नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०८ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
|