[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 182265 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-27-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा बुरो अझै व्यस्तताको कारणले बिजि हो कि??? :)

जदौ! ठुल्दाई र ठुल्नानी!

यिनि पुन्टे बुडा असाधारण बेलामा जाग्दा'रेचन, असाधारण बेलामा हसुर्दारेचन, असाधारण बेलामा पसारिँदारेचन अनि असाधारण बेलामा चौतारीमा एक्लै आएर फत्फताएर जाँदारेचन्। भगवान यिनि बुडाको रछ्छे अरुन्!
 
Posted on 07-27-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अरेओ हो मास्टरनी नानि, तो मिस्सि बास्सा हाम्लाई था छैन, जाबो छक्का पन्जा त था नभा गाम्लेलाई मिस्सिको रे, के मिस्सि के बास्सा!!
लु नमस्ते फर्काएँ मइँले नि!
 
Posted on 07-27-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि नमस्कार ठोके है सप्पै गाम्ले साथीहरू लाई हाप्पी फ्राइडे
 
Posted on 07-27-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दादु क्या राम्रो कबिता लेखेको। बिर्खे दाई मलाई नक्कली भनेको हो?

राहुल दा नामअस्ते
 
Posted on 07-27-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि गफ सुन्ने मन त भा'को हो तर रातभरि साहुको रँगेर आ'को, निद्रा देविले निम्तो दि'रा छिन् ।
सबैलाइ हाइ र बाइ ।
 
Posted on 07-27-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर को खुट्टा काट्
 
Posted on 07-27-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि नमस्कार ठोके है सप्पै गाम्ले साथीहरू लाई हाप्पी फ्राइडे
 
Posted on 07-27-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे , दादा, मास्टर्नि नानी, कपिक्याट,रिठ्ठे, आदि इत्यादि सबै मा पुन: तारेमाम्।
 
Posted on 07-27-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेह ठुलि, तिमिलाई जिस्क्याएको हैन नि।
त्यो कविता हैन लोकगित हो के! :)

लोल! हुँदा हुँदा ठुल्दाई नि तााााअअआआआ गर्ने!
अब यो ताााााआआअअ लाइ केहि अर्थ लाग्ने स्टाइलमा चेन्ज गर्नु पर्यो कसो ठुलि? जस्तै " नमस्ते गाम्ले साथिहरु के छ त??"
अथवा, " तअअअ के छ गाम्ले साथिहरु?" अथवा, "नमस्ते! तअअअ के छ गाम्ले साथिहरु?"

 
Posted on 07-27-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ती नियमापत्ती,
दुर्गे दि त्यस्तो अल्छि गर्न पाइन्न है । झ्यालि भयो त्यो त
 
Posted on 07-27-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दुर्गे माता(भाउजु), हुँदा हुँदा रसबरिको रेसिपि त भयो भयो सबैलाई नमस्कार गर्ने कुरा पनि टाइप नगरेको हे हे हे हे
 
Posted on 07-27-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हत्तेरिका!!
हन के भन्नु हुन्छ जिम्मालबा हउरले ? त्यो के जाती मिस्सी बास्सा त मुलाइ नि था छैन


 
Posted on 07-27-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो कलि धपक्कै बलि
दिदी भन्दा बहिनि झन नक्कली
ऐना टल्काउने
ऐना टल्काउने झ्यालमा बसेर आँखा सन्काउने

केको सियो फलामे सियो
नक्कलीलाई फकाउने मन थियो
तारा खसाउँदै
झ्यालमा बसेर आँखा सन्काउँदै

बनको चरी बनैको हुट्टिट्ट्याउँ
यो मायालाई कसरी उछ्छिट्ट्याउँ
रेलको झ्यालैमा
माया बसेछ ख्याल ख्यालैमा

शुक्रबारे जदौ यो बिर्खेमाइलाको
 
Posted on 07-27-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि नियमापत्ती नियमापत्ती,
दुर्गीसिस लौ झट्टै राख्न्नुस् हउर्ले त्यो के जाती रसबरिको रेसिपि खान मुन लाइसक्यो भन्चु र:)
 
Posted on 07-27-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा अझ मलाई जिस्काको होइन भन्दै जिस्काउछ के?
बिर्खे दा सेप्तेम्बर आउन लाग्यूऊूऊूऊूऊू। हजुर ले टिकेट बुक गर्नु भो।
 
Posted on 07-27-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे भाइ तेसो नभनन कोइले काइ हामलाइ पनि योसो कोपि पेस्टो गर्न मुन लाग्छ के
जिम्माल बा तेसो नभन्नुन । कुनै दिन यसो टाइम मिलाएर रसबरि बनाउने रेसिपि राख्ने छु के
 
Posted on 07-27-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन प्रशान्त तामाङ ?

प्रशान्त तामाङ दार्जिलिङको तुङसुङवासी हुन् र हाल कोलकत्ता पुलिसको सिपाहीमा कार्यरत छन्। उनी कोलकत्ता पुलिसको “अर्केष्ट्रा ब्यान्ड” का गायक हुन्। ४ जनवरी १९८३ मा दार्जिलिङ को तुङसुङ भन्ने स्थानमा आमा रुपा तामाङ र स्व.बाबु मदन तामाङको कोखबाट जन्मिएका प्रशान्तका दुई दिदी अनुपमा र अर्चना छन्। प्रशान्त दार्जिलिङको स्थानीय सेन्ट रोवर्टस स्कुलमा पढ्दै गर्दा कोलकत्ता पुलिसमा कार्यरत उनका बुबाको अचानक निधन भएपछि घरमा आर्थिक स्थिति र्टार्न हम्मेहम्मे पर्दै थियो। प्रशान्तको माध्यमिक परिक्षा सन् २००२ मा थियो तर उनले आफ्ना बाबुको स्थानमा कोलकत्ता पुलिसमा काम पाउने पक्का भएपछि आफ्नो घरको आर्थिक स्थितिलाई टार्नको निम्ति पढ्ने मन हुंदा हुंदै कोलकत्ता पुलिसमा सिपाहीको रुपमा भर्ती भए। कलम समाउने बेलामा उनी खाकी लुगा लगाएर कोलकत्ताको गल्ली गल्ली पुलिसको डन्ठा समाउदै हिडे। कोलकत्ता पुलिसका जोइन्ट कमिशनर अफ पुलिस साथै एडिसनल कमिशनर जुल्फीकर हसन र डेप्युटी कमिशनर अफ पुलिस राजेश सुवर्ण (हाल दार्जिलिङ जिल्लाका एस.पी.) ले कोलकत्ता पुलिसमा २००५ मा एउटा ब्यान्ड स्थापना गरे जसलाई अर्केष्ट्रा ब्यान्ड भनि नामाकरण दिए। त्यही ब्यान्डमा प्रशान्त मुख्य गायकको रुपमा कार्यरत भए। जुन ब्यान्डको लक्ष्य गाउं गाउंमा गएर त्यहां रहेका एनजिओहरुसित मिलेर कार्यक्रम संचालन गर्नु रहेको थियो। जसको लक्ष्य साधारण जनताहरुसंग पुलिसको सम्बन्ध बढाउनु थियो।
 
Posted on 07-27-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गा भाउजु मलाई त रिसिपि होइन, रसबरि पठाइ दिनुस्।कहाँको बनाई राख्नु नि, बनाउन्जेल् सम्ममा अघाउन्जेल् खाने नि। तारेमाम्।
 
Posted on 07-27-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दर्शन ! लु अहिलेलाइ रसबरिको रेसिपि चै होइन रसबरि नै टासिदेको छु !

 
Posted on 07-27-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यो वीकेन्डमा रसबरी बनाम्ला भनेको त्यत्तीकै हुने जस्तो छ। ठुल्दाइ, बरु मोमोको रेसिपी लेखिदिनुस् न, त्यही खान पर्ला जस्तो छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters