[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 322994 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-07-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडोमा अत्ती मात्र होइन महा अत्ती नि - अस्ती को जाडो ले त बेहाल नै गर्‍यो नि - यो पाली
त्यती जाडो नहोलाकी भन्ने आशा छ - हेरौ के हुन्छ। 
चिप्ले पनि भएपो गर्ने - नभए कोल्लाई गर्ने -
अब कस्लाई भन्नु नि गैर कानुनी भनेर - अब तिम्रै ब्यवसाय गैर कानुनी छ त त्यसबाट कमाएको पैसो नि गैर कानुनी भएन र - बुझ पचाउँछ यो पर्वते पनि। 
 
Posted on 08-07-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु लहरे को त गाँउ कि गाई कि हिउँ त होलानी। उ जस्ताइ के कहिले गाई जस्तै ज्ञानी हुन्छ कहिले कठोर हिउँ जस्ताइ चिसो मन नै कपाउने हजुर पनि आउनुस् न त मामा सँग अनी ख्वाउला हजुरलाई पनि दाल भुजा।

मामा हुन्छ म दाल भुजा तरकारी अचारा त्यो पनि गोलभेडामा टिम्बूर हालेर बनाउछु। आउनुस् है।

 


 
Posted on 08-07-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो कस्तो भनेको मलाई सहनै सकेन - लौ न के गर्ने होल - अझ हिउँ जस्तो रे - भएन यो चाँही भएन

बरु हाम्लाई पनि भुजा ख्वाउने भए देखी सहिदिउला - के गर्ने पेट भरे पछी रिस उठ्दैन मेरो।।।

बरु बोलाँउदैन र पो टेन्सन -


 
Posted on 08-07-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिप्ले पनि भएपो गर्ने - नभए कोल्लाई गर्ने -

के भन्या हो लहरे, कुरो बुझिएन।
दीपू, कुनै कुनै गाई त एकदमै जन्ड स्वभावका हुन्छन् नि, जसलाई देखे नि हान्न जाने। तिमीलाई जथाभावी भन्छ, कम जन्ड त छैन लहरे पनि।  अनि कुनै कुनै गाई असाध्यै लोभी हुन्छन्, जति घाँस खाए पनि नअघाउने। यो लहरे चाँही पैसाको महा लोभी। "उल्ठा" गरेको ५०, चेलीसँग २००, अब त हुँदा हुँदा तिमीलाई दूध पठाउन ५०० माग्न थालिसक्यो।   

 
Posted on 08-07-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे त्यसै अर्काको कामलाई गैर कानुनी रे? आफुले गर्न सक्दैन अनी मैले बल्ल बल्ल यसो ज्यान पाल्ने उपाय गर्दा हुने नहुने भन्छ
म कहाँ न आउने भए लहरी लाई खाना बनाउने भन न त , म पनि आउछु त्यतै, अब तिम्रो घरको त्यत्रो बखान भएको छ , तिम्रो गाम पनि डुलम तिम्री लहरी लाई पनि हेरम , तिम्रो लहरी ले पनि दीपिकाजि ले जस्तै मिठो खान बनाउछिन रे भनेको सुनेको थिए
 
Posted on 08-07-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम जङलमा परे छ

जिन्दगी बोरिङ्ग छ

देश बेहाल छ

ग्रीन कार्ड कहाँ छ

 

पर कोइ बात् छैन

आफ्नो काम गर्दै गरे छ

माइली आमैलाई याद गरे छ

सबैलाई नमस्ते गरे छ

 

किसनकालिया, जितपुर, बिरगंज हाल usa re...jpt..lol.


 
Posted on 08-07-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                माइली बुढी हराएको अर्को सुचना

माइली बुढी हराएको पहिलो सुचना निकालेको एक हप्ता बित्दा पनि माइली बुढी फेला नपरेको र चौतारी मा मुख त के नाक पनि देखाउन नआएको ले यो रस्रङ प्रधान आँफै चकित भैबक्सेको छ। माइली बुढी जिम्बाल बाट पिटिएर सख्त घाइते भएको कुरा पनि गाम्भरी हल्ला फैलिएको छ। एस्तो परिस्थितीमा म रस्रङ प्रधानको हैसियतले केही कदम चाल्नु पर्ने देखिन्छ। एसो हेर्दा एस्मा पक्कै जिम्बालको दोष रहेको पुष्टी मेरो एकल इजिलासले निर्णय गरेको छ। एस्तो अत्यन्तै गम्भिर अवस्थामा सबैलाई धैर्य धारण गर्नु हुन पनि अपिल गरिन्छ र जिम्बाल भन्ने बिर्खे बहादुर बोगती लाई हुस्सु दण्ड दिने निर्णय गरिन्छ। हुस्सु दण्ड मुताबिक जिम्बाललाई आजकै मिती अहिले को समय चौतारी मन्त्री परिषद को प्रवक्ता बाट पदच्युत गरिएको छ। निजले खाइ आइरहेको तलब भत्ता पनि सबै बन्द हुने र निजलाई घोक्रोठ्याक लाउने कुरा को जानकारी पनि सबैलाई गरिन्छ। धन्यवाद।

चौतारी रस्रङ बिभाग 

Last edited: 07-Aug-08 12:32 PM

 
Posted on 08-07-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त टन्न खाएर आईयो,थ्यान्क यु भान्जी,कालो दाल,भात,बोडी आलु तारेको,खसी को मासु,अनी पोलेको गोल्भेडा को अक्षर मा टिम्बुर हालेर बनाको,खै चिप्ले र लहरे आउछु भन्या आएनौ।
अब एक कप चिया लिएर बसेको। छल हल गर्न नस्किने भईया छ् धेरै खाएर।      
अरु कहाँ गये सब्बै खै ?
 
Posted on 08-07-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ब्यस्त भएकोले के भाईरहेछ चौतारीमा मेसो पाउन सकिन। माफ पाउं । जे भए नि राम्रो नै भाईराख्या होला नै।


हसुर्न न भुल्नु ट्याम मै। ग्यास्ट्रिक होला।


 
Posted on 08-07-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गोल्भेडा को अक्षर मा टिम्बुर हालेर बनाको: बिष्टे, क्या हो नि त्यो भनेको? 

 

 
Posted on 08-07-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचार् टाइप हान्यो नि अक्षर हुन्छ, यो युनिकोडमा। बडा उपबुज्रुका छ भने। टायर् लेख्यो कि तयार हुन्छ। नेप्चे टाइप हान्यो कि नेप्छे हुन्छ।

 
Posted on 08-07-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कोइ छैन कि क्या हो
अल्छि का पोका हरु - हेर्या हेर्यै गर्छ - लेखेर टाँस्ने कोइ होइन
अनी ठुल्दाइ के गर्दै - आज बिहान फूटबल हेर्या हो
 
Posted on 08-07-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचार  
धन्यबाद ठुल्दाइ,
तेही भन्या मैले त याद नि नगरीरा धेरै कुरामा एस्तो झुक्क्यौछ युनीकोड ले एक छिन लेख्न लाग्यो एक चाइना हुन्छ कहिले काही रिस उठ्छ।
खैर, अक्षर नै त हो नि मिठो भए नि राम्रो भए नि, अक्षर नै सिगारेको हो, अक्षर मा टिम्बुर हालेको भन्दा नि हुन्छ।   

 
Posted on 08-07-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लहरे मलाई भन्या हो ?
हे हे ल लेखेर नि टालिदिये
 
Posted on 08-07-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाउरो रिट्ठे कता गो हँ आज अत्तो पत्तो छैन,अस्तिन ३ घण्टा हरा भन्ने सुने थे आज त ५ घण्टा हुन लाइसको,
कस्लाई भेट्यु ए रिट्ठे काजी। जस्लाई भेटे पनि एतै लिएर चौतारी को छाहारी मा बसेर बाट मार्दा हुन्छ हामी केही गर्दैनम केरे,लहरे ले बाहेक।
 
Posted on 08-07-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमलाई मात्र होइन सबैलाई भन्या
भ्यू कोउन्त बढीराछ - टाँस्ने कोल्लेनी होइन
खोइ महिला पार्टी छैन नि आज किन हो -
चेली - घुमेर थाकेर सुतेको होला कि
सन्नानी - थोत्रो कम्प्युटर ले दु:ख दिइराखेको होला
दिपिका - कथा सकेर आरम गरेर बसेक होला
मिस दिदी - सुतिराहोला - दिउँसो सुत्ने बानी राम्रो होइन भन्दा मान्ने होइन
बजै - लापता छ - कहाँ हो कहाँ हो
रिया - हिजो आउँछु भन्थी तर अहिले सम्म आको छैन

सबै अल्छिका पोका हरु हो।    


 


 
Posted on 08-07-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे पनि होश प्रसाद भएछ
बनभोज गाछ रिट्ठे - नाच्दै गाउदै - हेरर्दै झ्याप हुँदै होला  
 
Posted on 08-07-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भनेको ठुल्दाइ! साह्रै उपबुज्रुक हुने यो युनिकोड कहिले त। बिचरा मेरो मामा ले झन कती तारिफ गरिरहनु भएको छ, जान्ने हुने के युनिकोड चै

चिप्लु लौन लहरे ले $५०० माग्यो रे। भयो बरु मै उस्को गाँउमा गएर हजुरलाई गाइको दुध लेराइदिद्न्छु। यो लहारे ठग पनि महा ठग भयो।
अनी हजुरहरु किन नआउनु भएको त। मेरो मामाले हजुरलाई अनी लहरेलाई दुबइलाई बोलाउनु भएको थियो रे त भुजा खान। मैले झन कती धेरै बनाकी थे। अब हामी मामा भान्जीलाई त अर्को दुई दिन सम्म पुग्ने छ तर एउटा खान त खुवाउदिन म मामालाई सधैं। 

पर्बत्या ज्यु लहरिले त एकदम मिठो बनाउछिन रे। लहरे तारिफ गरेरै थाक्दैन।


 
Posted on 08-07-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान बुलाउनु छैन अनी किन नआएकोरे
अझ कस्तो लाज पचाउन सकेको यो मामा भान्जी

अझ मामा चाँही त टन्न खाएर आएर यो यो खाएर आएँ, तिमिहरु किन नआ रे
ल - के भन्ने

वो दिपिका कोल्ल लहारे भनेको -

एउटा सुचना निकल्नु पर्‍यो जस्तो छ।

फेरी मलाई जिस्काउने पायो भने नछाड्ने अनी उलाई अली केही भन्यो कि ठुस्स मुख पार्ने


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters