[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अभियान।

[Please view other pages to see the rest of the postings. Total posts: 81]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 48513 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-20-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

भाग -१

 

धेरै दिन देखि यो घटना सम्झिरहेथें, आज लेख्दैछु।


त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।"


मुनु पछाडी फर्केर सोधी। "के रे?"


मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें।


"सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?"


"तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो।


"किन?" मैले सोधें।


"म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर।


पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?"


मुनु जङ्गी,"कस्को भिनाजु?"


"मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो।


"त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी।


"दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ।


बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।"


"कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी।


"त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।"


"पक्का हो त?" मलाइ पनि शंका थियो।


"पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी।


"तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी।


"नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो।


"थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की।


"भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?"
भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर।


"बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो।  एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर्  "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि  एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी।


फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!"


"किन सरी?" टिन्कुले सोधी।


"त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो।


"कसको?" मलाइ झन आश्चर्य लाग्यो।


"भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी।


त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन।


क्रमश:


( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )


 


 


 


 


 



 

Last edited: 23-Feb-09 10:35 PM

 
Posted on 02-20-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर आँखा त लास्टै तेज रैछ नि क्रेजी को !


टवेल लेख्या टेबल देख्या हेर ! कमिला खाने गर !
ल बधाईको लागि धन्यवाद !


 
सान्नानी
Posted on 02-20-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नआइ क्रेजिलाई दाल भात तरकारी अचार् नुन पुग्दैन रे ल म आए है... अनी देजर्ट को लागी चै को आउनु पर्ने होला


रमाइलो लाग्यो क्रेजिको सम्झना


 
Posted on 02-20-09 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी नी आइछिन्, ट्वाक्क स्वाद मिलाएर अचार बनाइछिन जिब्रोमै झुन्डिने गरी।


डेजर्ट् लिएर चाहि दिपु कि प्रेज् आँउछे।


रिट्ठे,


त्यो एकर भन्ने चिजले एक ठाँउ साट्दा टबेल भन्ने कुरा टेबल भएछ है?


कमिला नी खान हुन्थ्यो मिठो गरी भुट्न जान्या भए त। आँउदैन र पो बर्बाद छ।


 
Posted on 02-20-09 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाईको पनि क्या बुद्धी चल्दो रैछनि है , ठीक टाईममा भुस्या कुकुरलाई हिर्काएछ , नत्र अर्काको घरमा पश्न लागेको भिनाजु भिनाजु भन्दै ।


राम्रो छ लेख, लेख्दै गरौ है लेख्दै गरौ।


 


 
Posted on 02-20-09 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुको जय होस । चिच्याएको सुन्ने रहेछन् हाम्रा साझाका प्रभुहरुले।
लु अब पढ्न बस्नु पर्छ । कस्तो मिलेको, सप्ताहन्त पनि शुरु भ'को बेलाँ खुराकि फेला पर्ने।


 
Posted on 02-21-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo maicha ley kati dadagiri garna janeyko bai .. gyang banayera bhageko didi khojna jane aho..dhanna kukur le matra lakhetey chha ..bhinaju ko bhai haru ley  lakhetya bhey badmaas  
 
Posted on 02-22-09 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के!


भाइलाइ सिकाउने दिदी कस्तो बुद्धिमान नि है? त्यति नगर्‍या भये त हाम्रो रामधुलाइ हुन्थ्यो अर्काको घरमा "मुनुको दिदी" खोज्न जाने। हे हे हे।


त्यो सम्बन्धित सम्झनाहरु आइराको छ, थपुँ कि जस्तो पनि लाग्दैछ।


Copycat,


धन्यबाद है! लापताहरुलाइ साझामा हाजिर हुने उर्दि जारी गर्नु पर्ने। के गर्नु आफुलाइ त साझा हेरेन भने भोक पनि लाग्दैन।


प्रेज्ज्!


भिनाजुको भाइहरु चाहिं दिपु र तिमीलाइ लखेट्न आउने रे भनेर तिमीहरुको बाटो हेर्दैछ।


 
Posted on 02-22-09 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर हेर यो बदमाश केटी, हुँदा हुँदा भागेको दिदी फर्काउन हिंडेकी त्यो पनि ग्याङ लिएर अझ घर पनि देखेको छैन रे


हो भन्या प्रेज, भिनाजु को भाई पछी लागेको भए के हुन्थ्यो होला यो मैचा को गती?


मैचा, त्यो भिनाजुको भाई हामीलाई लखेट्न होइन तिम्रो घरको ठेगाना माग्न आएको थ्यो, बरु बाटो चै तिमी हेर्दै बस, कुन बेला आइपुग्ने हो


 
Posted on 02-23-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाग -२

मुनुको दिदी फर्काउने अभियान त सफल भएन, तर त्यो घट्ना घटेको केहि दिन पछि नैं अर्को अभियान सुरु हुन थाल्यो टोलमा। प्रत्यक ७ दिनमा एउटा अर्को घरको केटी भाग्ने। भगाउने केटा को होला भनेर कसैले अड्कल काट्न नसक्ने। किनभने भाग्ने केटिहरु अति नै सरल मिजासका कसैले पत्याउनै नसकिने खालका कहिल्यै घर छोडेर नहिड्ने टाइपका। टोलका केटाहरुलाइ शंका गर्ने कुरै थिएन, उनिहरु आफ्नै घरमा नैं हुन्थे र आफ्नै टोलको केटिसङ त्यति संगत गर्न चाहदैनथे। यो बिशयमा भाइको पनि आफ्नै बिचार थियो। एउटै टोलमा ससुराली के बनाउनु, हरेक दिन बिहानै देखि बेलुकीसम्म ससुरालाइ नमस्ते ठोक्दै ब्यस्त भइन्छ रे। त्यो कुरा पनि राम्रै हो।


अँ, मुनुको दिदी पछि टिन्कुको दिदी पनि गइ, अनि त्यस्को २ दिनपछि सुमुको दिदी। त्यसपछि हामीले एउटा छलफल गर्यौं। अधक्ष्य मुनु भइ। अरु सबै सहभागी, मेरो भाइ चाहि टिप्पणीकार भयो। पहिलो प्रश्न थियो। केटिहरु किन भाग्छन्? उत्तर कठिन थियो, हामी कसैको पनि त्यति गहिरो अनुभव थिएन। त्यतिखेर कुन चाहि हिन्दि (Movie )  हिट थियो क्यारे। मैले नाम बिर्से, त्यो फिलिम हेर्दै केटा केटीहरु "फ्लाइङ" जान शुरु गर्थे। मैले त फिलिम पनि पुरा हेरिन कहिले, ३ घन्टा बस्नै अल्छि लाग्ने। त्यो सन्दर्भमा मुना मदन, रोमियो जुलिएट, हीर राँझा सबैको चर्चा भयो। अर्को बिषय थियो "भाग्नु अघिका पूर्ब लक्षणहरु के के हुन्?" यसमा मुनुले राम्रै बुँदाहरु टिपाइ भाइलाइ, टिन्कु र सुमुका बाट पनि आयो भाग्नु अघिको सिग्नलहरु।


१, जतिखेर पनि एइना अघि उभिनु।
२, बिना कारण मुसु मुसु हाँस्नु।
३, चिया पकाएर उम्लिएर पोखिएर भाँडा डढेर कालो भइन्जेल टोलाएर बस्नु।(केहि थाहा नपाउनु)
४, कुनै प्रेम गीत हजारौं चोटि गुनगुनाउनु। सुमुले भने अनुसार गीतको लय नमिले पनि हुन्छ रे।
५, कपाल मिलाइ रहनु।
६, झ्यालमा हतार हतार दौडेर हेर्न जानु।
७, एउटा खुटामा कालो चप्पल र अर्कोमा सेतो लाएर मन्दिर घुमेर आउनु तर पनि थाहा नपाउनु।(टिन्कुले भनेकी यो चाहि)।
८, फोनको घन्टि बज्नासाथ मुख रातो हुनु।फोन नजिकै बसिरहनु।
९, सिङ न पुछरको कबिता लेख्नु र वाक्क लाग्ने गरि पढिरहनु रे। "सुमुको दिदीको लक्षण यो चाहि।
१०, कान बन्द नभए पनि चाहिने कुरा नसुन्नु र बोलाँउदा खेरि झस्किनु।
११, किताब हातमा लिएर एउटा पेजमा नैं घन्टौं टोलाउनु। मुनुको अनुसार हो यो चाहि।


थुप्रै त्यस्ता बुँदाहरु आए, हामीले तिनिहरुलाइ छोट्टाउन थाल्यौं र बिचार गर्यौं। यदि कसैलाइ यस्तो लक्षण देखिन थालेको छ भने बेलैमा नैं सतर्क हुनु पर्ने र आमाबुबालाइ भनेर त्यस्तो युबतीलाइ २४ घन्टा निगरानी राख्नु पर्ने रहेछ भन्ने कुरा थाहा भयो।


टोलमा त्यसरी छोरीहरु हराउन थाले पछि। सबैको परिवारमा ठुलो सतर्कता अपनाउन शुरु भयो। बिशेष गरी जवान छोरी भएको घरमा। मान्छे हरु कुकुर नभए पनि "यहाँ भोटे कुकुर पालेको छ" भन्ने सुचनाहरु गेटमा टाँस्न लागे। हामी स्कुलबाट फर्किदाँ प्रत्यक घरको ढोकामा त्यस्तो सुचना छ कि छैन भनेर हेर्थ्यौं। यदि सुचना भए कुकुर छ कि छैन भनेर जाँच्न भाइले मुखैबाट "भौ, भौ" गर्दै भुक्थ्यो। कुकुर भएको घरमा कुकुर भुकिहाल्थ्यो, नभयेको घरमा काँबाट कुकुर आयो भनेर चेक गर्न आँउथे। हुँदा हुँदा छिमेकीहरु झगडा पर्दा "तिम्रो घरमा पनि छोरी छ, धेरै फूर्ति नगर्नु भन्थे।


त्यो घटनाको असर हाम्रो घरमा पनि पर्‍यो। हाम्रोमा त झन आधा दर्जन छोरी र मेरो भाइ एकजना मात्र छोरा। तीन दाजुभाइका ६ छोरी, २ जनाको बिहे भैसकेको थ्यो, म भन्दा माथी ठुलो बुबाको कान्छि छोरीको बिहेको कुरा चल्दैथ्यो। म मुनिको दुइ बहिनीहरु र भाइ हामी सबै सानै थियौं। ठुलो बुबा पल्टनमा जागिरे, घरमा पनि आर्मी साशन चलाँउथे, शुक्रबार आँउथे र हामी सबै बच्चा बच्चीहरुको पढाइको रिपोर्ट लिन्थे। म र भाइ अलि हाउडेमा गनिन्थ्यौं। त्यसैले हामीलाऐ देख्यो कि "यिनिहरुले केहि गर्दैनन्।" भनि हाल्थे। भाइ र मैले ठुलोबुबाको नाम राखिदिएकाथयौं " अमरिश पुरी" भनेर। तर शर्टकतमा "एपी" भन्थ्यौं।"जहिले पनि ठुलो बुबा आउने भन्ने बितिकै सबै कुरामा बन्देज। ठुलो स्वरले हाँस्न नपाउने, बिहान ६ बजे उठेर कोठा चिटिक्क सफा पार्नु पर्ने, आफ्नो कोर्सको बुक पढ्नु पर्ने, नङ पालिश मेट्नु पर्ने, मेहेन्दि लाउन नपाउने, भाइले कपाल लामो पार्न नहुने, खाना खाँदा साग धेरै खानु पर्ने आदि आदि। हामी ठुलो बुबा आउने दिन अघि सबै कमिक्सहरु खाटमुनि लुकांउथ्यौं, अनि कोर्सबुक अगाडि राख्थ्यौं। अरुबेलाचाहि कोर्सबुकभित्र कमिक्स लुकाएर पढ्थ्यौं।


त्यो हप्ताको बिहिबार हाम्रो दिदी पनि हराउनु भयो, सारा संसार खोजियो पत्ता लाग्नै सकेन। धेरै बोल्दैनथी, हाँस्दा पनि पुर्‍याइ पुर्‍याइ हाँस्थी। बचत गर्‍या जस्तो। हामीहरुलाइ माया गर्थी। कसैले कलेजको केटो थ्यो रे दिदीको लव भन्थे, कसैले के। हामीहरुलाइ त केहि थाहा भएन, कोठामा कोहि नभाको बेलामा फोनमा चाहि सानो स्वरमा कुरा गर्‍या मैले पनि सुन्या हो एक दुइचोटि। तर शंका गरिन, त्यस्को स्वर नैं सानो थ्यो। एपी अर्थात् अमरिश पुरी अर्थात् ठुलोबुबा शुक्रबार आँउछन्, दिदी बिहिबारै भागी। हामीहरु सबै त्राहि त्राहि भएका थियौं अब के हुने हो भनेर ?

Last edited: 23-Feb-09 10:36 PM

 
Posted on 02-23-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु,


तिम्रो भिनाजुको भाइले ठेगाना भुल्यो जस्तो छ, खोइ त आएन त अझै।


 
Posted on 02-23-09 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्नु अघिको सिग्नलहरु चै दह्रै रैछ ।


लौ म पनि त्राही त्राही भए अब के हुन्छ भनेर , चाडै लेखी हालौ अर्को भाग ।


 
Posted on 02-24-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले पनि सम्झ्या जस्तो छ  एक दुइटा सिग्नल राधालाइ उडाउनु अघि।
 
Posted on 02-24-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो अर्को पार्ट नि आइसकेछ, आफुलाई चाँही कानो कान खबर थिएन !


अनी त्यसपछी के भयो त क्रेजी?


>>>भाइ र मैले ठुलोबुबाको नाम राखिदिएकाथयौं " अमरिश पुरी" भनेर। <<<


लौ हेर क्या बदमाश यि दिदी भाई त !


हर्के ले भन्या जस्तै फ्लाइङ हुनु अघी को सिम्प्टम्स त एक्क्युरेट रैछ ल


 


 
Posted on 02-24-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो छ सुरुवात नै खतरा होइन त ? अनी के सत्य घटनामा आधारित नै होइनत? जे होस् रमाइलो नै छ अरु भागको परखाइमा |जे होस् भाग्ने त भागीहाले घरमा बस्नेलाई दु:ख तर खुशीको कुर बिहे खर्छ त जोगिएछ त कि कसो  crazy ji ???

 
Posted on 02-24-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमार बस्नेतको एउटा गीत सान्धर्भिक हुने रहेछ यहाँ, "कलियुगको बेलइमा जोशमा हुन्न होश, उन्कै छोरी तरुनी हाम्लाई के को दोश......"
 
Posted on 02-24-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha... dami gayisakechha yata maile balla padhna paye!!

aba crazy ra crazy ko bhai ni jaane hola didi khojna AP lai ni liyera ajha!!

 
Posted on 02-25-09 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भाग -३

शुक्रबार बिहान हामीहरुको कोठा चिटिक्क सफा भयो। ठुलोबा दिँउसो आउने हुनाले हामी खाना खाएर बिहानै इस्कुल गयौं। स्कुलमा भाइ, म, सानो बहिनी र ठुलो बहिनी आज ठुलोबुबाले के गर्नु हुन्छ भनेर छलफल गरिरहयौ। सानी र ठुली बहिनी दुबै कान्छा काकाका छोरी, दुबै पढन्ते, भलादमी र ठुलोबुबाका कुरा मान्ने। भाइ जहिले पनि एउटै कक्षामा सेकेण्ड इयर पनि पढ्ने, मेरो मार्कशीटमा रातो बुट्टाहरु हुने र हामी दुबै जहिले पनि काम बिगार्नेको सुचीमा पहिलोमा पर्ने। दिदी भागेको कान्डमा भाइ र म ठुलोबुबाको रिसको आगोमा नपर्ने संभावना कमै थियो। त्यसैले भाइ र मेरो सुटुक्क गोप्य बार्ता भइसकेको थ्यो। यसपाली ठुलोबुबाको अगाडी सकेसम्म कम देखा पर्ने र यदि भेट नैं भए पनि ३ मिनेट भन्दा बढी कुरा नगर्ने।


घर पुग्दा बाताबरण भुँइचालो आउनुअघिको जस्तो शान्त थियो। त्यो दिन भाइले गेटमा घर पुगेपछि सधै हान्ने दुइ लात्ता हानेन। खुट्टा उचालिसक्याथ्यो, मैले "एपी" भन्ना साथ तल झार्यो। नत्रभये हामी स्कुलबाट फर्केको संकेत त्यही गेटबाटै थाहा हुन्थ्यो। बिहे गरेर गइसकेका ठुलोबुबाका जेठी र माहिली दिदी पनि आउनु भाको रहेछ। उहाँहरुले  खाजा दिनु भयो र बिस्तारै बोल्नु तल कोठामा मिटिङ हुँदैछ भन्ने जानकारी दिनु भयो। ठुली र सानी बहिनी सासै सासले कुरा गर्न थाले। भाइलाइ चाँहि हरेक कुरा दुइचोटि भन्नु पर्थ्यो। अझ सुनेन भनेर "हाँ" भनेर ठ्लो स्वरले सोध्थ्यो। तल सबै जना ठुलो बुबासङ गम्भिर बार्तालाप गर्दैछन्, माथि हामीहरु बाहिर खेल्न जान नपाएर छट्पटिएका छौं। भाइलाइ उकुसमुकुस हुन थाल्यो, मलाइ पनि बोर लाग्न थाल्यो। सानी र ठुली बहिनी दुबै होमवर्क गर्न थाले।


मैले सुस्तरी भाइलाइ भने।"तल के कुरा भैराको होला है, बाबु?"


"जे सुकै होस्। बहिर खेल्न जान नि नपाउने। क्या बोर?" भाइलाइ मेरो चासोलाइ बेवास्ता गर्‍यो।


"बाबु, एउटा कुरा भन्छु मान्छस्?" मैले सोधें।


"कति पैसा दिन्छस्?" भाइलाइ काम अर्हाँउदा पैसासङ मतलब् थियो।


"५ रुपियाँ" मैले पनि लोभ देखाँए।


"के काम भन्त?" भाइ जोसियो ५ रुपिँयाले।


"तल गएर के के कुरा हुँदैछ ढोकाबाहिरबार सुनेर आइज न।" मैले पाँचको नोट स्कुलको ब्यागबाट बाहिर निकाल्दै देखाँए।


"ह्या, मलाइ जानी जानी गोहीको आहारा बन्नु छैन। अरु काम भन त्यो बाहेक।" भाइ मानेन।


"केहि पनि हुँदैन त्यो बन्द ढोकाको बाहिरबाट सुन्ने त हो नि।" मैले फेरि पाँच रुपिँयामा एक रुपियाँ थपें।


"एकचोटिमात्र है त? फेरि फेरि जान्न नि। पैला पैसा दे।" भाइले भन्यओ। मैले एक रुपियाँ दिए अनि बाँकि काम सके पछि दिने भने।  भाइ तल गएपछि म ब्यागको किताब मिलाउन थाँले।


५ मिनेटपछि भाइ स्याँ स्याँ गर्दै आइपुग्यो।


"दिदी"  एकछिन टक्क अडियो र लामो स्वाश फेर्‍यो।


"के?" मैले सोध्दा दुइटै बहिनीहरु समेत भाइलाइ अचम्म मानेर हेर्दै थे।


"तल त तेरो बिहेको कुरा भइ राको छ।" भाइले एकै स्वासमा भन्यो।


"नकरा गधा! जे पायो त्यही नबोल्त अहिले पाँच रुपियाँ नि दिन्न अनि थाहा पाँउछस्।"


"सत्ते सत्ते, दिदी! तल त्यो भागेर गएकी दिदीको बिहेको कुरो चलिरहेको ठाँउमा तंलाइ बिहे गर्दिने रे। अहिले लाइ कुरा छिन्ने र अनि तैंले SLC सकेपछि बिहे गर्ने रे।" भाइले झुठ बोल्या जस्तो लागेन त्यसबेला। मेरो मुटुमा भुँइचालो गयो बल्ल त ८ कक्षामा पढ्दैछु, अहिले नैं बिहे र सिहे। के भएछ ठुलाबडाहरुको दिमागमा।" केहि बेर सोच्नै नसके पछि हामी चारै जना तल कुरा सुन्न गयौं। ढोकाको सबैभन्दा अघि भाइ, त्यसपछि म, मेरो पछि ठुलो बहिनी अनि ठुलो बहिनीको पछि सानी। हामी लस्करै ढोकामा कान लगाएर भित्रको कुरा सुन्न थाल्यौं।


"क्रेजी सानै छे, दाइ। अहिले बिहेको कुराले पढाइमा बाधा हुन सक्छ।"  भित्र मेरो बुबा भन्दै हुनुहुन्थ्यो।


"अहिले कसले बिहे गर्दिने भनेको छ र? टीकाटालो मात्र गरिदिने। केटो राम्रो छ, घर पनि राम्रै छ। एउटी नकचरीले गुहु खाइ हाली। हाम्रो लागि मरी त्यो अबदेखि। हाम्रो नाक काटेर गएकीको सट्टामा छोरी त दिनु पर्‍यो नि केटापट्टीलाइ। के जवाफ दिने उनिहरुलाइ?" ठुलोबुबा सिंह झै गर्जे। मेरो जिउ थरथर काँप्यो, भाइको कान पनि रातो रातो भयो। पछाडीबाट ठुलीले मेरो हात बेस्सरी समाती। सानीले केहि सुनिनछ। पछाडीबाट "के भयो? मलाइ पनि भनन भन्दै घचेट्न थाली। ठुलीले सानीको कानमा के भनि कुन्नि, सानीले त जोरले हामी सबैलाइ धकेल्न पुगी, ढोका घर्याक्क खुल्यो। भित्र चुकुल लाको रहेनछ। सबैभन्दा पहिले भाइ ठुलोबुबाको अघिल्तिर गएर लड्यो, त्यसपछि म अनि मेरो पछाडी दुइ बहिनी हरु। भाइ ठुलो बुबाको अघि उठ्ने हिम्मत गर्न सकेन, सिंहको मुखमा आहारा पर्‍या जस्तो भएको थियो। बहिनीहरु र मलाइ मेरो बुबाले उठाउनुभएपछि भाइ बिस्तारै उठ्यो।

एक्कासी चारै जना भाराभुरीहरु आफ्नो अघि आएर लडेको देखेपछि ठुलोबुबा आत्तिनु भयो।


"यीनीहरुलाइ के भयो हँ?" ठुलोबुबाको त्यो गर्जनले अनायास मेरो आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाल्यो। मैले रुँदै भने "म बिहे गर्दिन।" म रोएको देखेर भाइ पनि हिक्क हिक्क गर्न थाल्यो, त्यसपछि बहिनीहरु। त्यहाँ रुने अभियान शुरु भइसकेको थ्यो, आमाहरुको आँखा पनि आँसुले धमिलिसकेको थ्यो।


 



 

Last edited: 25-Feb-09 07:43 PM
Last edited: 27-Feb-09 03:37 PM

 
Posted on 02-25-09 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,


म त बदमाश होइन, अलि अलि भाइको सङतले क्या।


Nepalibabu101,


यो साँचो घटनामा आधारित कथा हो। बिहे खर्च त जोगियो, तर अर्कै के के गडबड हुन लागिसक्यो बाइ।


भक्ते,
गीत त मैले नि सुन्या सुन्या जस्तो लाग्यो।


चेली,


एपीले त धुनचक्रै गर्लान् जस्तो छ है?


 
Posted on 02-25-09 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा अली सेन्टी लाग्यो यस पाला चै , बिचरा क्रेजी , तेही भन्या कस्तो दिमाग खुस्केको एपी रैछन है ।


खै क्रेजी आफ्नो त के कुरा गराइ भो र त्यो त राधालाइनै सोध्नु पर्छ , खै आफुले त राधालाई उढाको हैन है , मागी बिहे गरेको क्या त एरेन्ज मेरिज , अब हाम्रो पालामा लभ मेरिज गर्ने चलन थिएन। मैले बिहे गर्नु भन्दा अगाडि राधालाई कसैले उढाउन खोजेका भए चै तिन्लाईनै सोध्नु पर्छ त्यो सिग्नल हरु मिल्छ भनेर।


लौ त अर्को भाग पनि लेखौ है चाडै।  


 


 
Posted on 02-25-09 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रैछ यो भाग त अली सिरियस खाल्को रैछ ! मैले त्यो ढोका खुलेर लहरे सबै जना एपी को अगाडि लडेको द्रिश्य आँखा मा देखे ! क्या हास उठ्यो ! त्यस्पछी के भयो झट्टै सुन्न मन लाग्यो क्रेजी ! कठै आठ क्लास पढ्दा नै कुरो छिन्देको हेर क्या बित्यो होला क्रेजी लाई ! 
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters