[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186776 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, मैले त यो बुढोलाई हेपेर हड्डि नै दियो हेरि र ग्वाचे मिलेर, चिलिम् चाहिँ सबै स्वाहा गरे पो भनेको। कसले पुरस्कार् लिए, दिए भनेको छैन क्या रे, झुटो बोले शिब् जी को बुटिले भस्म होस् ।
 
Posted on 01-30-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे जदौ यो बिर्खे माइलाको!!!

यहाँ के हुँदैछ कसैले यसो बुझादिनुहुन्छ कि? I am lost.
 
Posted on 01-30-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले, त्यो बाल कबिता भट्टाउन पर्ने रे। भोलि मीसले सोध्नु हुन्छ रे किलासां।
 
Posted on 01-30-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-30-07 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्स् लाइ पास्स् भनिदिम्ला क्यारे, क्यार्न दरौनु ,आफ्नै मिस्स् आफ्नै चौतारि,बस्न परे बसुला बरु कुखुरो बनेर दिन्बर चौतारि मा बरु अरु गाम्ले ले मलै नै भाले देखेर काटेर खादा पो हुन् कि दर् नै लाग्छ हो कि कसो???
 
Posted on 01-30-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghoknai parne khas kehi dekhina maile ta mathi ko rahuljee ko TUKRO ma . baru harile bhanya jastai kagaj ma rakhera 'Baala kavita' garda ni hune jasto ( narisam hai ) maile ta baru talako Shabda harulai nai chautariko choto paribhashako roop ma bujheki chhu...

' हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता'
.
 
Posted on 01-30-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ
' हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता'
.
source: name and subha
 
Posted on 01-31-07 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ राते? जिउदै हो उत्तर तिर? अहिले त चौतारीको त मेसो पायो होला के रे ।
 
Posted on 01-31-07 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे जदौ यो बिर्खे माइलाको!!!

यहाँ के हुँदैछ कसैले यसो बुझादिनुहुन्छ कि? I am lost.

जदौ
' हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता'
.
source: name and subha
 
Posted on 01-31-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमी देखिने गरी म उभिएँ त्यो भिडमा
हो, म पनि त्यतै कतै थिएँ त्यो भिडमा

पिउनेहरुको भेला थियो, मैले पनि
एक प्याला तिम्रो नाममा पिएँ त्यो भिडमा

जानीजानी लुकाएर तिम्रो नाम मिसाएको
मेरो नया परिचय दिएँ त्यो भिडमा



जदौ सबैलाई!
 
Posted on 01-31-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआअ ।
 
Posted on 01-31-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे जदौ यो बिर्खे_माइलाको!!!

यहाँ के हुँदैछ कसैले यसो बुझादिनुहुन्छ कि? I am lost.
 
Posted on 01-31-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआअ ।

के हुदै छ हो गोताएँ दाजु?? ठूली चिया खायौ?
 
Posted on 01-31-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा नि झुल्क्या र'चन, नमस्ते टक्र्याएँ है!
 
Posted on 01-31-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि चिया खाए । तिमीले खायो ।
दादा नि आउनुभएछ । के छ दादा ।
रोल # ६ ठुलि
हजुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्
 
Posted on 01-31-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गोतामे ज्यू, दादा, ठूली, हरी के छ हालखबर?

गोतामे ज्यूको कविता गज्जबको गयो।

रोल नं ८ चित्रेऽऽऽऽऽऽ
हजूऽऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ
 
Posted on 01-31-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे, जमघट हुँदै र'च के रे!
के छ ताताताताताताता थुलु, दादु एण्ड हलु?

:)
 
Posted on 01-31-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, जदौ, नमस्ते, जय नेपाल । आ-आफ्नी हिस्साको अभिबादन स्वीकर्नु होस् ।
 
Posted on 01-31-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरे है सप्पै लै !:)

कति सदै ढेडो मात्रै खानु कहिले त यसो नातिनातिनिलै नि हुने इष्टमित्राउदा नि हुने सेतो मसिनो खान नि हुने , आज ब्यानै देखुन चर्को घाम लाइरा देखेर धानको बिस्कुन हालेकिम के रे। कहिले भंगेरो कहिले कुखुरा काहिले फिस्टेँचरो ले पालेपालो आउदै खादै जादै पो अर्न थाले । जति हा! हा! अर्दा नि नहुने । अनिखेरि मेरो पालो यसो लुकेर कुचो को झटारो हानेको त फिस्टे चरो त 'ऐया!! मिस दि ' भनेर कराओ। हन के भयो यस्तो हुदा हुदा चरा चुरुंगी नि मेरो नाम लिन थाले भनेर नजिकै गएर हेरेओ त सानो दुब्लो फिस्टे चरो ले पो त " चिन्नु भे'न र?' भन्छ बा । 'म क्या त (dilute) दिलबादुर के हउरको लागि फिस्टे चरो बनेको के । सप्पैले भने के रे मुर्गा बन भनेर मलै त फिस्टे चरो हुन मन लाओ।'
***************************************************************
राहुलदा हउरको कबिता लेख्नु र ह्या टाँस्दा (प्रकाशित) मलै किन सोध्नु पर्यो त?? जस्को दिमागले जस्तो देख्छ त्यस्तै लेख्ने त हो नि । फेरि आफैलाइ नै ठिक नलागेको भए किन प्रकाशितगरेको - मेरो मतलब टाँसेको (?) जब हउर लै ठिक लाओ ह्या राखि हाल्नु भो त मेरो अनुमति किन ?? यो सार्बजनिक धागो हो जस्ले जस्तो बुट्टा नि भर्न सक्छ । त्यो मान्छे को प्रकृतिमा भर पर्ने कुरो हो ।
*************************************
....जानीजानी लुकाएर तिम्रो नाम मिसाएको
मेरो नया परिचय दिएँ त्यो भिडमा ...--- गौतमजीको यो चै पंक्ति निकै मनपर्यो मलै
 
Posted on 01-31-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको कथा पनि कतिले त सुनिसकेको हुनुपर्छ। नरिसाम् है! :)

चौतारी स्वस्थानी व्रतकथा - २७
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जलदेवताले घन र बन्चरो आफैंले राखेपछि ग्वाँचेलाई पनि पर्नु पीर पर्यो। "त्यो बन्चरो मेरो हो" भनुम् भने जलदेवताले त्यहीं बाबुको बिहे देखाइदेलान् भन्ने पीर। बन्चरो नलिई गए ऋण माथि ऋण। यस्तो दुखमा परेपछि कही नलागेर जीउमा खरानी धसेर जोगी जस्तो बनेर गरी कान्तिपुर तिर लागे।

कान्तिपुरमा सडक सडकै डुल्दा एउटा कालो चस्मा लगाएको, कालो सुट लगाएको मान्छेले निकै बेर पिछा गर्न लाग्यो। भाग्ने प्रयास गर्दा पनि केही शीप नलागे पछि त्यस मानिससँग रिसाएर सोध्न लागे "हे मनुष्य! तिमी को हौ? र किन मेरो पिछा गरिरहेका छौ?" ग्वाँचेको यस्तो कुरा सुनेर उक्त मानिसले उनलाई एकान्तमा लगेर सोधपुछ गरेपछि भन्न लाग्यो "हेर, म एक व्यापारी हूँ। दुई चार दिनको लागि तिमीलाई मिल्ने काम छ। पैसा पनि मालामाल हुन्छ। हामी साथीहरु मिलेर पुरातत्व बिभागले हाल नियन्त्रणमा लिएको एउटा मन्दिर र मूर्तिहरु फेला परेको ठाउँ छ। आज राति हामीहरु त्यो मूर्ति अस्ट्रिया र बेल्जियम नाम गरेका मुलुकहरुमा लगेर बेच्ने तर्खरमा छौं। तर एउटा समस्या छ; त्यो के भने भोलि बिहानसम्ममा मूर्ति हराएको कुरा प्रहरीलाई जसरी पनि थाहा भइहाल्छ। तिम्रो अनुहार र शरीरको बनोट शिबजीको मूर्तिसँग दुरुस्त मिल्दो रहेछ। झन यो खरानी धसेपछि त कसैले चिन्ने सम्भावना पनि छैन। त्यसैले केही दिनका लागि शिबजीको मूर्तिको सट्टामा तिमी नचलेर बसिरहनु पर्यो। हाम्रो माल ग्राहकको हातमा परेर कुरा साम्य भएपछि कुनै दिन राति म आफैं तिमीलाई लिन आउनेछु। पैसाको चिन्ता नगर, पाँच लाख रुपियाँ अहिले दिउँला र काम फत्ते भएपछि प्रत्येक दिनको एक लाख पाउनेछौ।" यस्तो सुनेर ग्वाँचे पनि "ऋण तिर्ने उपाय पनि मिल्यो। बसी-बसी लखपति पनि हुने भइयो। कहाँ अरबको घाम, कहाँ नेपालको शीतल!" भन्ने सोची तत्कालै सहमति जनाए।

तहाँ उप्रान्त त्यस मानिसले उनलाई गुह्येश्वरीको जंगलमा लग्यो। जंगलको बिचमा उत्खननको अवस्थामा रहेको मन्दिरभित्र पसेपछि उक्त मानिसले उनलाई नक्कली जटा, नक्कली सरप, नक्कली बाघको छाला लगाइदियो र घाँटी, जटा र कुममा रुद्राक्षको माला पहिराइदियो। अनि भन्न लाग्यो "हे ग्वाँचे, तिमी यो मूर्तिजस्तै देखिन्छौ। यो ज्याकेट रातभरि लगाए हुन्छ। तिमी बस्नेठाउँको तलतिर एउटा ठुलो प्वाल खोपेर राखेको छु। राति कोही आयो भने चाहिं ज्याकेट तत्काल त्यहीं लुकाऊ। नत्र भने भोलिबिहान भएपछि त्यहीं लुकाएर दिनभर अचल अवस्थामा बस।" भन्दै लाख-लाखका बिटा पाँच ओटा थमाइदियो र शिवजीको सक्कली मूर्ति बोकेर फर्कियो।

रात परेपछि ग्वाँचेलाई वनको एकान्तमा डर लाग्न थाल्यो। कहिले उल्लु कराउँथ्यो भने कहिले जंगलको बिचबाट बाघ कराए जस्तो लाग्न थाल्यो। कहिले मान्छे बात मारेको जस्तो भान हुन्थ्यो। यो पूराना कुराहरु फेला परेको ठाउँमा भूत-प्रेतले तर्साउन पनि के बेर? झन भूत, प्रेत, पिशाच त महादेवको गणमा पर्छन् केरे भन्दै ज्यानको पीर गर्न लागे र भोलिपल्ट बिहान हुने बित्तिकै भागेर गाउँ फर्कने प्रण गर्न थाले।

यस्तैमा मन्दिर वाहिर कोही हिंडेको आवाज आएकोले ग्वाँचेले तत्काल ज्याकेटलाई आफू बसेको ठाउँको तल्तिर लुकाए भने पैसा चाहिं बाघको छालाभित्र घुसारे। जुनेली रातमा ढोका बाहिर चारखुट्टे जनावरको छायाँ देखेपछि त झन सातो नै गयो। एक मनले "यो गुह्येश्वरीमा केको बाघ होला र? वानर होला" भन्ने सोच्यो। अर्को मनले "बाघ भनेको त देवीको वाहन पो हो केरे! गुह्येश्वरी भगवतीको वनमा बाघ नभए कहाँ हुन्छ त?" भनी ठम्याएपछि त मुटुमा ढ्याँङ्ग्रो ठोक्न थाल्यो। आङ् पुरै सिरिंग भयो, अनि घुटुघुटु थुक निल्न थाले। नभन्दै ढोकाबाट राजुको पपीजस्ता कुकुरजस्तालाई एकै गाँसमा चारवटा खाइदेला जस्तो ठुलो, ज्याङ्गो, चार खुट्टे पशु लमक लमक गर्दै कोठाभित्र छिर्यो। आफैंले बेरेको जस्तो टाटेपाङ्ग्रे छाला र पिर्लिक्क पारेको आँखा देख्ने बित्तिकै ग्वाँचेलाई के हो भनेर ठम्याउन गहारो परेन; बाघ सामुन्ने खडा थियो।

बाघ भने वरिपरि राखिएका सबै मूर्तिहरु एक-एक गर्दै सुङ्दै आफूतिर आउन लाग्यो। आफ्नो पालो आएपछि होस बेहोस होला जस्तो भए पनि सहने साहस गरे र सास रोक्न लागे। तर, माघ महिनाको जाडोले ज्यान लुगलुग काँप्न थाल्यो भने त्यही जाडोको बाबजुद निधारमा चिटचिट पसिना आउन थाल्यो। अन्त्यमा अनायसै घुटुक्क थुक निल्न पुगे। त्यो थाहा पाएर आफूबाट हट्न लागेको बाघ आफूतिर फर्कियो। ग्वाँचे "ल जिन्दगी खत्तम भो" भन्दै मनमनले रामको नाम जप्दै लामो सास तानन लागे। बाघ उनीतिर आएर एकछिन घोरियो र, अचम्मको कुरा, भन्न लाग्यो "ब्रो नयाँ हो? यसो गाँजा छ भने एक स्टिक पास गर न यार। यो जाडो रात के गरेर कटाउने? मेरो पनि तिम्रै जस्तो हाल भ'को ४-५ दिन भयो। आफूले त झन ढाड सिधा बनाएर पनि हिंड्न पा'छैन।"


इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तर्विंशोध्याय॥२७॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters