भाग-३
घर पछाडि धारामा नुहाउदै थिएँ । साइडमा भान्जा झुल्किए ।
"मामा एउटी केटीको फोन आ'छ । काँ हो घुम्न जाने भन्नु भाथ्यो गरे त खुबै , छिट्टो गर्नुस् रे " भान्जाले वास्तै नगरेर बोल्द्या बोलिले पनि धाराको पानीमा करेन्ट लगायो । सहेर बस्न त किन सकिन्थ्यो र ? खल्याक्-खुलुक पारेर दुगुरेँ म पनि ।
"हेर न कसैलाई कस्तो हतार पर्या छ भने कानमा फिँज नै लिएर पो आएछ त निस्सासिँदै " अघी तर्साउने भान्जाको पलो अहिले दिदिको ।
दिदी दैलो पोत्दै रैछे मेरै कोठाको अगाडि ( हुन त भान्जाको कोठा हो तर अहिले मैले कब्जा गरेको छु ) ।
"काँ जान लाको हो , सोद्धा पनि भन्दैन । आफु भने दुलाहा सिँगार्या जस्तो बन्या छ । आए देखी नगरया कसरत पनि आजै देख्न पाइयो । उता बाँदर जस्तो अंबाको बुटामा झुन्डेर भर्खर फुल्न लाग्या चिचिन्डाको झालै चुटालेछ । फेरी एती बिहानइ कताको साइत हो ? जा ! अली राम्ररी पखालेर अैइज , त्यती बेलासम्म म नास्ता तयार गरिदिन्छु । खान र लान दुबै पुग्ने गरी" । दिदिको कुरा सक्किँदा पोत्न पनि
ठ्याक्कै सकियो । काममा मन भुलाउने गन्थन त भैगे उस्का ।
"खान नि पर्या छैन , लान नि पर्या छैन " मैले तौलियाले मज्जाले कान पुछ्दै भनेँ । "तिर्थ जान लाको हो भोकै पेट । बाटमा जे पाईन्छ त्यही खाने हो । केही नभेटे कन्दमुल , तैले ख्वाउने घोडाको चारा जस्तो खाजा भन्दा त्यही बरु मिठो होला कि ?" मैले satire हानेँ ।
" अँ , त्यही भएर होला चार-थाल जाने । हाम्ले पका मिठो नलाग्ने भए मिठो पकाउने लिएर अैज न आँफै " दिदिले हाँस्दै भनी ।
ठीक भनिस , सुर त्यही हो भन्न मन लागेको थियो तर गलफाँती गरेर बस्ने फुर्सद काँ पाइ अहिले । कोठामा छिरेर छिट्टो-छिट्टो ड्रेस भिरेँ । भान्जाको cologne आधा हुने गरी छरियो , जिउको त के कुरा भो र जुत्ताका सोलले पनि १-२ छिर्का पाए क्यारे । बालै हो , अर्काको चिज आफ्नो काम आएको बेलामा पाता फर्किने गरी नघोट्ने त को हुन्छ र ?
पुछ-पाछ नै नगरि मोटरसाइकल स्टार्ट गरेँ । धन्न भाईले चाबी लुकाउन भ्याएको रहेनछ गाँठे । हुन त आज पनि हाइज्याकमा पर्छ तेस्को भट्-भटे भन्ने सुँईको पाए पो । हिजो आउने बित्तिकै जिम्मा लागाइदिएको थिएँ , तेल हाल्न जान्छु भनी जाँड खान पनि गएकै हो उ .
मोटरसाइकलको अैनामा हेर्दै कपाललाइ फाइन-टच दिँदै थिएँ बार्दलिमा भाई झुल्के जस्तो लाग्यो ।
" ए दाई सुन त !" लौ असत्तिले कुन बाहाना पारेर मोटरसाइकल भन्ने पक्का भो ।
" सुन्ने फुर्सद छैन अहिले मलाई । बेलुका धित मरुन्जेल सुनाउलास " मोटरसाइकल स्टार्ट मै थियो , हेल्मेट नै नभिरी फरार हानेँ ।
Junction-pointमा पुग्दा सरु अैसकेकी रैछ । Quater-pantsमा Polo T-shirt लाएर उ स्कूले प्रसादको झल्को दि रहेकिथीइ ।
"किन यती ढिला गरेको , आफु भने याँहा कुरेर बसेको कती भैसक्यो ?" हतार त उस्लाई नि रहेछ ।
"एकछिन आँखा charge गरेर बस्या भए हुन्थ्यो त , Jogging गर्दै कोइ आएनन र ?" आफुले माहौल सहज् बनाउन खोजेँ । उ भने रिसाएको जस्तो गरेर घुर्की देखाइ ।
" ल ल प्रसाद सरी , ल अब बस नत्र अरु ढिला हुन्छ " सकेजती मायालु स्वोर बनाएर भनेँ । क्यार्नु , पर्या बेलामा कोडिको त पाउ मोल्नु पर्छ भन्छन झन एस्ती राम्री गोरिको किन छाड्नु ।
चुप्-चाप केही नबोली पछाडि बसी । मेरी आम्मै , बसाइ त Danger गयो उस्को , केटा मान्छेको जस्तै दुबैतिर एक-एकवोटा खुट्टा फिँजाएर लेस्सीइ मतिर । मुटुको ढ्याँङ्रो बेतोडले बज्नाले स्टार्टमा राख्या मोटरसाइकल झन बेस्सरी थर्किन लाग्यो । आफुलाई भने स्याँ-स्यां बढ्या जस्तो भो । उस्ले extra हेल्मेट लगाइ । आफु पनि लडाँईमा जान ला जस्तो गरी हेल्मेटको फित्ता कसेँ । निस्ससिएको मन झन
निस्सासियो , रन्केको जिउले visorमा बाफ पार्ला जस्तो भो । सकी नसकी मोटरसाइकल अघी बढाए पछी चाँही केही बिसेक चिसो बतास चल्यो ।
आफ्नो गाउ-सहर छिचोल्दै अगाडि बढीयो । बिहानको कलिलो घामले स्वर्णिम जिन्दगीको आभास दीइरहेको थियो । आफुलाई भने पँहेलो घामले जन्डिस लगाइदिएको जस्तो भा'थ्यो । खाली पेटमा दुगुरेको ज्यानले यि सब लीला सहनु पर्दा रिँगाटा त छुट्ने नै भो केरे ।
"एउटा पस्मिना लिएर आउनु पर्ने रहेछ , गर्मिमा के काम भनेर ल्याईन अहिले त यो हावाले जाडो पो भो त " बाहाना पार्दै प्रसाद पछाडिबाट लपक्कै टाँस्सीइ । उ जाडो भयो भन्छे आफुलाई भने यता चिट्-चिट पसिना छुट्न थाले । बाटोमा ध्यान अड्ड्याउन समेत् लास्टै गार्हो भैगो ।
बस्ती पातल्लिदै गएर जंगल सुरु हुने उकालोमा आर्मी चेक्-पोस्ट् रैछ । छुट्टीमा समेत् रिपोटिङ गर्न आउनु पर्या जस्तो भान परिगो फेरी आफुलाई । जे भये नि आखिर रोक्नै पर्यो , हैन भने बजाउलान भन्ने डर । एउटा लम्बु अल्छि मान्दै बाटोमा तेसारेको घोचो खोलिदिन आयो । एकछिन घोरियो अनी म तिर आयो । नजिक आउँदा मैले नि चिने उस्लाई , घर नजिकैको फुच्चे सुर्जे रहेछ । हाम्रो चिन्-जान भैसकेको थियो
।
"दाइ नमस्ते ! काँ जान लाग्नु भो त एती बिहानै , दुइभाइ ?"
ओहो , भनेसी प्रसादले दस-थरी फाईदा हेरेरै चुन्या रैछे ड्रेस त । पाइन्ट , टि-सर्टमा घ्वाप्प हेल्मेट भिरेर टाँस्सीइ दिएसी मान्छे छुउट्ट्याउनु त परै जावस he र sheको अन्दाज गर्न नि मुस्किल । उ भने हिस्सी परेकी larva जस्तो कोकुन भित्र सुरक्षित ।
"उ-उ माथिसम्म " मैले ठेला न टुप्पाको जवाफ दिएँ । "अनी यो चेक्-पोस्ट चाँही अहिलेसम्म किन एहीँ त । अब त बनमा गन मौलाउने season सकियो होला नि " उस्को ध्यान मोड्न मैले कुरो घुमाएँ ।
"त्यही पनि दाई , उबेलामा दँशैताका बुचरले खसि-बोका किन्या जस्तो पाये जती सबलाई हुले अब गुल्ममै राखेर त के पोसाउथे नाइ । फेरी यो सहमतिले गती छाड्न के बेर । सहमतिको मती बिग्रयो भने हामी पनि सहेर बस्ने कुरा आएन । त्यही भएर stand-byमा राख्या छन । के गरु दाई , नुन खाएपछी खुन बगाउनै पर्ने रहेछ ।" एका बिहानै अस्ताउने कुरो गर्यो सुर्जेले ।
"ल भाई मलाई अहिले अली हतार छ । घरतिरै भेटेर कुरा गरुम्ला नि कुनै दिन " भन्दै म अगाडि बढेँ ।
" कती कुरा गरिरा तिम्रो भाई भनाउदो सँग , आफुलाई भने चिनेर शँका गर्ला कि भन्ने कत्रो डर " अली पर पुगेपछी प्रसाद कराइ पछाडिबाट ।
" चिनी हाल्यो नि खुबै , बरु नबोलेर हुँँईकिएको भये शँका गर्थ्यो होला । फेरी म बोल्न गाको हो र ?" बिनसित्तिको दोष लिना मैले सकिनँ । हुन त दुध दिने गाइको लात्ता पनि सहनु भन्छन तर पहिलो डेटमै जोइटिङ्रे पारा पनि त देखाउन भएन नि ।
" अँ , अँझै बोल्न पुग्या छैन भने बाइक घुमाएर जाने कि ? जो सँग बोल्नु पर्ने हो उसँग त आए देखी एक बचन राम्रो बोल्या छैन केरे " बल्ल मनको पोको खोली ।
" ऐना हेरेर लाउ माया लाउनी ले धोको फेरेर ......" म साइडको ऐनामा हेर्दै हाँसे । उ पनि मुस्कुराइ । OK-jawaan हँसी तो फँसी , माहोल हल्का भो फेरी ।
" प्रसाद सुरु गर न त के कुरा गर्नु मन लागेको छ ।" मैले आफुलाई पानी मुनिको ओभानो बनाएँ । मन नलागेको त मलाई नि काँहा हो र ।
"कुरा त छन नि तर खै काँहाबाट सुरु गर्ने " पिडा दुबैतिर उस्तै ।
"साँच्ची तिम्रो छुट्टी कहिलेसम्म हो हँ ? छुट्टीसकेर चढि जाने होला फेरी तिमी । मेरो जिन्दगी पनि खै के हो ? आधा जिबन माया कुर्दै गैगो , अब आधा जिबन मायालु कुर्दै जाने भो ।" डाक्टर्नी डाइरेक्ट Dissectionमा उत्री ।
" त्यस्तो हैन प्रसाद , मेरो पेन्सन पाक्न पनि अब धेरै छैन । फेरी यता तिम्रो दिलको सत्ता नै पाइने भए त्यस्ता भत्तालाइ त लात्ता हानिदिउँला नि " गफै त हो सोल्टिनी , मैले नि भस्मै पेलिदिएँ ।
" अनी के गर्छौ त ? " उस्को सवालले घाँटी निचर्या जस्तो भो । हुन पनि अर्काको देशको गुलामी भन्दा बढी के नै जान्या छु र एत्रो बर्षमा । तिम्रो कमाइमा बाँच्छु , पाले पुण्य- मारे पाप भन्ने डाइलेग आफ्नो genderमा प्रयोग गर्न नमिल्ने भैगो । एक बचन् नबोली चुप लागम हजार कुरा बिग्रने डर । उत्तर नभेट्टिँदा हात पो बिनाकारन हर्न बजाउन पुगेछन । Stress-call भन्नु पर्यो अब यस्लाई ।
"यतैतिर एउटा क्लिनिक खोल्नु पर्ला नि । आँट्ने म छँदैछु -जाँच्ने तिमी ।" थुक्क पाजी ! घुमिफिरी रुम्जाटार । एत्रो बेर सोचेर बोल्दा पनि आशय निस्क्यो उस्कै कमाइमा बाँच्ने ।
" साँच्ची " उस्ले मैले जती नियालेर सोच्न भ्याईनछ क्यारे । हुन त आईमाईको बुद्धी के मा हुन्छ भन्थे , हो कि के हो ? उस्ले उता मक्ख परेर चपक्क मलाई समाती । आफ्नो हालत खस्ता भैगो । मनमा भ्वाक्-कि-भ्वाक फुल फुले , जिउभरी काँडा उम्रिये । उस्को अङालो भने कस्सिदै छ , छोड् पनि कसरी भन्नु । नभनौँ आफ्नो यता माथिको सास माथि तलको सास तल भैसक्यो । मुखमा खडेरी ला' जस्तो थुक सुकिसक्याछ , जिउमा
भने पानी बढी भा जस्तो गरी पिसाबले च्याप्यो । हात्-खुट्टा चिस्सिएर लुलै भैगे जिउ यता बाफ्फिएर पस्सिन्यौल । तेरिम्माटोक्ने ! परान धान्नै गाह्रो भो ।
मेरो केही सिप लागेन , सडकको किनारा पारी मोटरसाइकल रोकेँ ।
" के भो एक्कासी , किन रोकेको ?" उस्ले हेल्मेट खोल्दै सोधी ।
" त्यस्तो केही होइन , खुट्टा निदाये के , फेरी long-driveमा न गाको पनि धेरै भाको थियो " जे मनमा आयो त्यही भनिदिएँ मनपरी । यस्ता फास्-फुसे कुराले के नै फरक पार्ने हो र जस्तो लाग्यो ।
" यती जाबो बाटो नि के को long-drive । एक डेढ घण्टामा त टावरै पुगिन्छ । बरु तिम्रो खुट्टामा पो केही भयो जस्तो छ । ख्वोइ लेउ यता खुरुक्क म मालिस गरी दिन्छु ।" उ हतार्-हतार बसेर मेरो खुट्टो समाइ ।
जिबनमा पहिलो चोटि कुनै नारीले यसरी आफ्नो पाउ परेको देख्दा मात्र पनि मलाई अर्कै अनुभुती भयो । आफ्नो बोलिमाथि पछुतो लाग्यो । मैले वास्तै नगरि कती आरामले झुठो बोलिदिएँ , उ बिचरी भने हतार्-हतार खुट्टा मुसार्न पुगी । पल्टनका चरम दु:खका पलमा चुप्-चाप एक्लै लतारिएका दिनहरु याद आए । जस्ता मै हुँँ भन्नेलाई पनि तिमीलाई अप्ठेरो भो कि भन्ने कोइ त चाहिने नै रहेछ जस्तो लाग्यो ।
जसोतसो घर स्याहार्न र खाना पकाउन त जुन पुरुषले पनि सक्छ तर यसरी आफ्नोपनको अनुभुती दिन नै त श्रीमती खोज्छन होला जस्तो लाग्यो । उ प्रती झन धेरै माया पलाएर आयो ।
" भयो प्रसाद , अब निको भयो छडिदेउ कती दु:ख गर्छेउ " मैले बिस्तारै भने ।
"के-को दु:ख नि । यो त practice पो त । के गर्नु अब बुढेसकालमा आएर माया लाएपछी मन मात्र नभै हाड्-जोर्निको पनि त ख्याल राख्नु पर्यो नि ।" उ हाँस्दै उठी , म पनि हांसे ।
अब फेरी हाम्रो यात्रा सुरु भयो । हामी पिच रोड सकिएर ग्र्यावेल सडकमा अैसकेका रहेछौँ । अघिसम्म ज्यानमा काण्ड मच्चिएर बाटोको हेक्का राख्न नभ्याएको रहेछु मैले । तर अहिले सरुको पाउ छुने घटनाले मेरा सोचहरु चोखिएका थिए , माया निखारिएको थियो । बाटो त खत्तमै हो , अन्त ढुङ्गा हटाएर बाटो बनाउने भन्छन , याँहा भने ढुङ्गा फिँजाएर बाटो तयार भएको थियो । खाल्डा-खुल्डी पनि उस्तै ।
मोटरसाइकल चढ्या पनि ट्याक्टर चढ्या भन्दा काम भा'थेन । यस्तरी आन्द्रा-भुँडी थर्किने गरी उफारे पछी बिचरीले पनि के गरोस् त मलाई चपक्क नसमायेर । दुर्गाममा बाटो बनाउने budgetले सुगममा घर ठड्ड्याहोलान मुर्दारहरुले अनी यत्राको बाटो गतिलो हुने भो त !
जुन बाटोलाई देख्दा म मा सामाजिक चिन्तन जागेका थिए , त्यही बाटोले गर्दा नै फेरी एक छिनमा ति सोचहरु हराउन लागे । लागातारको थर्काईमा मन-बदनका छुट्टीएका चाहना फेरी मिस्सिए , घोल्लिए । बारम्बारको स्पर्शले catalystको काम गर्यो , reaction त हुने नै भयो । अरुका लागि बाटो खत्तम भये पनि मेरो लागि काइदाको फाईदा भाको थियो । घच्याक र घुच्चुक -ले दनादन दे दनादन । दैब ! तिमीले नि अच्च्म्मैका दिन
देखाउछौ । हाम्रा जिउका हरेक कोष संवेदन्शील हुन्छन भन्ने त उहिल्यै पढ्या जस्तो लाग्छ , आज आएर नबिर्सिने गरी practical गरायौ ।
कच्ची बाटोमा भट्-भटेको ढ्याँकुसी बनाएर मच्चीँदै बल्ल-तल्ल view-point पुगियो । चियापसलजस्तो एउटा छाप्रो रहेछ रोँके , हल्का नास्ता पेलेर जोर्नी सुस्ताउनु भन्दै । पसलमा एक जना बुढा कनि-कुथी गर्दै थिए ।
" दाई, टावोर कती टाढा छ अझै ?" क्यार्नु, बा !भन्ने उमेरका रैछन् तर गोरु-बेच्या र चिया बेच्या साईनो जे भनिदे भो । भनी त हाल्लियो अब दाई नै भन्छु भन्ने सोच आयो ।
" हीँ चिम छ र टाउर् ट , च्या नास्टा गरेर आराम्ले पुगिन्च के रे " आफ्नो ब्यापार नै नगराइ जाला कि जस्तो गरी बोले बुढा ।
" ल दुइटा चिया बनाउनुस् न त " उन्लाई पनि खुशी पारीदिएँ मैले ।
" बाबुहरुको लागि ट पेशल च्या बनान्छु के रे ऐल्या-ऐलै । डल्ली भैँसिको मोही खानि भा छ के रे गजप मिठो माल " बुढा रमाउदै बोले । ल्याउ त के रे , भन्न मन लागेको थियो तर प्रसाद साइडमा आएर बसी सक्या भएर ब्रेक लाग्यो । तिल्-चामले कपालमा खरानी उड्ने गरी फुक्-फाक गर्दै चिया तयार गरे बुढाले , एक गिलास मलाई ल्याएर दिए ।
" एउटा उता " मैले सरुतिर देखाएँ ।
" ए लौ , डाक्टर्नी नानी पो आ रैच । नमस्ते गरे है नानी । कटी काम्ले होला नि बरा ।" बुढाले चिन्दा रहेछन ।
" त्यस्तो खासै केही होइन बुवा, साथीसँग घुम्न आ'को । माथि टावर सम्म पुगुँ कि भनेर " प्रसादले अप्ठेरो र लाज दुबै मान्दै भनी ।
" घुम्नु पर्च नि नानी कैले-काइ ट , कटी ज्यादा काम मात्र गर्नु । फेरी हामीसँग नि भेट हुनी । हाम्लाई ट आफ्नै जस्टो लाग्छ यो नानी । " बुढाको customer-skill दरै रहेछ जस्तो लाग्यो ।
" मलाई पनि आफ्नै जस्तो लाग्छ नि तपाईंहरु अनी भाउजु ख्वोइ त ? तपाईंकी नातिनीलाई कस्तो छ ? " चिन्-जान दरै रहेछ । तर याँहा आउँदा समेत् मलाई भनेकी थियीन प्रसादले । म भ्यैद्या भए गाउ नै चिन्या छु पुरा, चिन्ता लिनु पर्दैन भन्न भ्याइ सक्या हुन्थे कि ? मेलामा छुट्टीएका बाउ-छोरीको कुरो हुन लाग्यो , आफ्नो काम भन्या कुरा सुन्ने र चिया फुक्ने नै सिमित भो ।
" सप्पै बिसेक्-आरामै छम नानी , सप्पै । बुहारी गाउटीर दही खोज्न गा'च । के गर्नु र नानी , दुकानमा चाहेको टेममा क्वोइ ले'रान्नन । बुहारी नि तगडा भा'च अचेल त । उ बेलामा नानीले टेट्रो दु:ख नगरे भा ट काँ हुन्थ्यो र नानी । छोरो इन्ड्या भस्सियो , उटै नस्सियो । टेही एउटा नाटिनी पनि नस्सिने थ्यो । ऐले ट ४ सालको भो , पारी स्कूलमा दाखिला गर्द्याचु । म बुढाको परानी रा'सम्मन र जग्ग-जिमिन भा
सम्मन दुबै बेचेर भा नि नानी जस्तै डाक्टर्नी बनाने तमन्ना छ नानी ।" बुढाले घत् लाग्ने कुरा गरे ।
" हो नि । आफ्नै नातिनी डक्टर भैइन भने त यो गाउँलाई कती राम्रो हुन्छ ।" सरुले बुढाको आँटको कदर गरी ।
" नाटिनी पनि एक्दुम जाटी छ नानी , स्कूल खटम गरेर दुकानमा आन्च , बाजे भन्च , यटा-उटा जानी बेलामा नि पछ्यान्च । हुन त नानी, बाउ भा भे पो उस्लाई पछ्यान्दो हो र । राती टुकी बालेर पढम बाजे , आउ मलाई सिकाउ भन्च । मलाई नि बहुट पढाम्न दिल गर्छ नानी टर के गर्नु, आफु अछेर चिन्ने भा पो । आधी उमर गोठाला खर्कमा , आधी उमर पल्टने नर्कमा गैगो । टो नाटिनिलाई के सिकाम्नु र ?"
म खङ्रङै परेँ । बुढाको पल्टने अतितले गालामा बेस्सरी चड्कन् बजारया जस्तो भो । आफ्नै अगाडि , बुढाको चाउरी पर्या अनुहारमा आफुलाई नै देखेँ ।
"अझै खानि भा दुसरा पेशल च्या बनान्चु के रे " पो भन्दै छु ए म त । धत ! हटा सावनकी घटा । आफ्नो आधै भाको चियाको गिलास भुईमा राखेँ । पेटले त मागेकै हो तर नखाउँ भने दिनभरिको सिकार , खाउँ भने कान्छा बाको अनुहार । खान्न , म खान्न ।
अब तिन्का कुरा सुन्नु थिएन मलाई । हुनसम्म भाई सक्या थियो । मन
भुलाउन यता उता नजर डुलाउदै थिएँ एक्कास्सी काँ-काँ-कुँ-कुँ को आवाजले ध्यान बिथोलियो । आँगनमा पोथी लखेट्दै या'मानको भाले अाइपुग्यो । पोथिले नाइ के आज हुन्न प्लिज भन्दा-भन्दै पनि जबरजस्ती लकेट्दै रहेछ , पोथी किन मान्थी र नाइ मुड नभा बेलामा । फेरी भाले पनि घच्चिकै थियो, मज्जाले छरी उम्रेको । एक त लोकल कुखुराको भाले त्यस्माथि छिप्पेर छरी उम्रेको । आलुजस्तो ब्रोईलर खाँदा
थाकेको मन त्यस्लाई देख्दा रसायो । भाले उता अझै पनि मनपरी तुजुक देखाउँदै थियो , आफ्नो मनले भने त्यस्लाई भुत्ल्याइ सकेर पनि आधा मासु फ्राइ र आधाको सुप बनाईसकेको थियो ।
" दाई ! यो भाले तपाईंको हो ?" पोथी-चल्लाको मलाई मत्लब थिएन ।
" हो के रे , सुबे-साम उब्रया सिटा टिप्लान भनेर पाल्याचम " बुढाले म तिर हेर्दै न हेरी जवाफ फर्काए ।
" बेच्नु हुन्छ ? यस्को झोल सँग ढेँडो खान काइदा हुने थियो "
" बेच्न त किन बेच्डाम र , ट्यो छेँवलको ट्यै एउटा भाले हो । टर फेरी डाक्टर्नी नानी आको टेम परो अब काट्नी भा, ढेँडो नि येटै ओरालम्ला के रे " बुढाले कुरो मिलाउलान जस्तो गरे ।
"उसो भए जोख्नुस् न त , कती पर्छ मोल त गर्नै पर्यो " आफ्नो भने उही तोरी लाउरे छाँट ।
" के कुरो गर्या होला के रे बाबुले । डाक्टर्नी नानीलाई खुवाउने भाल्या नि मोल खोजम्ला र नाइँ । ट्यो ट मेरो किस्मट हो के रे " किस्मत तिम्रो चम्क्या होइन आज मेरो चाँदो बल्क्या रहेछ । पैसाइ जोगियो । फेरी काट्-मारमा गान्धी बाज्या ( भारु ) के काम ?
बुढाले बोल्या कुरा पुर्याए । सरुले हजार नाइ-नास्ती गर्दा पनि नास्तको समेत् पैसा नलिने लेँडे ढिपी छुटेन उन्को । अझ त्यस्माथि दिउसोको खाना पनि यतै हुने भो । सरुको केही सिप लागेन । कमाउन त यस्तो पो भन्ने लाग्यो मलाई । हेर उस्को कमाइ दाम, नाम , समाज , गुन , आफ्नोपन ..... सबै । आफ्नो भने , भैगो कुरै नगरम बैराग लागेर आउछ ।
एकछिन्पछी हामी View-point-Towerतिर जान तयार भयौँ । हिँडेर गये नि हुने हो तर बाहन हुँदा हुँदै उड्ने सक्ने भगवानले त छोड्दैनन, चाहे त्यो साँढे होश कि मुसा, हामी गूड्न समेत् नसक्नेले किन छाड्नु जस्तो लाग्यो । प्रसाद चढेपछी आफुलाई ढिकिच्याउँ खेल्न हतार भैसक्यो मोटरसाइकल भनाउँदो ठाँडो मरे स्टार्ट हुन्न । लत्ता बजारदा-बजाअर्दा कापैसम्मका नसा सड्केलान जस्तो भै सक्यो उता भने
ख्वाक्-ख्वाक गर्छ फुस्स भै हाल्छ । अघिसम्म त रिस मात्र उठेको थियो, अहिले त पसलमा अलि-अली मान्छे थप्पिनाले लाजै होला जस्तो भयो । फेरी वोरि-परी केटा-केटी झुम्मिन लागे तमाशा हेर्न । भएन बा ! भनेर एक छिन् चोक तान्न-तुन्न पारेर झट्का दिएको बल्ल भो , फेरी सेलाउला भन्ने डरले कुदाइ हालेँ ।
छिनभरमा टावर पनि पुगियो । टावर त के भन्नु र एउटा जस्ताको छानो हाल्या चौकी जस्तो रहेछ । चुनावी बिकास होला , कुन चाँही स्यालले भोट् माँग्ने भाँडो ठड्याएको होला नि ।
" के View-point-Tower भन्या नि एस्तोलाई नि । ठाउँँ भन्दा ठुलो नाम दिएर । वाहियात , गाबिसहरु !( गाबिस हाम्रो लागि 'पाखे' शब्दको updated version थियो स्कूलताका )
" के गर्नु त ? सबै तिमीले अर्काको ठाउँमा देख्या जस्तो ठुलो र आधुनिक काँहा हुने भो त । याँहा ठाउँँ सानो छ, अर्थतन्त्र सानो छ, केही गरुँ भन्नेको जमात सानो छ अनी यो टावर नि सानै भो । तर यत्ती भए नि तल बेँसीका मान्छेलाई गर्मी छल्ने र याँहाका पसले बुवा जस्तालाई दिन धकेल्ने बाहाना दिएको छ । हुन त ठुला कुरा हामीले चाहेर पनि काँहा पाउने हो र ? अब त बानी नै पारी सक्यो सानै कुरामा
समेत् खुशी हुने । सानै कुरामा जिबन खोझ्छौँ, जिउन सिक्छौँ र बेला मौकामा रमौछौँ । रहर नहुने त काँहा हो र ? तर सम्झौता गरेर रहर मार्न बानी पर्छौँ हामी । सानो छँदा चाबिले दम दिएर गूड्ने गाडी खेलाउने एकदम रहर थियो तर किन्ने ल्याकत मेरो परिवारको थिएन । कालिमाटी कुटेर गाडी बनाउन सिकेँ, दम दिएर गूड्ने नभए के भो त डोरी लाएर लतारेँ । म त्यसैमा रमाउन सिकेँ । त्यतिखेर देखी सम्झौता
गर्न सिकेको मान्छे यो उमेरमा अैपुग्दा त सम्झौता नै समझदारी बनी सक्छ अनी याँहाका मान्छेलाई सानो कुरो पाउदा पनि ठुलै लाग्ने भएन त ?"
क्या च्वास्स घोच्ने गरी कुरा गरी भने प्रसादले । मैले यत्रो बर्ष लाएर बनाएको मेरो आत्माको सुरक्षा कवच नै छेडेर भित्र पस्यो । यि सब कुरा मलाई थाहा नभएको काँहा हो र ? आखिर म पनि यही धुलोबाट उठेको मान्छे , मैले पनि ति सब भोगेको छु तर म वास्ता नराखे नै गर्न चाहन्छु । जती म देशका कम्जोरीहरुका बारे सोच्छु, त्यत्ती मन बेचैन् हुन्छ, पागलझैँ चिच्याउन मन लाग्छ , एक-एक गल्ती औल्याउन
मन लाग्छ तर फाईदा के ? गर्नु सक्ने केही होइन । आफु नै बिदेसिएको छु , आफ्नै मज्बुरी छन हजार, के-के मात्र सोच्नु । बरु live and let die भनेर जिन्दगीलाई रङीन पारेर हेर्छु, जिन्दगीलाई जिस्काउछु, अप्ठेरोमा ठट्टा गर्छु, आँफैमा रमाउँछु । दुखेको मन र फुटेको जिबन दुबै केही बिसेक हुने रहेछ । जाँहा सम्म सानो कुरामा खुशी खोज्ने कुरा छ त्यो पनि १६ आनै सहि भनी । जिबनका खुशी भनेका अन्जान सुक्ष्म
पलहरुमा र आफ्नोपनमा नै हुने रहेछन । गगन्चुम्बी महल र चिल्ला सडक मैले नटेकेको होइन तर खाली खुट्टा आफ्नो माटोमा हिड्दाको आनन्द अन्त काँहा ? अत्याधुनिक शावर -जाकुजी नै किन नहोश तर बर्षाले पखालेको खरको छानाको बलेसिमा नुहाउदा मेरो मनले जिउने उमङ अन्त काँहा ? आफ्नो मान्छेको के पनि प्यारो भन्थे हो कि कसो ? प्रसादका सब कुरा गजब लाग्न थाले बा मलाई त ।
हामी केही बेर शुन्यतामा घोत्लिरह्येउँ । मैले तल बेसी नियाल्न पनि भ्यायँ । भर्खर रोपाईँ सकिएको मौसम भएकाले छिट्-फुट गाउ-घर बाहेक जत ततै हरियो फाँट देखिन्थ्यो । वर-परका डाँडा झन गाडा हरिया देखिन्थे , पुरै द्रिश्य चिटिक्क मिलेको थियो । हुन त आफ्नो गाउँ-ठाउँ कस्लाई पो राम्रो नलाग्ला र ?
अर्को मोटरसाइकल टावरमा आएर रोकियो । वाह क्याबात् ! पापा कहेते है बडा नाम करेगा भन्या जस्तो गरी स्कूल-ड्रेसमै आएका रहेछ एक जोडी Love-birds । हामीलाई देखेर अली अप्ठेरो माने जस्तो गरे । के गर्छस भाई , कर्म खोटो रैछ आज हामी दुबैको ,न तेरा मनका इच्छा पुरा हुने भने न मेरा भनेँ, मैले मनमनै । Disturb दुबै तिर हुने भैगो । त्यो जोडी एक्छिन अर्को दिशातिर लागे । आमिरले अङालो हालेर हिंड्न खोजेको
थियो , जुही लजाइ टोपली , के तेस्को मन्जुरी बेगर आ होलान र यता । अझै पर गएर गन्थन गरे एक छिन् जमेर पछी फेरी बाझ्दै आए । भनेसी कुरो मिलेन क्यारे । उही तल पसलको भाले-पोथिको चाल् त भएन भन्ने लाग्यो । उनिहरु नजिक आउँदै थिए आफ्ना कान ठाडा भै हाले । आफ्नो बानी - काईँ नजानी , तलाई शैतान ।
" हैन के बिबेक ( उ ! नाम त विद्वानको जस्तो रहेछ भागुरे आमिरको ), आज २ घण्टी पछी भए नि जानु पर्ने हामी क्लास । बेक्कार अरु क्लासहरु पनि छुट्यो " जुहिले यताको नि काम भएन भन्या जस्तो गरी ।
" बजारतिर घुम्या भए त तिम्रो दाइले भेट्न सक्थ्यो नि त ? फेरी २ घण्टी पछी क्लासमा जाँदा त सारा क्लासले नै होमवोर्क नगरया भएर skip गरेको भन्ने यकिन गर्थे ।" अलि-अली बुद्धी त भकै रैछ बिबेक ।
"ल ल अब फर्कियु " जुहिले कर गरी ।
" म त कुरै बुझ्दिन साबी तिम्रो ( भनेसी जुही पनि साबित्री निस्किन )। आँफै ठाउँ रोज्छेउ फेरी आँफै मन पराउदैनेउ " बिबेक द्ङ पर्या'थ्यो । बाबु एत्रो उमेर भाईसक्दा मैले त बुझ्या छैन यो जात तैले यती चाँडै किन बुझ्थिस त जस्तो लाग्यो ।
" हिडन अब , बाटोमा कुरा गरुम्ला " केटी हक्की रैछे । लागे दुइजना । भनेसी बाटोमा नयाँ ठाउँँ invent गर्नु भने भो यो जोडीले । डेटिङ सफल पार्न नि कम्ता धौ छ र !
"होइन केही बोलन , किन चुप लागेको । मैले अघी भनेको कुराले फेरी रिसायौ कि के हो, रिसाहा मान्छे ?" प्रसाद कुममा अडेस लागेकी रैछ । आफु भने अर्कको घरको काहानी हेरेर आफ्नो घरको बाल हान्न पुग्या रैछु ।
" छैन, किन रिसौनु । Mute-Date हो के आज ,Blind-Dateको कान्छो भाई " म हाँसे ।
" Mute मात्र किन Deaf पनि भन न अब । हरे अहिले त मेरो वास्ता छैन पछी त के होल ख्वोइ ?" मैले फाल्या छिल्कामा मैलाई चिप्ल्याइ डाक्टर्निले । कुरो नखोले गार्हो पर्ला जस्तो भो ।
"हैन के अघिका Highschool-sweetheartsहरु होमवोर्क नगरेर यता आएका रहेछन । त्यही सुनेर बसेको थिएँ । होमवोर्क नगरे मुर्गा बन्न पर्छ भन्ने त थाहा थियो । त्यस्तो मुर्गी नै उडाउन पाइने बहे त हामी पनि नगरने थिम नि होमवोर्क कहिले-काही । त्यस्तो हतार्-हतार तिमीबाट सार्नु भन्दा । "
" अँ त्यस्तै भन्ने त हो, खुब ।" उ झर्कीई ।
" के प्रसाद मैले होमवोर्क नगरेको भए तिमी पनि यसरी नै मलाई साथ दिन class-bunk गर्थेउ त ?"
" गर्थेन , सम्झाउदा पनि नमाने बरु तिम्रो होमवोर्क पनि म नै गरिदिन्थे । साथ दिने भनेको त राम्रो काम्मा पो त , बिग्रन साथ दिने पनि साथी हुन्छन र ?"
" ए बा ! होमवोर्क नै गरिदिने । उतिबेला नै भन्नु पर्दैन । अहिले थाहा दिएर के काम ?"
" होमवोर्क नगरिदिए पनि notes त टन्न सारीदिएकै हो नि । आफुले सार्ने होइन तर कापिमा अक्षर समेत् उस्को जस्तो बनाइदिनु पर्ने रे । Cursive-handwriting भए नि r र f, cursive लेख्न नपाईने रे । कम्ता हो र ?" उस्ले ति कुरा र मेरो {handwriting} अ
हिलेसम्म सम्झेकी रहिछ आफुलाई भने उतिबेलाई ख्याल थिएन होल शायद ।
" के भो त घिउ काँहा पोखियो , भागैमा ।" अरु भन्ने ठाउँँ थिएन मेरो ।
" है , तिमीलाई आफ्नो गल्ती लुकाउन परेपछी अनेक उखान-टुक्का आउँछन ।" जे होश माफि दीइ उस्ले ।
अब भने हाम्रो बार्ताले राम्रै गती लीइसकेको थियो । एक अर्कालाई पुराना कुरा सम्झौँदै नयाँ अध्यायको सुरुवाततर्फ लम्कदै थियौ । टावरमा नयाँँ मलेवाको जोडी झुल्किएर मरे । मट्याङ्राले हानेर पुक्लुक्कै पार्न नपुगेको यिन्लाई । हे र त टाइमिङ , माट्टामा किल्नेहरुको .
जती भुत्-भुताये नि के गर्नु । सार्वजनिक थालोमा निजी मामाला लिएर आएसी भन्या जस्तो खोजेर भो र ?
अहिले आउने चाँही स्थानिय क्याम्पसका विद्यार्थी हुन जस्तो लाग्यो । बाहिर जिल्लाबाट पढ्न आएका हुन क्यारे । न आमाको 'हप्काइ' न बाको 'चुटाइ ' भन्या जस्तो गरी जोल्ठिदै हिंडेका थिए । Dress-sense हेर्दा चाँही क्याम्पस पढ्नै बजार टेक्या जस्ता देखिन्थे । लुगा हदै fashionable तर लगाइमा भने इस्टाइलको हल्का वजनसम्म नि नाइ । खै के नमिल्या-के नमिल्या जस्तो । बोली सुनेपछी चाँही किटानै भो ।
" Baby दिलसरा ! I love you really ,mother promise. " केटो चाँहिले आफ्नो modern-love ओईरयायो । मायाको Pandora's-box खोल्न त्यसई त कम्ता गार्हो हुन्न झन आफुलाई बोल्नै गार्हो पर्ने भाषा किन प्रयोग गर्नु पर्या हो उस्लाई । Freshmanको लेखा-पढी arrogance होला अब ।
" ई जेई ! मलाई भस्मै शरम आउदोछ के । तपाईं त कस्तो मुन्छे छी ....... ।" दिलसराले दिल खोली ।
" No ! You understand OK, I telling true." केटो चाँही किन चुप लाग्थ्यो र । दिल्सरालाई दिलको कुरा सुनाउनु भन्दा नि उस्को सुर हामी गवाँरहरुको अगाडि उस्को English-Fluency देखाउनु रहेछ। बर्बराउदै गयो । अली पर पुगेसी त नेपाली बोल्या जस्तो नि मान्थे । म एक्लै भाको भए बजाइदिन्थे भन्या जस्तो भो आफुलाई ।
"अर्काको नक्कल गरेर नि के माया लाउनु र ?" प्रसादलाई पनि अत्ती भा रैछ ।
"हो नि तर हाटबजारमा Jack-and-Roseको रुमाल किन्नेलाई Titanicको भुतले त समात्ने नै भो लि अली अली " मुख बिगारदै भने मैले । मुडै अमिलो पार्द्याथ्यो Englishबाबुले ।
"जाउँ अब " बस्ने मन प्रसादको नि सकिएछ । स्तर नै घटाइदियो नि असत्तिले डाक्टर्निको ।
" हैन के हतार छ र । Jack-and-Roseलाई जान दिउ अनी लागौँला ।" जे जस्तो भए पनि आफ्नो हात लाग्या मौका त भर्पुर इस्तेमाल गर्नै थियो मलाई ।
तर चहे जस्तो छिटो फर्के पो Jack-Roseको युगल जोडी । एउटा लीलामी स्टिल क्यामरा पनि लिएर मोर्या रैछन् । पोज दिन सुरु भयो । दिलसरालाई Paris पुग्या जस्तो भा रैछ । टावरको वारीपरी अनेक रुप र मुद्रामा उभ्भी । ज्याके भने "yes-baby, yes-baby भन्दै फोटोग्राफर बन्यो । कस्सो मलाई दुबैको युगल पोज खिचिदिन बोलाएनन । त्यही क्यामराले छोडुवा हानिदिन्थे ,Mother-promise. ह्या ! के एस्ताका पछी लाग्नु, आफ्नो बोली समेत्
त्यस्तै हुन लाई सक्यो ।
एकाध घण्टाको फोटो सेसन र ESL-class भएपछी बाटो लागे Titanicका मुख्य कलाकारहरु । जाने बेलामा समेत् दिल्सराले " ई जेई, मलाई त भस्मै लाज जाग्याउ छ । फुटा कस्ता पो आउन्या हुन नाइ " भन्दै थियी । अब तेस्को बाजे Yes-Baby भन्दै रनाहा पर्याथ्यो केरे । त्यती भए अरु किन चहियो र । फोटो धुलाउनेसँग किन शरम हो फेरी । असत्तीका बगाल आएर एउटा भने फाईदा गरिदिए । आफुले पनि भाईको डिजिटल क्यामरा ल्याछु भन्ने
बिर्सेंको थिएँ , सम्झाइ दिए । हामी पनि केही फोटो खिचौँ ,Titanic-2 न भए सम्झना त होला भनेँ । सरुले नाइ-नास्ती गरिन । मैले नि मौका पर्या बेला जूम गरी गरी उस्का अङ प्रत्यङ नियालेँ । अटो मोडमा राखेर अङालो पनि मारियो ।
"जाउँ अब त , कत्ती फोटोमात्र खिची राख्ने " प्रसादलाई अत्ती भए छ अब त ।
"अहिले त हो नि खिच्ने , मोटरसाइकल चलाऊँदा खिच्न मिल्दैन त " मलाई zoom गरेर धित मर्या भए पो !
मोटरसाइकल त भनियो , यता स्टार्ट भने मरी गये हुने हैन । चोक तान्नाले चुट्ला जस्तो भैगो , अहँ , जस्ता तस्स हल्ली नदीइ । ओर्लेर हेर्दा सातै उड्यो आफ्नो । ट्यान्की reserveमा रहेछ । तेल सक्या हो भन्ने कन्फम थ्यो , त्यही पनि मन बुझौन ट्यान्की खोलेँ । तेलका त के कुरा हावा पनि राम्ररी बाँकी थिएन ट्यान्किमा ।
"के भयो" प्रसादको यो जवाफ आउछ भन्ने नि कन्फम थ्यो मलाई ।
" ला, हेरन तेल सकिएछ । बिहान आउने बेलामा भाईले, ए दाई पख त एउटा कुरा छ भन्दै थियो । आफु कुरा नसुनी कुदेँ । फेरी हिजो बेलुका तेल हाल्न भनी निस्क्यो को थियो उ , तेलै हालेनछ ।" दोष जती मैले सब भाईलाई थोपर्न खोजेँ ।
" आजकाल काँहा सजिलो छ र भनेको बेलामा तेल पाउनलाई । ला अब के गर्ने ?" प्रसाद आत्तीइ ।
" बस न । याँहाबाट तल पसलसम्म त neutralमा पनि गै हाल्छ । त्यहा पुगेसी तेल नपाए अरु गाडी त पाईएला नि ।" त्यही आस बाँकी थियो आफ्नो ।
जसो-तसो पसल पुगियो । बुढा हाम्राइ बाटो हेर्दै रहेछन ।
" ए नानीहरु अैपुग्नु भैच् के रे । म ट देर पो भो भनेर सोच्या थेँ । ल भान्सा टयार् भो, टाट्-टाटै खाम के रे "बुढाले पानी समेत् ठीक परेका रहेछन ।
" दाई यता कतै तेल पाईन्न गाडीमा हाल्ने ? नभए तलसम्म जाने गाडी त पाईएला नि ?" हतार मा बोलेँ म ।
"टेल ट काँ बाट पाउनु र बाबु । गाडी रोज टिन्टा पास् हुने हुन के रे । झन लास्ट गाडी नि ऐल्या ऐल्यै हीँ चिंम बाट टल्टिर लागो ।" बिताए बुढाले ।
" ला! झन हामीलाई साँझसम्म तल पुगी सक्नु पर्ने । के गर्ने होला बुवा, अप्ठेरो पो भो त " सरुले मर्का सुनाइ ।
" अँ ट नि नानी , बरा , के गर्नी होला नी । गाडी ट यटा कसैका छैनन के रे । केई जुक्टी नलागे आज यटै बसम न भा । आफ्नै घर हो के रे नानी को " बुढाको कुरा त ठिकै हो तर मलाई मरी गये पनि त्याहा बस्नु थिएन । चिया खाँदै कान्छा बाउको अनुहार देखिसक्या थेँ मैले , रातै गुजार्न पर्यो भने त जेठा बाउ , माइला बा सब देखिनेवाला थिए । फेरी रात गुजारेर फाईदा पनि केइ नाइ । प्रसादको आफ्नै घर जस्तो रैछ यो ,
सङै हुन मरे नपाईने होला । छिँडिमा रात गुज्रने स्योर छ ।
भएन केइ जुक्ती त सोच्नै पर्ने भो । आपत अैलाग्या बेला दिमागले किन काम गर्थ्यो र ? घुमिफिरी एउटै नाम । मोबाईल निकालेर फोन लगाएँ । उता २ घण्टिमै उठ्यो ।
" ओई थरे ! सुन न । बर्बाद भो यार । टावर घुम्न आएको मोटरसाइकलको तेल नै सकियो यार । तैले जसरी भए नि राइड मिलाइदिनु पर्यो यार । " भन्ने कु