[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 252042 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-08-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-08-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो दशैँको रमझम त बबालै छ नि मेरो!  अलि गाइखुँडे ट्रान्जिसनमा छु के गर्नु! न बालाई "ए बा नयाँ लुगा किनिदेऊ' भन्न पाउनु, न छोरोले ' ए पप्स टन्न 'डो' लेऊ त शपिङ जानु पर्यो" भनोस! दुइटै छैन  बिचमा परेको छु!
 
Posted on 10-08-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaile jyu le hasaunu bho.
 
Posted on 10-08-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग ७

बजारमा उपलब्ध छ। खोजी खोजी पढ्नु होला |

 ढन्ट्यरान्।


 
Posted on 10-08-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me

here I am ! I listened to you hai.

Where is the ghazal you told me about ?

 


 
Posted on 10-08-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात रहे अग्राख पलाउँछ भन्थे बुढापाका हो रैछ!

जमानामा हुनु पर्ने कुरा बल्ल भयो! शिरीष गुरु चौतारिमा????  ल अफिसियल्लि स्वागत छ!

एक पटक छिरे पछि अब निस्कन गाह्रो पर्छ प्रभो!

 

लोल! अनुराधा खोजि खोजि पढ्नुहोस रे! ल ठुल्दाई पढ्न बसेँ म!


 
Posted on 10-08-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirsh gurulai jimmal baako officially swaagat ma mero ni samarthan
 
Posted on 10-08-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् आफू बुडो भन्ने नै बिर्सिरा! केटाकेटिले नानाँथरि कुरो अरेर गर्नु गरे नारन्!

क्यार्दै हो सान्नानि? अचेल त तिमि चाइन्जो दिनदिनै देखिन्छौ त? फुर्सतै फुर्सताँ हो कि के हो? दशैँ आओ के रे, के के चहलपहल त तिम्रा तिर? हाम्राँ आउँदैनौ टिको सिको लाउन? क्यार्नु बुडेसकालाँ एउलै भैयो गाँठे दशैँमा। कत्रो खलक थो हाउँरो, मेर बास्सै ब्यान टिको लाउन सुरु अरो राति सम्म लाग्थो। तेत्रो परिवार, खलक सपै लाखापाखआ लाए बाबै! अब त एक्लो जिन्तखी न दशैँ न तिहार भओ बाबै! एक्लै जन्म्या अब हेरि परान जाने बेलाँ नि एक्लै भइयो! एस्तै रेछ क्यार यो जिन्तखि!

हरिशरणम!


 
Posted on 10-08-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे , उफ्री  कता हराए हं? जिम्माल बा ले देख्नु भएको छ कि? चौतारी सुनसान भो।

 
Posted on 10-08-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भनौं थाहा पाउने डर उस्ले, नभनौं नपाउने पिर
नचढ्नु चढियो केलाई हो मायाको यो ज्यानमारा भिर

हल्लै हल्लामा सुनोस उस्ले, हल्ला चलोस भन्छु
उस्को हो मा हो हैनमा हैन यस्तै भन्ने दाउमा छु

हिसाब किताब मायामा जान्नेले नगर्नु भन्थे हो रे छ
नोक्सानै नोक्सानको बाजीमा हिसाब बिर्सेकै ठिक रे छ

 

वाह!!, यता पहिलै कविता डल्लै आइसकेछ हौ, मो उता अन्त खोजिराकोन्त । इ हि हि ।

कस्तो राम्रो हौ । दीप सर मलाइ यो कविता दाऽऽमि लाग्योन्त ।

मिस दि, ठुल्स दि, सान्स दि,  बिर्खे, चित्रे, भउते, कुम्ले, कलंकि, भु.पु.सोबर राहुल्स सपैलाइ स्वस्ति गरे ल ।

 

 


 
Posted on 10-08-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-08-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, जिम्मल बा, सान्नानी र अरु सबैलाइ तारेमाम। जजस्को नाम् लिएँ उहाँ हरु गत १ घन्टा भित्र चौतारीमा हुनुहुन्छ, यो कुनै bias हैन।

अनुराधा भाग ७ पढियो दाजु, अझै interesting बन्दैछ। धेरै बिराएर पो आयो त यो भाग्?

जिम्मल बा, हउर्को पनि टाँडमा सुतेका अनुभुती रहेछन्। पैदल हिड्नुमा सबै भन्दा नमज्जा नै बास् बस्ने ठाउँ को अभाभ् लाग्थ्यो। हउर्को तिर कत्तिको पाइन्थ्यो त बास्?


 
Posted on 10-08-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ग्वाचे र सब्बु पनि टुप्लुक्क देखा परेछन्, मेरो जदौ है। अनि कस्तो छ ज्यानहरुलाइ?
 
Posted on 10-08-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी लाई मेरो सलाम, दशै को पुन्य अवसरलाइ सबै जाना मिलेर खाल जमाएर सर्थक पार्ने हो कि

 
Posted on 10-08-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउले हरु लाई आजको पहिलो जदौ
 
Posted on 10-08-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भु.पु.सोबर राहुल्स सपैलाइ स्वस्ति गरे ल"

त्यो भू.पू. शब्द झिकी पाउं त सबनम् जी। अझै सोबर छुं घरकी प्यारीको लागि, हिजो पनि सोबर थिएं तपाईंको लागि। अस्ति पनि सोबर नै थिएं अनुराधाको लागि। नपत्याए कथा पढिहालम् "अनुराधा" भाग ७।


 
Posted on 10-08-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगानी घाम-छाँया कपालमा चाँया
तरुणी छन् दाँया बाँया कल्लाई लाउने मायाँ
नारण कल्लै लाउने मायाँ

दशैं आयो, हात चिलाउन लाग्यो, पाँया हान्या याद अायो जमानामा।

लङ्गुरबुरजा, पाँया, ओख्खर, चङ्गा, गुच्चा, कौडा
सम्झि सम्झि लौ न हजुर मन मा भयो औडा
खशीको टाउको, रक्ती, चिउरा, कुखुराको जाँतो अनि पांग्रा
तार्या अण्डा, काबुली चना ...
उफ् -- लेख्दा लेख्दै औडा भो। सकिन। ड्याम।

जे भे नि माथि बिर्खे ब्रो ले भूमिका बाँध्या देखेर म वाल्ल पर्या छु। पराण जाने बेलाँनि एक्लैै भईयो भन्दै भन्दै स्वत्राम पार्ला जस्तो लागिरा छ मलाई। यस्तो बेलाँ पूण्टे दाई काँ गे छ -- बिषेश टिप्पणी दिने मान्छे चाहिया थ्यो।

 
Posted on 10-08-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufri uta palla gaambata chiyaudai chhin kaile riththe aaula ra yata ham falamla bhanera.
 
Posted on 10-08-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सुनसान भन्या त होइन रैछ चौतारी त क्या रमाइलो भएछ।
मेरो पनि नमस्ते सबैलाइ,
राहुलदाइ, हजुरको अनुराधाको फोटो हेर्न मन लाग्यो मलाइ।
शब्बु, के छ तिम्रो हाल्खबर्?
जिमाल बा, दर्शन।
सुन्तले, जदौ।
माकुरे, दशैको शुभकामना।
ग्वाचु, आरामै!

रिट्ठे, तिमीलाइ कस्तो छ?


 
Posted on 10-08-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै रमाइलो भइरहेको रहेछ, आफु त आज पार्ट टाईम चौतारीमा खेँ  खेँ  खेँ
कस-कस ले हो मलाई सम्झेर, आफ्नो त घाटी खस खस गरेर हैरान खेलाको
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters