अन्तरेज्यू,
आमाम्मामामामा ! सब भ्याउनुभा’रच । अब भन्न बाँकी के नै रह्यो र ?
*** *** *** *** *** *** *** *** *** ***
रिठ्ठेज्यू,
लम्बुको अभिनय र स्वरको त के कुरा गराई भो र ? जस्तोसुकै अविश्वसनिय कुरालाई पनि वास्तविक जस्तो र जस्तोसुकै पत्रु कुरालाई पनि महान जस्तो लाग्ने बनाईदिन्छ गाँठे त्यसले ।
म वास्तवमा लम्बुले उसको प्रतिभा र ख्यातीलाई अभिनय र व्यक्तिगत जीवनमा मात्र सिमित गर्यो कि हलिउडका अनेकौं प्रगतिवादी/उदारवादी अभिनेताहरु (George Clooney, Warren Beatty, Sean Penn, Barbara Streisand, Jane Fonda, Susan Saradon, Tim Robbins and so on) ले झै सामाजिक, राजनैतिक विकृति-विसंगतिहरु विरुद्धको अभियान जस्ता गैर-पेशागत र सामाजिक कार्यमा पनि लगायो भन्ने कुरामा उत्तिकै जिज्ञासु छु ।
खासमा अमिताभ बच्चनको नाम जोडिएको कुनै सामाजिक अभियान मैले सुनेको छुईन (हुन त मेरो जानकारी बडो सिमित छ, बलिउडका ताराहरुको मामलामा) ।
जमानामा चुनाव लडेको त हो त्यो अनुदारवादी दल, भाजपा, का घाघडान नेता बहुगुणा का विरुद्धमा अल्लाहवादमा । तर त्यसलाई सामाजिक कार्यको कोटीमा राख्न मिल्दैन ।
त्यसैले लम्बुको सामाजिक जीवनको पाटोबारे केही जानकारी छ भने बाडुम् है यहा दम्तरी हो ।
तै तै, हाम्रो आफ्नै कलिउडको पनि कुरा गर्न मन लाओ ।
व्यावसायिक र वित्तिय सफलता पाएका ताराहरु कति नै छन् र हाम्रो सानो आकाशमा । तर पनि जो छन्, मैले देखेजानेसम्म यसो उसो दानदातव्य र निराकार शान्तिको कामना गर्ने बाहेक अरु कुनै प्रगतिशिल सामाजिक-राजनैतिक संलग्नता (Hollywood का ताराहरुको झै “Actervism”) भएको नमानिचु । बरु वित्तिय रुपले संघर्षरत र साना मञ्चका केही कलाकार (मनोज गजुरेल, सुनिल पोखरेल आदि) ले भने धर्म थामिदिएका छन् ।
अब बच्चनको समकक्षी भन्नुपर्यो, हाम्रा राजेश हमालज्यू, जसलाई नेपालका एक पठित र गम्भिर अभिनेताको रुपमा हेरिन्छ, को के छ सामाजिक-राजनैतिक पाटो ? उनलाई सक्रियतावादसंग रुची नभएको मानिचु ।
नेपाली सेलब्रेटी र सक्रियतावादको कुरा गर्दा झरना बज्राचार्यको केही महिना अघिको एउटा बयान सम्झें । जनआन्दोलनको बेलामा उनी खै कता हो घुम्न हिडेकी र आन्दोलनमा उनलाई चासो नभएको कुरा सुनाएकी थिईन् । उनको त्यो सपाट उत्तरले म उत्तरहिन भएको थिएँ । कुरा के भने उनका पुराना फ्र्याङ्क अन्तर्वार्ताहरुबाट मैले उनको बारेमा एउटा बेग्लै सक्रियतावादी व्यक्तित्व (भला नारीवाद कै मामलामा किन नहोस्) भएको चित्र सोचेको थिएँ । उनी त गजबकी व्यक्तिवादी पो निक्लिईन् । जे भए पनि उनको सबल जीवन पद्धतिको भने म आदर गर्छु । बेलायतमा छिन क्या रे । उनको जीवन सुखमय होस्, यही कामना छ ।
*** *** *** *** *** *** *** *** *** ***
दीपज्यो,
सबै ईनारको पानी खानु भा’रच । सुनेर खुशी लाग्यो ।
अब एउटा पुरानो जिज्ञासा झन बढेर गयो ।
हजुरका कथाहरुमा अलिक अफबीट वा भनुम् न केही आदर्शवादले छोएका पात्र एउटै छैनन्, किन होला भन्ने ।
छिमेकबाट आयातित (जसरी सुकै उपलब्ध भएका कला-सिनेमा) मात्र होईन, हाम्रो आफ्नै मुलुकमा पनि राजनैतिक-सामाजिक परिवर्तन उठ्दै गरेको समयका पात्र हुन् बाङ्गे, सुपारी, दीप आदि । होईनन् र ?
अनि तिनीहरु सबका सब कसरी ती सामाजिक-राजनैतिक परिवर्तनहरुबाट बेखबर र अस्पृश्य रहे, रहन सके ? हो यही थ्यो मेरो पुरानो जिज्ञासा ।
सादर,
Nepe