[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 172874 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-26-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे बिहानीको जदौ! यो बिर्खे माईलाको!


 
Posted on 08-26-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो ! गाथ को वारेन्टि सक्किन लायो रे? भये नि पार्ट पुर्जा हरु कन्डिसन मै छन होला नि ! बेला बेलामा ग्रिजिङ गरिरहनु पर्‍यो ब्रो !


पुरे, चौतारी को संस्थापक सदस्य मध्ये कै एक हुन हाम्रा नमे कान्त नगरकोटि (nepalean)


जिम्माल बा जदौ !


अब चौतारी मन्त्रिपरिशद ले मेरो बार्सीकोत्सव को अघी को प्रस्ताव लाई अध्ययन गरी अनुमोदन गर्नु पर्‍यो !


 
Posted on 08-26-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, रिट्ठे, राजु मास्टर, पुरे, जिम्बाल, दीप ब्रो अनी नमे


चौतारी को ह्याप्पी बिर्थ डे आउन लागेको ले जो जो हराएका छन् सबैलाई


ल्याउने प्रयास गर्नु पर्‍यो ।


सेप्टेम्बर ७, सोमबार को दिन पर्ने रहेछ भनेपछी दुई हप्ता बाँकी छ


पुराना गाउले हरुले पोस्ट नगरेपनी चौतारी हेरिरहनु भएको छ पढिरहनु भएको छ जस्तो लाग्छ


त्यही भएर हल्ला खल्ला मचाउ चौतारी सबै औतारी लाई त्यो दिन चौतारी तानेर लिएर आउँ, जन्मदिन धुमधाम सँग मनाउँ 


 
Posted on 08-26-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गाथ र गाँठको आरामको तालमेल मिलाउन साह्रै गाह्रो हुने रहेछ-- गाथ आराम राख्न खोज्यो गाँठको बेहाल हुने, गाँठका आराम राख्न खोज्यो गाथको बेहाल! चिप्लन पनि बेला बेलामा दुबै थाहा नदिइ चिप्लन्छन कहिलेकाहिँ! चिप्ले खै आज??


 
Posted on 08-26-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-जन्मोत्सव मूल समारोह समिती गठन:


सेप्टेम्बर महिनाको ७ तारिखका दिन आऊन लागेको चौतारीको चौथो शुभ-जन्मोत्सव धुमधामका साथ मनाऊन तिनदिने कार्यक्रमको आयोजना गर्ने गरि,  श्री लहरेकान्त लाकौलको अध्यक्षतामा चौतारी शुभ-जन्मोत्सव मूल समारोह समिती गठन गरिएको छ। यसपटकको जन्मोत्सवमा दीपको सुझावलाई मध्यनजर राख्दै चौतारीलाई 'नागा प्रदेश' तथा 'मरूभूमी' नबनाऊनका लागि हरसंभव प्रयास पनि गरिने छ!


चौतारी मन्त्रीपरीषद्


 
Posted on 08-26-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेन्ट र खानाको ब्यबस्था म गरौला चिन्ता नगरे हुन्छ रिठ्ठे बरु खसी बर्दिया तिरको है दुइटा, अनी कालो बूङूर धरान तिरको ब्यबस्था गर जिउदै है अनी मार हान्नु पर्छ , मार हान्ने जिम्मा चै तिम्रो र ठुल्दाइको है, अनी मार हानेसी टुक्रा गर्ने अनी पकाउने चै म गर्छु ।


जिम्माल के छ खबर धेरै दिन पछी आए छौ , लौ एउटा बिडी निकाल त तानौ । 


 
Posted on 08-26-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाई माया गर्छु भन्ने हरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
आज त नमे पनि झुल्किएछ। ठुल्दाइ, बिर्खे, रिट्ठे, हर्के, बाउचा, पूरे, राजु अनि नाम छुटेका वा यो लेख्दा लेख्दै आइपुग्ने सबैलाई एक मुस्ठ तारेमाम।
हेर्दा हेर्दै चौतारी पनि ४ बर्ष हुन लागेछ। नियमित तथा अनियमित रुपमा मैले साझा प्रवेश गर्न थालेको पनि 7 बर्ष हुन लागेछ। २२ बर्षे जीवनको ठुलो हिस्सा साझामै बितेछ। कति पात्रहरुको त अहिले नामो निशान देखिन्न। कतिसँग ब्यक्तिगत चिनजान् अनि भेटघाट पनि भयो।
अरु गन्थन त्यस्तै हो, सेप्टेम्बर ७ भनेको त अमेरिकाको श्रम दिवस पर्छ, काम चोर्न आऊलान् त कोही बार्षिकोत्सव् मनाउन? हर्के त झन महेन्द्र बाउचाको पसलमा मम खाँदै मस्त होला त्यति खेर। बिष्टे पनि पोलेको मकै दार्दै बस्ने होला। बरु ८ तारिखमा गरे कसो होला?
               


 
Posted on 08-26-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ गाम्ले हो?


जदौ चिप्ले सर !


चिप्ले को कुरा एकदम ठीक चित्त बुझ्यो मलाई ! ८ तारिक नै मनाउनु पर्छ होला वार्षिकोत्सव !


ल हर्के मैले खसी र बुङुर किनेर ल्याइदिसके ! अब बाँकी जिम्मा तिम्रो भो !



 
Posted on 08-26-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुङुर झन्डै छुटेको ! हर्के ले सातो खान्थ्यो मेरो !

 
Posted on 08-26-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त पक्का धराने कालो सुङुर जस्तो देखिन्छ। खसी त बिष्टेलाई पकाउन लगाउनु पर्ने हो, बयान निकै सुनिन्थ्यो। कहिले फर्किंदै छ कुन्नी।।  
 
Posted on 08-26-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चिप्ले धराने नै हो ! मुलघाट बाट अघी भर्खर ल्याको !


बिस्टेले पकाको खसीको मासु त ओहो ! बयान गर्ने कुरा हो र त्यो?


अनी कस कस्को हसुराइ सक्क्यो र कस कस्को बाँकी छ खबर बुझाउनु पर्‍यो !


 
Posted on 08-26-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मरन्च्यासे खसी र बूङूर बोकेर आएछ बज्जेले छान्नै जान्दैन बज्जे रिठ्ठे, लु खुरुक्क फिर्ता गरेर आउ अनी जिम्माल सँग गर अली खाइ लाग्दो मासु परेको छानेर लेर आउ त।
तेहित है चिप्ले म त नेपालमा म म मा पुरिएर बसेको हुन्छु चौतारी दिबशको दिन त , तर टेन्ट र खानाको चै बन्दो बस्त गर्छु म जता भएनी।
 
Posted on 08-26-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ, मेरो हसुर्न बाँकी छ। 
 
Posted on 08-26-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको प्रणाम, मेरो हसुर्न बाँकी छ।

त्यो बुङुर र खसी मिसाउने हैन नि है, भन्देको छु, त्यो भ्या भएको नि खान्न म त!

लौ सब्बैलाई री-प्रणाम

 
Posted on 08-26-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असत्ती हर्के त्यस्तो सकस गरेर ल्या' बुङुर र खसी भएन भन्छ बज्जे ! खसी अली मसिनो मसिनै भये नि बुङुर चाँही खाइलाग्दो छ है ! तेइ भएर खसी अली बढी नै ल्याइदेको ! फेरी खसी डोर्याएर ल्याउदै गर्दा बाटमा पान पसलमा मदनवा भेटिएर 'रिठे दाजु एगो खसी हमि लाई बेच्नु हुन्छु?' भन्दै थियो ! मैले हैन मदनवा यो खसी त पर्सी चौतारी भोज लाई ल्याको ! बरु तिमी पनि आउनु भोज मा अनी तिम्रो साउन्ड बाँक्स लिदै आउनु भनेर टारिदिये ! 
 
Posted on 08-26-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


नमस्ते!सन्चै आरामै होइन त सबै जना? !!


 
Posted on 08-26-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो दाईहरु म त साकाहारी हु है।
 
Posted on 08-26-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ब्यान देखी ल्याब र लेक्चर ले चक्कर नै आयो। चौतारीमा चियाउन समेत फुर्सद मिलेन।


चिप्ले, रिट्ठे, हर्के, शुभ, पुरे, बिर्खेबा, राजु, दीप सबैमा तारेमाम।



 


 
Posted on 08-26-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा राजु माड्साप त साकाहारी रे, अब के गर्नी, राजु माड्साप तेसो भे सबवे को बेवस्था गर्न पर्ला जस्तो छ

श्री पुर्व अवतारी सुभे (चौतारी सदस्यता नाम थाहा नभाकोमा माफी पाउम) जि लाई पनि प्रणाम

 
Posted on 08-26-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ शुभ भाई हालखबर? सलामवालेकुम है
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
KP Oli and Nepali Political Corruption
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters