[VIEWED 204744
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-25-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्बस्व लुटाई दिल नै दिन खोजेको हो जति झिके पनि हुने खजाना भैदिएँ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-25-07 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे यस्तो पो भन्न खोज्या थिएँ त! सर्बस्व लुटाई दिल नै दिन खोज्दा जति झिके पनि हुने खजाना भैदिएँ
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-25-07 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
============== खुशी लुटि भाग्नेलाई समात्न सकिएन पीडा बाड्नेलाई थुन्ने झ्यालखाना भई दिए !
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 06-25-07 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चवाँकहरु खोज्दा कोहि भेटिएनन् सुड्डिलाई लाइन मार्ने दिवाना भइ दिएँ!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-25-07 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सफलता चुम्नेहरुको उदाहरण बन्न सकिएन असफलहरुका लागी एउटा सान्तवना भइदिएँ! भद्र भलाद्मीहरुका बिचार बन्न सकिएन भट्टी भित्रबाट निस्कने भावना भइदिएँ!!
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-25-07 11:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-------------------------------------------------- आरोप अनि आगो लगाएर के नै भयो ? तिमीलाई अपनाउन काना भई दिएं ! --------------------------------------------------
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-08-07 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शनिबार बहरबद्ध गजलको सौर्न्दर्य [ 2064-3-23 ] रवि प्राञ्जल फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै आधा शताब्दीपश्चात् पुनर्जागृत भएको नेपाली गजलको आरम्भ भने परम्परागत शास्त्रीय छन्द तथा बहरको आधारमा नभई स्वनिर्मित छन्दका गजलहरूको निर्माणबाट भएको देखिन्छ । चालीसको दशकको पर्ूव सन्ध्याबाट सुरु भएको पुनर्जागृत नेपाली गजलले स्वनिर्मित छन्दका अतिरिक्त परम्परित तथा नेपाली माटो सुहाउँदो विभिन्न लोक लयलाई समेत आधार बनाएर आफ्नो लयगत स्वरूपको निर्माण गरिसकेको छ । मूलतः लय र सङ्गीतको जगमा ठडिएको एउटा यस्तो काव्य विधा हो गजल(जो निश्चित संरचनाभित्र बाँधिएर पनि स्रष्टाले वाचन गर्दा र पाठकले गजल पढ्दा साङ्गीतिकता प्रकट भएन भने त्यो गजलले उच्चता प्राप्त गर्न सक्दैन । अझ गायनसँग सम्बद्ध विधा भएकोले गजलले पर्ूण्ाता त तब मात्र प्राप्त गर्छ, जब त्यसलाई सङ्गीतबद्ध गराइन्छ । जसरी साहित्यको नाटक विधा रङ्गमञ्चसँग सम्बद्ध बिधा भएकाले नाटकको सम्बन्ध लेखक तथा पाठकका अतिरिक्त दर्शकसँगसमेत रहन्छ, त्यसैगरी गजल रचनालाई पनि गायनका रूपमा प्रस्तुत गरेपछि लेखक तथा पाठकका अतिरिक्त श्रोताहरूसँग समेत गजलको सम्बन्ध स्थापित हुन्छ र गजल जीवन्त बन्छ । नेपाली भाषामा लेखिएका संरचनागत रूपमा सबल नेपाली गजलहरू एकाधबाहेक चालीसको दशकपछि मात्र गायनमा आउन थालेको हो । गेय विधा हुँदाहुदै पनि पचासको दशकसम्म लेखिएका अधिकांश गजलहरूमा छन्द-मात्राको सन्तुलन नहुनु, सन्तुलित गजलहरूमा भाव सशक्त भए पनि गेयता तथा साङ्गीतिकताको अभाव रहनु, गेय गजल पनि प्रायः 'गैर मुसलसल' भएकाले सङ्गीतकारलाई छुन सिर्जना गर्ने 'मुड' नआउनु, 'मुसलसल' गजलको पनि भाव अनुरुप सङ्गीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनका लागि गजल गायकीको विकास हुन नसक्नु र अति उच्च स्तरको सङ्गीत सिर्जना गर्न र्समर्थ राष्ट्रका बहुप्रतिभाशाली सङ्गीत र्सजकहरूलाई प्रेरित गर्ने वातावरण राज्यले तयार गर्न नसक्नु जस्ता कारणले नेपाली गजल गायनमा पछि परेको हो । पुनर्जागरणकालसँगै स्वनिर्मित लय र मात्रा छन्दमा बाँधिएर गजल लेख्ने परम्पराको आरम्भ गजलकार मनु ब्राजाकीले गरे । मनु पछि मनुकै बाटोलाई पछ्याएर ललिजन रावलले स्वनिर्मित मात्रा छन्दमा गजल सिर्जना गरे । ललिजनपछि मात्रा छन्दमा सुन्दर गजल निर्माण गर्ने प्रशस्त गजलकारको आगमन नेपाली साहित्यमा भइसकेको छ । यस क्रममा पचासको दशकदेखि सनतकुमार बस्तीले बहरमा आधारित नेपाली गजलहरूको सिर्जना उल्लेख्य रूपमा गरेको पाइन्छ भने पछिल्लो समयमा मोफसलबाट डा.घनश्याम परिश्रमीे र राजधानीबाट देवी नेपाललेे पिंगल छन्द तथा फारसी बहरलाई नेपाली गजलमा पुनर्स्थापन गर्न महìवपर्ूण्ा भूमिकाको निर्वाह गरेको देखिन्छ । फलतः बहरमा निर्मित गजलहरूको स्तरीय सङ्ग्रह नेपाली साहित्यमा प्रकाशित भइसकेको छ । साठीको दशकको आरम्भसँगै शिव प्रणत, गोपाल अश्क, गोर्खे साइँलो, सरोज काफ्ले र घनेन्द्र ओझाका बहरयुक्त गजलसङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यसै क्रमको पछिल्लो उदाहरण 'बहरमाला-२०६३' पनि हो । यसबाट छन्द-लयविहीन नेपाली गजल लेख्ने एउटा जमात त अब स्वतः पाखा लाग्ने नैे छन् । तर सुन्दर गजलको लागि शास्त्रीय बहरभन्दा पनि स्रष्टाको लय-चेतनाले महìवपर्ूण्ा भूमिका खेलेको हुन्छ । वाणिर्क छन्दमा कविता लेख्नेेहरू सबै लेखनाथ बन्न सकेनन्, तर भूपि शेरचन गद्य कविताबाटै लोकप्रिय बने । स्वनिर्मित वा पारम्परिक छन्दमा रचित निम्न शेरहरू के बहर वा पिंगल छन्दका अन्य शेरहरूजस्तै आकर्ष एवम् अर्थपर्ूण्ा छैनन् - 'कस्का लागि उन्न थाल्यौ आज फूल-मालाहरू, गन तिमी फूलका थुंगा गन्दैछु म प्यालाहरू' -१६ मात्राको स्वनिर्मित छन्द-मनु ब्राजाकी), 'नखोलेरै राखिएको यौटा बन्द खाम थियो, भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियोे ' -१६ मात्राको स्वनिर्मित छन्द-ललिजन रावल), 'घामको लाली घोलेर रातो छ त नि छन त, रातको छायाँ परेर हो कि अँधेरो जगत' -१६ मात्राको लोकलयात्मक छन्द-बूंद राना ), 'मैनबत्ती जस्तै सधैँ बालेको छु जिन्दगीलाई, आफ्नै बुद्धि पगालेर पालेको छु जिन्दगीलाई' -१६ मात्राको स्वनिर्मित छन्द-घनश्याम न्यौपाने परिश्रमी ) । उपर्युक्त गजलका मत्लाहरूमा प्रयुक्त छन्दमा लय र मात्रागत सन्तुलनसँगै गति र यति को पनि सुन्दर निर्वाह भएको छ । नेपाली भाषामा प्रकाशित कतिपय बहरबद्ध गजलहरूको अध्ययन गर्दा गजलकारहरूमा शास्त्रीय छन्दप्रति अतिशय मोह रहेको भान हुन्छ । तर तिनमा लय-सौर्न्दर्य एवम् भावसंयोजनको अभावमा सङ्गीतात्मकता ध्वनित हुँदैन । भलै त्यो गजललाई मीठो स्वर तथा भाकामा वाचन गरियोस्, त्यहाँ सांगीतिकता, भावको पर्ूण्ाता र कोमलता खट्किरहेकै हुन्छ । गजलकारमा शास्त्रीय छन्दको ज्ञान हुनु राम्रो हो, तर शास्त्रीय छन्दमा लेख्नेे स्रष्टालेे पिंगल छन्द तथा बहरको शास्त्रीय 'सूत्र' मात्र मिलाउन खोज्दा गजल कतै कुरूप त बन्न गइरहेको छैन - स्रष्टामा लय-चेतना नभएसम्म छन्द वा सूत्रको ज्ञान निर्रथक हुन्छ । वर्तमान समयमा प्रकाशित अधिकांश बहरबद्ध गजलहरू अध्ययन गर्दा 'सूत्र' मिलाउनका लागि मात्र ती गजलहरू लेखिएको प्रतीत हुन्छ । 'ज्ञान' र 'सिर्जनाशक्ति' अलग अलग कुरा हुन् । सैद्धान्तिक ज्ञान प्राप्त गरेर मात्र हुंदैन-सिर्जनशीलताको अभाव छ भने । यस क्रममा प्रकट रूपमा देखापरेका डा. घनश्याम परिश्रमी र देवी नेपालद्वारा प्रशिक्षित वर्तमान पुस्ताका गजलकारहरू एवम् अन्य परोक्ष माध्यमबाट शास्त्रीय छन्दसम्बन्धी ज्ञान हासिल गरी गजल निर्माण गर्ने युवा स्रष्टाहरूमध्ये गजलकार घनेन्द्र ओझा जस्ता एकाध गजलकारका गजलहरूमा भने लय तथा भावको सुन्दर संयोजनसँगै साङ्गीतिकता समेत प्रकट भएको पाइन्छ । यसबाट के पुष्टि हुन्छ भने संस्कृतको पिंगल छन्द तथा फारसी साहित्यले तोकेको 'गण', 'वर्णर्', 'रुक्न', 'अर्कान' जस्ता जटिल सूत्रहरू नपछ्याइकन पनि आफ्नै देशको हावा-पानी र माटो सुहाउँदो पारम्परिक वा स्वनिर्मित छन्दमा पनि सुन्दर गजल निर्माण गर्न सकिन्छ । तर्सथ बौद्धिक कसरतद्वारा निर्मित संस्कृतको पिंगल छन्द तथा बहरबद्ध गजलमा भन्दा स्वतःस्फर्ूत रूपले सिर्जित गजलमा नै सहज ढंगले सांगीतिकता प्रकट हुनसक्छ भने पारम्परित भाकाको मात्रा छन्द वा स्वतः निर्मित छन्दमै गजल सिर्जना गर्नु उपयुक्त होला कि -ख http://www.gorkhapatra.org.np/content.php?nid=22522
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 07-08-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पापै गरेछु तिमिलाइ मन पराएर प्रायस्चित्त को लागि झ्यालखाना सहिदिएँ । मिल्यो ?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-11-07 5:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे कपिक्याट - जाबोस् जावोस् अरु हिरा त चम्काउनु पर्छ - लेखाई नि त्यस्तै हो ! जति लेख्यो त्यति राम्रो हुन्छ रे ! मैले आज धर फर्कदै गर्दा रेल एउटा पूल माथी केही बेर रोकेको थियो र एउटा भीर देखेको थिएं र यो फुरेको - निर्माणधीन - खसेकै हुनु पर्छ - थाप्ने कांध कंहि छैन धेरैले राम राम भनेको सुनें भीर तिर ! जितेको पनि हार भन्दा नरमाईलो ! उछिन्नु हुन्न भन्ने सिकें भीर तिर ! शक्ति हुनेले खायो बिरामीको ओखती बांच्नै प-यो: जडीबुटी खोजें भीर तिर ! पाईलाको भर नहुंदा झुण्डी रहेको छु हाङ्गालाई नभाचिन पुकारें भीर तिर !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-18-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो दिमाग खायो यस्ले: + + + + मेरो टीठ लाग्दो अनुहार खोपें भीर तिर ! (मर्न आउनेलाई कथै भनाउन सकें भीर तिर !) खसेकै हुनु पर्छ - कांध थाप्ने कोहि छैनन् केबल राम राम भनेको सुनें भीर तिर ! जितेको पनि हारेको भन्दा नरमाईलो ! उछिन्नु हुन्न रै' छ भन्ने सिकें भीर तिर ! हुने खानेले लुट्यो बिरामीको ओखती बांच्नै पर्यो, बुटी खोज्न म हिडें भीर तिर ! सलाम गर्न हात कसरी छोडुं जराबाट ? मान्य कोहि नपालुन् पुकारें भीर तिर = = = सल्लाह पाम् !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-30-07 11:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसो गरे कसो होला ! गुनकेशरि सुनाखरी भेटुं आफै भित्र के पो खोज्नु अरु ? मन्जरी भेटुं आफै भित्र ! बिट्टाले अब सच्चा झुठ्ठा साबित नगर्ने ठट्टा नहुने कचहरी भेटुं आफै भित्र ! पश्चाताप पखाल्ने पोखरी भेटुं आफै भित्र ऊप्रान्त पाप रोक्ने प्रहरी भेटुं आफै भित्र ! मनभेद मतभेद होला र कसैगरि ? स्तर सबैको उस्तै बराबरी भेटुं आफै भित्र ! काल- कोठरीको डरले म चुप रहन्न दौंतरी सहितका नगरी भेटुं आफै भित्र ! भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ निरन्तरताको अन्ताक्षरी भेटुं आफै भित्र !
|
|
|
hellobikash
Please log in to subscribe to hellobikash's postings.
Posted on 07-31-07 2:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी बिहानिको पहिलो किरण म नरम दुबोमा शीतको एक कण मिलनमा सुनिश्चित छ मेरो तिरोहित हुन तैपनी मिलनको यती धेरै आस किन? प्राणमा यती धेरै प्यास किन? मरणको यती धेरै उल्लास किन?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-15-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hellobikash keep going ! my ongoing; I don't know whether this makes sense. जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? थाहा भएन ! बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ? थाहा भएन !
Last edited: 15-Aug-07 11:01 AM
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-16-07 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
+ + + + + जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? थाहा भएन ! बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ? थाहा भएन ! नियतबस जब बगैचामा झारपात रोपीन्छ मालीले फूल पो ऊखाल्ने हो कि ? थाहा भएन ! खचाखच् कोचिदै छन् रसीद काटेका यात्रीहरु लम्पसार बिरामी ओराल्ने हो की ? थाहा भएन !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-16-07 9:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
++ जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? थाहा भएन ! बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ? थाहा भएन ! नियतबस जब बगैचामा झारपात रोपीन्छ मालीले फूल पो ऊखाल्ने हो कि ? थाहा भएन ! खचाखच् कोचिदै छन् रसीद काटेका यात्रीहरु लम्पसार बिरामी ओराल्ने हो की ? थाहा भएन !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-17-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब शिरीष गुरु! यो " थाहा भएन" नराख्दा कस्तो होला? अर्को; दोश्रो शेरमा "मालीले फूल पो ऊखाल्ने हो कि ?" पढ्दा अलिक छरलङ्ग हुन गाह्रो पर्यो। "मालिले फुल उखाल्ने पो हो कि?" (अर्थात, फूल जोगाउने काममा माहिर मालि बाट नै फुल उखेलिने डर देखाउन खोजेको कुरा) भन्दा अर्थ मजाले लाग्ने तर शेर नमिल्ने भएर यस्तो लेख्नु भएको होला। तर पनि मालिले फुल पो उखाल्ने हो कि पनि ठिकै छ, झार पात र अरु अनावश्यक चिज उखाल्ने काम गर्दा गर्दा फूल पो उखाल्ने हो कि भन्ने त्राश ठिक छ! पहिलो पटक गुरुको गजलमा बढि खोकियो शिरीष दाइले ज्यान ढाल्ने हो कि? थाहा भएन! Last edited: 17-Aug-07 12:38 PM
Last edited: 17-Aug-07 12:40 PM
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-17-07 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म केहि समय यता समकालिन वहरबद्ध नेपाली गजलको अध्ययनमा थिएँ । न एक् दुई विरल अपवाद बाहेक सम्पुर्ण बहरबद्ध गजलहरुमा मैले जुन भावदरिद्रता, रसदरिद्रता र यान्त्रिकता देखें, त्यसले मेरो जिब्रोमा खल्लो स्वाद टाँसिदिएको थियो । धन्य शिरीषको पछिल्ला तीन गजलका भाव-गहनता र सौन्दर्य-सम्पन्नता - गजलको नशालु स्वाद् मैले मानौं फेरि तान्न पाएँ । साच्चै झुमझुम भैरा'छ । बहरमाला र बहरवादी गजलकारका रचनाहरु पढेपछि बहरप्रति मेरो मोहभङग पूर्ण भएको छ । अरु के भनम् ? गेयात्मकतालाई गजलको अनिवार्यता म सधैं मान्छु । तर गेयात्मकताको लागि बहर अनिवार्य छैन; बहर-स्वतन्त्र सममात्री , समलयी श्लोकहरु गेयात्मक भई नै हाल्छन नि बाबा । म त त्यहि गर्छु, त्यहि हो मेरो सिमाना । माथि कतै भउतेले कोरिदिईसकेका छन् मेरा लागि सटीक शेर । परिधी नाघी, खुल्ला सोँच्न सकेन दुनियाँ त्यसैले त आफै एक सिमाना भैदिएँ बाई द वे, माथि चलेको मुशा'इरामा मलाइ सारै मन परेका अरु शेरहरु : समयको परिधीमा दुविधामा पर्यो मन, मनलाइ थाम्न म आफै रवाना भैदिएँ (Juggy) सफलता चुम्नेहरुको उदाहरण बन्न सकिएन असफलहरुका लागी एउटा सान्तवना भइदिएँ (Camoflaged) अन्त्यमा, शिरीषलाई पुन: एक् पटक बधाई र धन्यवाद, यस्ता बेजोड गजलहरु तात्तातै पस्केकोमा । शिरीषको गजल पढ्दा यस्तो लाग्छ, शिरीष समयको स्पन्दन छामिरहेका परिचारक हुन् । Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-17-07 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे
धन्यबाद छ है - कमजोरि औल्याई दिनु भएकोमा - गल्ती कमजोरी मित्रहरुले मात्र देखाउंदछन् ! तपाईको सुझाबमा मैले परिवर्तन गेरेको छु ! कस्तो लाग्यो भन्नु होला !
हो कि भनेर शंका ऊठाए पछि या अर्को ALTERNATIVE खोजे पछि थाहा भएन भनि रहनु नपर्ला तर भने पनि बिग्रि हाल्ने जस्तो छैन ! तर कम syllable भएका गजल बढि प्रभावकारि हुन्छन् होला भनेर तपाईको सुझाब implement गर्ने कोशीश गरेको छु !
जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? ( = 12 अक्षरी) बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ?
मालीले नियतबस झार रोप्यो बागको फूलै पो ऊखाल्ने हो कि ? or, (मालीले नियतबश झार रोप्यो ऊखेली फूलै पो फ्याल्ने हो कि ?)
खचाखच कोचिदै छन् यात्रीहरु लम्पसार बिरामी ओराल्ने हो की ?
धान खाने अन्न चोर्ने मुसा मार्न दुध खुबाई बिरालो पाल्ने हो कि ?
nepe जी
यत्रो बयानको भागी भै हाल्या जस्तो छैन @ बेला बेला मा junk पनि लेखि राख्या छु ! जे होस् धन्यबाद !
बास्तबमा juggy र camoflaged हरुको पनि लेख्ने potential रहेछ हगि ? Last edited: 17-Aug-07 11:35 PM Last edited: 17-Aug-07 11:39 PM
Last edited: 17-Aug-07 11:40 PM
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 08-17-07 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भयो के लौ है फेरि जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? ( = 12 अक्षरी) बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ? नियतबस मालीले झार रोप्न बागको फूलै पो ऊखाल्ने हो कि ? कोचाकोच भरिदै छन् यात्रीहरु लम्पसार बिरामी ओराल्ने हो की ? धान खाने अन्न चोर्ने मुसा मार्न दुध खुबाई बिरालो पाल्ने हो कि ?
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-18-07 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, फर सम रिजन, मलाई ओरिजिनल फर्म्याट र शेरै मन परे । मालीवाला शेर पनि । हाम्रा समकालिन विडम्बनाहरु (खलनायक र निमित्त-नायकहरु ले नायकको भुमिका निर्वाह गरिरहेको स्थिति ) लाई माली, फूल र झारपातको शुद्ध परिचयले भन्दा मिश्रित परिचयले अधिक एक्युरेटली प्रतिनिधित्व गर्ला भन्ने मान्छु । त्यसैले ओरिजिनल शेरमा जुन कन्फ्युजन छ, त्यो ठीक जच्यो मलाई ता । Nepe
|
|