[VIEWED 42860
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-09 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ सोच ~ बन्धुहरु, आज यो कथा मार्फत म २०४६ साल को जन आन्दोलनको सेरोफेरोमा लैजान चाहन्छु। २०४६ साल को महान जन-आन्दोलन बर्णन वा घटनाक्रम लाई होइन कि त्यो परिबेशमा घटेका घट्नाहरुलाई लिपिबद्ध गर्ने प्रयास मात्र गर्दै छु। धेरै मित्रहरुको मानसपलटमा धूमिल चित्र मात्र जन आन्दोलन भाग १ को भएकोले पनि यो घट्नामा आन्दोल्नको चित्रण गर्ने दुस्साहस गरेको हुं। राजनीति को चस्मा फुकालेर पढ्न हुन सबिनय अनुरोध छ । २०४६ साल माघ ३-४ गते लौह पुरुष स्वर्गिय गणेश मान सिंह को निवास चाक्सी बारी मा भएको घोषणा र २०४६ साल फाल्गुन सात गते देखि देशमा खोसिएको प्रजातन्त्र पुनर्स्थापनाको लागि शान्तिपूर्बक जन-आन्दोलन गर्ने कार्यक्रम तय भएको समाचार हामीले बि बि सि मार्फत सुन्यौं। त्यती खेर हामी भारतको कुनै भूखण्डमा अध्ययनरत थियौं। घोषणा संगै तत्कालिन पञ्चायत सरकारले आन्दोलन दबाउने अनेक प्रपँच रचे रे । घरतिरबाट् पठाइने चिट्ठीमा नत्थिएका केही साप्ताहिक पत्रिकाका कटिङहरु त्यतिबेला बडा ठुलो मसला हुन्थ्यो। जमाना चिट्ठी पत्र र आ वा को थियो। टेलिफोनको अबस्था नेपालको भन्दा नि दयनिय थियो। परदेशमा हुंदा देशमा के भैराख्या छ भन्ने कौतुहलता अहिलेको इण्टरनेट् र सेलफोनको जमाना पनि त्यति कै हुने रहेछ भने त्यति बेलाको उपलब्ध संचारमा त्यसको भूमिका कस्तो थियो होला भनेर भनिरहनु पर्दैन होला। राजनीति संग निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ। मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ। मेरो बुझाइ। ७ साल को प्रजातन्त्र हामीले देखेका थिएनौ , न त हामीले १७ साल को काल् रात्री। पन्चायत कुशासनले प्रत्यक्षरुपमा हाम्रो कलेजमा पढ्ने शायदै कसैलाई असर पारेको थियो होला र पनि प्रजातन्त्र प्रति मोह र पन्चायत प्रति को बिद्रोह सबैमा देखिन्थ्यो। हाम्रा एक सिनियर र एक जुनियर र पन्चायत सरकारका पूर्ब मन्त्रीहरुका सुपुत्रहरु थिए। भारतमा रहेका नेपालीहरु माझ ( बिद्यार्थी एवं बसोबास गर्नेहरु) आन्दोलनको झिल्को बाल्न तत्कालिन सयुक्त जन आन्दोलन परिचालन समितिद्वारा नेपाली काँग्रेस संग आबद्ध अर्जुन थापा र राम प्रसाद डोटेल लाई खटाइएको थियो। अर्जुन थापा हाम्रै बिश्व बिद्यालयबाट स्नातक भएकोले उहाहरु हाम्रो होस्टलमा आउनु भयो। भारत यात्राको पहिलो बिसौनीको रुपमा। त्यता तिर भएका सबै नेपाली जम्मा भयौं र उहाँहरुको सन्देश सुन्यौं। अनि अर्को दिन अन्तै लाग्नु भयो। फाल्गुण सात नजिकिदै थियो। प्रजातन्त्रको लागि बिश्वको कुनै पनि कुनामा रहेका नेपालीले आ-अफ्नो ठाउँबाट आवाज बुलन्द गर्नै पर्छ भन्ने कुरामा कहिलेइ कुरा नमिल्ने नेपाली बीच कुरा मिल्यो। इतिहासमा लेखिएन मात्र हो, फाल्गुण को ६ गते अर्थात १ दिनागावै जुलुस् निकाल्ने कार्यक्रम तय भयो। बिश्वबिद्यालयका युनियनका पदाधिकारीहरु ले सघाउन तंछाडमछाड गरे। तीन पार्टीका ३ प्रमुख पदधारी भएकाले पनि होला। डेमोक्रेसी इन नेपाल, नाउ अर नेभर लेखिएको बडेमानको ब्यानर र बिशाल नेपालको झण्डा सहित जुलुस् निकाल्यौं। फाल्गुण ७ गते दिल्ली को बारखम्बा रोड स्थित नेपालको दूताबासमा मानव सागरले घेर्ने कार्यक्रम भएकोले पनि ६ गते नै हामीले स्थानिय तवरमा जुलुस् निकाल्नु परेको एउटा कारण थियो। त्यहि रातीको ट्रेन चढेर हामी दिल्ली लाग्यौं, ब्यानर पोस्टर सहित। हामीलाई शिबाजी पार्कमा बिहान ९ बजे भेला हुने सूचना थियो। त्यहीबाट जुलुस् सुरु भयो बारखम्बा रोडको गन्तब्यलाई तारो बनाएर। नेपाली दूताबास् चौदोबाटोको एउटा कुनामा बिशाल दरबारजस्तो देखिन्थ्यो। चारै बाटोबाट एकै समयमा दूताबास अगाडीको चोकमा मानव सागर उर्लेको देख्दा लाग्यो, प्रजातन्त्र प्रति मोह सबैमा रहेछ। स्वतन्त्र भै बाच्ने रहर जनावरमा त हुन्छ भने मानव मा नहुने कुरै छैन। डर, त्रास, मा वयस्क मन बाच्न सक्दैन। कल्पनाको उडानमा उड्ने रहरमा बन्देज लगाउने बिरुद्ध बिद्रोह जता ततै सल्किरहेको बखत थियो। पूर्ब सोभियत संघ, चेकोस्लाभिया हुंदै प्रजातन्त्रर स्वतन्त्रको हावा हाम्रो देशमा पनि बिचरण गरिसकेको थियो। दूताबासमा धीतमरुन्जेल नारा लगाई, ज्ञापणपत्र बुझाइयो। त्यो रात धर्मशालामा निदायौं, प्रजातन्त्रको सपना सजाएर। भोलिपल्ट पुन: आफ्नो कलेजमा नियमित अध्ययनमा फर्कियौं। देश आन्दोलनमय थियो थिएन थाहा भएन तर हाम्रो कलेज र होस्टल भने आन्दोलनमय थियो। एक जना फाइनल इअरका सिनियरको कोठा कन्ट्रोल रुमको रुपमा परिणत भयो।मानौं हामी कुनै युगान्तकारि मिशन सफल बनाउन योजनाबद्ध ढैगले कार्ययोजनाको खाका कोर्दै थियौं। हरेक साँझ डिनर आवर भन्दा पहिला त्यो कोठामा भेला हुने र आफुले पाएको सूचना- समाचारहरु सुनाउने सुन्ने। एक से एक क्रान्तिकारी तर्क बितर्क हुन्थे। फलानो ठाउँमा मशाल जुलुस् निस्कियो रे। फलानो मान्छे गिरफ्तार रे। फलानो ठाउंमा गोलि चल्यो रे। भयाबहताको अन्दाज गर्थ्यौं। अब के हुने होला, के गर्ने होला, जिज्ञासा रहिरहन्थ्यो। यो आन्दोलन सफल हुदैन भन्ने देखि लिएर सफल मात्र होइन गणतन्त्र समेत आउछ भन्नेहरु पनि थिए। बि बि सी, भाइस अफ अंेरिका क्यार् क्यार् आवाज आउने ट्रान्जिस्टरमा सुन्थ्यौं। कसैको घरबाट, आफन्त, बन्धुबान्धवबाट आएको पत्र को जिस्ट सुनाइन्थ्यो। कहिले निराश हुन्थ्यौं, कहिले रगत तात्थ्यो। आन्दोलन आफ्नै गतिमा चल्दै थियो नेपालमा। फाल्गुणको अन्तिम सातामा होली पर्ब परेको थियो। ७ दिने छुट्टी हुन्थ्यो। त्यहि अबसर पारेर नेपाल जाने निर्णयमा म पुगें। २४ घण्टाको बस यात्रामा काठमाडौं पुगिन्थ्यो। म संगै अरु दुइ जना नेपाल जान तयार भए। एक जना जुनियर भाई जो पन्चायतकालिन मन्त्रीका छोरा थिए। अर्को एकै ब्याचमा मित्र। होली बिदा को एक् दिन अगाडि नै हिड्यौं तीन जना। भौगोलिक गन्तब्य एकै भए ता पनि हामी ३ जनाको उद्देश्य फरक थियो। सोच फरक् थियो। नेपाल भारत बोर्डरमा नेपाल प्रहरीले सम्पूर्ण खानतलासी गरे। बाटोमा पढन भनि किनेको फिल्म दुनिया समेत जफत गरे। कोर्सबूक समेत वल्टाइपल्टाई जाँच गरे। काठमाडौं पुग्यौं। आ-आफ्नो घर लाग्यौं। क्रमश:
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-09 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले गजबको खुराक लेर आउनु भएछ ! इन्टरेस्टिङ छ ! २०४६ साल को जन आन्दोलनमा भर्खर हाइ स्कूल सक्ने बेला भएकोले त्यती राम्रो तस्बिर छैन दिमागमा ! छिट्टै अगाडि बढोस् ! धन्यवाद !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-09 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दाइ, म त कथा सुनेको जस्तै भेछ, कती बेला क्रमस: मा पुगेछु थाहा नै भेन। लौ न दाई, थपुम न भेन एस्तो, पेट मा काउकुती लाग्न थाल्यो। आफु त फुच्चे थिइयो, सो केइ नि थाहा छैन। बढुम बढुम अगाडि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-04-09 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढेर भ्याइयो, त्यही सम्झना त छैन - आफु फुच्छे नै थियो एती याद छ कि त्यो बेला आन्दोलन ले गरेर जाँच चाँही भएको थिएन हाम्रो घर अगाडि को वडा अफिस जलाएको नि याद छ पानी मा बिष मिसाएको हल्ला नि याद छ हाम्रो तिर त त्यही जुलुस सुलुस नि आथिएन, आफ्नो जन्मदिन बेला पनि कर्फ्यु थियो ल - अरु त त्यही हो ल ठुल्दाइ थप्दै जाउँ
|
|
|
chaku_bhai
Please log in to subscribe to chaku_bhai's postings.
Posted on 03-04-09 7:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai chai ghar agadi police le manche lakhetira ra tear gas ko dhuwa ghar bhitra aako yaad cha teti khera ko....ramailo lagya thiyo ghar bhitra luki luki herna tara k bhaira chai taha thiyena....ani "राजनीति संग निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ" yo kura chai sorai aana sacho ho jasto lagyo...... la dai aba next episode chitto prasaran garnuparyo.....
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-09 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै त ठुल्दाइ, नयाँ आयो भन्ने हल्ला सुन्या थिएं, खै कता आयो? लौ न पस्किउम न, गार्हो भो कुर्न
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-05-09 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ बडा मजा आयो पढेर,पुरानो याद दिलाईदिनु भयो,हुन पनि हो १९ बर्ष भएछ,अस्ती जस्तो लाग्छ। हामी पनि सानै ८-९ कक्ष्यामा पढ्ने भए पनि निकै संलग्न थियौ,टोलमा साथी भाई मिलेर,कालो झन्डा राख्ने देखी,पर्चा घर घर मा फ्याक्ने,अनी नाराबाजी गर्दै हिंड्ने आदी इत्त्यादी काम गर्न निकै जोश आको थियो तेतिबेला,दाइहरु त झन भारतमा अनी तेस्माथी तेतिबेला को संचार माध्यम,गारो भाको थियो होला। लौ दाई नेपाल फर्केर के के भयो छिट्टै राख्नुहोस्।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-05-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाइ, १९ बर्ष अघिको कुराहरु सम्झाउनु भयो। म त्यतिबेला स्कुले छात्र नै थिएँ। आफूले त "देशको माटो सुहाउँदो" पञ्चायत ब्यवस्था र राजतन्त्रको गुणगान नै रटेर पढेको, किन यो आन्दोलन गरेको जस्तो लाग्थ्यो। आन्दोलन र त्यस पछिका मेरा केही सम्झनाहरु: हरेक साँझ रेडियोमा सुनिने समाचार: तथाकथित असामाजिक तत्वहरुले तोड्फोड आदि के के गरेकाले प्रहरीले सम्झाइबुझाई गर्दा समेत अटेर गरेकोले वाध्य भै गोली चलाऊँदा यति संख्या घाइते भए अनि यतिको मृत्यु भयो। मंगलबजार क्षेत्रमा धेरै ठाउँमा खनेर अथवा ह्युम पाइप तेर्साएर बाटोहरु अवरुद्ध थिए। छेउ छेउबाट छलेर साईकल तथा मोटरसाइकल भने जान सक्थे। टायर बालेर सडक पूरै जस्तो कालो देखिन्थ्यो। आन्दोलनको बेला सुनिने नारा: we want democracy , पछि चाँही democracy हाइ हाइ पम्फा देवी बाइ बाइ। बिहान स्कुल त समयमै पुगिन्थ्यो तर धेरै चोटि छिटो छुट्टी हुँदा बस नआएर फर्किन गार्हो हुन्थ्यो, सधैं सार्वजनिक बस पनि चलेको हुन्नथ्यो। आन्दोलन पश्चात टेकुमा प्रहरीहरुको निर्मम हत्या। धाराको पानीमा बिष मिस्सिएको हल्ला अनि फोनबाट घर लुट्न आउने धम्कीहरु। बेनामी भन्डाफोर पत्रिका: शाही परिवारको बारे अनेक होहल्ला। लौ लौ ठुल्दाइ, अघि बढोस् न छिटो।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-05-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानै उमेर मा भयपनी, त्यो पहिलो जन आन्दोलन मा मैले पनि प्र्तक्ष्य शहभागीता जनाएको थीय। तर आन्दोलन भएको थाहा भएन र पनि जनयुद्धको दस बर्ष एती त्रसादी पूर्ण भएकी जन आन्दोलन को सुबर्ण उप्लब्धी सम्झिन पनि मन लागेन। मेरो अनुभबमा, नेपालको ईतिहास म भएक सबै परिवर्तन कारी आन्दोलन हरुमा सामेल बेय्क्ती हरुमा २० प्रतिसत भन्दा धेरैले परिवर्तन को चाहन गरेका थीएनन। हल्ल हल्लाई को भरमा पछी दगुरेक थिए। कतिलाई त रमाइलो ले पनि तानेको होला। र जती प्रतिसत ले परिवर्तन चाहे तिनी हरुमा पनि अधिकान्स निहित स्वार्थको लागि चाहन्थे। नीकै कम जस्ले स्वर्निम र सफल नेपालको कल्पना सँगै परिवर्तन चाहे, त्यस्तो परिवर्तन कहिले पनि आएन। र आउँदा पानी आउँदैन। जब सम्म हामी भेडा जनता आँखा चिम्लेर नेताले जता भन्यो तेतै हाम फाल्न छोड्दैनौ।।।।।।।।।।। जय होस् नेपालको अनी नेपाली को anyways, thanks for sharing rahul dai.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे जी, २०४६ सालको गौरबमय परिवर्तन नारायण जी ले भने जस्ताइ जनयुग्दको मा घुन सारी पेलिए। धेरै मित्रहरु त्यतिबेला सानै थिए होला। तर मेरो यो लेखाइ राजनईती र दर्शनको पोका खोल्नु पक्कै छैन। एकै बिषयमा ३ जना ब्यक्तिहरु को फरक सोच लाई समेत्ने प्रयास मात्र हुने छ। धन्यवाद हौसला को लागि। perfectionist जी , आजै थप्ने छु। अर्को सप्ताह मा के थाहा? ब्यस्त भैइन्छ कि सेरिअल जी, न मज्जा भयो नि जन्म दिनमा कर्फ्यू लागेको त । जेहोस् सम्झनाको बहिखातामा त्यो दिन नमेटिने मसी ले लेखियो नै । चाकुभाइ जी, त्यही त धेरैले बिर्सी सकेको कुरा लाई कोट्याउदा सम्झनाहरु आँखाको डिलमा नाच्न आउछन नै। बिस्टे जी , १९-२० बर्ष पुरानो एतिहासिक घट्ना पनि सदियौं पुरानो, अझ बिरानो घट्ना जस्तो भाईसक्यो। बन्दूकको राजमा शान्तीपूर्ण आन्दोलन को कुनै स्थान हुँदैन। जानी न जानी परिवर्तन को बेगमा इन्कलाब जिन्दाबाद धेरै ले गाए। चिप्लेजी, सके सम्म कथाको थिमले दिए सम्म आफुले देखेको परिवर्तन र प्रतिपरिवर्तनका घट्नाक्रम लाई समेत्ने प्र्यत्नरत हुन्छु नै। संझनामा थप सम्झनाहरु जोड्नु भयो, धन्यवाद।
नारायण जी, अघी नै तपाईं को भावनालाई शिरोधार्य गरेको छु। बम, बन्दूक, त्रास अनी लाश ले परिवर्तन को अर्थ नै अनर्थ भैदियो । जे होस्, त्यो कपटको आन्दोलन थिएन। त्यो उज्यालोको आन्दोलन थियो। तर रथ हाक्नेले हाँक्न न जानेका ले भनुं या थाक्ने गरेका ले यो दुर्गाती हामी भोग्दै छौ। रथ हाक्ने बाटाभरी काँडा बिछ्याउनेहरु पनि त्यती कै थिए। काँडा राखेर चित्त बुझेन, बन्दूक बोकेर डाँडा काँडा धाए। शान्ती क्षेत्र नेपाल एका देश मै हराए।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पढ्दै छु है। त्यो जन आन्दोलन हुँदा आफु त सानै थिएँ। एउटा नेपाली काङ्रेशका ठुलै नेता मेरो ठुलो बाबाको कलेज को साथी भएर लुक्नु भएको थ्यो ठुलो बाबाको घरमा। अनी अली अली हल्ला बाबाहरु कुरा गर्दा हामीले पनि सुन्यौ मान्छे लुकेको भनेर। अनी म चै बाबाको उमेर्को मान्छे पनि कसरी लुक्ने होला जस्तो लागेको थ्यो। आफुलाई त लुक्ने भनेपछी कि बाथरुम तिर छिर्ने कि नभए खाट्मुनी कि चै ढोका को कुना तिर लुक्ने थाहा थ्यो। अनी ठुलोबाबाको घरमा त्यती हेर्न लाई बाहाना निकालेर गएँ। उहा त मजाले मा बसेर फिल्म हेर्दै हुन्हुन्थ्यो अझ कुरा गर्दै। अनी म चै ठुलो बाबालाई यस्तो पनि लुकेको हुन्छ त। हामी जस्तो भुरा ले त देखिसक्यौँ , पुलिस ले किन नदेख्नु भन्दै हिंडेको थिएँ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा। दिपीकाले हसायो बै। <<< हामी जस्तो भुरा ले त देखिसक्यौँ , पुलिस ले किन नदेख्नु भन्दै हिंडेको थिएँ>>>dats a really sweet statement हुन त त्यो उमेरमा तेस्तै हो है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-05-09 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठूल्दाई! जनआन्दोलनको याद ताजा बनाइदिनुभयो र साथै एउटा नयाँ किसिमको लेख पस्कनुभएकोमा धन्यवाद्। अरु भाग छिटै थप्नुहोला!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-09 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ सोच ~ भाग २
काठमाडौं पुगेको एक दुइ दिन त आराम र आफन्त भेटघाट् मै बित्यो। आन्दोलन बाहिरबाट हेर्दा निकै शान्त र असरहीन देखिन्थ्यो। मानौं केही भैराखेको छैन, जति सुनेको पढेको सब हावा मात्र, सब कुरा सामान्य।
टी भि र रेडियोमा भन्ने ९० प्रतिशत आन्दोलन बिरोधी समाचार मात्र हुन्थ्यो। जानी नजानी आन्दोलनको प्रचार फोकटमा राज्य आफैले गरि राखे जस्तो। बुझ्दै जांदा आन्दोलन भुसको आगो सरि देशभरि फैलिसकेको रहेछ। पन्चायतको अन्तिम दिनहरुको बिलोमत गणना( Count down) पन्चायत आफैले सुरु गरिसकेको हतास मनस्थिति जता ततै देखिन्थ्यो। धरपकड यति धेरै भए कि टोल टोल गल्ली गल्लीका कोइ न कोइ गिरफ्तारीमा परेको भेटिन्थ्यो। आन्दोलनकारीहरु त घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण गिरफ्तारी दिन्थे। गिरफ्तारी दिने र गिरफ्तार हुनेहरु को संख्या यति धेरै भयो कि राख्ने ठाउँ नै भएन। भद्रकाली देखि सिंह दरवार जाने मूलबाटोको मुनि खाद्य संस्थान र नेशनल ट्रेडिङ को गोदाममा कोच्न बाध्ये भए।
ठाउँ ठाउँमा सांझ पर्यो कि मशाल जुलुस् र कोण सभाहरु हुन्थे। शहर बजार भरि बाक्लो प्रहरी र गुप्तचरहरु हुन्थे। तै पनि तिनको आँखा छलेर इन्कलाबको आवाज गुन्जिन्थ्यो। चारै तिर क्रान्तिकारीहरुको मशालले परिवर्तनको उज्यालो को संकेत गर्थ्यो। प्रहरि प्रशासनले भेटाए जति लाई निर्दयीढंगले कुटपिट गर्दै भ्यान, ट्रक मा हालेको द्रिश्यहरु छरपुष्ट देख्दथ्यों। मलाई लाग्थ्यो, जति दमन बढ्दै जान्छ, त्यति नै परिवर्तन नजिकिंदै जान्छ।
आन्दोलनमा होमिएका धेरै जसो नेताहरु घर मै नजरबन्दमा थिए। दोस्रो दर्जाका नाम नचलेका र भूमिगत भएका नेताहरुले हरेक दिनको आन्दोलनको नेत्रित्व गर्थ्यो। बाटोमा मान्छे हेरी हेरी हातमा सानो चिट राख्दै जान्थें स्कूले केटाकेटीहरु। आज फलानो ठाउँबाट् छड्के जुलुस्, फलानो ठाउँमा कोणसभा आदि इत्यादि सूचनाको आदनप्रदान मात्र त्यही चिट हुन्थ्यो। त्यो चिट पनि सी आइ डिको हातमा पर्थ्यो र त्यो क्षेत्र नै प्रहरिको कब्जामा हुन्थ्यो। त्यता प्रहरी र गुप्तचर देखिए पछि अन्तै ठाउँबाट जुलुस् निस्कन्थ्यो। प्रहरी जिल्लाराम। यता दौडे छ उता दौडे छ। खानपीन को कुनै ब्यबस्था थिएन। प्राय डण्डे पुलिसहरु दिनभरि भोकै रहन्थे।
आन्दोलनको आफ्नै गतिमा थियो, सुस्त तर दुरुस्त। केही मित्रहरु आन्दोलनमा होमिएकोले बिभिन्न कार्यक्रमहरुको जानकारी चाहि मलाइ नि हुन्थ्यो। चारै तिरबाट दुष्टहरुको नजरहरु लाई छल्दै पुग्थें। इन्कलाबको स्वरमा आवाज थप्थें।
७ दिन बित्यो। साथीहरुले फर्कौं कलेज भने। मलाई फर्कने इच्छा जागेन। देश परिवर्तनको संघारमा उभेको बेला, देशले उज्यालो मागेको बेला, मेरो सानो योगदानले युगान्तकारी परिवर्तन हुन्छ भने २-४ दिनको कक्षा हापेर केही नाप्दैन। मेरो बुझाई थियो।
जुनियर भाई सातौं दिन मै फर्के। अर्को सहपाठी मित्र अर्को २-३ दिन बसे। आफ्नै कामले। सहपाठी मित्र, श्री राम को घर मेरो बासस्थान भन्दा धेरै टाढा थिएन। मात्र १० मिनेटको पैदल दूरी मा थियो। श्रीरामले जाउँ मेरो काम पनि सकियो, क्लास् पनि छुट्ला धेरै, जाम भन्न आए। अझै मन फर्केन।
"तिमी जाउ, म केही दिन पछि आउछु।" मैले तत्काल कलेज फर्किने अनिच्छा प्रकट गरें।
"किन नजाने? आन्दोलन सान्दोलनले हो कि ? "केही हुनेवाला छैन यस्तो आन्दोलनले , जाम संगै। फेल सेल गरि देला धोती प्रोफेसरले।" साथीले अलिकति त्रास देखायो। "हैन, त्यस्तो केही हुंदैन, २-४ दिन मै फर्किन्छु। क्लास् छुट्ने भए तिमी जाउ।" मेरो कलेज नफर्किने निर्णयमा तात्विक असर पार्न सकेन, मित्रको आग्रह ले।
श्रीराम नि हिडे। जुनियर भाई "राज" कलेजमा पुगि सकेकोथ्यो।
म भने आन्दोलन संग संगै आन्दोलित थिएं। कुनै लोभ थिएन, लालच थिएन। इन्जिनियरिङ को बिद्यार्थी, पढाई बिग्रियो कि भबिष्य चौपट हुन्थ्यो, र पनि डर थिएन। देशको भबिष्यको अगाडी मेरो आफ्नो भबिष्य को अर्थ थिएन। २-४ दिन क्लास हापेर केही हुन्न, जाँचमा पाँचमा पाँच नै ल्याउन सक्छु भन्ने आत्मबिश्वास पनि थियो म मा। बढी से बढी कोइ कोइ छुच्चो प्रोफेसरको गाली खाइन्छ। तालि भन्दा बढी गाली खाएको मान्छे हुं क्या र, गाली बिना हजमोला पच्ने भैसकेको थियो।
चैत्र लाग्यो। अझै जान मन लागेन। घरमा आमाले "कहिले फर्किने बाबु, बखत राम्रो छैन, छिटो फर्क"- भन्नुहुन्थ्यो।
"अझै १ हफ्ता छुट्टी छ, छुट्टीमा कोइ हुन्न कलेजमा। कलेज खुल्ने बित्तिकै जान्छु आमा। धन्दा नमान्नुस्। हुलमुलमा म जान्न।" मैले नि आमाको वासल्ययुक्त डरलाई हटाउने प्रयास गरें। अलिकति झूठ बोलें। त्यो झूठमा बदमाशि थिएन। त्यो झूठ स्वार्थको थिएन। त्यस्तो झूठले पाप लाग्दैन, मेरो मान्यता थियो र अझै छ पनि ।
आन्दोलनको गति अब भने तीब्र हुन थाल्यो। सरकारि अवामित्वमा भएको बैंक र संस्थानहरुले समेत आन्दोलनमा एकब्द्धता जनाउन सुरु भैसकेको थियो। ठाउँ ठाँमा आन्दोलनकारी र आन्दोलन दबाउन सरकारले खडा गरेको प्रतिकार समिति र तिनले पालेका मण्डलेहरु बीच भिडन्त समेत सुरु हुन थालेको थियो।
चैत्र को १२ गते थियो। मेरो घरमा फोनको घण्टी बज्यो। धेरै जनाको परिवारमा मेरो नामको घण्टी बिरलै बज्थ्यो। मेरो नामको फोनले बोलावट आयो। को रहेछ, अचम्म मान्दै रिसिभरलाई हेल्लो भने। "राहुल बाबु हो। म गुरु बराल बोलेको, गजेन्द्रको बुबा।" मैले "नमस्कार बुबा"- भनें । मैले अरु केही भन्न नै नपाउदै, उताबाट हातास र हतारको आवाजले कान ठाडो भयो।
"बाबु, अहिले नै घरछोडी हाल्नु, तुरन्तै। गजेन्द्रलाई खोज्न प्रहरी , सी आइ डी आएका थिए। बाबुको घर ठेगाना सोध्दै थिए। आउदै होला। पढाइ बिगार्नु हुदैन, यस्ता असत्तिको पन्चायतको कुनै भर छैन। गै हाल्नु बाबु, तुरन्तै।" चेतावनी र सदभाव युक्त बुबाको बाणी सुनेर मैले तत्काल घर छोड्ने निर्णय गरें। आमालाई आजै कलेज फर्किनु पर्यो भन्दै लुगाफाटा लगायत सामान प्याक गरी घरको दैलो नाघें। क्रमश:
Last edited: 05-Mar-09 04:01 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-09 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाप रे। लौ न कस्तो ठाउँमा आएर त्यो असत्ती क्रमस हाल्नु भा, हत्तेरिका, ह्याSSSSSS ठुल्दाइ, छ्या वो क्रमस? नु ले नु, ए न रोके जुइ मजुला interesting cha la.. saapai interesting bho dai.. raaun thado thado huna thali sakya thiyo..excitement le..
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पनि पढेर भ्याएँ, कथा इन्टिरेस्टिन्ङ हुँदैछ - तर क्रमश: किन एती चाडै त - ल दाई किन एसरी भाग्नु पर्यो त छिटो छिटो लेखौ ।।।।।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-05-09 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग १ पढेर कमेन्ट हान्न आँटेको दाइले भाग दुइ पनि को टाँसिसक्नुभएछ!! "राजनीति संग निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ। मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ। मेरो बुझाइ।" यो कुरो एकदम ठिक लाग्यो मलाई पनि!! दिपीकाको कुरो सुन्दा मैले नि एउटा कुरो सम्झिएँ !! हामी त केटाकेटी त्यस्तोमा बाहिर जानेकुरो भएन, तर बा यसो बाहिर जानुहुन्थ्यो जनआन्दोलनताका !! एकदिन बाले बाहिर गएर आएपछि भन्नु भो - " भर्खर यहीं प्रदर्शन भाको रछ जस्तो छ, बाटा भरि जुत्तै जुत्ता छन्, मान्छे भने एउटा कोही छैन" -- यो सुनेपछि मेरो बाल मष्तिस्कले पसलका रङ्गीचङ्गी जुत्ता बाटामा छरिएको कल्पना गरेकोथ्यो । अनि मैले बालाई भनेकीथें -" बा त्यहाँ मलाई ठीक हुने जुत्ता पनि छ ? जाउँ न लिन " कस्तो हाँस् उठ्छ अहिले त्यो संझँदा, मेरा बा अहिले पनि बाटामा जा न जुत्ता टिप्न भनेर जिस्काउनु हुन्छ मलाई !! यो घटना बाहेक जनआन्दोलनको अरु केही कुरो मलाई याद थिएन !! ठूल्दाइको कथा पढेपछि, २०४६ सालको जन आन्दोलन आफैंले राम्रै सँग देखे जस्तै हुने भो!!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-09 11:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै केट्केटी रैछन , स्कुलमा रैछन सप्पै । मलाई याद आउने एउटा कुरो तेती बेलाको , अलिकती पोलिटिकस झुकाब मेरो नेपाली काङ्रेस तिर छ है माइन्ड नगर्नु होला । तेती बेला के भाको थियो भने एउटा साथी थियो खुँखार नेपाली काङ्रेस्को कार्यकर्ता , त्यो बज्जेले गणेश मान सिंहको घरमा भको गोप्य सभाको भिडियो भेटेको रैछ अनी मलाई तेशको घरमा सुटुक्क हेर्न बोलाको थियो , गणेशमान सिंहको भाषान सुनेर खुब रगत तातेको थियो अहिले सम्झिदा रमाइलो लाग्छ । बेलुका भएसी टोलेहरुलाई टाएर सप्लाई गर्ने ठेक्कै जस्तो लागेको थियो मेरो चै , मेरो घर नेर एउटा साथीको घरमा ट्यक्सि चलाऊने एक जाना दाई बस्थे , तिन्ले टाएर लुकाउने ठाउँ मलाई थाहा थियो, अनी बेलुका भएकी गैन्थ्यो , पछी बुडाले थाहा पाए पछी बुडा आँफैले हर्के लु टाएर लि भनेर दिन्थे । सम्झिदा रमाइलो लाग्छ । अनी अर्को कुरा चै बहुदल घोषणा भको दिन चै, हाम्रो घर नेर एकजना खुन्कार पञ्चे बस्थे तेश्कोमा गोबर नै गोबरले हानेको अस्ती जस्तै लाग्छ । लु दाई थपौ है अरु भाग चाडै ।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-06-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजुलिको खम्ब चढ्न हामी सिपालु थियौ। जङ्गलमा रुख्को खोपा बाट सुग झिके बानी हाम्रो। गाउको सबै खमबा र भर्र्याङ् नभएको स्कुलको छतमा चार तारे र हसिया हथौडा तन्नै गाडीयो। तेती बेला सम्म मलाई काङ्रेस र कम्युनिष्ट को ज्ञान थिएन। राजा सँग झगडा गरी रा भन्ने मात्रा थाहा थीयो। जब चुनाव को बेला आयो। गाउको एक्दुमै मिल्ने दुई जना दाई हरु हान हान गरे पछी मात्र थाहा भयो दुइ टा पार्टी रहेछन भनेर। अहिले राहुल दाइको कथामा आफ्नो बेथा धेरै बखान नगरौ होला कि ............
|
|
|
CT.
Please log in to subscribe to CT.'s postings.
Posted on 03-06-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो!!!! ल!!! राम्रो विषयबस्तु, लेखाइको तारीफ के गराइ भो र ? जनआन्दोलन - १ को कुरा सम्झिनेबित्तिकै रमाइलो लाग्छ हौ अचेल - त्यो बेला खाकि बर्दी लाउने पुलिसको गिरफ्तारीमा परीयाथियो आफू त । पछि निलो बर्दी लाउनी पुलिस त खाकि बर्दी लाउनी पुलिसको अगाडि अनाडी नै हो जस्तो लाउनी क्या । जनआन्दोलनको दोश्रो चरण चलिरा' बेलाँ चैत ९ गते हो क्या र यस्सो बन्द सफल पार्न आलुमा किला गाडेर बाटोमा रोपाइ गर्न गएका हामी, ढुँगामुढा तोडफोड र सडकमा कब्जा जमाउने कुरा त्यो बेला ठुले क्रान्ती थियो, त्यसो गर्नुभन्दा बरु आलुखेति गर्नु अलि सजिलो काम थियो, तर कुन चै सिआइडी झाडीयाँ लुकि रा'रैछ, देखेछ, त्यसपछि त तू एउटा पिकअप आइहाल्यो । गरे डाँकाहरुले गिरफ्तार । लेर गए गाडीमा चढाएर, साह्रै तर्साए, कुट्ने पिट्ने उस्तै परे मारेर फाल्नेसम्मका कुरा गरे, हामी २ जना ठिटाहरु थिएम, ठट्टा गर्या होला जस्तो लाग्यो तैपनि क्रान्तिकारी पल्टिने कुरा थिएन चुपचाप सुनेर बसेम, हामीलाइ थाहा छैन, हामी होइन भन्या भनेइ गरेम ।३ किमी जति पर पुगेपछि गाडीबाट ओराले, ल भन तेरो काँग्रेस कम्निष्ट नेताको नाउँ ठेगाना भन्ने भए भन, नभन्ने भए ज्यानको खैरियत छैन, यहीबाट भगाउने हो तिमेरुलाइ अनि पछाडिबाट गोली ठोक्ने हो भन्छ बा!! अब चै मरिने भयो जस्तो लाग्यो, साथीले एक लौरो पनि खायो - दुखेर होला आँखाबाट आँशु पिलपिल निकाल्यो । त्यस्तै १० मिनेट जति पछि एउटा अलि ठुलै पोस्टको जस्तो देखिने पुलिस मोटरसाइकलमा बसेर आयो, अनि शुरुमा गिरफ्तार गर्ने टीम र पिकअपलाइ अन्त पठायो, त्यहाँ एउटा जवान र त्यो मोटरसाइकलमा आउने दुइजनाले हामीसित खूब राम्रो कुरा गर्न थाल्यो - नेताहरुको खबर देउ गोदवा पुरस्कार दिलाइदिउँला, बिश्वास नलागे ल हिड दरवारमा ठुला मान्छे भेटाइदिउँला रे, फकाउनु फकायो । पछि केहि नलागेपछि दिन दिनै चौकिमा हाजिर गर्न आउनु भनेर छोडे । त्यो घटना अगाडि ट्रान्सफरमर चढेर ब्ल्याक आउट गर्ने, जुलुस सुलुसमा हिड्ने आदि अन्य रमाइलो सम्झनामा पर्छ । त्यो घटना पछि, चैत २० गतेतिर हो क्यार चौकि घेर्न जाँदा गोली चलेको र त्यो गोली आफ्नो पछाडी साइडको लठ्टामा ट्वाङ्ग लागेर उछिट्टिएर छिमेकको घरको भित्तामा गाडिएको थियो, शायद अहिले पनि छ कि त्यो गोली त्यहि भित्तामा । चैत २४ को दरवार घेर्ने जुलुसमा चाहि जाने योजना थिएन, तर पुगिएछ, महेन्द्रको सालिकमा चढेर झण्डा गाड्न खोज्नेलाइ ढुकुर झारे झै गोली हानेर झारेको प्रत्यक्ष देखियो । आन्दोलन सफल भएपछि लहैलहैमा मण्डले कुटियो । पाकेटमारलाइ सडकधुलाइ दिने बानी थियो त्यो बेला, मण्डलेहरुले पनि भेटे। तर अचेल देशको हालत देख्ता ती मण्डलेहरुलाइ वित्थामा आट्याक् गरीएछ जस्तो लाग्छ । अहिलेका नेताहरुलाइ त्यस्तरी हिर्काउने चान्स पाए त, क्या दिन्थे होला जस्तो लाग्छ हौ । हा!!!!! आफ्नै गन्थन लामो गरेछु, माफ पाऊँ ल !!
|
|