बि तीन -------- दीप
(शुक्रबारै त हो --- बसी बसाउ गरम न-- कसो?)
--तिनटा मौरी भन्या हैन नी बी ३ भनेर --बी ३ भन्या के रे? --
बि ३ --- बम्--बाङ्गे --- र बबाल
एक दिन निर्धक्क एउटा “बम” किनेर त्यो बमको टाउकाँ भा रातो के रे छ भन्दै कोट्याउदै आउदै थें बाङ्गे भाइचा गल्लि बाट फुत्त निस्कियो –
“के कोट्याइ रा त्यो बम?” मलाई हेर्दै सोध्यो।
“हैन के रे छ यो रातो भनेर ।।” मैले बताएँ।
“खै ले त यता हेरम् भनेर बम लिया मात्रै के थ्यो खत्तम गरी हाल्यो”
“ए ए ए बाङ्गे ---“ भन्दा भन्दै बमको टाउकोमा त यत्रो खाल्डो पार्दिसकेछ।
रिसले म आगो भएँ। झन् आफुलाइ भनेर किन्या बम् उस्ले पो पड्कायो---
दुइटा भुस्या कुक्कुर यत्तिकै छेउमा एक अर्का सङ्ग बाजेर मलाइ बोल्नै दिरा थेनन – बाङ्गेले बम पड्काको रीसमा एक लात बजाएसी -- बाङ्गेलाइ हैन कुक्कुरलाइ --- तिनेरले आफ्नो बिबाद त्याँ खटको पाङ्ग्रा राख्या पाटी तिर लगे। अनि म बाङ्गे माथि जाइ लाग्नै ला थेँ---
“ल ल भैगो – तँ लाइ किन्दिम्ला अर्को बम” भन्यो।
उ आर्थिक दृस्टिकोणले सबल नै थ्यो --- सजिलै किन्न सक्थ्यो बम--- आम्दानि साम्दानि त के हुन्थ्यो तेस्को – बाउको खल्ति, आमको दराज जस्ता ठाउँ उस्कै कार्य क्षेत्र भित्र पर्थे -- गाँठको बन्दोबस्त राम्रै गर्थ्यो---उस्को र हाम्रो गुजरा चलाकै थ्यो।
उस्ले रवाफ साथ् दसको नोट म तिर तेर्साउँदै भन्यो “ला – मलाइ फिर्ता पनि चाइँदैन”।
उस्ले "यस्तो कुईया---" भनेर अघि दार्या बम भुस्या कुक्कुर् तिर हुर्याको देख्या नदेखै गरी म चाँइ अस्टमानको घर अगाडी रोकि राख्या किस्न पाउरोटीको ढ्वाङाँ पुगेर भनेँ "खै त दाई, अर्को एउटा बम् देउ त" ।
बम किनेसि बाङ्गेलाइ अलि नियाल्दै सोधे “तेरो चिलाउने गयो अब?”
उस्ले घुर्यो मात्रै।
फाउको ट्याम थ्यो हालसालै--- म, बाङ्गे, छ्याक, सुपारी, ट्वाक, पुडके चाबेल् तिरा पुग्या थिम। "खोल खोल अर्को क्वाटर नी खोल – फाउमा नखोल्या कैले खोल्नि त?" भन्दै सीरी ट्वाँट का क्वाटर धोबि खोला भत्क्या पुल मुनि अघिनै खुल्दै रित्ति सक्याथे --- अहिले तिनै रित्तिसक्या सोमरस हाम्रो ज्यान्मा भरिदै थेँ। मजा आउदै थ्यो --- चुरोटको ध्वाँको मुस्लो कस्को नाकाँट निस्क्या ठुलो भन्ने मा चाबेल गणेस पछाडी चर्केको बिबाद बाह्य हस्तछेपले मात्रै स्थगित भा हो ---
हामी जो सुकैले नाकाट ठुलो मुस्लो निकाल्या भे नि तेस्को बाल मतलब नभा तर झ्यालै मुनि आएर चार् पाँच जना जँड्याहा ठीटा उत्पात मन्परी बोल्दै कैले नाकाट निस्क्या मुस्लोको कुरामा मच्चिनी कैले फेरी "ल छो त ल छो त चैं भन्नि तर छुन पनि नछुनी ल छो भन्न पनि नछोडनी" ताल् सङ्ग आजित भएर होला झ्यालाट एउटी दिदी कराईन ‘मर्न नसक्या असतिहरु – लौ न --- ए राजिवदाइ! --- इ मोराहरुलाइ भकुर्दिनु त ---“ राजिवदाइ आउनु अघि नै हामी बाटो लागि हालीम र अप्रिय घटना टर्या थ्यो त्याँ। अरुले नसुन्ने स्वरमै भए नी ट्वाक उस्को मुस्लो ठुलो चै भन्दै थ्यो।
त्यो चाबेल् बाट मित्र पारक तिर जाँदा ग्रिल स्रिल बनाउनी पसलहरु काटेसी अलि तल तिर लाग्दै हामी कालो पत्रे सडक् छोडेर झारे चौरको गोरेटो तिर बाट हुँदै जयबागेस्वोरि पछाडीकी एउटीको दर्शन पाइहालिन्छकि न भनेर छ्याकको जोडमा जादै थिम् – अर्को तिर बाटा दुई तिन जना केटीहरु र तिनका पछि पछि अरु तिन चार जना केटाहरु आउदै देखिए।
ति केटाहरु चै पछि लाग्न हुनी हामिले चै केइ गर्न नहुनी? भन्दै ह्वात्तै बाङ्गेले “होलि लाग्यो जय सम्भो” भन्दै एक् पोको अभिर एउटी केटीको टाउकोमा हाल्द्यो। अब भो की?
कसैले केइ बुझ्नु अघि नै हाहाकार भो --- पछि पछि आउने केटाहरु केटीहरुका नातेदार रे छन् --- जात्रा त गर्ने नै भए --- बाङ्गेलाई चाँइ केटीहरुले भैगो भैगो मामा भैगो भन्द भन्दै एउटाले छेउको सीस्नाँ झ्याङ्ग तिर हुर्य्याइद्यो ---- हामी पनि आतन्कित भइम तेतीबेला र आ आफ्ना ज्यान जोगाउन तिर लागीम।
पछी सीस्ना झ्याङ बाट निस्केसि त बाङ्ग्या जिउ भरी फोकै फोका – ढाल्दिन्छु एक एक लाइ नि भन्दै थ्यो उ – जिउ तिर हेर्दै "पोलेर मर्न लाएँ" नि भन्दै थ्यो। दुइ चार् दिन पछि "चिलायो" भन्दै खाक्सि ला जसरी ज्यान कन्याउथ्यो।
फेरी सोधें मैले उस्लाई “ गयो भन्या तेरो चिलाउने अब?”