[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 189752 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-22-07 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त नि। गारो पो रैछ यो खेल त, गीत भेटिने भए पो।
 
Posted on 12-22-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए आफुले मन परेको गित टास्ने। तर नेपाली है। मन परेको गितको दोहोर ;)
 
Last edited: 22-Dec-07 11:43 PM

 
Posted on 12-22-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-22-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो चौतारी सम्मेलनमा आउदा देखीएको झलक ।

Last edited: 22-Dec-07 11:39 PM

 
Posted on 12-23-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-23-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि दादा बुरो कता बाट झुल्किय, बाटो त बिराको होइन ? त्यो एउटा धर्को जापुनिज भाषा हो कि के हो ?

यसो भेट हुदा दौतारींमा निम्ता दिने सुर थियो, बल्ल भेट भो। आजकाल पनि लेखिन्छ कि छोडीयो दादा ?

नया खर्कमा बिसाल सम्मेलन भइराखेको छ के रे, त्यां पकाको म:म ह्यो सम्म बसा छ, त्यइ सुग्दै बसेका छौ हामी त ।

आज नया खर्कमा यो गित गाका ठ्याक्कै ह्यइ सुनिएको थियो।

पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
पि पि पि
ए साझा डट कममा चौतारी फुल फुल्यो तेइ फुललाइ हेरेरे मन भुल्यो हो
हाम्रो चौतारी...
ए पुन्टे सलाम रमइलो गर्निलाइ सर्ब पर्थम नमस्ते मास्टर्नीलाइ हो
हाम्रो चौतारी...
धन्यबात छ चौतारी खन्निलाइ कोटी पर्नाम इन्जिनेर नमेलाइ हो
हाम्रो चौतारी...
चित्र कोर्नी तिरुको बानी पकाउनमा सिपालु सान्नानी हो
हाम्रो चौतारी...
ठुल्बुइनी दिन्थे पाएत लाउरेलाइ साली छोड्देउ भन्दिन भउतेलाइ हो
हाम्रो चौतारी...
भन्छन मलाइ सबैले पुन्टेदा म भन्दा नि बुडो हो राहुलदाइ
हाम्रो चौतारी...
कनि कनि बोलने निशेलाइ मख्ख परि सामुले किसै खाइ
हाम्रो चौतारी...
कुम्ले फर्कियो लिएर दुलइ मुटु दुख्ने पार्यो नि छन कोहि हो
हाम्रो चौतारी...
हरि चित्रे नेउचे छन् अल्लारे दुर्गी नेउची आमाभेर कुरो बिगारे हो
हाम्रो चौतारी...
बिर्खे जिम्मालको नलि खुट्टो भाच्चेको बुढेसकालमा जबानी कल्लाइ सांचेको हो
हाम्रो चौतारी...
गोतेएं दादा गालबछन् जापुन को को आम्छन अरुनी डाकम्न हो
हाम्रो चौतारी...
देशी कम्पाउनडर मदन्वा आइपुग्यो मुन्नि बहन एमबिबिएस कां लाग्यो हो
हाम्रो चौतारी...
छुटेका सबैसं अग्रीमै माफि पाम समय छोटो हातार भो अब जाम हो
हाम्रो चौतारी...
फूलको थुंगा राख्दिउकी हातैमा सधैभरी बसौला साथैमा
हाम्रो चौतारी ए राम्रो चौतारी ए हाम्रो चौतारी ए राम्रो चौतारी
पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
पि पि पि

Last edited: 23-Dec-07 08:10 AM

 
Posted on 12-23-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La la Chautari lai hamile dhakelnu parchha...

Oh Dada bro kata ho? Long time no see. Name, Nepche and Suntale la hai Hellllllllllllooooooooooo

 
Posted on 12-23-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-23-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

नयाँ अपडेट!
हिजो बेलुकि पून्टेदाइको घरमा भव्य पार्टी सम्पन्न भयो।
भौतेकाजीका लोकगीत, पूनटे बुह्रोको प्यारोडी गीत र चुट्किला, म्याड्डू भैयाको गाना बिर्खे दाइको नलीखुट्टाको ब्यथाको बिस्तृत विवरण, नेपेदाजीको गजल, राहुलदाइको ३६ वर्षे ईलाहावादी गफ,अन्तरे दाइ र रिठे दाजूका मीठा गीत, दाने, चित्रे, पून्टेनी  भाउजूको  तास,
ठूलीको ताआआआआ,अरू भाउजूहरुको गफले पार्टीमा रौनक थपेको थियो। अरू अपडेट पछि गर्दै गरूम्ला।

 
Last edited: 26-Dec-07 08:44 AM

 
Posted on 12-23-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई
सबैको सप्तान्त राम्रै हुँदै होला !
होलिडे राम्रो सँग बिताउनुहोस् यहाँहरुले पनि!
बहुचर्चित चौतारी भेलाको एक सदस्य आफु पनि भएकोले आईतवारको कार्यक्रमको अप्डेटका केही लाइन:-


१. सेन्ट्रल पार्कको अवलोकनको साइत आज परेको
२. रकफेलर सेन्टरमा बडेमानको क्रिस्मस ट्री को अवलोकन साथै आसपास का द्रिस्यहर को बिस्त्रित अवलोकन
३. साँझ परेपछी टाईम्स स्क्वारको झिलिमिलीमा सम्पूर्ण चौतारी सदस्य मिली मिली गरेर अनी बेलुकी पख नेपाली गीत गजल सुन्न जानी  कार्यक्रम
बाँकी पछी
नमस्ते!
 
Posted on 12-23-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चौतारी भेला भ'सि झन् रमाइलो हुनु पर्ने हैन र भन्या? सब जना कता मुन्टेचन् सुनसान छ त ओ चौपारी। भेलाको भिड्यो पुनि राख्नु परो। खालि प्रगति बिबरणले केइ नाप्तैन हामी जस्तो भेलाँ सामिल हुन नसक्ने, नयाँ खर्कबाट टाढा बस्नेलाई केइ मज्जै भे'न नि। लौ अरु गाम्ले हुरले पुनि माग राख्नु परो। बरु चौपारिमा बसेर टायर बाल्न परो भने, नारा जुलुस लगाम्न परो भने पुनि म चैं तम्तयार भर बसेचु।

:-)>


 
Posted on 12-23-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

हमि बहुते आश्चरचकित जो छ उ भएछु। हँ? त सला जब हमि भि पुनटे बुह्रोके हियाँ पारटी दावत पे थियो त चितरे भैया कैसन सला हमको भुलेछ आँपडैटवामे?  हँ? सला पुरे के पुरे दाल जो छ उ कालो छ।

जे राम जि कि।


 
Posted on 12-24-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्मेलन जान नपाको  झोकमा हाम्ले नु फुन सम्मेलन अरेम केरे ठुली र रिठ्ठे संग। फुन बाटै भे ने खानेकुरो खाइयो, सारै मिठो रैछ दाइ भाउजुले पकाको।

थुप्रै फुटो खिचेका छन अरे, यसो मिलाएर हेर्न पाइन्थयो कि ?


 
Posted on 12-24-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना कता मुन्टेचन् सुनसान छ त ओ चौपारी।

merry X-mas and happy new year la sabai chautari basi lai


 
Posted on 12-24-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजाँ जानीहरुले कसरी चौतारीलाई चटक्कै माया मारेछन नी हरे! अरु केई नहुँदा मात्रै चौतारीको पिङ्ग मच्चाउँदा रे छन -- चौतारी मेला भर्न महारथीहरु हिनेसी यो गाममा निषेधाज्ञा लाग्या जस्तो हुँदो रे छ -- चौतारीका सातदल उनै रहेछन।
 
Posted on 12-24-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई क्रिशमशको शुभकामना!

चौतारी जमघटको कुरा सुनेर बडा खुशी लाग्यो! अरु पनि अपडेट जाओस्!


 
Posted on 12-25-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी भेला मा टेलिफोनबाटै भए पनि सहभागि हुन्छु भन्ने सोचेको थिए तर आफ्नै व्याबहारिक कारणहरुले गर्दा सकिएन, दु:ख लागेको छ। चौतारी भेलामा खुब रमाइलो भयो होला। अहिले त सबै जना आफ्नो गृह नगरतिर प्रास्थान गर्दै हुनुहुन्छ होला, सबैलाई शुभ यात्रा! चौतारी भेलाको विवरण सुन्न पाइने नै छ।
सबैलाई क्रिस्मसको शुभ कामना! क्रिसमस कै मौका पारी एउटा सानो गन्थन लेखेको थिए, टाँस्ने मौका बल्ल मिल्यो!


क्रिस्मस

'क्रिस्मस ट्री ल्याउन त ढिला भयो भयो अब सजाउने काममा त सघाउ, क्रिसमस आउन केही दिन मात्रै त बाँकी छ अब, अरु सबै छिमेकिहरुले क्रिसमस ट्री सजाएको एक हफ्ता हुन लागिसक्यो '


मलाई क्रिसमस ट्री सजाउन प्रयोग हुने बत्ती, घन्टिहरु, कपास अनी झिलिमिली कागजका टुक्राहरु भएको बाकस दिंदै मेलानी अरु साथीहरुलाई बोलाउन गइन।

हो त, क्रिस्मस आउन पुग न पुग एक हफ्ता मात्र त बाँकी छ तर किन किन यसपाली मलाई क्रिस्मसमा त्यती इन्ट्रेस्ट छैन। यसपाली त झन क्रिस्मस कै दिनमा मेरो ड्युटी परेको छ।  यो होस्टलमा आए देखि मेरै नेत्रित्वमा क्रिस्मस ट्री सजाउने काम हुने गरेको छ। पोहोर साल, परार साल र त्यसभन्दा पहिलाको बर्ष, पुरा तीन बर्ष पुरा भयो यो होस्टलमा। सुरुको बर्ष नै क्रिस्मसमा मेरो अग्रसरता देखेर साथीहरु अचम्म परेका थिए, 'तिमी त हिन्दू हैन', 'नेपालमा पनि क्रिस्मस मनाइन्छ र', 'तिमीले फलो गर्ने धर्मले अरु धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ र' जस्ता बिभिन्न प्रश्नहरुको ओइरो नै लगाएका थिए।
 
मलाई थाहा छैन मेरो धर्मले अरु कुनै धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ कि दिंदैन अथवा हिन्दू भएर क्रिसमस मनाउन हुन्छ कि हुँदैन तर म सानै देखि क्रिसमस मनाउँदै आइरहेको छु, धार्मिक रुपमा भन्दा पनि सामाजिक रुपमा। मेरो घर सँगै जोडीएको घरमा एक जना क्रिस्चियन दम्पती बस्छन।  हरेक बर्ष क्रिस्मसको दिनमा उनिहरुले टोल भरिका बच्चाहरुलाई आफ्नो घरमा बोलाएर क्रिस्मस मनाउने गर्छन्। मीठा मीठा  परीकारहरु, अनि रमाइला खेलहरु र अन्त्यमा आकर्षक उपहार ! क्रिसमस पार्टी हामी बच्चा बच्चिहरुको लागि दसैं तिहार पछीको सबैभन्दा प्रतिक्षित इभेन्ट हुन्थ्यो। फेरी बाबा यु. एन. मा काम गर्ने भएको हुनाले  क्रिस्मसको दिनमा बाबाको अफिसमा पनि पार्टी हुन्थ्यो, धेरै चोटि म पनि गएको छु बाबा-मामु सँगै, हरिहर भवन, यु एन हाउसको क्रिस्मस पार्टिमा।
 
मलाई क्रिस्मस ट्री सजाउन खुब रमाइलो लाग्छ। म यो होस्टलमा आएको दोस्रो बर्षदेखी नै  क्रिस्मस ट्रीको जिम्मा मेरै भागमा परेको छ। पहिलो क्रिस्मसमा म यो होस्टलमा नयाँ भएको हुनाले म त्यतिबेला सहयोगि मात्र थिए। तर त्यसपछीको हरेक बर्ष क्रिस्मस ट्री किन्न म आँफै जान्छु। हुन त हाम्रो होस्टल भन्दा केही दुरीमा मात्रै क्रिस्मस ट्रीको बजार लाग्छ तर म क्रिस्मस ट्री किन्न झन्डै डेड सय किलो मिटर ड्राइभ गरेर पोल्यान्डको बोर्डरसम्म पुग्छु। मलाई क्रिस्मस ट्री बगैचामैं गएर, राम्रो बुटा छानेर, आँफै काटेर ल्याउन  खुब रमाइलो लाग्छ।  यसरी यती टाढा आएर क्रिस्मस ट्री किन्दा होस्टल सँगैको बजारमा किनेको भन्दा दस गुना बढी पैसा पर्छ तर आँफैले छानेर, आँफैले काटेर क्रिस्मस ट्री होस्टलमा लिएर जानुको आफ्नै मजा छ जुन पैसामा तुलना गर्न सकिंदैन। हजारौं बुटाहरु मध्यै आफुलाई मन परेको बुटा छानेर, इलेक्ट्रिक स: ले फेदै देखी काटेर, प्याकिङ गर्ने मेसिनमा त्यो बुटालाई हालेर सेतो जालिले प्याक गरेर, गाडीको डिक्किमा राखेर होस्टलमा ल्याएर सजाउनुको आफ्नै मजा छ। दसैंमा खसी बजार गएर, आफुलाई मन परेको घोर्ले खसी छानेर, गाडीको पछाडि हालेर घरमा ल्याएर आगनमा बाँधेको जस्तै।
 
हाम्रो परिवारले बली चढाउन हुँदैन तर पनि मेरै जिद्दिले गर्दा धेरै पहिला देखि हामीहरु दसैंमा खसी काट्दै आएका छौं। टोलमा दसैं आउन आउन लाग्दा साथीहरुले खसीको डोरी तानेर खसी चराउन  लगेको देखेर मलाई पनि खसी चराउने रहर लाग्थ्यो। रोइ कराइ एउटा बर्ष खसी किनाइ छोडे, त्यसपछी त हरेक दसैंमा खसी किन्ने क्रम नियमित नै हुन गयो। खसी किन्न बाबासँग म आँफै खसी बजार जान्थे, मन परेको खसी म आँफै छान्थे अनि आँफै डोर्‍याएर गाडीसम्म ल्याउथे।  हरेक साँझ साथीहरु सँगै चौरमा खसी चराउन  जान्थे। खसी काट्ने दिन मलाई खुब नरमाइलो लाग्थ्यो तर दसैंको खसी न हो, त्यसले त काटिनै पर्थ्यो। फेरी अर्को बर्ष त्यही क्रम दोहोरिन्थ्यो। पोहोर सालदेखि मेरै अग्रसरतामा दसैंमा खसी काट्ने क्रम बन्द भयो। धेरै बर्षदेखी नियमित रुपमा चलेको क्रम भए पनि बाबा मामुलाई  कुनै आपत्ति भएन, आखिर मेरै लागि  यो क्रम सुरु गरिएको थियो, मैले गरेर नै बन्द भयो, अब हामी कहिल्यै खसी काट्दैनौं।
 
समयसँगै परिवर्तन भईंदो रहेछ। पोहोर साल दसैंमामा घर जाँदा  चङ्गा पनि उडाइएन, खसी काट्न पनि बन्द गरियो, न त तिहारमा देउसी नै खेल्न गइयो, यसपाली होस्टलको लागि क्रिसमस ट्री किन्न पनि गइन । फुर्सद नभएको त हैन तर किन किन क्रिस्मस ट्री  किन्न मात्र त्यती टाढा जानै मन लागेन। यही क्रममा क्रिस्मस ट्री किन्न ढिला भएर साथीहरुले यतैको क्रिस्मस ट्री बजारबाट आज मात्र क्रिस्मस ट्री किनेर ल्याएछन।

यि झिना मसिना कुराहरु भन्दा पनि अब भोली के गर्ने, कसरी क्यारियर बनाउने भन्ने कुरामा बढी ध्यान जान थालेको छ। कपाल पनि मिलाएर काट्न थालेको छु, च्यातिएको प्यान्टहरु थन्काइएको पनि केही समय भईसकेको छ, कानमा लगाएको मुन्द्री पनि केही पहिला नै फुकालिसकेको छु। शायद अब परीपक्व भईयो, एक पुस्ता बुढो भईयो।
 
पिट साम्प्रासले पहिलो ग्रान्ड स्लाम जित्दा साथीहरुको अटो बुकमा बेस्ट प्लेयर  पिट साम्प्रास भनेर लेख्ने पुस्ताको मान्छे, अहिले त पिट साम्प्रास ले १४ वटा ग्र्यान्ड स्ल्याम जितेर सन्यास लिइसके पछि पनि फेडररले नै १२ वटा पुर्‍याइ सक्यो। तै प्रदर्सनी म्याच मै भए पनि भरखरै साम्प्रासले फेडेररलाई एउटा म्याचमा हराउँदा त्यती बुढो पनि भईएको छैन कि जस्तो लाग्छ। जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने बानी परेको पुस्ताको मान्छे जयसुरियाले पनि सन्यास लिइसकेछ। तै अझै धेरै बुढो नै त भईएको छैन भनेर आँफैले आँफैलाई सान्त्वना दिन अझै एक दिवसिय मै भए पनि जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने मौका मिल्ने नै छ।

बर्लिन पर्खाल भत्काइएको क्षण टि भि मा हेरेको पुस्ताको मान्छे अहिले त्यही भत्काइएको पर्खालको पारी पट्टी बस्न थालेकै आधा दसक बढी भईसकेछ। पहिलो पल्ट सि एन एन  आउँदा 'अपरेसन डेजर्ट स्ट्रोम' को पहिलो दिनको कारवाहीको प्रत्यक्ष्य प्रसारण हेरेको मान्छे, अहिले त सद्दाम हुसेनको नामोनिसान मेटाएर इराकमाथि अमेरिकि कब्जा भएको पनि आधा दसक भइसकेछ। समय धेरै अगाडि बढी सकेछ।
 
पोहोर साल दसैंमा घर जाँदा पुरानो कलेज पनि गईएको थियो। त्यतिबेला भरखर एउटा टहरोमा क्यान्टिन सुरु गरेको दाइले मजाको पक्की क्यान्टिन बनाइसक्नु भएको रहेछ। अझ त्यतिबेला भरखर जन्मेको उनको छोरा त घाँटिमा टाइ झुन्ड्याएर स्कूल जाने भाईसकेको रहेछ। त्यतीबेला मलाई 'भाई' भन्ने क्यान्टिनको दाइले यसपाली 'सर' भनेर सम्बोधन गरेको सुन्दा समयको गती महसुस भयो, साँच्ची समय कती चाँडो बितिसकेछ।
 
'लौ हेर, झन यसपली क्रिसमस ट्री किन्न त गएन गएन, सजाउने काम त गर भनेको पनि सुनेको नसुने झै गरेर आराम कुर्सी मै के के सोचेर बसिराखेको रहेछ !'
 
मेलानीको आवाजले झसँग भएर बर्तमानमा आउँछु। मेलानी तथा अरु साथीहरु मलाई प्रश्न बाचक दृष्‍टिले हेरिराखेका छन। भुँइमा सेतो जालिमा प्याक गरेको क्रिस्मस ट्री जस्ताको त्यस्तै छ, दसैंमा काटेको खसी जस्तै डङ्रङ लडेको। त्यही भुँइमै क्रिस्मस ट्री सजाउन प्रयोग हुने सामानहरु पनि बट्टाबाट झरेर भुँइमा छारिएका छन: बत्ती, घन्टिहरु, कपास अनि  झिलिमिली कागजका टुक्राहरु!

 
 
MERRY X-MAS!!

Last edited: 25-Dec-07 11:15 AM

 
Posted on 12-25-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Merry Christmas to all Sajhabasi.

चौपारी सम्मेलनाँ भउते र पुन्टे दा'ले देखाको चर्तिकला;

Last edited: 25-Dec-07 03:45 PM

 
Posted on 12-25-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते
चौतारी भेला पनि सक्कियो--पाहुनाहरुलाई पनि बिदा गरियो
२/३ दिन बितेको पत्तै भएन
सबै जाना सोचेको र सुनेको भन्दा अझ बढी नै रमाइलो लाग्यो, भनौं तेस्को बर्णन गर्न शब्द नै भेटिएन
शायद धेरै नै मेल मिलाप र रमाइलो सँग बिताएको हुनाले अन्त्यमा बिदा हुने बेलामा कता कता नराम्रो लाग्यो
सबै को दिन राम्रो हुँदै होला

Merry Christmas !

 
Posted on 12-25-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwanche bro..........Long time no see yar? Deutchland mai masti hola ni hoina?, Ritthe, Ishowr ani Deep bro lai pani Merry xmas hai.

 

Ani hamra CHAUTARI ka buddaharu kata gaye? Meeting ma k k bhayo sunnalai hatar bhai sakyo.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
I hope all the fake Nepali refugee get deported
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters