[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 19033 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-09-08 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तिम्रो मुटु बोकेर हिड्दै छु

(बास्तबमा आफ्नै मुटु भित्र !)

जहां म जान्छु, तिमी पनि गएकै हुन्छौ

त्यसैले कहिलै एक्लो हुन्न

र जे मबाट हुन्छ

प्रिय त्यो तिमीले गराई रहेका हुन्छौ !

 

म किन डराऊं भाग्य सित ?

किनकी तिमी नै मेरो भाग्य हौ

म किन चाहुं अर्को संसार ?

जबकी तिमी नै मेरो सुन्दर संसार हौ !

 

जूनका जे जति अर्थ छन्

घामले गाएका जति किरण छन्

प्रिय ति तिमी हौ !

 

जराहरुका जरामा,

पालुवाका पालुवाहरुमा,

आकाशहरुका आकाशमा

आत्माले चाहेको भन्दा पनि माथी

मनले लुकाउन सक्ने भन्दा पनि धेरै

चुलिदै गरेको जिन्दगीको रुखलाई ठांउ दिन

ताराहरु बिचमा दूरी छन्

कसैलाई थाहा नभएको यथार्थ भन्दैछु यो-

म आफ्नो मुटु भित्र

प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !

 

 

Translated from EE Cummings' "I carry your heart with me".

Translate one for me the one you liked.

Last edited: 09-Apr-08 06:14 PM

 
Posted on 04-13-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम गितिका

पाब्लो नेरुदा

 

तिमीसंग बसेको मेरो माया

परिचित

गुलाफको रंग र मणिको चमकमा

बसेको माया जस्तो

छैन ।

 

यो त कुनै

अपरिचित र खतरनाक कुरासंग बसेको

डरमर्दो र गोप्य माया जस्तो

छ ।

 

कहिल्यै नफुल्ने जातको

बिरुवाले

जिउभित्र लुकाई राखेको

फूलजस्तो,

मेरो जिउभित्र

तिम्रो बाक्लो गन्ध

लुकेर बसेको

छ ।

 

कसरी यस्तो भयो ?

किन यस्तो भयो ?

कहिलेदेखि यस्तो भयो ?

अहँ मलाई थाहा छैन

थाहा पाइराख्न पनि चाहन्न ।

 

अरु तरिका पनि हुँदो हो

तर मलाई आउने यसरी नै हो

यसरी नै माया गर्छु, गरिरहन्छु

 

मेरो छातीमा परेको

तिम्रो हात मेरो,

म निदाउँदा

चिम्लने आँखा तिम्रो

 

हो, यसरी एकाकार छु

म तिमीसंग ।

 

 

Transcreated from Sonnet XVII (100 Love Sonnets, 1960)” by Pablo Neruda


 
Posted on 04-13-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a coincidence. I was going to translate from this translated work.

I Crave Your Mouth, Your Voice, Your Hair

Pablo Neruda



I crave your mouth, your voice, your hair.
Silent and starving, I prowl through the streets.
Bread does not nourish me, dawn disrupts me, all day
I hunt for the liquid measure of your steps.
 
I hunger for your sleek laugh,
 your hands the color of a savage harvest,
hunger for the pale stones of your fingernails,
I want to eat your skin like a whole almond.
 
I want to eat the sunbeam flaring in your lovely body,
the sovereign nose of your arrogant face,
I want to eat the fleeting shade of your lashes,
 
and I pace around hungry, sniffing the twilight,
 hunting for you, for your hot heart,
 like a puma in the barrens of Quitratue.
 
 Translated by Stephen Tapscott
Last edited: 13-Apr-08 03:52 PM
Last edited: 13-Apr-08 03:55 PM

 
Posted on 04-15-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

 

पाब्लो बुडाले गजल लेख्दा हुन् त कस्तो हुँदो हो भनेर सोच्छु क्या म ।

 

छन्दमा लेखिने Sonnet लेख्ने बुडाले पक्कै रुचाउँथे होला गजल शैलीलाई, तर वर्णनात्मक कविता लेख्न अभ्यस्तहरुलाई सारांशात्मक शेरहरु लेख्न सजिलो पक्कै हुँदैन ।

 

अनि तपाईले घच्चीको कविता छान्नु भएछ । पाब्लोको विशेषता जे सुनेको छु मैले (एउटा चाही मायिक भाषा) त्यसको राम्रो प्रतिनिधित्व भएको कविता मानिछु यसलाई ।

 

मायिकै (magical) हो गाँठे यी पंक्ति त,

 

 

I hunt for the liquid measure of your steps.

 

your hands the color of a savage harvest,

 

I want to eat your skin like a whole almond.

 

I want to eat the sunbeam flaring in your lovely body,

 

the sovereign nose of your arrogant face,

 

I want to eat the fleeting shade of your lashes,

 

and I pace around hungry, sniffing the twilight,

 

hunting for you, for your hot heart,

 

like a puma in the barrens of Quitratue.

 

 

लौ न कसैले अनुवाद गरम् यसलाई । डुबेर गर्नुपर्ने परेछ यो । बिग्रला भनेर छुनै मन नलाग्ने ।

 

Nepe

 


 
Posted on 04-15-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My baap! Guru Sirish tatha MahaGuru Nepe ko ke kura.
 
Posted on 04-15-08 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Do you know the whereabouts SITARA? She has vanished from Sajhaland or maybe she has changed her name to TARA?


 
Posted on 04-15-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I mean wherabout of SITARA.
 
Posted on 04-15-08 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्द्रुकज्यू,

ल एउटा गजल स्वीकार गर्नुहोस् ।

Nepe

 



 
Posted on 04-16-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह Nepe गुरु वाह !


चार चोटी पढेर पनि धित मरेन ! अलि बढि audience भएको ठांउ तिर लाग्नु परो !


 


मेरो दिमागमा तु आएको -  


(मेरो original idea होईन)



ताकतमा बाघ हुनु, हेर्दा चील हुनु
मायामा आमा हुनु, कोठामा छाडा हुनु !


 
Posted on 04-16-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 Nepe

I read your ghazal again - nice use of "hunu" with the meanings of "be" and "are"
 

प्रस्ताब छ मान्छौ भने, सिर्फ आधा हुने
दृष्यमा म कृष्ण हुन्जेल, तिमी राधा हुनु !

 

 

 
Posted on 04-16-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe bro, khatara ghazal gayo,
mero yo kutil impromptu prayas swikarnu hola.

yo chahin raksi utrepachi reality sanga parichit hudako:

सर्पको काचुली जस्तो तिम्रो रूप पनि देखियो प्रिय,
बाहिर अनारका दाना, मन मनै राछ्यसी दारा हुनु 


 
Posted on 04-16-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन राधा ? किन मीरा नरोजेको ? थाहा छैन राधा केको प्रतीक हुन् (मीरा त प्रेमको), तर कृष्ण धरावासीले उनको पुरस्कृत उपन्यास राधा मा राधालाई नारीवादी नायिकाको रुपमा पुनर्परिभाषित गर्ने कोशिस गरेका छन्, यद्यपि कथान्तमा राधाको पुरानै स्वरुप देखिन्छ ।

 

कसैले सुनेको छ कृष्ण धरावासीलाई त्यसबेला लागेको आरोप, जुन उनले खण्डन गरेका थिए प्रचण्डबाबुरामलाई उपन्यासको पात्रद्वय कृष्णबलरामको रुपमा प्रस्तुत गरेका हुन् भनेर ?

 

धरावासीको कल्पना र खण्डनमा जे र जेजस्तो सत्यता भए पनि राधा उपन्यासको कथा (कृष्ण र बलरामद्वयको छापामार युद्धद्वारा कंसराज समाप्त गरी गणतन्त्र स्थापना गर्ने) र माओवादीको कथामा केही न केही समानान्तरता देखिन्छ ।

 

अब त झन् बढी टड्कारो देखिने भो ।

 

अब संभवत: राधा उपन्यासको पुनर्चर्चा हुनेछ । उनी पछाडीका पुरस्कार पाउने पल्पसा क्याफे को अतिप्रचारले उनको उपन्यासलाई एक अन्यायपूर्ण ओझेलमा पारिदिएको थियो । पल्पसा क्याफे मा माओवादी द्वन्दको जुन सतही र निस्कर्षविहिन चित्रण छ (मेरो आधा निस्कर्ष) र पुस्तकले जुन अतिप्रचारको फाईदा पायो, त्यसको पनि चर्चा गर्नेछन् होला आउँदा दिनका समीक्षकहरुले । बलेको आगो ताप्ने पुरानो नेपाली बानी त छदैछ, त्यसमाथी माओवादी द्वन्दलाई वैचारिक क्रान्तिको साटो सामान्य अशान्तिको रुपमा हेरेर नेपाली संभ्रान्तवर्गले आफुलाई एउटा ठूलै भ्रममा राखेको भने पक्का हो ।

 

Nepe


 
Posted on 04-16-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A small correction:

"राधा" उपन्यासमा गणतन्त्र नै स्थापना हुने चाही होईन है । तर near-republic भन्दा होला, आजको र उसबेलाको सापेक्षितामा ।

 

अनि जिज्ञासुहरुको लागि, "राधा" उपन्यासबाट एक अंश:

 

"सबैका आँखा प्रवेशद्वारमा केन्द्रित भए । उनीहरुलाई कसैले पनि चिनेको थिएन । तर देख्नेहरु सबैले तिनीहरु साधारण युवक हुन् भनी पत्याउनै सकेनन् । कंश पनि एकाएक झस्के । सारा सभास्थल चकमन्न भयो । चुपचाप सबै आँखा प्रवेशद्वारमा केन्द्रित भए । उनीहरु बिस्तारै सहज रुपमा प्रवेशित भए । प्रश्नसूचक थिए सबैका आँखा तर हरेकले तिनीहरुलाई आ-आफ्नो अडकलमा देखे ।

मल्लहरुले ब्रजपुरुष देखे, स्त्रीहरुले मूर्तिमान् कामदेव देखे, सामान्य मानिसहरुले नररत्न, गोपहरुले स्वजन, शास्ताहरुले दण्डकर्ता, वशुदेव र देवकीले शिशु देखे, कंशले कराल मृत्यु अविदूषहरुले विराट, योगीहरुले परमतत्व, वृष्णीहरुले इष्टदेव देखे । र हामीले हाम्रा प्रिय मित्र कृष्ण र बलराम देख्यौँ ।

लामो मौनतापछि राजा कंशले प्रश्न गरे- हे अपरिचित पाहुनाहरु ! तपाईँहरुको परिचय दिनोस् यस सभामा ।

सरासर सभाको बीचमा पुगेर कृष्ण उभिए । राजा कंशको केहीपछि बायाँपट्टि बसेका मन्त्री अक्रुरजी र ऋषिहरुको लहरमा बसेका गर्गजीका अनुहार भने अनौठो र दोधारेजस्तो थियो । उनीहरु चिनेको वा नचिनेको दुबै भाव व्यक्त गर्न असमर्थ देखिन्थे । कृष्णले सभाको बीचमा उभिएर एकपल्ट चारैतिर आँखा घुमाए । हजारौँ मान्छेहरु सब चकमन्न थिए सियो खसे आवाज आउला जस्तो ।

कृष्ण बोले । कृष्णको आवाज कुनै गहिरो कुवाबाट निस्किरहे जस्तो लाग्थ्यो । भने- उपस्थित मान्यजनहरु ! आज यस सम्मानित सभामा …. ..

 

___________________________________________ _

Nepe


 
Posted on 04-16-08 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुतेज्यू,

 

मैले त भर्खर पो देखें । त्यस्तै हुन्छ कामचोर भएर साझामा आउँदा । जे होस्, तपाईको आगमन नै काफी थियो, झन कोसेली सहित पाल्नु भएछ । धन्यवाद टक्र्याएँ ।

 

अनि कस्तो ट्रेजेडी त गाँठे । खास गरेर यो बेला, जुन बेला विपरित दृश्यहरु देखिदैछन् अन्यत्र ।

 

Nepe


 
Posted on 04-16-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु
बिशेष कारणले लामो समय सम्म टाढा भईएछ
हजुरको गजलले साझामा पस्ने बित्तिकै गाढा माया दियो ,
धित मारेर पढे ,मन्मा गढ्यो ।
 
Posted on 04-16-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी

त्यो त हो - मीरा छानेको भए अझ बढी असर आउथ्यो होला ! तपाईको सल्लाहको कदर गर्दछु ! कुनै कारणले शब्द छानेको हैन ! मनमा जे आयो त्यसै लेख्या मात्र हो ! हुन त यसो गरे नि हुने हो -

प्रस्ताब छ मान्छौ भने आधा हुन पाउने
दृष्यमा म राम हुन्जेल, तिमी सीता हुनु !

 


 
Posted on 05-04-08 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


XVII (I do not love you...)
Pablo Neruda
  I do not love you as if you were salt-rose, or topaz,
or the arrow of carnations the fire shoots off.
I love you as certain dark things are to be loved,
in secret, between the shadow and the soul.

I love you as the plant that never blooms
but carries in itself the light of hidden flowers;
thanks to your love a certain solid fragrance,
risen from the earth, lives darkly in my body.

I love you without knowing how, or when, or from where.
I love you straightforwardly, without complexities or pride;
so I love you because I know no other way

than this: where I does not exist, nor you,
so close that your hand on my chest is my hand,
so close that your eyes close as I fall asleep.


Translated by Stephen Tapscott


 
Posted on 05-05-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

 

Here is an impromptu work. I might regret I wrote it.

 

Kiss

 

I did not kiss you

Like I used to-

Kiss them,

Without knowing

What it is

And what it was for

 

(You know what

They used to call it

A pure kiss

And I never understood

What that means)

 

I kissed you

In a full awareness of

What it is

In a full awareness of

What I want

In a full awareness of

How much tears

How much sighes

How much overcoming

How much hope

How much wish

How much anticipation

How much risk

I put in it

 

(And you know what

They call it

A fake kiss

They say

A pure kiss is somehow else

To somebody else

For something else.

Is that true ?)

 

This morning

I got a letter

From someone

Who introduced himself

As an anonymous lover

From an anonymous city

 

There were two lines

In a beautiful handwriting

‘You’re beautiful.

You deserve better’

 

I said to myself-

‘Yes, I know’

And I tore the letter.

 

Then I asked you to kiss me.

 

___________________

 

 

Nepe

 

 


 
Posted on 05-05-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म तिम्रो मुटु बोकेर हिड्दै छु



 
Posted on 05-20-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

I hope you will admire this interview which is different than the traditional ones.

 

http://www.samakalinsahitya.com/?show=detail&art_id=504

दर्जन प्रश्न कृष्ण धरावासीसँग

-बुद्धिसागर

कृष्ण धरावासी, ४७, नेपाली आख्यानका महत्वपूर्ण अध्याय हुन् । 'लु नमस्ते गरें है' भन्दै मोबाइल रिसिभ गर्ने उनी बिदा माग्ने बेलामा भन्छन्, 'जय होस् ।' कपालमा हिउँ पर्न थालिसकेको छ । तर, कालोले छोप्ने क्रम बाँकी छ । मुस्कुराउँछन्, 'यो सीताजी -जीवन-संगिनी को काम हो ।'
अहिले उनी सिद्धान्तपरक नयाँ किताब 'लीला-यात्रा'को तयारीमा जुटेका छन् । 'राधा' उपन्यासबाट मदन पुरस्कारप्राप्त उनी भन्छन्, 'लेखकले जे लेखे पनि वास्तवमा उसले आफ्ना मनका कुण्ठा नै लेखेको हुन्छ ।'

३. ँराधा’का लागि सबैभन्दा पि्रय के होला ? कृष्णको बाँसुरी या तपाईंको उपन्यास ?
राधालाई त 'राधा' उपन्यास पनि छ भन्ने नै थाहा छैन बिचरालाई । उनलाई पि्रय त कृष्णको बाँसुरी नै हो । त्यसको धुनले उनी जीवनभर लठ्ठएिकी छिन् । राधा आफैं एउटा 'प्रेम-तत्त्व' हो, जो संगीतमय छ, एकान्तीय छ ।

११. धान्न गाह्रो के लाग्छ ? आलोचना कि यौवन ?
यौवन धान्न त के गाह्रो छ र ? आउँछ, उर्लिन्छ, रमाउँछ र बिस्तारै थन्किन्छ । यौवन भनेको एक किसिमले बियरको फिँजजस्तै त हो नि । के-के न होला जस्तो, भरे त शान्त र स्थिर । गाह्रो त आलोचना नै हो । जुन कुरा आफूमा छैन त्यो पनि अरूले देखाइदिन्छ वा जुन कुरा आफूमा छ त्यो उनीहरू देखिदिँदैनन् । सबै आलोचना सृजनात्मक नै हुन्छन् भन्ने छैन । कतिपयले निराशा पैदा गर्छन्, बाटो नै फेरिदिन्छन् ।
. तपाईं यस ब्रह्माण्डमा हँुदै हुनुहुन्न । तपाईंको कुनै अस्तित्व छैन । तपाईं ँयहाँहुनुका केही प्रमाण छन् ?
म यहाँ हुनुको पहिलो प्रमाण तपाईं हो । तपाईं जो अहिले मसँग कुरा गरिरहनुभएको छ । अर्को प्रमाण म हाफैं हँु । किनभने, म छु नि त । म नभएको भए अहिले म यहाँ हुन्थेँ

. तपाईं मोफसलमै हुँदा 'हिटहुनुहुन्थ्यो । राजधानीमा आएर केही गुमाएजस्तो लाग्दैन ?
राजधानीमा आएर गुमेको छैन, थपिएको छ । थपिएको भनेको कति ती शुभचिन्तकहरू जोसँग मेरो प्रत्यक्ष भेट भएको थिएन । उनीहरूसँग सशरीर भेट हुन पाएको छ । विचारहरू आदान-प्रदान भएका छन् । मेरा नयाँ मित्रहरू थपिएका छन् । लेख्नका लागि नयाँ-नयाँ विषय भेटिरहेको छु । यथार्थमा भन्ने हो भने जीवनमा मानिसले गुमाउने भन्ने कुरा त केही नै हुदैन । जहिले पनि नयाँ कुराको प्राप्ति मात्र भइरहेको हुन्छ ।

 . तपाईंले लेखेका किताब कति गहुं्रगा छन् ? प्रायः लेखकहरू आफैंले बोक्न नसक्ने किताब किन छाप्छन् ?
सबैभन्दा धेरै कमजोरीले भरिएको मान्छे हो, लेखक । ऊभित्र यति धेरै विरोधाभास, असन्तुष्टि, अन्योल र महत्त्वाकांक्षा हुन्छन् कि ऊ ती कुरालाई नै व्यक्त गर्न लेख्ने गर्छ । एउटा लेखिसक्यो, लेख्छु भनेको कुरा लेखिँदैन, छुटिहाल्छ । अनि, फेरि अर्कोपल्ट लेख्न बस्छ । जति लेखे पनि लेख्न भनी थालिएको विषयको अलिखितताले गर्दा लेखिन्छ । अनि, लेख्दालेख्दै बोक्न नसकिने हुन सक्छ । लेखकले जे-जे लेखे भने पनि वास्तवमा उसले आफ्नै कुण्ठा लेखेको हुन्छ । बाफ रे कति हुँदा रहेछन् आफैंभित्र पनि कुण्ठा, हकि ।

. मर्नुर् र उपन्यास लेख्नुमा कुन बढी आनन्ददायी छ ?
मर्न बाँकी नै छ । जीवनमा यसअघि कहिल्यै मरिएको छैन । मर्न भ्याइएको पनि छैन । दिनदिनै मर्नेलाई देख्दा कसरी फुर्सद निकाल्न सकेको होलान् जस्तो लाग्छ । मर्न त के गाह्रो छ र ? मरिदिनु त हो नि । उपन्यास लेख्न पो गाह्रो । विषयवस्तु चाहियो । पात्र छनोट गर्नुपर्‍यो । तिनीहरूले आपसमा झगडा गर्छन् मिलाइदिनुपर्‍यो । कहिलेकाहीँ कथाको बीचैबाट रिसाएर हिँडिदिन्छन् फकाएर ल्याउनुपर्‍यो । सजिलो छैन उपन्यास लेख्न । कति सजिलै मरेको देखिन्छ । बाँचिदिए पनि त हुने भन्यो फुस्सै मरिदिन्छ । उपन्यासमा पनि बेकारमै मरिदिन्छन् कतिपय पात्रहरू । दिक्क लाग्छ यो मृत्युको सहजता ।

. तपाईंलाई सबैभन्दा बढी दुःख केमा लाग्छ ? जन्मिएकोमा, बाँचेकोमा या नमरेकोमा ।
यी तिनै कुरा दुःखपूर्ण होइनन् । साह्रै सुखपूर्ण, आनन्ददायी र संयोगले प्राप्त भएका हुन् । बुबा टीकाराम र आमा अम्बिका कृतज्ञताका पात्र छन् ।

. तपाईं उपन्यास किन लेख्नुहुन्छ ? आफू स्वयं उपन्यास हुन नजानेर कि नसकेर ?
उपन्यास हुन साहै्र गाह्रो रहेछ । 'आधा बाटो' उपन्यास हुन मैले आफ्नो ३५ वर्षको जीवनलाई धरापमा पार्नुपरेको थियो । मनभित्र उमारेको कथा त आफ्नो इच्छाको प्रस्तुति हो । तर, साँच्चै भोगिएको जीवन 'उपन्यास' बन्न बर्सौंको प्रतीक्षा र संघर्षमय छ । आफैं उपन्यास भएपछि नै उपन्यास लेखेको हुँ मैले । आफैं उपन्यास नभई लेख्न नसकिने रहेछ । किन लेख्छु उपन्यास ? त्यो त भन्न सक्दिनँ तर देखेको कुरा जब नलेखी सक्दिनँ । अनि, लेख्दा-लेख्दै त्यो उपन्यास हुने गरेको छ । खै के भएको हो ?

. जीवनमा 'लेखकहुन गाह्रो कि 'मान्छेहुन गाह्रो ?
मान्छे नभई त लेखक नै हुन सकिँदैन नि । मान्छे नभएर विचार, वाद, जात, धर्म, दल आदिको भरिया भइयो भने कसरी लेखक हुनु ? वैचारिक धरातलको मानवीय आधार 'मान्छे' को यथार्थ पहिचान हो । त्यसैबाट लेखक बन्न सकिन्छ । लेखक हुन पहिला मान्छे नै हुनुपर्छ र मान्छे हुन धेरै गाह्रो छ ।

. सबैभन्दा क्रिएटिभ काम कुन हो ? तीन घन्टा लगाएर चर्चित किताब पढ्नु वा तीन घन्टा एकान्तमा मौन बस्नु ?
दुवै काम क्रिएटिभ हो । त्यससँगको समय इमानदारीसाथ बिताएको भए । समस्या त घन्टा मात्र बित्ने तर त्यतिकै बित्नेले पो मार्छ त । राम्रो किताब तीन घन्टा लगाएर पढ्दा पनि आफ्नो ज्ञानको सीमा बढ्छ । गम्भीर भएर तीन घन्टा बिताइएमा पनि उत्कृष्ट सिर्जनाको पूर्वाधार तयार हुन सक्छ । तर, बिताइने ती तीन घन्टालाई पो हामी कतिको मूल्य दिन्छौं ?

१०. लेखक हुनलाई 'मान्छेबाट एक कदम अगाडि हिँड्नुपर्छ कि एक कदम पछाडि छुट्नुपर्छ ?
लेखक भनेको त्यस्तो अलग्गै बेग्लै विशेष मान्छे होइन । ऊ पनि अरू जस्तै आममान्छे हो । आममान्छेका भिडभित्रै विषय हुन्छन् जीवन हुन्छ । जीवनलाई लेख्न जीवनभन्दा अघि वा पछि हिँडेर कसरी सम्भव होला र ? जनताभन्दा टाढा गएर लेखकले विषयको गम्भीरतालाई समात्न सक्दैन । पाठकमाझ नउभिएका कृतिहरू यस्तै अघि वा पछिको दूरीले नापिएका समस्या हुन् ।

 १२. भावी पुस्तालाई के छोडिदिनु राम्रो 'राधाकि रूख ?
भावी पुस्तालाई त 'राधा' नै छोडिदिनु ठीक होला कि ? किनभने, तिनले उनीहरूलाई जीवन चिन्न सिकाउलिन्, प्रेम गर्न सिकाउलिन्, विद्रोह गर्न सिकाउलिन । जीवनमा यी सबै कुरा अनिवार्य छन् ।

११. धान्न गाह्रो के लाग्छ ? आलोचना कि यौवन ?
यौवन धान्न त के गाह्रो छ र ? आउँछ, उर्लिन्छ, रमाउँछ र बिस्तारै थन्किन्छ । यौवन भनेको एक किसिमले बियरको फिँजजस्तै त हो नि । के-के न होला जस्तो, भरे त शान्त र स्थिर । गाह्रो त आलोचना नै हो । जुन कुरा आफूमा छैन त्यो पनि अरूले देखाइदिन्छ वा जुन कुरा आफूमा छ त्यो उनीहरू देखिदिँदैनन् । सबै आलोचना सृजनात्मक नै हुन्छन् भन्ने छैन । कतिपयले निराशा पैदा गर्छन्, बाटो नै फेरिदिन्छन् ।
. तपाईं यस ब्रह्माण्डमा हँुदै हुनुहुन्न । तपाईंको कुनै अस्तित्व छैन । तपाईं ँयहाँहुनुका केही प्रमाण छन् ?
म यहाँ हुनुको पहिलो प्रमाण तपाईं हो । तपाईं जो अहिले मसँग कुरा गरिरहनुभएको छ । अर्को प्रमाण म हाफैं हँु । किनभने, म छु नि त । म नभएको भए अहिले म यहाँ हुन्थेँ

. तपाईं मोफसलमै हुँदा 'हिटहुनुहुन्थ्यो । राजधानीमा आएर केही गुमाएजस्तो लाग्दैन ?
राजधानीमा आएर गुमेको छैन, थपिएको छ । थपिएको भनेको कति ती शुभचिन्तकहरू जोसँग मेरो प्रत्यक्ष भेट भएको थिएन । उनीहरूसँग सशरीर भेट हुन पाएको छ । विचारहरू आदान-प्रदान भएका छन् । मेरा नयाँ मित्रहरू थपिएका छन् । लेख्नका लागि नयाँ-नयाँ विषय भेटिरहेको छु । यथार्थमा भन्ने हो भने जीवनमा मानिसले गुमाउने भन्ने कुरा त केही नै हुदैन । जहिले पनि नयाँ कुराको प्राप्ति मात्र भइरहेको हुन्छ ।

 . तपाईंले लेखेका किताब कति गहुं्रगा छन् ? प्रायः लेखकहरू आफैंले बोक्न नसक्ने किताब किन छाप्छन् ?
सबैभन्दा धेरै कमजोरीले भरिएको मान्छे हो, लेखक । ऊभित्र यति धेरै विरोधाभास, असन्तुष्टि, अन्योल र महत्त्वाकांक्षा हुन्छन् कि ऊ ती कुरालाई नै व्यक्त गर्न लेख्ने गर्छ । एउटा लेखिसक्यो, लेख्छु भनेको कुरा लेखिँदैन, छुटिहाल्छ । अनि, फेरि अर्कोपल्ट लेख्न बस्छ । जति लेखे पनि लेख्न भनी थालिएको विषयको अलिखितताले गर्दा लेखिन्छ । अनि, लेख्दालेख्दै बोक्न नसकिने हुन सक्छ । लेखकले जे-जे लेखे भने पनि वास्तवमा उसले आफ्नै कुण्ठा लेखेको हुन्छ । बाफ रे कति हुँदा रहेछन् आफैंभित्र पनि कुण्ठा, हकि ।

. मर्नुर् र उपन्यास लेख्नुमा कुन बढी आनन्ददायी छ ?
मर्न बाँकी नै छ । जीवनमा यसअघि कहिल्यै मरिएको छैन । मर्न भ्याइएको पनि छैन । दिनदिनै मर्नेलाई देख्दा कसरी फुर्सद निकाल्न सकेको होलान् जस्तो लाग्छ । मर्न त के गाह्रो छ र ? मरिदिनु त हो नि । उपन्यास लेख्न पो गाह्रो । विषयवस्तु चाहियो । पात्र छनोट गर्नुपर्‍यो । तिनीहरूले आपसमा झगडा गर्छन् मिलाइदिनुपर्‍यो । कहिलेकाहीँ कथाको बीचैबाट रिसाएर हिँडिदिन्छन् फकाएर ल्याउनुपर्‍यो । सजिलो छैन उपन्यास लेख्न । कति सजिलै मरेको देखिन्छ । बाँचिदिए पनि त हुने भन्यो फुस्सै मरिदिन्छ । उपन्यासमा पनि बेकारमै मरिदिन्छन् कतिपय पात्रहरू । दिक्क लाग्छ यो मृत्युको सहजता ।

. तपाईंलाई सबैभन्दा बढी दुःख केमा लाग्छ ? जन्मिएकोमा, बाँचेकोमा या नमरेकोमा ।
यी तिनै कुरा दुःखपूर्ण होइनन् । साह्रै सुखपूर्ण, आनन्ददायी र संयोगले प्राप्त भएका हुन् । बुबा टीकाराम र आमा अम्बिका कृतज्ञताका पात्र छन् ।

. तपाईं उपन्यास किन लेख्नुहुन्छ ? आफू स्वयं उपन्यास हुन नजानेर कि नसकेर ?
उपन्यास हुन साहै्र गाह्रो रहेछ । 'आधा बाटो' उपन्यास हुन मैले आफ्नो ३५ वर्षको जीवनलाई धरापमा पार्नुपरेको थियो । मनभित्र उमारेको कथा त आफ्नो इच्छाको प्रस्तुति हो । तर, साँच्चै भोगिएको जीवन 'उपन्यास' बन्न बर्सौंको प्रतीक्षा र संघर्षमय छ । आफैं उपन्यास भएपछि नै उपन्यास लेखेको हुँ मैले । आफैं उपन्यास नभई लेख्न नसकिने रहेछ । किन लेख्छु उपन्यास ? त्यो त भन्न सक्दिनँ तर देखेको कुरा जब नलेखी सक्दिनँ । अनि, लेख्दा-लेख्दै त्यो उपन्यास हुने गरेको छ । खै के भएको हो ?

. जीवनमा 'लेखकहुन गाह्रो कि 'मान्छेहुन गाह्रो ?
मान्छे नभई त लेखक नै हुन सकिँदैन नि । मान्छे नभएर विचार, वाद

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
मैले नबुझेका केहि गीत का lyrics हरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Like us in Facebook!

free counters