[VIEWED 19475
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-15-05 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here is one of the recent attempts: काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो । न थुक्नु, न निल्नु अमृत, घाँटी सर्कि रह्यो । कति खेर मर्ला र सिनो खाने आशमा जिऊँदो जाग्दो सामू बूढो गिध्द पर्खि रह्यो । " एकै पटक मर्छु " भनि बाँच्ने मान्छे पटक पटक मर्ने डरले तर्सि रह्यो । उत्रनु र डुब्नुको दोसाँधको जहाज देखि बेदनामा, समुन्द्री सतह झन् चर्कि रह्यो । सुनामीले सोतर पारेको आँगनमा पानी तर्काऊन, जमीन फेरी थर्कि रह्यो । Courtesy Paradesh.com
|
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-06-05 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे जी, यो गजलको बारेमा मलाई क्यै था' भे'न के। पढ्दा चै साह्रै आनन्द आउँछ। यसो समय मिल्दाहुँदी बिर्सनै नहुने नियमहरु यता टाँसिदिए कति खुशि हुन्थेँ ल म। कता हो कुन्नि गजलको बारेमा यै साझामा भलाकुसारी भा'थ्यो रे, खोजेको पत्तै लागेन। गुरुका शरण परेँ म त लौ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-06-05 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते भाई, एक नजर यी उत्कृष्ट नेपाली गजलहरुमा लगाम, गजलका नियम, अपवाद, शैलि, विषय यावत् कुराको केहि न केहि भेउ पाउनुहुनेछ । - http://www.nepalikavita.com/contents.php?files=utkrista-gajal गजलमा ध्यान दिनुपर्ने मुख्य तीन कुरा : १. छन्द/मात्रा ('बहर', meter) उर्दु गजलहरु छन्दमा लेखिन्छन् । उर्दु गजलमा प्रयुक्त हुने छन्दहरु संस्कृतका छन्दहरुजस्तै हुन्छन्, तर सेख्खै उदार पनि छन् । तर त्यतातिर नजाम् किनभने गैरउर्दु भाषाका गजलहरु छन्दमा लेखिएका छैनन । छन्दमा नलेखे पनि छन्दको छनक चै दिने चलन छ । प्रचलन अनुसार, शेरहरुका सबै पँक्तिहरुका अक्षर-संख्या (मात्रा) बराबर हुनु पर्छ । लेख्दा र बोल्दा दुबै बेला हुने आधा अक्षरहरुलाई गनिदैन । तर लेख्दा सिङ्गै, बोल्दा भने आधा हुने अक्षरहरुलाई गन्ने नगन्ने कुरामा एकमत/एकरुपता देखिदैन । मेरो विचारमा त्यस्तो अक्षरलाई गन्नु राम्रो । यसको व्याख्या पछि गरम्ला । २. एकानुप्रास ('काफिया', rhyme) सिकारु गजलकारहरुले सबभन्दा बढी गल्ती गर्ने ठाउँ यहि हो । तपाई र शिरिषजीको पछिल्लो शेरहरुमा राता अक्षरका शब्दहरुले 'काफिया' को प्रतिनिधित्व गर्छन् । एउटा गजलमा 'काफिया' के हुने हो भनेर तय गर्ने काम त्यसको आरम्भिक शेर ('मतला', opening couplet) ले गर्छ । शिरिषको 'मतला' को अन्तिम शब्दहरु हेरौं हुन्छन् एक्लै बाँच्नेहरु बुन्छन् एक्लै बाँच्नेहरु यहाँ काफिया भयो ' ुन्छन् । त्यसैले अब अन्य शेरहरुको दोश्रो पँक्तिमा (पहिलो पँक्तिमा अनुप्रास राख्न पर्दैन) "चुन्छन्", "सुन्छन्", "धुन्छन्" मात्र स्विकार्य हुन्छ । 'सुत्छन्' र 'चुम्छन्' मा पहिलो शेरले तय गरेको अनुप्रास छैन, त्यसैले यो अस्विकार्य छ । ३. पुनरावृतांश ('रदिफ', refrain) माथिको गजलमा 'एक्लै बाँच्नेहरु' ले 'रदिफ' को प्रतिनिधित्व गर्छन् । 'रदिफ' अनिवार्य चाहि होईन । रदिफ बिनाको गजललाई 'गैर-मुरद्दफ' गजल भनिन्छ । अहिलेलाई यत्ति नै । तर म पनि सिकारु नै हो है ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-06-05 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
??
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-06-05 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु, खडेरिले भाँजा परेका खेताँ, सललल कुलो सोझ्याइदिनु भो। कम्ति शित्तल त भे'न ल। धन्यबाद स्विकार्नुस यो भउतेको । अनि अन्तिमको शेराँ पैलो पङ्तिआँ हो कि दोस्राँ हो, स्रष्टाको नाम पनि घुसाउन पर्छ भन्दारे'छन् नि,(काँ सुन्या हो कुन्नि, कसैले उट्पट्याङ लाइदियो कि यो भउते बज्जेलाई) हो ? भउतेलाई औँला दिनु भो, अब डुडिल्नै ताक्ने भो। :) -भउते
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-06-05 5:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते भाई, यस्तो रौस मानेर कुरा सुन्दिनी मान्छे पाएसी अर्थोक के चाहियो मलाई ? हो, अन्तिम शेर (concluding couplet), जसलाई 'मक्ता' भनिन्छ, को कुनै पनि पंक्ति वा स्थानमा शायरले आफ्नो 'उपनाम' ('तखल्लुस') घुसाउने चलन छ । तर त्यो पनि 'रदिफ' जस्तै अनिवार्य नभएर ईच्छाधिन मात्र हो ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-07-05 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"'सुत्छन्' र 'चुम्छन्' मा पहिलो शेरले तय गरेको अनुप्रास छैन, त्यसैले यो अस्विकार्य छ । " नेपे गुरु पथ प्रदर्शन को लागि आभारी छु । शिकारु हुनाले पहिले यस्सो कतिसम्म अनुप्रास हुनु पर्छ भनेर अलि अनुसन्धान गरेकै थिए । जे होस् मिलाऊन सकिए त बेसै हुन्थ्यो...तर अलि अलि स्बतन्र्ता त चाहियो नभए कसरि चल्छ ? 'सुत्छन्' र 'चुम्छन्' Pani ta aakhir "a" nai huncha. तपाई लगाएतका अरु ख्यातिप्राप्तहरुका ऊदाहरण हेरौ...अन्यथा नसम्झनु होला.. www.nepalikavita.com some of them are from utkrista ghazals. मनु ब्राजाकी जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ । म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ । प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ । डा. दीपक खडका शायद त्रस्त छु म र त सशस्त्र छु म परन्तु त्रि्रो सामु, जे छु, प्रष्ट छु म थियो पराजयको डर, अब मुक्त छु मेरो अजेय अश्त्र हो, निःशस्त्र छु म न आउँदैन यो क्षण, चिनीहाल मलाई यो क्षण नग्न, निर्लज्ज औ निर्वस्त्र छु म यो पनि, त्यो पनि र उ त्यो पनि म मैले भनी हालेँ नि, छरपष्ट छु म विजय-सभामा म नभेटिन सक्छु प्रकृतिल नै परास्तपरस्त छु म स्वप्नलोकको दीर्घ निर्वासन पश्चात विपना जँचेन र स्वप्नप्रस्थ छु म तिम्रो झन्वेषण ल म छोट्याइदिन्छु- ल भ्रष्ट थिएँ, भ्रष्टै रहेँ, भ्रष्ट छु म संक्षेप-दण्ड दिनुहोस् है, न्यायमूर्ति अचेल द्रुतगतिमा अभ्यस्त छु म ल हेर, जन लेनन, म जीवन बाँचेको योजना बनाउदै वर्षौंँ ब्यस्त छु म हाम्रो प्रेमको दर्ीघजीवनको रहस्य अस्पष्ट छिन् उनी अनि अस्पष्ट छु म मेरो भूगोल नसोध, इतिहास नसोध जिल्ला जिल्ला किल्लाका किल्ला ध्वस्त छु म नआऊ दीपक बालेर, नआऊ मेरो छेउ एक विष्फोटक, संक्रामक रोगले ग्रस्त छु म मनोज न्यौपाने खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो सत्यलाई सजिलै चबाउँछु भन्थ्यौ चबाउन नथाल्दै किन दाँत हल्लियो कतिपल्ट तिमीले झुक्यायौ सम्झ त ! सोच किन हाम्रो प्यारो साथ हल्लियो कृसु क्षेत्री हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ Here is a very ideal one: चले तो कट हि जायेगें सफर आहिस्ता आहिस्ता 18 हम तेरे पास आयेथे मगर आहिस्ता आहिस्ता 18
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-07-05 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भऊटे, मानम् किताबै लेख्नु भो रे गजलको हरेक पन्नामा भऊटे भऊटे भनेर पढ्न त के मज्जा भयो र , मक्ता भनेर ? गजलका नियममा बिस्तारै परिबर्तन आऊदैछन्...पहिले राजाको बखान हुन्थ्यो त पछि प्रेमिकाको, अहिले त राजनीति देखिन के के हुन्न हुन्न ?
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-07-05 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष जी म मरेँ, हाँसेर। के का किताप छाप्नु, कागजको सत्यानाश मात्र। छापे नि पढ्नी त्यै एउटीले होली (त्यै नि कुन्नि)। उसलाई त "भऊटे भऊटे" जपाउनै पर्यो नि। नेपे गुरुलाई धन्यबाद। -भउते
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-07-05 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, नेपाली भाषामा अनुप्रासयुक्त शब्दहरुको अप्रचुरताले गर्दा गजल विधामा धेरै कविहरु आकर्षित भएका छैनन् र केहीले गजललाई त्यागिदिएको जस्तो पनि देखिन्छ । त्यसैले म सबैको सहमति भएको खण्डमा काफिया-विधानलाई केही खुकुलो वा भनौं नेपालीकरण गर्ने पक्षमा उभिनेछु । तर त्यो सहमति नहुन्जेल वा छलफल नचलुन्जेल नियम-पालना गर्नु राम्रो होला । मैले साझामा पोस्ट गरेका दुई दर्जन जति सबै गजलहरुमा (२ वटा अपवाद बाहेक, अझ १ वटा भन्नु बेस होला किनभने आर्को चाहिं एक नितान्त नौलो किसिमको प्रयोगको प्रस्ताव स्वरुप थियो) काफियाको नियम पुर्ण पालना गरेको छु । शिरिषले मेरो गजलमा काफियाको नियम पालना नभएको देखेको भए, शिरिषलाई काफियाको बारेमा अझै भ्रम रहेछ भन्ने देखिन्छ । हो मैले केहि trick प्रयोग गरेर खुकुलो झै देखिने काफिया प्रयोग गरेको छु, तर नियमको पूर्ण पालना पनि भएको छ । अब लौम्बे-चौंडे कुरा छाडेर सिधै काफियाको नियममा जाऔं, अनि कुरो स्पष्ट होला । (क) काफिया पहिलो शेरले तय गर्छ, अरु शेरले त्यसको पालना गर्छन् । (ख) काफिया भनेको पहिलो शेरको दुई पँक्तिमा भएको pair of rhyming words को ending parts को highest common sound हो । (त्यो highest common sound लाई जति minimum मा राख्न सक्यो त्यत्ति धेरै degree of freedom पाईन्छ आगामि शेरहरुमा काफियाको पालनाको लागि) मेरो गजल हेरौं पहिलो शेर: शायद त्रस्त छु म र त सशस्त्र छु म परन्तु तिम्रो सामु, जे छु, प्रष्ट छु म यहाँ pair of rhyming words सशस्त्र/प्रष्ट को ending parts को highest common sound के हो ? केहि पनि छैन जस्तो पो छ त गाँठे यहाँ त, हगि ? झण्डै झण्डै कुरा त्यसै हो । तर छ । त्यो के हो भने, 'त्र' र 'ट' को common sound 'अ' । अब मलाई यति धेरै स्वतन्त्रता छ कि अन्य शेरहरुमा मैले 'अ' मा टुङ्गिने कुनै पनि शब्द 'काफिया' को रुपमा राख्न पाउँछु । ल माथि हेरौं, अन्य शेरहरुमा 'काफिया' को लागि प्रयोग भएका सबै शब्दहरुको (निर्वस्त्र, छरपष्ट, परस्त, प्रस्थ, भ्रष्ट, अभ्यस्थ . . ) अन्त्य 'अ' मा हुन्छ । see ? नियमको पूर्ण पालना भए कि भएन ? हो, मैले 'त' वर्ग र 'ट' वर्गका अक्षरहरु मात्र छानें, तर त्यसको लागि म वाध्य थिईनँ । हो, मैले penultimate ध्वनि 'स्' राखें, तर त्यसको लागि म वाध्य थिईनँ । त्यो त मैले नियमले मागे भन्दा पनि बढि rhyme सित्तैमा राखिदिएको, पढ्दा थप मजा आओस् भनेर । यदि मैले पहिलो शेरमा 'प्रष्ट/भ्रष्ट' pair of rhyming words छानेको भए, म बर्वाद हुने थिएँ । 'प्रष्ट/भ्रष्ट' को 'काफिया' अर्थात् highest common sound at the end 'अष्ट' हुने थियो, र 'अष्ट' मा टुङ्गिने शब्दहरु खोज्दा हजुरबाउको बिहे देखिन्थ्यो । त्यसैले मैले trick गरेको छु भनेको । मेरो trick हो, use the minimum काफिया in the opening sher, get the highest degree of freedom.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-07-05 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो trick को अर्को उदाहरण, तात्तातो गजलबाट: पहिलो शेर: केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट 'पा केर/था पेर' को काफिया हो 'एर' । अब म अरु शेरहरुमा 'एर' मा टुङ्गिने कुनै पनि शब्द काफियाको रुपमा राख्न सक्छु । 'पा' र 'था' मा पनि common sound 'आ' छ, तर त्यो first variable letter 'के' र 'पे' को पछाडि नभई अगाडि भएकोले गणना हुँदैन । नियमले गणना गर्न नपर्ने भए पनि मैले चाहि गणना गरेको स्वाङ पारिदिएको छु, अरु शेरहरुमा काफिया राख्दा । 'थाकेर', 'भाँकेर', 'ताकेर' मा पछाडिपट्टि 'एर' मात्र होईन अगाडिपट्टिको 'आ' पनि छ । 'एर' अनिवार्य थियो, तर 'आ' अनिवार्य थिएन । मैले त्यो 'आ' त सित्तैमा थप मजाको लागि राखिदिएको । यदि मैले पहिलो शेरमै 'पाकेर/ताकेर' को जोडी राखिदिएको भए काफिया हुन्थ्यो 'आकेर' । अनि 'आकेर' मा टुङ्गिने शब्दहरु धेरै नभेटिएर बबाल हुन्थ्यो । त्यसैले मैले कता हो माथि भनेको छु नि, पहिलो शेरमा अधिकतम अनुप्रासको लालच नगर्ने हो काफिया मिलेको गजल लेख्न गाह्रो हुँदैन । सिकारुहरुले गर्ने गल्ती नै त्यही हो, शुरुमै अधिकतम अनुप्रास खोज्छन्, पछि काफिया नमिलेको शेर राखेर बर्बाद । केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ? आज चराहरु गुलेली ताकेर झरे रुखबाट
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-07-05 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe guru wrote (निर्वस्त्र, छरपष्ट, परस्त, प्रस्थ, भ्रष्ट, अभ्यस्थ . . ) अन्त्य 'अ' मा हुन्छ । see ? नियमको पूर्ण पालना भए कि भएन ?" Hyaa guru pani ! अनि गुरु मेरो "त""न" को अन्त्य चाहि के मा हुन्छ नि? "अ" हुन्न कि क्या हो ? त्यस्तो खतरा अनुप्रास भा'छैन मान्दछु म in my that case! I acknowledge but if I apply your logic then it does work equally well. गुरु सित नसकिने रै'छ बा ! If you think "स्त्र" and " स्थ" rhymes, I have nothing to say, even though both ends in "अ'. मैले नोटिस ग-या गजलमा : "खुदाका सुक्र हे बरना कैसे गुजरे ये शाम शराब जिसने बनाया ऊसे हमारा सलाम" अन्तको अक्षर ऊहि मिलाएर त्यो भन्दा अधाडिको अनुप्रास मिलाऊदा सबभन्दा राम्रो बन्ने रै'छ नत्र पछाडी "अ" आएको छ भन्नु पर्छ मैले, तपाईले जस्तै ! क देखिन् न सम्म जे मा पनि न आउछ हिसाबै मिलाऊने मात्र मिलाउने हो भने ! कसो त ! Next one I will try like that Pankaj Udas's one. I am waiting for your long explanation.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-07-05 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'भाँकेर' होईन 'भाँचेर' हो ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-07-05 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष, आशा छ, मेरो पछिल्लो उदाहरणले अलिक बेसी स्पष्ट ग-यो होला काफियाको नियम । काफिया खुट्याउने सबभन्दा सजिलो विधी: १. Transliterate in the rhyming pair of words from the opening couplet in English. (रोमनमा लेख्नु भनेको) २. Start checking 'common letters' between them, starting from the end. (shown in red below) ३. Stop when you encounter the first variable letter (shown in blue below). ४. What you have (i.e. all common letters after the first variable letter) is काफिया शाम S HAAM सलाम SA LAAM पाकेर PAAKERA थाकेर THAAPERA सशस्त्र SASHASTRA प्रष्ट PRASHTA सफर SAFAR मगर MAGAR जिन्दगी JINDAGEE कभी KABHEE The letters in red are काफिया । यो बाँकि सबै शेरमा हुनैपर्छ, हुनैपर्छ, हुनैपर्छ ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-07-05 5:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oops color messed up . . Here's it again शिरिष, आशा छ, मेरो पछिल्लो उदाहरणले अलिक बेसी स्पष्ट ग-यो होला काफियाको नियम । काफिया खुट्याउने सबभन्दा सजिलो विधी: १. Transliterate in the rhyming pair of words from the opening couplet in English. (रोमनमा लेख्नु भनेको) २. Start checking 'common letters' between them, starting from the end. (shown in red below) ३. Stop when you encounter the first variable letter (shown in blue below). ४. What you have (i.e. all common letters after the first variable letter) is काफिया शाम S HAAM सलाम SA LAAM पाकेर PAA KERA थाकेर THAA PERA सशस्त्र SASHAST RA प्रष्ट PRASH TA सफर SA FAR मगर MA GAR जिन्दगी JINDA GEE कभी KAB HEE The letters in red are काफिया । यो बाँकि सबै शेरमा हुनैपर्छ, हुनैपर्छ, हुनैपर्छ ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-08-05 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I agree with all of these शाम SHAAM सलाम SALAAM पाकेर PAAKERA थाकेर THAAPERA फर SAFAR मगर MAGAR जिन्दगी JINDAGEE कभी KABHEE Except this: सशस्त्र SASHASTRA प्रष्ट PRASHTA check this example from Nepalikavita.com : What do you think of this?? ३ आषाढ २०६२ विक्रम क्रमश (ळलितपुर, हाल: एरिजोना/अमेरिका) बन्द धडकन चल्न थाल्यो तिमी यसरी आयौ हेर, मन्द पवन बग्न थाल्यो तिमी मुस्कुरायौ हेर, बन्द धडकन चल्न थाल्यो । तिमीनै त एउटा छौ मलाई धेरै धेरै मनपराउने तिमीले हँसायौ हेर, उदण्ड पिडा घटन थाल्यो । मन मेरो जल्दा ऐ मायाको सितलताले भीजाउने तिमीले मनायौ हेर, स्वच्छन्द प्रीत बढन थाल्यो । बाहीरकी मात्र हैन तिमी त भीत्रैदेखीकि सुन्दरी हौ घुम्टो के उघार्यौ हेर, बिक्षिप्त जून जल्न थाल्यो । तिम्रो जति माया-प्रेम मैले कहाँ पो दिन सकौला र तिमीले के गायौ हेर, सुस्त "क्रमश:" बोल्न थाल्यो । म त हराई जान्छु त्यही सागरीक नयनमा भूलेर परेली के उघार्यौ हेर, दिप्त शूर्य ढल्न थाल्यो ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-08-05 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish, Bikram's ghazal has not broken the rule of 'Qafiya'. बग्न BA GNA चल्न CHALNA सबै शेरहरले NA मा टुङ्गिएका 'हम-काफिया' बोकेका छन्, नियमको पूर्ण पालना गर्दै ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-08-05 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका . . . color Shirish, Bikram's ghazal has not broken the rule of 'Qafiya'. बग्न BA GNA चल्न CHA LNA सबै शेरहरले NA मा टुङ्गिएका 'हम-काफिया' बोकेका छन्, नियमको पूर्ण पालना गर्दै ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-08-05 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
e.g. of some other poet: तिमी यसरी आयौ हेर, मन्द पवन बग्न थाल्यो तिमी मुस्कुरायौ हेर, बन्द धडकन चल्न थाल्यो । तिमीनै त एउटा छौ मलाई धेरै धेरै मनपराउने तिमीले हँसायौ हेर, उदण्ड पिडा घटन थाल्यो । मन मेरो जल्दा ऐ मायाको सितलताले भीजाउने तिमीले मनायौ हेर, स्वच्छन्द प्रीत बढन थाल्यो । Nepe wrote on above quafia: बग्न BA G NA चल्न CHA L NA Gha t NA Bad h NA सबै शेरहरले NA मा टुङ्गिएका 'हम-काफिया' बोकेका छन्, नियमको पूर्ण पालना गर्दै (Here Nepe supports the quafia because of hum quafiya being" NA") My usage of su t chan chu m chan dhu n chan why can't the same logic of hum quafia be applied here? ' Chan ' being the " hum quafia" If your previous arguments still exist all the middle letters end in "a" just like Bikrams. There is no difference in the usage of the letters. These variations do exist and even though they are so rhythmical but acceptable and i posted so many examples of the established writers. You your self have been able to prove that सशस्त्र SASHASTRA and प्रष्ट PRASHTA rhymes based on roman translation and the end letter being "a". Who introduced this rule? I dont think I can argue with you anymore based on your views on Bikram Kramash's quafia. Still I respect you as a "Janifkar" and a ghazalkar.
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-08-05 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष जी, नेपे गुरुको नियम अनुसार तपाईँको यसरी मिलेन हेर्नुस। तपाईको पहिलो शेर मा हुन्छन HUNCHHAN बुन्छन BUNCHHAN छ, त्यसैले काफिया UNCHHAN भयो। तर तलतिर घुम्छन् G HUM CHHAN सुत्छन् SUT CHHAN र चुम्छन् C HUM CHHAN मा अन्तिममा UNCHHAN पुरै रातो आएन के। माउ भन्दा चल्ला बाठो भा'कोमा "भऊटे" लाई माफ गर्नुस है। :) -भउते
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-08-05 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaute tyo bujya chu maile ! accept pani garya chu बग्न BA G NA चल्न CHA L NA Gha t NA Bad h NA सबै शेरहरले NA मा टुङ्गिएका 'हम-काफिया' बोकेका छन्, नियमको पूर्ण पालना गर्दै (Here Nepe supports the quafia because of hum quafiya being" NA") My usage of su t chan chu m chan dhu n chan "chan" lai hum quafia banai diye kasko ke bigriya thiyo ra bhanya matrai ho ! akhir kulo ra kuro ta jata lage ni huncha hoina ra ! yellai ni rangayera hernus ta ! बग्न BA G NA घुम्छन् GHU m CHAN चल्न CHA L NA सुत्छन् su t CHAN घटन Gha t NA चुम्छन् chu m CHAN baya tira NA lastma ako cha jun manya cha tara dahine tira lo chan chahi manya chaina? debre tira matrai sappai rato aauncha ki aaunna hernus ta? Maile sakina pravo ! baru aarko lekhna sakaunchu ! Bishram paun !
|
|