[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 165268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 04-04-10 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks crazy, la aba euta last geet ko sanga good night pani its 11 pm here


 
Posted on 04-05-10 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।


सोमबारे शिवमय जदौ ।


घाम चर्को छ आज, काम  अर्को छ आज । तारेमाम।


 
Posted on 04-05-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, ठुल्दाइ एक्लै आ'र बस्या रेछन। त्यो मुर्दार रामेचा वीकेन्द भरी धोकेर बस्या होला। यती छिट्टो त के उठ्थ्यो होला र। अनी हैन ठुल्दाइ, ब्यान देखुन यात्राो चुरोस खा'र के गर्या? बुधेस्कालाँ यस्सो ज्यानको ख्याल राख्न पर्छ भन्दै छु त, कैले सुन्नी हैन भन्या। हिजो राती अबेर सम्म खेल्दैथें , तेइ भेर ठुल्दाइ सँग वार्तालाप गर्न मिलेन, मौका मिल्ना साथ गर्नेछु भन्ने जानकारी यैँ बाट दिन चाहन्छु।

हैन अरु सप्पै काँ गए? सबका सब एस्टर मनाइरा हुन कि क्या हो?

लु प्रणाम।

 
Posted on 04-05-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे।


है न के भा यो चौतारीका औतारिहरुलाई । रिट्ठे एक जना पो नेपाल गाको छ , बाँकी ?? लहरे, रामे, बैरे, चिप्ले, खुशी, बिस्टे, बिर्खे, हर्केहरु कता नि ? यस्तो त भएन नि ? मखुला पुरे ??



 


 
Posted on 04-05-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भा हुन, कुन्नी, पुराना त हराये हराये नयाँ भा जत्ती नि गये भन्या। हाम्री साइँली दि पनि आउन मन लाग्छ, कुरो गर्नै आउन्न भनेर आउन छोडे रे, खै क्या हो क्या हो। कुरो गर्न नजानेर छोड्नी भा भे त मैले उुइले छोडि सक्या हुन्थेन नि हैन त, म त अझै छु केरे। अनी दाई आज अरु काम छ भन्दै हुनुहुन्थ्यो, के के काम हो कुन्नी?? नेपाल प्रस्थानको लागि शपिङ त सक्या छैन होला केरे। अनी घराँ भाउजुलाई आरामै? सोध्या छ भन्दिनु है

 
Posted on 04-05-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अनी पुरे

म पनि हाजिर भए है

 
 
Posted on 04-05-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउको मात्र झुन्ड्याएर के गर्न लाग्या हो बाइ

के हो के हो
 
Posted on 04-05-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे एन्ड ब्राड्णी ।
आज त सल्लाह गरेरै हल्ला गर्न आएको जस्तो छ, ब्रान्डी र लहरे, ख: ला ??


शपिङ सकियो पुरे, २३ केजी जोखी जोखी किनियो प्रत्यक सुट केशको लागि । अध्यारो देशमा उज्यालो बनाउने सरसामन ले ब्याग भरियो ।


 
Posted on 04-05-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकियो प्याकिङ ठुल्दाइ - अनी मैनबत्ती र सलाई लि किन्या हो त

सल्लाह नगरि आको म त ठुल्दाइ - टाइमिङ मिल्दो रैछ के गर्ने


अनी फेरी चस्मा लार किन नि फेरी - कुरा बुझी नसक्नु छ

 
Posted on 04-05-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई प्रणाम है ।

Hi Brandu ।

आउन त ब्यानै आएको हो नि काम मा .... फुर्सद एक्छिन भएन के गर्नु ...... पुरेको जस्तो दिनभरी थुतुनो किताब चलाएर काम चोर्न सकिएन के गर्नु ......

ठुल्दाइ ........ नेपाल जानु भन्दा पहिले नै स्वास्थ्य राम्रो होश ....

लहरे ले लेराइदेको सुर्यले त्येस्तो गरेको भन्ने हल्ला छ क्यारे ....... त्यो हो कि हैन अली प्रस्ट पारीदिनु पर्‍यो ठुल्दाइ .. हुन त हिजो फुन मा एकैछिन एस्को बारेमा कुरा भएको थियो क्यारे ......

ल भोग लाग्यो .......
म त खान थाले .....
 
Posted on 04-05-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी ठुल्दाइ ले के हल्ला फैलाएछ भन्या

त्यो अरु केही भा होइन रामे - ठुल्दाइ जवान भाको - दिनप्रती दिन ठुल्दाइ जवान हुँदै छ अनी त्यसैको लक्षण हो ल


आज यो ब्रान्डी ले धेरै टाउको झुन्ड्याइरा छ किन होला कुन्नी
 
Posted on 04-05-10 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी के हो मसँग कहिले सोध्दै नसोध


सोमबारे जदौ उपस्थित भएका र हुनै लागेका औतारीहरुलाई।


रामे, भोक केले मेटाइयो त? बाउचाले पठाएको सूर्य त सँधै भाईरस लागेको हुन्छ। अघिल्लो चोटि (२००८) मा पनि सबैलाई संक्रमण भएको थियो।
ब्रान्डीको चाँही कती थरी अनुहार हो।
ठुल्दाइ, कस्तो सामानले भर्नु भएको हो? बत्तिको चिम लगेर त काम छैन, बिजुली आउने होइन। लालटिन र मैनबत्ती पनि नेपालमै सस्तो हुनु पर्ने हो। टुकी र दियालो त यहाँ पाइन्न होला।
पूरे, सप्ताहन्तमा सुन्तलीसँग रमाइलो गरी समय बिताइयो? बैशाख त लाग्न लाग्यो, साइत जुराइयो कि जुराइएन त?
              


 
Posted on 04-05-10 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर प्रणाम, भोग त भोजन ले मेटाइयोनी ...
कस्तो भोजन भनेर सोधेको भये ....... सच्चा सकाहारी खाइयो आज ... आलु-साग मा अली अली लेदो लेदो जस्तो बनाएर लेराएको थिए ... भात र त्यो खाएको गज्जब मिठो भयो आज ल ... अब एक हप्ता यो रामे को भान्छा म त्यही मात्रा पाक्ला जस्तो छ ....

ठुल्दाइ ले टुकी र दियो किनेको भन्ने हल्ला छ क्यारे .... मखुला ठुल्दाइ ? 


 
Posted on 04-05-10 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले, रामे


टुकी नै किनियो भन्नु पर्‍यो, तेल पनि हाल्नु नपर्ने । अनी सौर्य शक्तिबाट बल्ने बत्ती पनि किनियो । घामको शेडिङ छैन भन्ने सुनेको छु ।


 
Posted on 04-05-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, टुकीलाई तेल नचाहिए पनि मट्टितेल त चाहिएला नि। कहिले आयल निगमले दूष्ट राष्ट्रको आयल निगमलाई पैसा तिर्न नसकेर, कहिले राजमार्ग बन्द भएर, कहिले ट्यान्कर ब्यवसायीको हड्ताल आदिले मट्टितेल पाउन गार्हो छ भन्छन्। पाए पनि रक्सौल नाका देखि साहूजिको ड्रमसम्म कती ठाउँमा कती थरी मिसावट हुँदो हो। सोलारको कुरा गर्नु हुन्छ भने देखि अहिले काठमाडौंको आकाशमा घामै देखिन्न रे धूलो र धूँवाले छेकेर। बरु pollution power ले चल्ने केही पाए लान उचित हुन्थ्यो जस्तो लाग्छ है मलाई त।  


रामे, हेटौंडातिर त्यस्तै आलु साग र भात खान्छन् हो?


अरु कता लागे आज? हिंजो इस्टर हो कि वेष्टअर भन्ने पर्व थ्यो के रे, बगैंचामा अन्डा खोज्ने। धेरै अन्डा खाएर सबै बिरामी परे कि के हो?
    


 
Posted on 04-05-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ चिप्ले सर ....

हामी जाँदा त माछा भात बजाइन्थ्यो .......

ठुल्दाइ जाने कुरा ले नै दिक्क लागि सक्यो .....
चौतारी सुक्ने भयो जस्तो छ ....

लहरे चिच्यौने बाकसमै ब्येस्त छ ....

पुरे थुतुनो किताबमै होला क्यारे ..... ( होइन भन्यो भने प्रमाण बच्चाएर राखेको छु है ...... )

अरु औतारिहरुको के कुर गराइ भो र .........



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters