[VIEWED 165266
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-29-10 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८३ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 29-Mar-10 10:06 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-07-10 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे, नेपाल ले जित्यो , नेपाल ले हार्यो ( माधव नेपाल नि फेरी) । पुरे अट्न त मज्जाले अट्ने अझै ठाम छ । जाने भए जाम । एउटा समस्या छ, पर ब्याग २३ केजी मात्र भन्छ, २३ केजी भन्दा बढी नै होला भन्ने मानेको छु । काटकुट गर्ने मिलेन ,क्या फसाद ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-07-10 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रामे ठुल्दाइ पुरे हेर्दा हेर्दै ठुल्दाइ पनि नेपाल जाने भएछ, खपराँ त लेखेर नै आरैछ ल ठुल्दाइ धेरै मोज गर्नु - चर्को स्वर मा भाषन गर्नु - दुई चार ढुङ्गा हिर्काउनु - म: म: खानु , हाकु छोएला खानु, वो खानु, बारा खानु, कचिला खानु, सुकुला खानु, पौक्वाँ छोक्वाँ लैक्वाँ जे जे छ सबै खानु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-07-10 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काटकुट गर्न मिल्छ किन नमिल्नु - पुरे लाई काटकुट गर्न त म तयार छु हात दुइटा को २३ किलो खुट्टा एउटा को २३ किलो को हिसाब ले ४६ किलो अब जिउ को ४० किलो जती होला भन्ने मानेकोछु अब बाँकी रह्यो टाउको - अब त्यो जहिले नि किच्किच गर्ने मुख भा, भ्रस्त दिमाग भा, नचाहिने कुरा देख्ने आँखा भा नचाहिने कुरा सुन्ने कान भा टाउको के काम - तैपनी लाने नै हो भने ६ किलो ल भनेपछी जिउ र टाउको गरेर ४६ किलो जम्मा गर्दा ११५ किलो हुने रैछ, ५ वटा सुइट्केस मा त ठ्याक्कै जान्छ ल - के छ बिचार लग्ने हो कि
Last edited: 07-Apr-10 09:11 AM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ पीर बिसाउनै गार्हो छ तर म यस्तै पीरहरुमा रमाउने मान्छे मलाई रुखो शाहआनुभूती नै प्यारो छ बुधवारे जदौ सबै गाम्लेहरुलाई। ठुल्दाइ, राम्या ताल त्यस्तै हो। बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्दैमा फुर्सद हुन्न। पूरे पनि अब एकैछिनमा थुतुने किताबमा होला नभए देखी खेलकुद साइटहरुमा त पक्कै। पूरेले अफ्गानी र फूटबलको कुरा निकाल्दा तालिबानकालीन एउटा समाचारअको सम्झना आयो। अफ्गानिस्तानमा तालिबानले फूटबल खेल्न दिनु नै आश्चर्यको कुरा थियो तर त्यो भन्दा आश्चर्य लाग्दो कुरा भने नियमहरु। जर्सी र कट्टु लगाएर खेल्न नपाईने, सलवार कमीज लगाउनु पर्ने। दर्शकहरुले ताली बजाउन, गोल भनेर कराउन, उफ्रिन आदी केही गर्न नपाउने र त्यसको सट्टा "अल्लाह ऊ अकबर" मात्रै भन्न पाउने। एक पटक पाकिस्तानसँग मैत्री खेल भएछ अफ्गानिस्तानमा, त्यो पनि तालीबानको गढ कान्धारमा। पाकिस्तानी खेलाडीहरु त जर्सी र कट्टुमै मैदानमा उत्रिए। खेल रद्द भयो र सजाय स्वरुप सबै पाकिस्तानी खेलाडीहरुको कपाल खौरिने कार्य सम्पन्न भयो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-07-10 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल बाउचा पनि आएछ। पूरेको तौल कसरी अनुमान लगाउन सकेको हो? ठुल्दाइ, सूर्य तान्नुहोस्। मम, छोएला, कचिला, वो, चतामरी, लाखामरी टन्न खानुहोस्। मुख छोपेर हिंड्नुहोस् नत्र फर्किंदा एअरपोर्टमा रोक्ला पासपोर्टमा एक थरी फोटो तर काठमाडौंको प्रदूषणले अनुहार अर्को देखिएर। टेम्पो चढ्नुहोस्, माईक्रोबस चढ्नुहोस्, ट्याक्सी चढे मिटरमा कसरी पैसा चढ्छ एक नाशले टोलाई हेर्नुहोस्। क्यामरा नछुटाइ हिंड्नुहोस् अनि ब्याट्री टन्न बोक्नुहोस्। रिचार्जेबलको काम छैन, टुकीले चार्ज गर्न भएन। फोटोकै कुरा गर्दा ठुल्दाइको एउटा राख्दिम् न।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि यी औतारीहरुलाई पनि चीनम् है त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-07-10 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली टिम पनि चोकर नै त हो , दिक्क लाग्ने गरी - जहिले नि लास्टाँ गएर हार्ने - फाइनल सँग एलर्जी छ कि के हो नेपाल लाई साउथ अफ्रिका जस्तो, के हो के हो लेख्नु लेखी हाले, पढोस् नपढोस् बालै भएन नि कि कसो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-07-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे , चिप्ले । नेपालाँ गए सि पहिलो दिनको पहिलो कार्य महेन्द्र बौचा को पसलमा म: म: खानु बाहेक अरु कुनै निश्चित छैन । बातावरण हेरी समय अनुसार कदम चाल्ने हो। नेपालको भबिष्य जस्तै आफ्नो पनि अनिश्चित भबिष्य छ । क्रिकेट टिमले जस्तै फाइनल हार्न बेर छैन ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 04-07-10 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे किन कराइरहेको ........... थुतुनो किताबमा नगएर ..... ए ठुल्दाइ ....... अाइसकेछ त है नेपाल जाने दिन नि ...... ल राम्ररी जानुस् क्यारे .... रिठ्ठे ले जस्तो माया नमार्नुस् .... चिप्ले ले जस्तै राम्रो राम्रो अझ राम्रो फोटो हरु खिचेर लेराउनुस् ...... रेचार्जेबल भन्दा टुकी वाला क्यामरा ठीक होला जस्तो छ . त्यही बोकेर जानुहोस् ...... ठुल्दाइ, थाहा छ नि तपाईंलाई ..... सुरु भयो .... बिहान उठ्ना साथ दौडिन पर्यो नि ...... जिउ तन्दरुस्त त राखनै पर्यो नि .. मखुला ठुल्दाइ ? लहरे ले गरेको भाग बन्डा मा त्यो काम नलाग्ने टाउको चाँही नलगे हुन्छ है ठुल्दाइ, नत्र नेपाल मा पनि किच किच गरेर हैरान गर्छ त्यो टूक्रा टुक्री ले ..... चिप्ले लाई कस्ले रुखो सहानुभुति दियो? चिप्ले ले भनेको जस्तै बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्न पाये त यो चौतारी बहिस्कार गरिदिन्थे ......... अनी ठुल्दाइ, ट्याक्सी, मिटरवाला ट्येम्पो चडदा त्यो मिटर नहेर्नु है ....... नत्र रिंगटा लागेर वाक वाक लाग्छ ..... चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने ....... अर्को भक्ते, नमे र टुसे हो कि क्या हो ? चिन्नै गाह्रो भयो मलाई त .....
Last edited: 07-Apr-10 10:30 AM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने के भन्छ रामे? फोटो खिचेको मैले, म कसरी हुनु त्यहाँ। अनि अर्को कुरा कती चोटि सम्झाउनु पर्ने, चौतारीको सबैभन्दा जवान औतारी २२ बर्षे चिप्ले हो भनेर?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 04-07-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२ घण्टा त भएछ नि कोइ पनि नआएको ..... ठुल्दाइ नि कहाँ लागेको हो कुन्नी ....... चिप्ले सर, २ बर्ष अगाडि म नेपाल गएको थिए ....... म पनि भएको फोटो राखौ ? आफ्नो क्यामरा मा त आफ्नो फोटो नै हुँदैन जस्तो .....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-07-10 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दोस्रो राउण्डको। चिप्ले सरको स्पष्टिकरणको २ घण्टा पछी पनि कोइ औतारी न चियाउनु को रहस्य के हो ?? युबा जमात लरकी छैन भनेर फरकी न आउने , बुढाबर्ग आफु बुढा हैन भनेर घुरकी र मुरकी देखाउने ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 04-07-10 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले आफु भन्दा २ मिनट अगाडि आएको तन्नेरिलाई देख्नु भएन छ .........
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे, हेरम् न त फोटो। मेरो हकमा भने प्राय: एक्लै डुलेको तथा अरुलाई फोटो खिच्न खासै अनुरोध पनि नगरेको प्रष्ट पार्दछु। त्यसको अर्थ यो पनि हो कि त्यो बुढो तस्याहा खालमा जवान चिप्ले सहभागी थिएन। यसो हेरेर फोटो खिचेर आफ्नो बाटो लागेको कुरा सबैलाई चेतना भया। खोइ ठुल्दाइ, अहिले यस्तो छ पर्सी देखि झन् के हुने हो। रिट्ठे फर्केछि यसो मुख देखाउला कि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-07-10 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिटिङ थियो, सिटिङ गरेर आइयो। बज्या प्रोगेसर गोरुले जान अघी पनि मिटिङ बोलाउन छोडेन । बुढा जमात मा ठुल्दाइ कहाँ बाट आयो चिप्ले ?? ठुलोकाका, ठुलोबुवा, ठुलोहजुरबा भे पो अर्को कुरा । मखुला ??
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-07-10 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ख ख ठुल्दाइ। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार। मखुला?
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-07-10 6:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
watch this funny song 2536452
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-07-10 6:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-07-10 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|