"साँच्चै तँ पर्पोज गर्ने अवस्था मै पुगिसक्या हो त ?" मनोजले म तिर अचम्म मान्दै सोध्यो ।
"खोई यार ,आर या पार अर्को भेट भयो भने !"
"धेरै चाँडो हो ,हतारिने काम नगर !"उसले फेरि पनि मलाई सुझाव पस्कियो ।
"हेरौँ !"
"कहिले फोन आउला भईराखेको होला है ?" उसले छेवैको जगमा राखेको पानि घुटुक्क पार्दै भन्यो अनि उठेर हाँस्न थाल्यो ।
"साच्चै सिरियस हो के म !" मैले उसलाई बुझाउन खोजेँ ।
"खोई मैले चाँहि केहि कुरो बुझिन ,न तेरो न त्यो केटी को ! यति चाँडो मान्छेहरु यति क्लोज हुन्छन् र भन्या !"
"उसको बारेमा त मलाई के थाहा र !मैले त मात्र मेरो नजरले उसलाई हेरेको छु ।"
"तैँले भने अनुसार त सि ईज सिरियस टु !"
"के गरौँ त म!
"जे सुकै गर , तर जे गरे पनि होश पुर्याएर गर ,Girls are the most difficult topics to handle ,त्यत्ति त तँलाई पनि थाहा छ नि !"
मनोजले अर्को तिर कोल्टे फेर्यो ,सिरक ओढ्यो अनि आफ्नो छेवैमा भएको बेड स्विच निभायो , म भने अध्यारोमा भोलिको दिन केलाउन मा ब्यस्त थिएँ ,टाढा कतै बाट मनोजको बोलि पनि मलाई झक्झक्याईरहेको भान हुन्थ्यो जे गर्छस् होस् पुर्याएर गर ।
आज कसार बाट्ने दिन , मनोजको घर भरी पाहुनाहरुको घुईँचो थियो , मलाई नचिनेका मान्छेहरुमा आज सम्बन्ध बढाउने कुनै चासो थिएन , त्यसैले म मनोजकै कोठामा टेलेभिजनको रिमोटसँग थन्किरहेँ ,घरि घरि आँखा मोबायलमा पुघ्थ्यो , म यो बिर्सिन्थेँ आँखा त्यहाँ पर्याउनु जरुरि छैन कानले नै रिंग सुनेर काम गर्न सकिहाल्छ भनेर ! दुईवटा कलहरुले झूक्याई पनि सकेका थिए । एउटा घर बाट मम्मिको र एउटा अफिसबाट थियो तर मैले चाहेको त "सुधा कलिंग " भनेर स्क्रिनमा आओस् भन्ने मात्र थियो ।
आखिर करिब एघार बजेतिर मैले मेरो प्रतिक्षाको फल पाऐँ ।
"हेल्लो !" मैले सकेसम्म आफ्नो ब्यग्रता लुकाउने प्रयास गरेँ ।
"सरि , हेर न हिजोको काम लम्बिएर आज बिहान कोठामा आएर पनि काम गर्नु पर्यो ।"
"तिमीले मलाई पुरा दिनको बाचा गरेकी थियौ!"
"जे तिमी भन्छ्यौ "
"कहाँ आउँ त म !"
"संगम अगाडि नै आउन त ! म त्यहिँ बसेकी छु !"
म हत्त न पत्त मोबायल राखेर मनोजको खोजिमा लागेँ यति ब्यस्तता को बावजुत उसले मलाई बाईक देला कि भन्ने आशा थियो , करिब दश मिनटको खोजि पछि त्यो भिँडमा मैले मनोजलाई भेट्टाएँ ।
"मलाई एकछिन लाई बाईक दे न ल !"
"एकछिन लाई मात्रै हो ?"
उसले मुस्कुराउँदै म तिर हेर्यो , मलाई यस्तो लाग्यो उसलाई थाहा भएको कुरा उ मात्र मेरा आँखाहरुको खुशि बाट कन्फर्म गर्न चाहन्छ ।
म मात्र हाँसे ।
"नसक्ने भएँ म तँ सँग !" उसले चाबि म तिर फ्याक्यो ।
म संगम तिर हुईँकिएँ तर मेरो मुटुको रफ्तार त्यो बाईक भन्दा धेरै नै ज्यादा थियो ।
पर सुधा मलाई संगम बाहिर पर्खिरहेकी थिई ।सुधाको सुन्तले रंगको कुर्ता सलवार उसलाई हिजो बाट भिन्न देखाईरहेको थियो शायद उ एउटा सुन्दरता र अर्को सुन्दरता बिच भिन्नता देखाईरहेकी थिई । कहिले काहिँ मलाई लाग्छ केटिहरु सँधै रहस्य बन्न चाहन्छन् कोहि उनीहरुलाई बुझ्न चाहुन् धेरै लाई उनीहरु प्रति कौतुहलता होस् भनेर !
"धेरै त पर्खाईन है !"
म मात्र हाँसे , उसलाई हेरीरहेँ ।
"ब्युटि एक्स्प्रेस गर्ने शब्दहरु पनि हुन्छन् !" उसलाई शायद मेरो मौनता मन परेन ।
"ए!!!!!!!!!! साँचि तिमी राम्रि देखिएकी छौ !"
मैले हलुका रुपमा भनेँ
"मैले अहिले सम्म यति निरस प्रसंसा सुनेको थिईन ,तिमी कसरि यति राम्रा राम्रा कथाहरु लेख्छौ !"
" जब प्रसंशा को पहाड थुपार्दा पनि प्रसंशा कम हुन्छ म त्यस्तो ठाउँमा बोल्नु उपयुक्त मान्दिन ,भन कहाँ जाने !"
"त्यहाँ पर आईसक्रिम पार्लर छ , कफि मिठो पाउँछ तिमिलाई भेज पिज्जा पनि !" उसले हाँस्दै भनी !
एकैछिनमा हामी त्यहाँ पुग्यौँ ।आज किन हो किन सुधा बाट नजर हट्न मानिरहेको थिएन ।
"सुधा मलाई एउटा कुरा भन्नु थियो , थाहा छैन , म यो कुरा चाँडो भनिरहेको छु भनेर दिमागले भन्छ तर मनले भन कि भन बनाइरहेको छ ।" मैले धेरै बेर पछि साहस बटुलेँ ,सुधा आफ्नो पिज्जामा ब्यस्त थिई ।
"मन र मष्तिष्कको लडाईँमा ईन्जिनियरले मष्तिष्कको सुन्छ लेखकले मनको तिमी आँफै डिसाईड गर !"
उ हाँसी ,मैले झ्यालको सानो कुनाबाट बाहिर हेरेँ बाहिर काला बादलहरु मडारिरहेका थिए ,एकैछिन मा तिनिहरु झरि बनेर झर्नेछन् र आकाश फेरि सफा हुनेछ ।
"मलाई लेखक ले जितिरहे जस्तो लागेको छ !"
उसले अचानक मेरो हात समाती अनि सुस्तरि बोली ,
"त्यसो भए भन न त !"
मलाई लाग्यो उसलाई थाहा छ उ मात्र मेरो एक्स्प्रेसनको तरिका हेर्न चाहन्छे । मैले धेरै बेर देखि लुकाएर राखेको रातो गुलाफ उ तिर तेर्स्याएँ , उसले एकछिन मलाई हेरिरहि अनि बिस्तारै म तिर अघि बढेर मेरो निधार चुमी । कहिले काहिँ जिवन पलहरुको खोजिमा बित्छ तर कहिलेकाहिँ एक पलमा हजार जीवन जिए जस्तो लाग्छ ।
"बुद्दु , यत्रो शब्दको धनिले पनि गुलाबको सहारा लिएको !"
"पहिलो चोटि हो आँटै आएन !"
उ यसपालि धित मरुन्जेल हाँसी , मैले बाहिर हेरेँ पानी चुहिएला जस्तो भइसकेको थियो ,हत्तपत्त कफि सिध्याएर हामी आफ्नो बाटो लाग्यो ।बाटोमा सुधाले मलाई कसेर पक्डिएकि थिई ,मनोजको बिहे मेरो लागि पनि फलदायक भइरहेको थियो ।
पानीले लुथ्रुक्क भिज्दै हामी संगम पुग्यौँ ।
"म जान्छु त ,अब बिराटनगरमा नै भेट्ने !"
"यस्तो पानी मा कहाँ जान्छौ ,भित्र आउ !"
"कति न अहिले चाहिँ नभिजेजस्तो !"
"फर्स्ट डेटमा पनि केटीले भनेको मान्दैनौ त ?"
मैले उसको आग्रह टार्न सकिन तेस्रो तल्ला मा उसले रुम लिएकि रहिछ ,कोठा छिर्ने बेला सम्म अघि मेरो बाईक पछि रहेकीलाई म नियालिरहेँ , उ पानीमा भिजेर पारदर्शक भएकी थिई ,उसको शरिर पक्कै पनि स्पर्शलायक देखिएको थियो ।मैले हत्त पत्त आफ्नो नजर अन्त तिर मोडेँ ।
क्रमश: