[VIEWED 88307
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल भाई भनिने हुल्याहाले चौतारी को मान मर्यादा माथि असर पर्ने गरी म लहरे लाल लाकौल माथि लगाइएको आरोप गलत भएको जानकारी गर्दछौ। पैसा निल्ने हो भने चौतारी ढुकुटी को साँचो आफ्नै हात मा भएको र सो ढुकुटी मा पैसा कती छ भनेर विवरण कसैलाई पनि बुझाउने नपर्ने गरी जिम्मेबारी आँफै मा रहेको ले - १०० ५० रुपैयाँ निल्नु नपर्ने कुरा पनि अवगत गराइन्छ। यो सबै डाहा गर्ने हरुको साजिस भएको र एस्ता हल्ला ले लहके कान्त को बाल पनि उडाउन नसक्ने कुरा को पनि जानकारी गराउन चाहन्छु। साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ। जे गर्न मन लागे गरे हुन्छ। बालै मतलब। लौ जा त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ।>> ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन भन्ने कुरा यही हो । प्राप्त जानकारी अनुसार ढुकुटी को सांचो को दुरुपायोग गरी सुकुटी खाएकोले अनुहार पनि काटिकुटी सुकुटी कै शेप सँग मिल्न गएको रे । यो रे मा कत्तिको सत्यता छ, बिस्तारै आँफै पोल्ने र खोल्ने छ ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वार्षिकोत्सव समाचार:ठूल्दाईले डुल्दै डुल्दै हामि चौतारीमा आएको कुरा भुल्दै दिन ढल्दै गर्दा औतारीहरु गल्दै जाने कुरा खैनि मल्दै मल्दै बताएका छन्। रसरंग प्रधान लहरेकान्त लाकौलले, पैसा निल्नु भन्ने कुरा मिल्नु पानी भित्र कमिलाले चिल्नु जस्तै इल्नु न बिल्नुको कुरा भएको अवगत गराएका छन्। रिठाराम रायमाझिले दोसल्ला ओढाऊने होहल्ला भुइँतल्लामा बसेर मच्चाउँदा पल्लाघरका झल्ला काका कुनै सल्लाह बिना नै वल्लाघरको गल्लावाललाई आफ्नो चल्ला जत्रो छाति नपाउँदै दोसल्ला आफ्नै पल्लामा पार्ने हल्ला फिँजाउँदै हिँडेको समाचार प्राप्त भएको छ। बाँकि समाचार केहिबेरको बिश्राम पछि---
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा लोल जिम्माल लोल ! भ्रान्तिपुर समाचार अरु नि जावोस !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-08-09 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ भन्निने हुल्याहाले अब मुल्याहा कुरा पनि गर्न थालेको छ। फूल को आँखा मा फूलै संसार काँडा को आँखा मा काँडै संसार भन्ने गीत ठुल्दाइ लाई ठ्याक्कै मिल्न जाने कुरा पनि अवगत गराइछ।। आनालाइज आँफै गर्नु होला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आनालाइज भनेको के हो ता ??? बिष्लेशण भनेको भयो माथि को कुरा आँफै स्पष्ट छ, क्रेडिट कार्ड को पैसा समेत ढुकुटी को पैसा ले तिरेको भनेर कसैले भनेको हैन क्या रे । मैले पनि भनेको होइन। आँफै पोले पछी, आफ्नै पोल खोले पछी , भगवानले पनि राम राम -लहरे लहरे बाहेक भन्न सक्दैन ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छाप्दा छाप्दै...... मधुमासको आश गर्दा गर्दै सास मात्र बाँकि भएर कन्या क्याम्पसको बास बनाएका लहरेकान्त लाकौलको त्रास बारेको खास कुरा प्रवासमा बसेका हामिलाई खुल्न आएको छ। आसपासका सबै तरुनिहरुको पास चान्स मार्ने प्रयास गर्न जाँदा थप्पडको रासले घाँसमा ढल्न पुगि नास भएका निज लाकौलले, गाँस बाँस कपास र तरुनिसंगको आसले निजलाई सत्यानाश बनाएको कुरा बताएका छन्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्बाल लोल
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-08-09 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्बाल लोल
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजिनेस समाचार: ढाबरे लाल दन्त मन्जनका व्यापारि श्री कालीमाँ भगवति प्रसाद गौरिशंकर गुप्ता ले चौतारीमा ढाबरे लाल दन्त मन्जनको व्यापार सुरु गर्ने निर्णय आफ्ना पँहेला दाँत देखाउँदै गरेका छन्। उनले हालै गरेको सर्वेक्षण अनुसार चौतारीका औतारीहरुले गर्ने हाउभाऊहरुमध्ये र दुई हाउभाउहरु उनको सर्वेक्षणमा परेका थिए। पछिल्लो हाऊभाउले औतारीहरुको दाँत कालो भएको देखाइदिँदा उनले चौतारीमा दन्त मन्जनको माग राम्रो रहेको ठानेका छन्। (औतारीहरुबाट बिज्ञापन सुझाबको अपेक्षा गरिएको छ। उदाहरणको लागि तल एक बिज्ञापन दिइएको छ।) ठूल्दाई- मोडल- "ठूल्दाई तपाइँको दाँत त पुरा सेतो मोति जस्तो चम्किएको छ त?" ठूल्दाई- "किन नहोस त मोडल नानी म ढाबरे लाल दन्तमन्जन जो प्रयोग गर्छु!" मोडल- "तपाइँ पनि ढाबरे लाल दन्त मन्जन प्रयोग गर्नुस र मलाई पाउनुस!"
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 09-08-09 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाबी - बुडा कत्ती दात माझिराखेको सक्केन? ठुल्दाइ - कहाँ सक्किनु मन्जन राम्रो भनेर किनेर ल्याको जिम्माल सँग नक्कली पो परेछ क्या हो ! नेप्ची भाबी (मन्जन को बट्टा ओल्ट्याइ पोल्ट्याइ हेर्दै) - यो डाबर लाल दन्त मन्जन हो त ल हेर्नुस् ! डाबर लाल दन्त मन्जन त दात मा लाउने बित्तिकै दात टललल टल्किन्छ ! डाबर लाल दन्त मन्जन भनेर अर्कै कुन नक्कली माल थमाएछन नि जिम्माल ले तपाईंलाई ! ठुल्दाइ - खै बुढाले आफ्नो दात देखाउदै "यि हेर राहुल मेरा दात ४ बिशा पुग्दा सम्म मोतीका दाना जस्तै सेता त्यसै भा' हो र?" भनेर भने अनी किनेर ल्या' नि मैले ! नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त? ठुल्दाइ - हँ? चुप चुप बुडी यो त बिज्ञापन पो हो त !
|
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 09-08-09 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HAPPY BIRTHDAY CHAUTARI!!!LAU GAMLEHARU HO CAKE TA AJHA SAMMA KETAKO CHHAINA JASTO CHHA SABAIL MALAI PARKHI RAKHEK HO KI
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-08-09 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ, तारेमाम, ---- पवन "चा" प्रति समर्पित ॥ थाहा थिएन यति छोटो साथ हुनेछ भनेर थाहा छैन कुन दुनियाँ हो त्यो जहाँबाट कोहि आउन्न फर्केर हाम्रो आशिष साथ छोडि गयौ सब याद बस याद नै त बाँकि छ अब श्रद्धाञ्जली पवन "चा" ........
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-08-09 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त? nepchi babhi lai rahul daile kaile bhetne?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-08-09 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
huh? chainjo...chaar-chaar barkha pugechha? MERI DHOBINI KO CHYATTYAAAA PETTICOAT KO KASSAM! haanro umer...chaini...tei ko tei...tadak ko...chaini...birek thichyaa jasto...chautari ko umer...chaini...kyaari dhalkechha? daant talkaaune lal danta manjan...umer bachaaune, mero talkyaa khappar!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-09-09 12:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गरेर अन्मरिया' छौ ए पातकी गाम्ले हो! देख्ना डाल, खाना' काल---! सप्पै जिम्दै-जाग्दै छौ होला के रे! चा-चार वर्ख भईसकेछ गाँठे! तब न जिम्मालका दाँत सप्पै झरिसकेचन्, पुण्डे बुडा' तालुमा ऊ बेलाँ गोटा-चारेक रम् बाँकी थे, तिनलाई पनि भू-क्षयले खाएछ, लौन परमेस्सोर!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-09-09 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर ल हेर, सब-का-सब यती बेला सम्म सुतेर बसेका, घाम लागेर पल्लो डाँडोको टुप्पोमा पुग्न लाई सक्यो, कती सुत्न सक्या हुन। हिजो जन्मोत्सव भनेर राती सम्म बसे जस्तो छन। यहाँ उठ एह, ल पुरी ल्याइ द्या छु, बिहान उठेर बनाको, यती मात्रै छ, मिलेर खाम केरे, बाँकी वीकेन्दमा बनाम्ला। ल दिन झक्कस रहोस्। केलीचा, गेट वेल्ल सून! प्रणाम
|
|