[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यो अनुहार !!!!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 23121 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-13-11 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

त्यो अनुहार !!!!!!!


जिन्दगीको यो मोड सम्म आइपुग्दा असंख्य अनुहारहरु भेटिए, धेरै मेटिए।  अनेक व्यबहार झेलिए, केही मा जेलिएं । एउटा अनुहार म ३० बर्ष देखी बाटो चौबाटोहरुमा खोजी रहेको छु ।

आज फेरी त्यही पुरानो कालो दिनको स्‍मृतिपुन्जमा पुगेको छु । कुरो ५ क्लास पढ्दा तिर को हो । पिताजीले अंश त्यागी स्वतन्त्र जिन्दगी रोज्नु भएको धेरै दिन भाको थिएन । बाबाले काम गर्ने बैंक मा डकैटी भए पछी बाबाले जागिर छोड्नु भयो ।  चाँदिका वर्तन बनाउने पुरानै  पेशालाई निरन्तरता दिन  पूर्बाधार बनाइ भर्खर कामको थालनी गर्नु भएको थियो । नयाँ काम को सुरुवाती लगानी ( समय र अर्थ )मा घरको भकारी भिकारीमा परिणत भैसकेको थियो ।  समय अनेक दृष्‍टिले कष्टपूर्ण थियो । कुनै चमत्कार बिना त्यो स्थितिबाट मुक्ती मिल्ने संभावना न्यून थियो ।
चिसो चुल्हो बाल्नै पर्‍यो । खाली पेटहरुलाई माड ले टाल्नै पर्‍यो।  आम्दानी भने केही थिएन ।

बिहान सबेरै उठ्थें । नेपाली कागजको क्यालेण्डर तथा अन्य सजावटका पोस्टरहरुमा रङ्ग भर्थें । एक पाटो रङ्ग भरेकोको १ रुपैया पाइन्थ्यो । रङ्ग भरेर दङ्ग हुन्थें । सधैं हुने काम थिएन। जती हुन्छ मन लगाएर गर्थें । त्यो पैसाले ६ जनाको माड बन्दैन थ्यो ।

घरमा एउटा पुरानो लुगा सिउने कल थियो । हाम्रो टोलमा एउटा परिवारले ढाकाको खास्टोमा किनारा लाउने काम गर्थे । आमाले त्यही काम मागी किनारा सिउने काम थाल्नु भयो । एक खास्टो को पच्चिस पैसा । कागज मा रङ भर्ने काम न भाकोबेला म नि सिउने गर्थें । जसो तसो चिसो दाउरो बल्थ्यो । लड्डु विद्यार्थी भाकोले पढाई को कुनै चिन्ता थिएन । चिन्ता थियो त भात को ।

यसरी जिन्दगीहरु घिस्रिरहेका थिए । त्यती बेला दसैंको उपलक्षमा १५ दिन स्कूल बिदा । घटस्थापना अघिल्लो दिन शनिबार थियो । शनिबार बाबाले काम गर्ने आरानमा आगो फुक्ने, रसान मा सहयोग गर्ने काम गर्थें । त्यो दिन पनि म बाबा संगै  ज्यासलमा ( काम गर्ने ठाम )थिएं । 

एक जना ४०-४२ बर्षको झन्डै एस् फीट अग्लो ब्यक्ती ले ढोका ढक्ढक्याए । ढोका खोलें । खैरो रङको दौरा सुरुवाल, कालो भात गाउंले टोपी, इस्टकोट र कपडा को जुता लाएको ब्यक्ती देखें ।

"किशन दाई को घर यही हो,"नेवारीमा सोधे ती अपरिचित ब्यक्तीले । मैले हो भनें ।

काँधमा ल्हासाको झोला भिरेका ब्यक्तीले पिताजिलाई भेट्नु पर्ने काम बताउदै थियो .................................................................

क्रमश:


 
Posted on 01-13-11 10:45 AM     [Snapshot: 6]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, पहिला त त्यो अनुहार भन्दा ठुल्दाइले नी पुरानो घाऊ कोट्टौनु भयो भनथाने थिए तर कथा ले गती अन्तै लाग्या झै लाग्यो , यसो पलेटी कसेर पढ्न बस्या त क्रमश: आइ पुगेछ, के गर्या हो यस्तो , आज बिहीवार को दिन बङ्गला मुखिमा नी यो भन्दा धेरै पर्साद पाईन्छ , के गर्या भन्या साचै , ल छिटो अर्को भाग नी आजै दिम


 
Posted on 01-13-11 10:47 AM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुरुवात त झक्कास को नै छ

फेरी हाम्रो ठुल्दाइ लाई छिन छिन मा चुरोट खानु पर्ने

कती छोटो लेख्या ठुल्दाइ - चुरोट ब्रेक छिन छिन मा लिनु भएर -

अली लामै लेखम न हो

 
Posted on 01-13-11 11:11 AM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keep going Rahulvai.. you always rock...
 
Posted on 01-13-11 11:35 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को अंश पनि चाडै पढ्न पाइयोस्   

 
Posted on 01-13-11 2:44 PM     [Snapshot: 216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै राम्रो दाई,
तर अर्को भाग अर्को हप्ता हो कि ?

 
Posted on 01-13-11 5:23 PM     [Snapshot: 310]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म त अनुहार खोज्दा खोज्दा हैरान, का लुकाएर राख्या छ ह त्यो  अनुहार? अनुहार को प्रतिक्च्य्या मा

उही

_____

 
Posted on 01-14-11 1:10 AM     [Snapshot: 465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, यो त टि भि को सिरिअल भन्दा नि थोरै भो नि । लौ,अर्को पनि पस्की हाल्नु पर्‍यो। 
 
Posted on 01-14-11 8:49 AM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting for next part!
 
Posted on 01-14-11 8:54 AM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरैले शायद शब्द बुझे पनि अर्थ बुझ्दैनन् होला, अथवा बुझ्ने टन्टो नै गर्दैनन्, हृदयस्पर्शी भनेको हृदयलाई स्पर्श गर्ने अर्थात मनलाई छुने, मनको दुखेसोमा आराम महसुस गराउने हो; ठुल्दाइको यो कथा पनि सधैं झै हृदयस्पर्शी छ 

 
Posted on 01-14-11 11:02 AM     [Snapshot: 610]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

त्यो अनुहार.......................

 

भाग २

पिताजीले त्यो अपरिचित अनुहार लाई ज्यासल भित्र आउनु भन्नु भयो । नमस्कार गर्दै " म पंडित अर्जुन  देब" , उनले आफ्नो छोटो परिचय तेर्साए ।
" यह, के कती कारणले मलाई खोज्नु भएको क्या रे " बाबाले जिज्ञासा राख्नु भयो ।

"किसन दाई , तपाईं भर्खर सगोलबाट छुट्टीएर यो घरमा आउनु भएको रे । बैंक को जागिर नि छोड्नु भयो रे । नयाँ काम नि राम्रो सँग सुरु भा छैन रे । बडा मुश्किल समय छ तपाईं को ।"

 एक एक घट्ना दुर्घट्ना को सबिस्तार बयान गर्दै थिए  ।  मानौं  त्यो अपरिचित ब्यक्ती भित्रिया हुन, हर एक यथार्थ सँग परिचित् । यो कुनै सामान्य मान्छे हैन। बसन्तपुर डबलिमा छिमेकी राष्ट्रबाट आएकाहरुले "ईन्द्रजाल" जादु देखाउदा जसरी म अवाक भएको थिएं त्यसरी नै हेरेको हेरै भएं ।

बाबाले अझै त्यो रहस्यमय ब्यक्ती माथि विश्वाश गर्नु भएन । तपाईंलाई यहाँ कसले पठाको ? अनी यी सब कुरा कसरी थाहा पाउनु भयो ?

एक छिन अक्मकिए उनी।

"मलाई ठमेलको पूर्णमान साहु ले " मेरो साथी लाई अप्ठेरो परेको छ , सहयोग गर्नु " भनेकोले घर खोज्दै आएको । म तान्त्रिक हुँ, मलाई तपाईं को सब दु:ख कष्ट थाह भयो अन्तरद्रिष्टी ले हेर्दा । निकै अन्यायमा पर्नु भाको रहेछ,  मैले सहन सकिन र सहयोग को लागि आएको । "

डुब्ने को त्यान्द्रो साहरा हुन्छ भन्छन्। पूर्णमान साहु, बाबाको पुरानो साथी, सधैं भलो चिताउने ब्यक्ती। बाबाको मन मा शायद कुनै देबदूत दुखियारीको घर मा पठाएको जस्तो आभास भयो होला त्यती बेला ।

माथि कोठामा पाल्नु होस् , त्यताइ कुरा गरौला भनेर तान्त्रिक महोदयलाई माथि लग्नु भयो । म  ज्यासल बन्द गरी माथि उक्लें ।
चोटामा आमा, दिदी , दाई सबै भेला भैसकेको थियो ।


तान्त्रिक महोदयले तिब्बतियन झोलाबाट एउटा " बज्र " निकाल्नु भयो र सबलाई छोएर हेर्नु भन्नु भयो । सबले छोए, केही अनौठो लागेन ।

"केही फरक महशुस गर्नु भयो ?? "

"अहं" सप्पैले एकै स्वर मा भने ।

एक छिन त्यो बज्रलाई केही मन्त्र  फुके जस्तो गर्नु भयो र दाई लाई फेरी स्पर्श गर्नु भन्नु भयो । दाई ले छुन के भ्याउनु भएको थियो, हुत्याइ दिनु भयो । करेन्ट लाग्यो रे ।

मलाई छुन डर लाग्यो । हच्किएं । केही हुंदैन बिस्तारै छुनु भनी हौस्याए पछी , डराइ डरै छोएं । २२० भोल्ट को करेन्ट लागे जस्तो झट्का दियो ।
बातावरणमा सन्नाटा छयो । तान्त्रिक महोदयले अर्को एउटा चिज निकाल्नु भयो चिन्तामणी झोला बाट । सबैलाई देखाएर मुट्ठिमा कसी " फू" के गर्नु भाथ्यो , त्यो फूलको पत्रहरुको रङ फेरियो ।

सबलाई लाग्यो, यो त साह्रै जान्ने तान्त्रिक बाबा रहेछ ।

पिताजीले सोध्नु भयो "अब भन्नुस् पंडित जी , के गरे यी दु:खका दिन हट्छ । "

तान्त्रिक महोदयले खोजेको नै त्यही थियो ।

"तपाईं र तपाईंको घरलाई हल्चोकको भैरब को दशा, टिका भैरबको दशा, शनि ग्रह को वक्र दृष्‍टि छ । ग्रह शान्ती गरे सब ठीक हुन्छ । समय एक दम उपयुक्त छ । भोली घटस्थापना , शुभ साइत छ । भोली देखी नै शान्ती पूजा गरे , दसैं सम्म मा तपाईंहरु को सब ठीक हुन्छ ।"

कुरो सत्य जस्तो लाग्नु स्वाभाबिक थियो ।

तपाईंहरुले केही गर्नु पर्दैन , सब म गर्छु । एक माना चोखो चामल ढोक गरेर दिनुस् र ।
त्यो " र "मा अर्थोक थियो नै ।
अनि ?

"र ५ सय रुपैया दिनुस् , हल्चोक मा हाँस भोग दिनु पर्छ, टीक भैरब त्यो........................। सब गरेर त्यती जती त खर्छ लाग्छ ।"
 
५ सय ? घरको चुल्हो मुश्किलले बल्ने घरमा ५ सय हुने कुरा भएन । बाबाले आमा लाई, आमा ले दाई लाई अनी दाई ले मलाई हेर्नु भयो ।

"आमाले भन्नु भयो , ५ सय त अली बढी भएन र ? हामीलाई यहाँ दिनको छाक  टार्न त मुश्किल भैराखेको बेला, कहाँ बाट ल्याउने ? अलि कम मा चल्ने भए सरसापट बाट भए नि मिलाउनु हुन्थ्यो । "

"हो त तपाईंहरु को मर्का मैले बुझेको छु । सके सम्म काम खर्च गरौला , अहिले ३०० दिनुस् , पुगेन भने पछी हिसाब गरौला । १५ दिन पछी हेर्नुस् तपाईं को घरको कायापलट हुन्छ । ३०० रुपैया को चिन्ता न लिनुस् । पंडित अर्जुन देब ले धेरैलाई यस्तो अवस्थाबाट पार लगाइ सकेको छ ।"
 

पैसा को जोरजाम गर्ने सल्लाह को लागि दाई, बाबा र आमा निस्कनु भयो माथिल्लो कोठामा । दिदी चिया बनाउन निस्कनु भयो । कोठामा तान्त्रिक र म मात्र थिए। अली अली डर लागि रहेको थियो ।

"कती क्लास  भाई ?"

"५ क्लास "

राम्रो सँग पढ्नु , ठुलो मान्छे बन्नु पर्छ ।

तान्त्रिक बाबाले यसरी सम्झाइ रहे कि उहाँ मेरो आफ्नै काका ठुलबुवा जस्तो ।

यत्तिकै मा पिताजीले पैसा लिएर आउनु भयो । त्यती बेला को ३०० रुपैया भनेको सुब्बाको एक महिने तलब बराबर थियो । कसरी जोड्नु भयो त्यति बेला मेरो सरोकार को बिषय रहेन ।

पैसा र चामल पोको पारी, "सप्पै पूजा आजा पञ्चमी सम्म सकिन्छ, सके षस्टमी , ढिलो भए फूलपाती सम्म मा , प्रशाद र जल लिएर आउछु । केही भएर आउन सकिन भने मलाई यो ठेगाना मा संपर्क राख्नु " भनेर सानो कागज मा ठेगाना लेखेर दिनु भयो र चिया नै न खाइ बिदा हुनु भयो ।

क्रमश: 
 


 
Posted on 01-14-11 11:40 AM     [Snapshot: 647]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 testo!!!!!...... aye daiba!!  300 tyo timaa ta dherai po ho ta???...
 
Posted on 01-14-11 12:18 PM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, तान्त्रिक ले ठग्यो जस्तो छ, हैन र ?
 
Posted on 01-14-11 1:36 PM     [Snapshot: 727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कठै, कस्तो माया लाग्दो...दशैंको मुखमा दशा होला जस्तो
 
Posted on 01-14-11 9:46 PM     [Snapshot: 842]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

त्यो तान्त्रीक, छिकेमी मुलुकको त होईन है ? नेवारीमा एउटा उखान याद आयो " सिम्ह मर्साँ झिम्ह नेपामी नई" 

 
Posted on 01-17-11 10:25 AM     [Snapshot: 1049]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

त्यो अनुहार................. .

अन्तिम भाग

तान्त्रिक गए पछी एकाएक सबको मुहार उजेलियो । मनोबैज्ञानिक असर होला । दु:खका दिन फेरिने भए, सुख के हो हेरिने भए ।
घटस्थापनाको दिन यसपाली खुशी सहित को जमरा राखी पूजा गर्नु भयो बिधिपूर्बक। म कान्ता डबडब बजाउदै रमाएं । बाबाले एक केजी मासु ल्याउनु भयो । पहाँचह्रे भ्वय पछी मासु खाएको याद थिएन मलाई । अब सधैं चिसो चुल्हो रहन्न हाम्रो भन्छामा । रहर लागेको बेला माछा मासु खाने दिन आउछ । मेरो अबोध मनमा त्यही गुन्जिरहेको थियो ।

नेपाली कागजमा रङ भर्ने काम जारी थियो । दिदी र आमा ढाका को खास्टो सिउनेकाम मा ब्यस्त । पिताजी पनि केही न केही चांदिका वर्तन बनाउन ब्यस्त, दाई पिताजीलाई सघाउन । लाग्यो जिन्दगीले अब कोल्टे फेर्न फेर्न लागि रहेछ । रेडियोमा मालश्रीको धून हाम्रै लागि बजाएको जस्तो, बजी रहन्थ्यो । दसैं आएको सुखद सन्देश दिदै।

पञ्चमीको दिन पचली भैरबको यात्रा। मध्यरातमा पचली भैरबको घ्याम्पो हेर्न गैयो, अलि अलि शरदिय चिसो रात छिचोल्दै । षष्टमी भयो । लाग्यो आज त त्यो तान्त्रिक पर्साद र जल लिएर आउछ । दिन भरी बाटो हेरें , आएन । सके षष्टमी न सके फूलपातिमा आउछु भन्थ्यो, भोली आउँला नि भन्दै त्यो रातको भात खाइयो ।

फूलपातीको नि साँझ ढल्यो, पंडित अर्जुन देब आएन । अब भने केही दिन देखि फुलेका खुशीका फूलहरु एकाएक झरे । आशाहरु भकाभक मरे । महाअष्टमी, कुछी:भ्वय मनाउनै पर्‍यो । जोरजाम मा बाबा र आमा लाग्नु भयो । सघाउने हामी भाराभुरी थियौ नै ।

"त्यो तान्त्रिक भनाउदा ठग जस्तो लाग्या थ्यो पहिला नै, तर हाम्रो घरको आगं थाहा पाएको ( सबै कुरा ) मान्छे अनी पूर्णमानको नाउं लिए पछी शंका गर्ने ठाउँ रहेन ।"

बबाले आफ्नो शंका पोखिहाल्नु भयो । " आउछ होला दसैं सके पछी " आमामा अझै आश जिवित रहेछ ।

पूर्णमान ले पठाको हो हैन कन्फर्म गर्नु पर्ने तर फोन छैन त्यसको घर मा । जे भए नि थप ३०० रुपैया ऋण ठगले थपेर गयो । बाबाको मनले अर्जुन देबलाई ठग नै मानु भैसकेको  रहेछ । हाम्रो बालक मस्तिष्कमा यस्ता ठग हो वा हैन छुट्याउने संयन्त्रको बिकास भैसकेको थिएन ।

दसैं सकियो अर्थात दसैं मनाइयो। हामी दाजुभाइ र दिदी बहिनीमा यति ज्ञान चाहीं थियो कि घरको ढुकुटी खाली छ र नयाँ लुगा लाउने सपना हाम्रो पहुंच बाहिरको कुरा हो । लट्टाइं धागो र चङ्गा को कुरा नि कहिलेइ गरेनौं। छाना माथि बसेर अरुले उडाको लडाको रङ्गी बिरङ्गी चङ्गा चेट हेर्दै रमायौं ।


दुई दिन दुई रातमा स्कूले ले दसैंको छुट्टी को लागि दिएको होमवर्क सक्याएं । स्कूल सुरु भयो । दसैं सकेको को एकहफ्ता बित्यो । अझै अर्जुन देब आएन ।

शनिबार ब्यान मैले आमालाई भनें " त्यो पंडित ले ठेगाना देको छ, खोज्न जाऔं " । आमाले हुन्छ अहिले नै जाउं भन्नु भयो र हामी अर्जुने देब ले दिएको ठेगाना तर्फ लाग्यौं ।  कोपुण्डोल हनुमानस्थान भन्दा केही माथि, कान देबतास्थान बन्दा वर, बीचमा एउटा कुमारी मन्दिर भाको गल्ली भित्र कुमारी अप्टिकल भन्ने चसमा पसल सँग जोडीएको घरमा डेरा भनेको थियो । अर्जुन देबले बताए अनुसार को घर भेटियो । अर्जुन देब चाँही  भेटिएन । बुझ्दा त्यस्तो हुलिया भाको मान्छे त्यो घरमा मात्र हैन टोल मै कहिले न बसेको न आएको पत्ता लाग्यो । निराश भएर फर्क्यौं । अब भने आमाले पनि तान्त्रिकलाई ठग नै मान्नु भयो ।

त्यस दिन देखी त्यो अनुहार हरेक भिडमा खोज्दै छु, अझै खोज्दै छु म । ३०० रुपैया ठगेको अपराधको लागि हैन । कसको ईशारामा यस्तो गरेको तैले भनेर कठालो समात्नु छ । बबाले जिन्दगीमा कसैको कुभलो चिताएको थाहा  थिएन । कुन शत्रु को माध्यम बन्यौ ए पंडित -सोध्ने इच्छा अहिले सम्मा अधुरो नै रह्यो । 


त्यो घट्ना पछी हाम्रो परिवारमा के कत्ती बिपत्ती आइपर्‍यो । के कती दु:ख कष्ट ले तहस नहस पारे तलको लिन्क ( पिताजीको सुनको तक्मा )मा उल्लेख पहिले नै गरी सकेको छु ।

अस्तु !!!    

(पिताजीको सुनको तक्मा को लिन्क ( पुराना मित्रहरुले पढि सक्नु भाकै होला, नयाँ मित्रहरुमा एक चोटि पढि दिन हुन आग्रह गर्दछु )

http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=440

http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=441

 

Last edited: 17-Jan-11 10:32 AM

 
Posted on 01-17-11 11:21 AM     [Snapshot: 1094]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई को कथा ले फेरी मन छोयो, अर्जुन देव लाई भेटेर मर्मत गर्न मन लाग्यो मलाई पनि।
 
Posted on 01-17-11 1:55 PM     [Snapshot: 1172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाईको यो कथा पनि नीकै भावनात्मक लाग्यो, उत्क्रिष्ठ सैली, मन छुने घटनाक्रम अनि जीवन संग अति नजिक रहेको कथाबस्तु नै तपाईका हरेक लेखको बिशेषता हो र येस्पली पनि यो लेखमा त्येही सम्पूर्ण गुणहरु पाए | तपाईको दसौ तक्मा पाउने दौडको लागि अहिले नै अग्रिम सुभकामना!!!
 
Posted on 01-17-11 2:19 PM     [Snapshot: 1191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो अनुहार भेट्यो भने दाई भाई मिलेर धुलाउनु पर्छ

कथा को त के कुरा गराइ भो र - मार्मिक छ - ब्राभो ठुल्दाइ

 
Posted on 01-17-11 2:27 PM     [Snapshot: 1201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La tyo godne haru maa ma ni saamil chhu hai ... Tyesto sita ni thagne ho ta ...
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters