[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्झौता

[Please view other pages to see the rest of the postings. Total posts: 109]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 69696 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 07-09-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि)


भाग-१


सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्‍यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्‍यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्।


सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्‍यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो।


"उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्‍याएर नमस्ते गर्‍यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ।


"उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै।


"अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो।


"ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो।


एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन।


"यहाँहरुलाइ म के गर्न सक्छु?"


प्रबेशले बलबहादुरलाइ हेर्‍यो, बलबहादुरले प्रबेशलाइ।


"भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्‍यो।


"गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती।


"मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो।


"सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्‍यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्‍यो।


"बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो।


"हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो।


"त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्‍यो मैले?"
सार्थकले फेरि मुख्य कुरामा जोड दियो।


"मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्‍यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन।


"नागरिकता बनाउनु पर्‍यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो।


"त्यो कुरामा मैले के गर्नु पर्‍यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो।


"ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो।


"के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो।


"मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो।


"कसको लागि त?" सार्थकले बुझ्नै सकेन।


"यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो।


क्रमश:


 
Posted on 07-20-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि घच्ची को गयो


पढ्न त हिजै पढ्या हो -

Last edited: 20-Jul-09 02:40 PM

 
Posted on 07-20-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि हिजै पढ्या। यो साची बाउ छोरीको मौन संवाद त कडा लाग्यो।

म पनि ब्यग्र प्रतिक्षामा

 
Posted on 07-20-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे र पुरे,


मलाइ थाहा छ, हरेक भागपिच्छे कमेन्ट लेख्न निकै गार्है हुन्छ।
तैपनि तिमीहरु दुबैले अल्छि महसुस नगरीकन प्रतिक्रिया लेख्दै आएको छौ। त्यसको लागि मुरी मुरी धन्यबाद।


मान्छेमा केहि आशा र इक्षा हुनु स्वभाबिक हो। त्यसैले जब जब म साथीहरुको प्रत्रिक्रिया पाँउछु, झन् झन् लेख्न हौसिन्छु। त्यहि नै हो सन्तुस्टि, त्यहि नै हो सुख, जुन किनेर वा मागेर पाउन सकिदैन।


सबै मौन पढिरहनु भएका सबै साथीहरुलाइ पनि  धन्यबाद !


 
Posted on 07-20-09 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन्न पाइछ क्रेजी - ल एसो डलर पायो भने त दिन को २० वटा कमेन्ट पनि हाल्दिन्छु म त

 
Posted on 07-20-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो पो ! ल म तिमिलाइ ५ डलर दिन्छु, १०० कमेन्ट लेख तर फरक फरक हुनु पर्छ नि।


त्यस्तो किनेको कमेन्ट पनि साँचो हुन्छ त लाटा? बुद्धि नै छैन यो लहरेको। जस्तो नाम त्यस्तै काम।


मा:क भनेको नेवारीम के रे लहरे?


 
Posted on 07-20-09 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामले गर्दा पढ्न भ्याएको थिईन पढे तर दिमाग चाँही घुम्न रोकेन , कृष्ण जी कै अवतार रहेछ सार्थक त । नयाँ पत्र अरु पनि थपिन बाँकी छ कि सकियो क्रेजी ??
 
Posted on 07-20-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच रुपैया मा सय कमेन्ट रे -


एउटा को पाँच दिने भए गर्छु म - दिने हो


साँचो नै हुन्छ - म साचै लेख्ने हो - तिम्रो दिमाग को कसम -


हुनत तिम्री दिमाग छैन पनि बेनिफिट अफ डाउट खाइद्या


लाटी मा:क भनेको नेवारी मा क्रेजी लभ हो - अब त बुझ्यौ होला है 


 
Posted on 07-20-09 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुर्सद नि हुनु पर्‍यो नि सार्थकलाइ। त्यस्तो बिजि बिजि छ, नयाँ पात्रलाइ समय दिन सक्दैन होला सार्थकले जस्तो लाग्छ मलाइ।


बैरेलाइ नि पाथी पाथी धन्यबाद।


 
Posted on 07-21-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा ले सार्थक लाई सजिलै उम्काउला जस्तो छ, लिजा सित भेटिएपछी त सार्थक 'कूल' देखियो नि के को असर् हो यस्तो?
सार्थकलाई छोरी को माया लाग्न थालिसके जस्तो छ अब आफ्नै घर लिएर जान्छ होला ।


लौन छिटो अर्को भाग राख्नु पर्‍यो आफुलाई यहाँ कस्तो कस्तो भैसक्यो


 
Posted on 07-21-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी , तिमीलाई  म के भनेर सम्बोधन गरु।।  हास्य कथाकर, वा भाबुक??
तिमी दुबइ बिधा  मा निपूर्ण  रहेछौ।।।तिम्रो  कला  लाई  मान्नै  पर्छ!!
मैले धेरै  महिना  अगाडि तिम्रो... शायद 'नाक' भन्ने  कथा व लेख,  त्यो  पनि  पदेकी थिए
साह्रै  हसएको  थियो| यो कथा साह्रै मर्माहिक  लाग्यो  , कीप इट अप  ,   अर्को  भाग को  प्रतिक्षा मा
       सानीरा,,,,



 
Posted on 07-22-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-७


सार्थकलाइ मुटु गर्‍हौं पारेर घर जान मन लागेन। एकछिन त्यतिकै टोलाएर बस्यो, त्यसपछि मुख धोयो। अलिकति ताजा जस्तो भयो। लिजालाइ फोन गर्‍यो, तर लिजाको मोबाइल अफ थियो। शायद शुटिङमा होली अहिले, त्यस्तै सोच्यो सार्थकले। मनलाइ भुलाउने अरु केहि उपाय थिएन। त्रिस्नाको टिठलाग्दो अनुहार उसको आँखाभरि छाएको थियो। त्यस्तो मायालाग्दी केटीको न आमा छे, न बाबु छ, भए पनि नभएको जस्तै छ। हुन त बलबहादुरले छोरी भन्दा बढी माया गर्छ जस्तो लाग्छ। तैपनि बुबा र हजुरबुबाको माया फरक नैं हुन्छ। उसको कल्पनामा अर्ध बिराम लगाउन रमेश आइपुग्यो त्यहाँ।


"दाइ घर जाने होइन?" रमेश सोद्धैथ्यो।


"के हतार छ र? जाँउला नि।" सार्थक अझै बस्ने सुरमा थ्यो।


"आज नि आएका रहेछन् तिनिहरु? मैले अघि बाटो काट्दै गरेको देखेको थिँए बुढा र त्यो केटी" रमेशको मतलब त्रिस्ना र बलबहादुर थिए, प्रबेश उसले सम्झेन खासै।


"अँ, आए मैले पनि हुन्छ भने। मैले  नगरेको कुरा हैन। जुनासङ मैले केहि महिना बिताएको थिंए बन्दिपुरमा।" सार्थक भन्दैथ्यो।


"को जुना?" रमेशलाइ कुरा बुझ्न गार्हो भो।


"त्रिस्नाकी आमा। तर त्यतिखेर हामी दुबै अपरिपक्व थियौं। त्यसैको नतिजा त्रिस्ना जन्मि।" सार्थकको साथीहरु रमेशले चिन्थ्यो, तर जुना धेरै टाढाकि र पहिलेकी परि क्यारे। रमेशले त्यति वास्ता देखाएन।


"भन्न सकिदैन। केटिहरु रहस्यमय नैं हुन्छन्। कस्को बच्चा को बाउ त कि भगवानलाइ कि आमालाइ मात्र थाहा हुन्छ।" रमेशले यसरी भन्यो उसलाइ सबै केटिहरु प्रति बित्रीस्ना छ।


सार्थकको मन चिसो भयो। हो त? जुनाको सम्बन्ध उ बाहेक अरु कसैसङ थिएन भन्ने के थाहा? त्रिस्ना अरु कसैकी पनि छोरी हुन सक्छे नि। बेकारमा भाबनामा बहकिएर। सार्थकले फेरि मन बुझाउने कारण पायो। तर उसले त नागरिकता बनाउने भनिसकेको छ। अब बनाउदिन भन्न पनि अप्ठ्यारो। ल यदि अरुकै छोरी रैछे भने पनि एउटा पुण्यको काम त गर्‍यो नि उसले जिन्दगीमा। "आ होस्!" मनमनै सोच्यो उसले।


"जे भए पनि मै कहाँ आए, गरिब दुखीको मद्दत गर्नै पर्‍यो नि।" सार्थकले त्यस्तो भन्दा त्रिस्नाका अघि देखिएका सजल आँखा फेरि भरिए जस्तो लाग्यो कता कता।


"हो! आजकाल त छापामार पनि हुन सक्छन्। कसैसङ रिसइबि लिनु ठिक छैन। मान्छे मार्न गार्हो पनि छैन।" रमेशले कतै पढेको समाचार लाइ आधार बनायो।


"जे सुकै होस्। काम सकेपछि कोइ न कोइ।" सार्थकले सहज तरिकाले भन्यो, तैपनि उसको मन कतै भारी नैं थियो।


"सम्पत्ति पनि दाबि गर्न आउला नि फेरि!" रमेशले डर देखायो।


"मैले पहिले भनिसके म एउटा सिन्का पनि दिन सक्दिन भनेर।" सार्थकलाइ थाहा थियो उसको सम्पत्तिमाथि त्यति सजिलै हक दाबि गर्न कसैले सक्दैन।


केहि बेर पछि रमेश र सार्थक अफिसबाट हिँडे। घर पुग्दा श्रेया र समिर अलि गम्भिर थिए त्यो दिन, शायद होमवर्क धेरै थियो उनिहरुको। माहिली भान्छामा काम गरिरहेकी थिए, उसको लोग्नेको पहिलो स्वास्नी र बच्चाले के गरे, के गरेन कथा सुन्न बाँकी थियो। आभा आफ्नै धुनमा कोठा मिलाँउदै थी, उसले त सार्थक आएको पनि देखिन।  बेलुकीको खाना खाँदा सबै जम्मा भए फेरि, श्रेया र समिरको गन्थन शुरु भयो। आभा त तौलेरै बोल्थी, बोल्नु जस्तो गार्हो केहि छैन जस्तो गरी। सार्थक सुन्नमा ब्यस्त थियो। माहिली दिदीले सार्थकलाइ देख्नासाथै "नमस्ते" गरी। सोधनै पर्‍यो हालखबर माहिलीको। उ पाँच दिन पछिमात्र काममा आएकी थी।


"माहिली, के छ त हालखबर?" सार्थकले औपचारिकताको लागि सोध्यो, त्यो बिषय श्रेयाको अगाडि उप्काउन ठिक थिएन।


"छोरीको जन्म हारेको कर्म हजुर! त्यो पापीले नछोड्ने भन्छ। जेठिलाइ नि नछोड्ने रे मलाइ पनि छोड्न मान्दैन। छोरा छोरीको लागि पनि सम्झौता गर्नु पर्‍यो हजुर।" माहिलीले एकै सासमा भनी।


"त्यस्तो नि हुन्छ कहिँ? तपाइले छोडे भइ हाल्यो नि। तपाइँ आफै काम गर्नु हुन्छ, कमाउन सकि हाल्नु हुन्छ। किन त्यस्तो धोखा दिने लोग्ने सङ बस्नु पार्यो?" श्रेयाले तुरुन्तै प्रतिक्रिया दिइ।


"मैले त्यहि भनेको हो। तर उता नि बच्चा छ रे, त्यही बच्चाको लागि पनि छोड्नु मिल्दैन रे मैँया। म मात्र एक्लो ज्यान भएको भए त उहिले छोड्थें।" आफ्नो बिबशता देखाइ माहिलीले।


"दुबैलाइ राम्ररी हेर्छ भने ठिकै छ नि त किन सम्बन्ध बिच्छेद गर्नु पर्‍यो त यो महगीमा। दुबैलाइ घाटा हुने गरी।" समिरले पनि आफ्नो राय ब्यक्त गर्‍यो।


"केटा मान्छेको सपोर्ट त गरि हाल्छ नि केटाहरु।" श्रेयाले भनि।


"बाबा! तपाइ भन्नुस त! के यो केटिहरु प्रति अन्याय होइन र? पहिलो स्वास्नी, अझ बच्चा पनि हुँदा हुँदै अर्को बिहे गर्नु?" श्रेयाले अचानक सार्थकलाइ प्रश्न गरि।


"कहिले कहिँ त्यस्तो हुन सक्छ छोरी। तिमी अलि बढी नैं अरुको मामिलामा चासो राख्न थालेको छौ। बाबा दिनभरि बिभिन्न टेन्सनबाट घर फर्किनु हुन्छ। के के प्रश्न सोधेर त्यसरी दुख नदेउ बाबालाइ!" आभाले बिचैमा सार्थकको बचाव गरि। सार्थक छक्क पर्‍यो। कहिले केहि नबोल्ने मान्छे, आभा आज सार्थकको पक्षमा बोलिरहेकी थिइ। सार्थकलाइ एउटा जटिल घडीबाट तार्दै थिइ।


"मामुलाइ त मैले बोलेको केहि पनि राम्रो लाग्दैन। भाइको कुरा मात्र ठिक लाग्छ।" भन्दै श्रेया रिसाँउदै उठी।


"आफ्नो आमासङ बोल्ने तरिका त्यही तिम्रो?" सार्थकले श्रेयालाइ हप्कायो।


"सरी मामु!" भन्दै कालो मुख लगाएर गइ उ आफ्नो कोठातिर। समिर पनि लुसुक्क उसकै पछि पछि लाग्यो।


बाताबरण तनाबग्रस्त हुँदै गएकोले माहिली पनि आफ्नो काम खुरु खुरु गर्न थाली। खाना खाइसके पछि सार्थकले आभालाइ सोध्यो।


"तिम्रो अहिले केहि काम छ?"


"भोलिको एउटा प्रिजेन्टसनमा एक्चोटि हेर्नुछ।" आभाले उसलाइ नहेरी भनी।


"के म तिमिसङ केहि कुरा गर्न सक्छु?" सार्थकले अरु कसैलाइ सोधे झैं सोध्यो।


"जरुरी कुरा हो?" आभाले सोधी।


"त्यस्तै छ। तिमी एक्छिनपछि माथि कौसिमा आउन सक्छौ?" सार्थकको प्रश्न अनुरोध जस्तो थियो।


"हुन्छ।" आभामा कौतुहुलता थियो।


सार्थक कौसिमा बसेर कसरी भुमिका बाँध्ने सोच्दै थियो। उ आभालाइ त्रिस्नाको बारेमा भन्न चाहन्थ्यो। तर कसरी भन्ने उसलाइ थाहा थिएन। आभाले श्रेयाको प्रश्नबाट उसलाइ बचाएको देख्दा शायद त्रिस्नाको कुरा पनि बुझ्छे कि भन्ने आशा जागेको थियो उसमा। यदि उसले आभालाइ मात्र सम्झाउन सके त मनको बोझ हलुको हुने थियो र पछि केहि गरि अरु कोहि तेस्रो ब्यक्तिको मुखबाट सुन्नु भन्दा त अहिले नैं भनेको राम्रो। नागरिकता मात्र बनाउने हो, अरु केहि टेन्सन छैन। यति मात्र बुझाउन जरुरी लाग्यो उसलाइ। उसको हातमा व्हिस्किको पेग थियो, उ शब्दहरु खोज्दै थियो, बाक्य संयोजन गर्दै थियो, आभा आइपुगी।


"मलाइ अर्को एउटा पनि काम आयो। त्यसैले म धेरै बेर कुरा गर्न भ्याँदिन होला।" आभाले आउना पाको छैन जानै हतार जस्तो गरी भनी।


"के काम?" सार्थकले सोध्यो।


"अर्को एक जनाको पनि प्रिजेन्टेसन बनाउनु पर्नि भयो। भोलि नैं चाहिन्छ रे। " आभाले भनी।


"तिमी साँच्चै स्मार्ट छौ।" सार्थकले प्रसंशा गर्‍यो। आभा कम्पनि चलाइरहेकी थिइ, ब्यबस्थापनमा डीग्री गरेकी थिइ। उसको कामको प्रंसशा नगर्ने मानिस कम नैं हुन्थे।


"तिमी के कुरा गर्ने भन्दै थियौ नि?" आभाले सम्झाइ।


"अँ, माहिलीको कुरा दुख लाग्दो लाग्यो। तिमीले मलाइ श्रेयाको प्रश्नबाट बचायौ, त्यसको लागि पनि धन्यबाद!" अझै शुरु गर्न गार्हो भयो सार्थकलाइ।


"म सङ धेरै समय छैन।" आभालाइ शंका लाग्न थाल्यो हुन सक्ने वा हुन नसक्ने संभाबनाहरुको।


सार्थकलाइ अचम्म लाग्यो, उ आफ्नै स्वास्नीसङ कुरा गर्ने समय पनि मिलाउन सक्दैन। आभालाइ हतार छ, सार्थक हतारमा त्यस्तो गम्भिर कुरा गर्न सक्दैन। त्रिस्ना सामान्य कुरा होइन। उसले त्यो बारे कुरा गर्न उचित ठानेन।


"तिमीसङ कुरा गर्न नपाएको धेरै दिन भएको थ्यो, यसै कुरा गर्ने बहानामा तिम्रो अनुहार हेर्न मन लाग्यो।" सार्थकले कुरा बङायो।


"त्यसो भए अहिले लाइ माफ गर। मलाइ प्रिजेन्टेसनको टेन्सन छ। पछि कुनै समय मिलाएर तिम्रो अनुहार हेरुला।" उठी, सार्थकले उठ्दै गरेकी आभाको हात समायो, उ अडि, "तिम्रो फुर्सद छैन, भैगो जाउ।" भन्दै त्यसपछि हात छोडिदियो। उ मुस्काँउदै गइ। सार्थकलाइ धेरै पछि आभाको स्पर्शले रोमान्चित गर्‍यो, शायद आभालाइ पनि।


"तिम्रो ब्यक्तिगत जिबनमा मेरो कुनै हस्तक्षेप छैन।" जाँदाजाँदै आभाले फेरि उहि पुरानो कुरा दोहोर्‍याइ।


सार्थकले बुझ्न सकेन के आभाले उसको मनको कुरा नभने पनि थाह पाइ? कि अन्जानमा नैं जे भन्नु पर्ने भनी? तर उसलाइ आज आभा सबै भन्दा मिल्ने साथी जस्तो लागी। मनको कुरा नभने पनि बुझ्न सक्ने आफ्नै साथी।


क्रमश:


 


 
Posted on 07-22-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब को प्रस्तुती छ क्रेजी यो भाग त



साह्रै नै चित्त बुझ्यो -



यू अर अ गिफ्टेड राइटर



सिनेमा हेर्‍या जस्तो सबै घटना आँखा अगाडि धट्या अथवा भइराखेको जस्तो



दिस पार्ट इज सिम्प्ली असम 



चियर्स


 
Posted on 07-22-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची मैले पनि त्यो सार्थकले हात समातेको प्रस्तै देखें भन्या, क्या खतरा लेख्या होला त। क्या बोर लागिराथ्यो आज कथा पढ्न नपाएर, तर क्रेजीको खतरै कथा आयो, मज्जा आयो। कुरिराथें, अर्को नि छिटो हालुम है

 
Posted on 07-23-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम राम्रो बग्दै छ , अहिले सम्म बाडी पैरो गएको छैन , खोलाले कटान गरेको छैन ।


आभा एकदम क्यारीर ओरिएन्टेड र कूल पर्सन्यालिटी लाग्यो साएद उस्ले तेती वास्त गर्दिन होली जस्तो लागेको छ , मेरो सोचाइ हो अब हेरौ अर्को भागमा पैरो जाने होकी हैन , कोशीको कटान त निकै डर लाग्दो हुन्छ भन्छन ।


अर्को भागको ब्यग्र कुराइमा ।


Yes Lahare there is no doubt , Crazy is in my top 3 list. She is a great story writer in sajha...


 
Posted on 07-24-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la chhito arko bhag lekha chautarima halla garne haina.
 
Posted on 07-25-09 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-८


अर्को दिन सार्थक बिहानै स्टुडियो गयो, उसको अलबमको अन्तिम गीत बाँकी थियो, त्यो राम्ररी नै रेकर्ड भयो। त्यसपछी छायाँकन कहाँ गर्ने भन्ने कुरा छलफल भयो। एक हप्तापछी पोखरातिर जाने कुरा भयो। लिजालाइ  नैं गीतमा मोडेलिङ गराउने निधो भयो। पहिलो त उ अहिलेको सुपर टप मोडेल थिइ, अर्को कुरा उ कामलाई गम्भिरतापुर्बक लिन्थी र मेहनत पनि उतिकै गर्थी। उसको समय लिन गार्हो थियो, त्यसको जिम्मा सार्थक आफैले लियो। उ आफै लिजासङ भेटेर समय मिलाउनको लागि अनुरोध गर्नेछ। एक हप्ताभित्र त्रिस्नाको नागरिकता पनि बनिसक्ला, सार्थकले सोच्यो। त्यो दिन पनि उसले लिजालाइ भेट्न सकेन तर उसको मोबाइलमा खबर छोड्यो। फुर्सत मिल्नासाथै "कल ब्याक" गर्नु भनेर।


साँझ उ सधैं झैं घर पुग्यो। जता गए पनि उ सकेसम्म साँझको खाना आफ्नै परिवारसङ बसेर खान रुचाँउछ। उ बेलुकी घर बाहिरको कार्यक्रमहरु स्थगित गर्छ। श्रेया र समिरलाइ पनि त समय दिनु पर्‍यो। उनिहरुलाइ उसले दिन सक्ने समय भनेको त्यही साँझ हो, अरु बेला त उ पनि ब्यस्त, उनिहरु पनि ब्यस्त रहन्छन्। प्राय शनिबार उसको गीतको शुटिङ पर्छ, उ घरमा बस्न पाँउदैन। आजकाल छायाँकनले पनि ठुलो भुमिका खेल्छ गीत हिट हुनमा।


घरभित्र पस्नासाथ उसले केहि कुरा नमिलेको महसुस गर्‍यो त्यो दिन। समिर त्यहिं अगाडि थियो तर श्रेया देखेन। त्यसपछि खाने समय भयो, त्यहाँ पनि श्रेया आइन। आभा र समिर उसलाइ र श्रेयालाइ कुरिरहेका थिए। उनिहरु सबै नैं श्रेयालाइ कुर्दै थिए। तर धेरै बेर कुर्दा पनि श्रेया आइन। आभाले समिरलाइ हेरी। उसले आफ्नो बयान दियो।


"मैले केहि गरेको छैन। आज हाम्रो झगडा पनि भएको छैन।"


"अनि बोलाएनौ त खानलाइ?" सार्थकले सोध्यो।


"बोलाको हो। तर खान मन छैन भनी। के हो लेख्नु छ रे।" समिरले त्यस्तै भन्यो।


"म जान्छु बोलाउन।" आभा उठिसकेकी थिए तर सार्थकले "भैगो" भन्यो। उ आफै गयो श्रेयाको कोठातिर।


श्रेया कलम हातमा लिएर केहि सोचिरहेको देख्यो उसले ढोकाबाटै। उसको कपीमा केहि पनि लेखिएको थिएन, तर उ केहि कुरामा अल्झेकी जस्तो देखिन्थी। सार्थकले ढोकामा " ढक ढक" गर्‍यो र उ आएको सुचना दियो। श्रेया झस्की, उसले हत्त न पत्त कलम राखी अनि "बाबा! भित्र आउनुहोस्" भनी। स्वागत गरे झैं देखिए पनि उसको आँखाहरु त्यति चम्किला थिएनन्। केहि कुराले उसलाइ भित्र सताए झैं देखिन्थ्यो। उ छोप्न खोज्दैथी मनभित्रका कुराहरु करले।


"श्रेया, आज खाना खान्नौ?" नजिकैको मेचमा बस्दै सोध्यो सार्थकले।


"मन छैन।"  छोटो उत्तर दिइ श्रेयाले।


"कसरी?" सार्थक बुझ्न चाहन्थ्यो।


"दिउसो खाजा धेरै खाँए नि।" श्रेयाले सरासर झुठ बोली।


"खाजा र खाना फरक कुरा हुन्।" सार्थकले बुझाउन खोज्यो।


"कहिले कहिँ केहि हुँदैन एक छाक नखाएर।" श्रेयाले आफ्नै तर्क दिइ।


"म सङ रिसाएकी हौ?" सार्थकले बुझि हाल्यो।


"छैन। किन रिसाउनु?" श्रेयाले टाउको हल्लाइ।


सार्थक चुप लाग्यो, श्रेया चुप लागी। केहि कुरा नभएपछि सार्थक आफैले सोध्यो।


"के लेख्दैछौ?"


"एउटा निबन्ध लेख्नु थियो। तर दिमागमा केहि आएको छैन।" श्रेयालाइ त्यसको चिन्ता हुन नपर्ने थियो। उ अतिरिक्त क्रियाकलापमा जहिले पनि पुरस्कार पाँउथी।


"त्यसो भए तिमीलाइ केही कुराले सताएको छ। जरुर पनि तिम्रो मनमा केहि छ?" सार्थकले फेरि बुझ्न कोशिश गर्‍यो।


"बाबा! तपाइले ठिक भन्नु भयो। मलाइ आजकाल कस्तो कस्तो लागि रहन्छ। मेरो दिमागमा के के कुराहरु आइरहन्छन्?" श्रेया पर पर टोलाँउदै थिइ। छोरी ठुली भइ सकिछ सार्थकलाइ त्यस्तै लाग्यो। तर उसको लागि श्रेया अस्ति भर्खर जन्मेकी बच्ची हो। श्रेयाको कुराहरु आजकाल गहिरो हुन थालेका छन्। उ यही हो जवाफ भन्न नसकिने प्रश्नहरु गर्न थालेकी छे।


"बाबा! के म एउटा प्रश्न सोध्न सक्छु?" श्रेया सार्थकलाइ सोध्दैथी।


"सोध न!" सार्थक तयार थिएन, तर उसले नसोध भन्न मिल्दैनथ्यो, बाबु जो थियो।


"आजकाल मलाइ तपाइको ब्यबहार पहिले जस्तो लाग्दैन।" श्रेयाले आफ्नो अबलोकन सुनाइ।


"के रे?" सार्थक झस्कियो के श्रेयाले उसको मनको धरातलमा देखिसकेकी छे?


"मैले जे भने पनि आजकाल तपाइ मलाइ सधैं गाली गर्नु हुन्छ। यस्तो लाग्छ तपाइ धेरै तनाबमा हुनु हुन्छ। अथवा तपाइ कुनै चिन्तामा हुनु हुन्छ।" श्रेयाको कुराले सार्थकले त्रिस्नालाइ सम्झ्यो, जुना छाँयामा थिइ।


"काममा तनाब हुन्छ तर त्यो ठुलो चिन्ताको बिषय होइन। तिमीलाइ मैले गाली गर्नु पनि माया हो।" सार्थकले स्पष्टिकरण दियो।


"अब म ठुली भइ सकेँ, मलाइ जिबनबारे धेरै कुरा बुझ्न मन लाग्छ, तपाइ मैले गरेको प्रश्नहरु मन पराउनु हुन्न। शायद तपाइ मलाइ नैं मन पराउनु हुन्न।" त्यसो भन्दा श्रेयाको गला अबरुद्ध भयो।


"त्यस्तो होइन छोरी! म तिमीलाइ सधैं सानो देख्छु। म चाहन्छु तिमी आफ्नो बालापनमा रमाउ। कुनै चिन्ता नगर। तिम्रो जिबन शुरु भएको छैन। अहिले देखि धेरै प्रश्नहरुमा अल्झिनु राम्रो होइन। फेरि जिबनमा यही उत्तर सही भनेर म तिमीलाइ दुखी भएको हेर्न चाहन्न। जब तिमी जिबनलाइ आफै अर्थ्याउने कोशिश गर्ने छौ, तिमी ती सबै प्रश्नको उत्तर पाउनेछौ। जिबन एउटै परिभाषा वा अर्थमा समेटिएको हुँदैन। समय, परिस्थिति र अबस्था अनुसार जिबनको अर्थ परिमार्जित हुँदै जान्छ। यो धेरै जटिल प्रश्न हो। त्यसको बारेमा सोचेर  तिमी आफ्नो सुखी पलहरुलाइ ब्यर्थ खेर नफाल।" सार्थक भाबुक हुँदै गयो।


"त्यसो भए के माहिली दिदीको लोग्नेले पहिलो स्वास्नी हुँदा हुँदै ढाँटेर दोस्रो बिहे गर्नु ठिक हो त? माहिली दिदीलाइ कसले न्याय दिन्छ?" श्रेया फेरि हिजोकै प्रश्नमा फर्की।


"त्यो घटना कुन परिस्थितिमा घटेको हो? कसको गल्ती हो? अथवा किन त्यस्तो भएको हो? धेरै कुरामा भर पर्छ। माहिलीले न्याय पाउनु पर्छ। तर उसको न्यायको लागि उसको बच्चाहरुले बुबाको मायाबाट बन्चित हुन पर्छ भन्ने पनि छैन। जसरी म तिमी र समिरलाइ माया गर्छु, उनिहरुलाइ पनि त उनिहरुको बाबुले अबश्य माया गर्छ होला नि हैन र? हामीले समस्यालाइ हेर्दा खालि एउटा कोणबाट मात्र हेर्छौं, तर त्यसैलाइ बिभिन्न कोणबाट हेर्दा सबैलाइ फाइदा हुने सरल बाटो पनि हुन्छ। मान्छे हो एकचोटि गल्ति गर्दैमा सधैं दोहोर्याँउछ भन्ने छैन नि।" सार्थक श्रेयाले आफ्नो बारेमा नरामो सोचाइ नराखोस् भन्ने चाहन्थ्यो, केहि गरी भबिष्यमा त्रिस्नाको बारेमा थाहा पाइहाली भने पनि।


सार्थकको कुरा सुनेर श्रेयाले फेरि सोची, उसलाइ लाग्यो उसले सोचे जस्तो जिबन सजिलो पनि छैन जस्तो। अर्को सोचाइमा उसलाइ अझै धेरै कुराको अनुभव नभए जस्तो पनि लाग्यो। उसलाइ छिट्टै ठुलो हुन मन लाग्यो, तर अझै उ सानी छे।


"अर्को एउटा पनि कुरा छ बाबा!" श्रेयाले सोचेरै भनी।


"के?" सार्थकलाइ श्रेयाको कुराहरु गम्भिर लाग्न थाल्यो।


"के तपाइ मामुलाइ माया गर्नु हुन्छ बाबा ?? म कहिले पनि तपाइहरुलाइ मेरो साथीको मामु र बाबाहरु जस्तो सङै बसेर कुरा गरेको, हाँसेको देख्दिन। तपाइहरुको बिचमा दुरी छ जस्तो लाग्छ। " श्रेयाले आफ्नो आँखाहरु उत्सुक बनाँउदै सोधी।


यो प्रश्नले सार्थकको मुटुमा भुंइचालो गयो। उसले सानी सोचेकी छोरी धेरै समझदार भइसकिछे। उसले सम्बन्धलाइ तौलिन सक्ने आधारहरु खोज्ने भइसकिछे। उसलाइ यो प्रश्नको उत्तर दिनै पर्छ। होइन भने उ सार्थकलाइ सधैं शंका गर्नेछे।


"श्रेया, माया धेरै किसिमले ब्यक्त गर्न सकिन्छ, बोलेर वा नबोलेर। तिम्रो मामु र मेरो माया नबोलेर ब्यक्त हुने माया हो। हामीलाइ शब्द चाहिदैन।" उ रोकियो र हेर्‍यो श्रेयालाइ। श्रेयाको अनुहारमा शुन्य थियो भाबहरु।


" ल, सुन छोरी। तिम्री मामु मेरी स्वास्नी मात्र होइन, उ मेरो लागि यो संसारकी सबैभन्दा आत्मिय साथी हो।  उसलाइ मेरो सबै कुरा थाहा छ, तैपनि उ मलाइ  त्यसरी नैं स्विकार्छे। मेरा फ्यानहरु मेरो स्वरलाइ मन पराँउछन्, मेरो रुपलाइ मन पराँउछन्, मेरो प्रतिष्ठालाइ मन पराँउछन्। तर तिम्रो मामु मैले गीत नगाँउदा पनि मलाइ चाहन्थी, अहिले  गीत गाँउदा पनि मलाइ मन पराँउछे। उ मेरो स्वाभाबिक रुपलाइ माया गर्छे। अरुहरु मेरो बाहिरी रुपलाइ मन पराँउछन्, आभा मेरो भित्रि आत्मालाइ पनि माया गर्छे। म पनि उसलाइ त्यतिकै माया गर्छु, उसको खुशी नैं मेरो सुख हो। त्यसैले उसको काममा म हस्तक्षेप गर्दिन, उ मेरो काममा बाधा बन्न चाहन्न। हामी ब्यस्त छौं र पनि एकआपसको ब्यस्ततालाइ सम्मान गर्छौं।" सार्थकलाइ श्रेयाको प्रश्नको उत्तर भेट्न सकेको महसुस भयो। यो जवाफ त उसले पनि स्वंयसङ बर्षौंदेखि खोजिरहेको थियो। तर आज मात्रै पायो उसले।


"सरी बाबा! मैले तपाँइलाइ बेकारमा धेरै  शंका गरे।" श्रेयाको आँखाहरु टिलपिल टिलपिल हुँदैथे। सार्थकले हिजोको त्रिस्नाको आँखाहरु सम्झियो, टम्म भरिएका कचौराहरु पोख्न पोख्न लागेझैं ती आँखाहरु श्रेयाको आँखामा टाँसिएजस्तो लाग्यो। बिस्तारै हेर्दा हेर्दै श्रेयाको अनुहारको रेखाहरु बदलिन थाले र नाक, मुख, गाला चिँउडो सबै परिबर्तित हुँदै अन्त्यमा  त्रिस्नाको उदास अनुहार बन्यो। सार्थकको अगाडी श्रेया होइन, त्रिस्ना बसेकी थिइ। ती टम्म भरिएका दहहरु परेलीको संघार नाघ्दै गालामा तप्प तप्प खस्न थाले। सार्थकले मनलाइ थाम्न सकेन  र अङाल्यो आफ्नी प्यारी छोरीलाइ। उसको मुखबाट अचानक निस्क्यो "त्रिस्ना!"


क्रमश:


 


 


 



 

Last edited: 25-Jul-09 05:08 PM

 
Posted on 07-25-09 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shraya disguised to Trishna... I can feel as if all the events are happening in front of me..What a perfect style of  narration.. enjoying a lot. n eagerly waiting for another part.


 
Posted on 07-26-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि त्यतिकै सोलिड - दह्रो गइरहेको छ क्रेजी,

अब चाँही सार्थ फस्ने हो कि - कहाँ बाट त्रिस्ना को नाम सार्थक मुखमा आएछ

उसै त शंका गरिराकी श्रेया लाई शंका गर्ने अर्को बाटो भेट्यो

ल क्रेजी अर्को भाग को प्रतिक्षा मा

कीप इट अप -
 
Posted on 07-26-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु,


तपाईंको कथा पढेर साह्रै आनन्द अनि रमाइलो लाग्छ। धेरै दिन पछि मात्र साझामा तपाईंको कथा पढ्नलाई आइ पुगे।


यो कथाको सबै भाग पढेर सिध्याए, साह्रै मज्जा आयो।


आफुलाई त पढ्ने फुर्सद पनि नै, तपाईंले चै यती लामो आठौ भाग सिध्याइ सक्नु भएछ। ल ठीक छ लेख्ने क्रम नछुटाउनु होला।  


कालेदाइ


 
Posted on 07-27-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really enjoyed reading this, Crazy. Your writing style is wonderful and storyline is very intriguing .


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters