलिन् फेरी--- भैगो पुजामा आको पर्साद्
खार जानु ---
मेरो बा कुन् बेलाँ पड्किने हुन् जस्ता देखिया थे त्यै भे र
बाङ्गे र मैले भटा भट् पर्साद् खाइम् --- स्वेतालाई मैले झल्याक्
झुलुक् मात्रै तर बाङ्गेले भने धेरै चोटि घुरेर हेर्यो ---
खाइसकेर हिन्दै गर्दा बाउ गर्जिए --- कता नि सवारि सरकारहरुको?
बाङ्गेले त सुन्या नसुनेइ गर्यो मैले चाइ बिस्तारै त्या पर्तिर सम्म
--- आउँछु म फेरि भनेँ --- पर्दैन आउन जता जता मन् लाग्छ
उतै उतै जानु --- बाउको हुकुम् पछाडिबाट आएर ठोक्कियो कानमा।
"त्यो स्वेता भन्नि त उग्र रैछे यार् --- का बाट फेला परिस्?"
बाङ्गेले मौनता तोड्यो -
"काँ बाट काँ बाट अब ---" म अलि झर्किए ---
"किन रिसा तँ झन् हिँ सम्म ल्याइदिए ट्वाट् --- पान् से पच्पन्न नि
छ --- त्या अलि पर्तिर गएर सल्काम्ला क्या तल् तल् लागिसक्यो आफुलाई
--- " बाङ्ग्या कुरा त्यस्तै हो ---
"बाउ रिसा सुनिनस् तैले --- खालि आफ्नै सुरको कुरा गर्छस् तँ चाइ
"--- मैले भने।
"लौ, बाउ रिसाउनि त्यस्तो त कति कति -- त्यस्ता सना तिना कुरामा अल्झेर
नि जिन्दगि चल्छ ---" बाङ्गे झन्नै दार्शनिक् भो।
"बाङ्गेले पछि फर्केर हेर्यो र चुरोट् झिक्यो --- एए बाङ्गे त
बौलाइस् कि के हो --- देखे भने मार्दैनन्?" अफ्नो डर् बाँकी नै थ्यो।
यस् पटक् पछाडी नफर्कि कनै भन्यो "कल्ले देख्नि?-- छेकि सक्यो ---" मैले नि फर्केर हेरे हो रे छ।
पान् से पच्पन्न रे छ गैडा सैडा भे त तान्दैन थेँ होला --- ५५५
लाइ नाइ भन्न सकिन --- रहर् पुर्याये --- आनन्द भो --- अब बाङ्गेले
झिक्यो ट्वाट् -- त्यस्को बाउले बिदेशाट ल्याको रे --- फल्फुल्को रस् रे यो
-- धेरै प्योर् भा भे र मात् लाग्या जस्तो हुनि रे -- ल घुट्क्या ---
बाङ्गेले सानो परिचय सङ्गै ट्वाट् दियो।
अलिकति हिच्किचाइयो पैला अनि घुट्काइयो --- मीठो मीठो जस्तो नि
लाग्यो टर्रो टर्रो जस्तो नि --- तर धेरै चाइँ मीठै लाग्यो भनम् न
भन्नु पर्दा---
अरु खान्न भन्दा भन्दै अलिकति त खाइहालियो अब त्यत्तिकै फर्केर
जाने कुरो भएन -- सास् ले गति छाडि हाल्थ्यो --- के गर्नि के गर्नि
त्यस्सै अलमल् अलमल् गरियो --- बाङ्गेलाई तँ बसमा जा अब भन्या
पख न के हतार् --- यो सक्काम् अनि जाम्ला भन्छ। आफु चैँ च्या पत्ति चपाउन पा हुने भनी सोच्तै थेँ --हेर्दा हेर्दै सकियो बोतल् पनि चुरोट् नि तानियो टाउको नि भारि भो
बर्बादै होला जस्तो भो ---
दिउसै साँझ् पर्या जस्तो देखिन्थ्यो -- मैले बाङ्गेलाइ तँ अब जा
--- ह्याइ देखे भने मेरो जात्रा गर्छन् भनेर सम्झाउदै थिएँ "---
ल ---- ल --- बस् पनि आयो म जान्छु --- भोलि आइज म काँ अरु
नि माल् छ" भन्दै बाङ्गे बस्लाई हात् हल्लाउन थाल्यो चुरोट् चाइँ
अझै तान्दैथ्यो।
बस् रोक्यो बाङ्गे यता र उता झुम्दै पछारीन्छ कि झैँ गरी पुग्यो बस् चड्न म नि बस् सम्म
पुर्याउन गए के ठेगान् बाङ्ग्या भनेर ---तर जमिन् जम्मै हल्ल्या
जस्तो भो --- हिन्नै गार्हो---
राम् राम् राम्! भो अब! कति छिट्टो आएछन् ---बस् त फुपुहरुको पो रे छ ---
आफ्ना मान्छ्या हुल् त भित्रै --- आफु त सिताङ्ग भैयो --- बल्ल बल्ल
ढोका समातेर चड्न खोज्या बाङ्गेले नि सबैलाइ चिन्यो अनि तुरुन्तै
लर्बरिएको स्वर्ले भन्यो --"यो दीपलाइ नि जाँड् रक्सि चुरोटले फाइदा
गर्दैन न खा भन्यो मान्दैन --- सित्तै पर्साद् खानि ठाममा नि लिएर
आइज भनेर मलाइ पाप् लाग्ने भो --- जै नारन् रक्षे गर--- चुरोट्
पनि सल्काउन मात्रै लायो ---- ए ला --" भन्दै चुरोट् म तिर पो तेर्साउछ बा
बाङ्गे त ---
बस् भित्र त जो हेर्यो उहि काल् भैरब् जस्तो देख्छु ---
अत्ति भो - सासै अड्केला जस्तो --- कात्तिकको चिसोमा पनि पसिना आए
छन् ------ मुटु छाति भित्र भुक्लुक्कै उम्लेला जस्तो गर्दो थ्यो
---खप्नै सकिन --- दिन् त यस्सै नि मच्मचाउथ्यो बाङ्गेले ---अब हुँदा हुँदा बज्याले
राति पनि हाहाकार् मच्चाउन थालेछ बा! अनि के त? घडि हेर्छु त ४:३५ भएछ ब्यान्को।
खत्तमै गर्नि भो!
***************** ******************** ******************* ***********
(र्हस्व दीर्घको बिषयमा लेखाई नितान्त भद्रगोल छ। र्हस्वको भरमार बाहुल्य प्रस्टै देखिन्छ। कम्जोरीको लागि क्षमा प्रार्थि छु। )