[VIEWED 228002
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-29-14 10:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
10
?
Liked by
|
|
शनीवारको दिन हुँदो हो
शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै
हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क
लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा
थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन
खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी
पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई
चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई
सोध्नुभयो
"के भयो छोरी?"
मैले विस्तारै जवाफ फर्काएँ
"वत्ति गयो !!"
************* ************
************ ****************** ************* ********
आज सुधा हराएको तिन दिन
भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो
भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ
"अहिले उसको ठेगाना
कहाँ छ थाहा छ?"
"खोइ, कोठा फेरेको
फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो
!" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम
गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी
उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त
अफिसले नै नाक खुम्च्याउनु हो।
सानै देखिको साथी भएर पनि
उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष
भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।
म हाकिमकै कोठामा छिरेँ। उ
सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा
अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको
वतासले हल्लाउँदै थियो।
"ओहो, शुक्रवार पनि
पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ
भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन।
वुझ्न जरुरी पनि ठानिन।
"सर सुधाले लिभ एप्लाइ
गरेको हो?"
उसले टाउको हल्लायो।
"म यो केटीलाई
वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको
अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै
सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ
केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।
"वस एक छिन, तिम्रो
काम वरु म सघाउँला!"
म पनि वसिदिएँ।मलाई उसको
साथ मन पर्छ।
"अफिस अलि सुधा प्रति
रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"
"रिल्याक्स, धेरै चोटी
यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"
"तर मोवायल पनि त
स्विच अफ छ !"
मेरो मन मानेन।खोइ किन किन
सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।
उसले मेरो अनुहारमा पुलुक्क
फेरि हेर्यो।
"हामी आइतवार यो कुरा
गरौँला !"
उ वाहिर निस्कियो।कृष्ण दाइ
आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको
नाम हेरेँ। सँगै,टाँस्सिएको..
****** ****************
***************** ************** ************* **********
आइतवार,
जाममा परेपछि मैले यसो
टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै
कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।
अफिस पुग्ने वित्तिकै
सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको
चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई
थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको
भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली
जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।
हो, म उसको लागि साधारण
केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि,
त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!
हाकिमको कोठामा छिर्न मन
लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने
वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा
अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको,
हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले
पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा
म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको।
कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको
म्यासेज थियो।
"आफ्नो ड्रयर एक चोटी
हेर है"
हत्तपत्त फेसवुक वन्द गरेँ।
ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु....
|
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 03-19-15 1:19
PM [Snapshot: 21687]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<जो मान्छे एक्लै हुन्छ, उसले अरुलाई नियाल्ने समय वढी पाउँछ। >> -- हो म पनि नियाल्छु , अनि सोंच्छु जिन्दगि र पाइलाहरुले कस्तो हण्डहर परिस्थिति पार गरेको होला भनेर .... तेस्सै हराउछु आफै आफै कहिले कहिँ <<जीवनका कोणहरु हुन्छन्। कसैकसैलाई धैर्यताले जीवन वने जस्तो लाग्छ ,कसैले हतारका क्षणहरुमा जीवन भेट्टाउँछ!">> -- एक वाक्यले जीवन परिभाषा गरिदियौ मित्र . धेरै पछि आयौ फेरी दोहोराएर पढ्न परिरा मलाइ त .... लौन सुरु सुरु मा जसरी झट्ट लेख्ने गर न यार ...
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 03-19-15 3:46
PM [Snapshot: 21725]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चेले जुन कथा पनि बिचमै छाड्छ भन्नेहरुलाइ समर्थन गरु जस्तो पो गरायो त बाइ ! धन्न बिर्स्या रहेनछ यो कथा अगी बढाउन !!! ल फेरी प्रतिक्षा गर्न बाहेक के नै सकिन्छ र गर्न !!
|
|
|
sojoketo
Please log in to subscribe to sojoketo's postings.
Posted on 03-26-15 2:15
AM [Snapshot: 22055]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई सुधा संग प्रेम भए जस्तो लाग्न थालेको छ सुधा लाई भेट्ने मेरो बेग्रता बढ्न थालेको छ म आफुमा राजेश sir छाया, साकेत अनि प्रतिक महसूस गर्दै छु कहाँ छिन् मेरी सुधा, i miss her badly...................
|
|
|
sojoketo
Please log in to subscribe to sojoketo's postings.
Posted on 03-26-15 2:17
AM [Snapshot: 22057]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
where are the rest of the part? i am dying to read it....
|
|
|
sojoketo
Please log in to subscribe to sojoketo's postings.
Posted on 04-14-15 12:10
AM [Snapshot: 23523]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i am angry of fucche keto for not writing the remaining part of this story. नेपाली मा उखान छ बरु मारेर छोड्नु तर अज्किल्टो परेर तडपाएर नछोड्नु
|
|
|
KyaJhoor
Please log in to subscribe to KyaJhoor's postings.
Posted on 08-05-15 12:47
PM [Snapshot: 29190]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yesko arko part Kahele aaune ho Crazy ???
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-14-15 7:23
AM [Snapshot: 30129]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
Everyone म तँपाइहरुको लागी एउटा दोषी हुँला तर किन किन दोष प्यारो लाग्न थालेको छ। ढिलो आएँ माफ चाहन्छु तर म यो कथा मर्न दिन्न टुंगोमै पुर्याउँछु।
थोरै आंग तन्काएँ। झ्यालवाट वाहिर हेरेँ आकाशमा दुइवटा वादलका टुक्रा एक आपसमा जोरी खोज्दैछन्। आकृती परिवर्तन गर्दैछन्। कस्तो सजिलो जीवन ! आकार परिवर्तन गर्न पाउने।परिधि परिवर्तन गर्न पाउने ! यहाँ सम्म कि दुई मिसिएर एक हुन पाउने।मान्छेमा स्वतन्त्रता छैन ! मेरो घरको तल एउटा रातो गुलाफ फुलेको थियो।अघी दुध लिएर आउँदा देखेँ ओइलाएको छ। उसको उमेर सिद्दिएर होला। सुधा मेरो लागि कुनै पल त्यहि रातो गुलाफ जस्तै त थिइ। नओइलाओस् भन्ने मेरो चाहना कम्तीमा डायरीको अन्त्यसम्ममा। मैले उसलाई खोज्नु छ। तिनै पानाहरुमा उ भेटिनेछे जस्तो लाग्छ।
सुधाको डायरी-पेज १०९
ओहो कस्तो निष्पट्ट अँध्यारो! उसले ढोका खुल्लै छोडेछ। तर वत्ति खुल्ला थिएनन्। माथ्लो तलामा लुइस आर्मस्ट्रंग " अ किस टु विल्ड अ ड्रिम अन" गाउँदै थिए। हुन त म ज्याजको पारखी हैन , तर मैले त्यो गित सुनेकी छु। साकेतका कितावहरु पढ्दा लाग्छ उसलाई ज्याज मन पर्छ । त्यसैले त कहिले उ किंग कोल को कुरा गर्छ, कहिले सिनाट्राको। म ठुलो गमला पार हुँदै सिंडि उक्लेँ। सिँढीको भित्तामा एउटा रुँदै गरेकी आइमाइको तस्विर ! उसले मात्र नारीहरु रोएको देख्छ। उ नारीलाई स्वच्छन्द रहुन चाहन्छ तर किन किन निराशा झल्किन्छ उसको चिन्तनमा।
"वेलकम !" उसले तस्विर हेरीरहेकी मेरो ध्यान भंग गर्यो।
"कस्तो निराश तस्विर !" मैले सुस्तरी वोलेँ।
"मैले नै खिचेको हो ! मलाई त मन पर्छ "
अव भने मैले त्यो आइमाइलाई नियालेर हेरेँ। उसका आँखावाट रसाएका भाव खुशीको वा दुखको छूट्याउन गाह्रो थियो। कपाल अस्तव्यस्त थियो अनि लुगा पनि!
"को हो मैले सोध्न मिल्छ?"
"अहँ मिल्दैन !" उ फरक्क फर्कियो। मैले अरु सोध्ने आँट गरिन।
"थोरै पिउँछ्यौ?"
मैले टाउको हल्लाइदिएँ। उ छ अनि म पिउँदैछु। नशा माथी नशा थपिए जस्तो हुनेछ।
उसले वाइन ग्लास वोकेर लिएर आउँदा मलाई लाग्यो मेरो एउटा नशा अर्को नशा वोकेर आउँदैछ।
" फ्रान्सको ल्योन वाट थोरै दक्षिण हिँडेपछि,रोन भ्याली आउँछ ।त्यहाँको वाइनको मजै वेग्लै ! म तिम्रो सामु फ्रान्सको मेडिटेरियनको घाम त सापटी मागेर ल्याउन सक्दिन तर त्यहाँको वाइन पियाउन सक्छु !"
मैले वाइन चुस्की लगाएँ ।खासै फरक पत्ता लाउन सकिन। फ्रान्स वाट आएको भन्दा, उसले दिएको हो त्यहि छ खास त्यो वाइनमा । मधुरो स्वरमा फ्रांक सिनाट्रा "समवेर वियोन्ड द सि " सुसाइ रहे । आवाज पर आइरह्यो।मैले ध्यान दिएर उसका शव्द शव्द सुनेको छु। उ विश्व घुमेको छ। उसलाई शायद एकै ठाउँ वस्न मन लाग्दैन। त्यहि भएर घुमन्ते भएर हिँड्छ।ठाउँ ठाउँ चहार्दै उ आफ्ना पात्रहरु खोज्छ। म पनि शायद उसको खोजको स्थानिय पात्र हुँ। नेपालमै भेट्टाएकी एउटा र क्रुड पात्र ।
"तिमी मलाई तिम्रो कथा सुनाउँछ्यौ?"
उ अनायसै वोल्यो।
"भन्नाले ?" मैले मेरो गिलास छेवैको टेवलमा राख्दै सोधेँ।
"खोइ तिमी भित्र अनौठो कथा छ जस्तो लाग्छ !"
"एउटा कुरा सोधुम् ?"
"सोध न ?"
"कथा लेख्नु तँपाइको पेशा हो वा पागलपन?"
"तिमीलाई के लाग्छ ?"
"मलाई त पागलपननै लाग्छ।कथा नलेखेको दिन तँपाइको हात काम्छन् जस्तो लाग्छ ।"
"हेर त मेरा हात काम्दैछन् !" उसले पहिलो चोटी थोरै हलुका रुपमा लियो हामी विचको कुराकानीलाई। म केहि वोलिन। उसलाई मेरो वारेमा जान्न मन छ।
मैले मेरो गुरुलाई सम्झेँ अचानक । काँतर । लाछि। कस्तो स्वतन्त्र थिए ति दिनहरु। कस्तो नशालु हात थिए उसका । जसरी उसका औँलाहरु मेरा कलिला शरिरमा कुदेका थिए लाग्थ्यो उ मरुभुमीमा पनि मुल फुटाउन सक्षम थियो। म त काँचो माटो, उसवाट कुँदिन तयार भएर वसेकी। उसको जीवन चलिरहन्थ्यो के नै जान्थ्यो र !
फेरि वुवालाई सम्झेँ, पहिला लाग्थ्यो उनी पापी हुन्। तर उनी स्वतन्त्र थिए, जे चाहन्थे गर्थे। कस्ती तृप्त देखिन्थी त्यो आइमाइ। मेरा वा पनि कलाकार नै थीए। उनी शरिरमा रंग कुँद्थे।
छायाँलाई सम्झेँ । उसको र मेरो सम्वन्धको व्याख्या म सँग छैन। मात्र भाव म सँग छ। थोरै राप छ अझै पनि मेरा कुना कुनामा।ज्वालामुखिको लावा जस्तो!
अनि प्रतिकलाई सम्झेँ। उसका आँखा मात्र मलाई छुन्छन्। उसको आँखामा उसको आत्मा देखिन्छ।म प्रति पोखीएको।
ओहो कति धेरै कथा म कुन कथा पो सुनाउँ साकेतलाई। अचानक मेरो मनमा आयो। उसलाई कथा सुनाउन अघि मलाई एउटा अर्को कथा थप्न मन छ। अध्याय थप्न मन छ। साकेत नामको !
"एउटा शर्तमा कथा सुनाउँछु!"
"के हो शर्त?"
उसले अचम्म मान्दै म तिर हेर्यो। म उसको नजिकै गएँ।उसको हात समाएँ। उसको हातलाई मेरो छातीमा लगेँ। उसको हातमा खासै तनाव देखिएन। छातिवाट थोरै तल झारेँ। उ पनि चुपचाप भएर मेरो इशारामा हात झारी दियो। त्यसपछि मैले अझ धृष्टता गरेँ मेरो जिन्सको वटन उसका र मेरा हातले खोले।
"सरी मलाई थाहा छ म धृष्टता गर्दैछु। मेरो कथाको लागि यहि शर्त हो !"
"मलाई धृष्टता मन पर्छ!" उसले अझ हात घुसार्दै भन्यो। धेरै दिन पछी मेरो मरुभुमी जस्तो जीवन रसाएको छ। हो उ कथा सुन्छ,लेख्छ,वनाउँछ।
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 08-14-15 9:49
AM [Snapshot: 30210]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
५-५ महिना पछि आएर पनि यती मात्र ?? यो त हात्तिको मुखमा जिरा भयो ..शुरु गर्न नपाइ सकिएछ जे होस् फुच्चेले बिर्सेको रहेनछ खुसि लाग्यो ...सरासर अगी बढाउन अनुरोध गर्छु !!
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 08-14-15 9:55
AM [Snapshot: 30222]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<< ढिलो आएँ माफ चाहन्छु तर म यो कथा मर्न दिन्न टुंगोमै पुर्याउँछु।>> - यत्ति वाक्यले आल्हादित तुल्यायो मित्र कथा ढिलो आयो र राम्रो आयो तर यो भन्न भन्दा पहिले एउटा जिज्ञासा किन यो सुधा पात्र यति सजिलै यौनको रापमा मोम जसरी पग्लिंछिन ? के आज समाजमा यस्ता पात्र छन् होला र ? के कसैको ठूलो प्रसंसक हुँदैमा यसरी एक्कैफेरमा एउटी केटीले आफ्नो सर्वोस्सा अर्पण गर्छिन होला र ? खै थाहा छैन . फुच्चे साथि तिम्रो कथामा यो पालि तिमी र तिम्रो मुख्य पात्र अलिक हतारिएको जस्तो महसुस गरें . पछ्छिल्ला भाग जस्तो अलिक डुब्न नसकेको भान भयो है मलाई . साएद तिमीले नै बानि बिगारेको हो . अन्यथा नालिउ नि फेरी . अर्को भाग को चाडैं पढ्न पाउने आशाका साथ् बिदा - थाहा छैन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-14-15 9:59
AM [Snapshot: 30233]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
कस्तो सिन मा कथा रोकेर के गर्न लाग्या हुन् फुच्चे ले -
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-17-15 5:22
AM [Snapshot: 30709]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
Bhaktey and Serial- I can understand your feeling, I ll keep moving the story(try to be bit faster..) थाने- धेरै पछि लेखेको ले हतार भएको हुन सक्छ...अरु म्यासेज वक्समा... ;) अन्य पढीदिनुहुनेहरुलाई धेरै धन्यवाद
कथा यसरी अघी वढ्छ....
केहि डढे जस्तो गन्हायो।
मेरो मन पनि डढेको हुनुपर्छ ।तर वाहिर कसरी गनाउन सक्छ मन?
दुध उम्लिएर पोखिएछ। भसक्कै
विर्सेछु। अघि भख्खरै त हो ,चिया खाने मन लागेर वाहिर गएर दुध लिएर आएको ! उमालेपछि
ध्यान गएनछ। हो उम्लिदै गर्दा ध्यान कम नै पुग्छ। सुधाको पनि त्यहि नै होला ! कति
सजिलै पग्लिदिन्छे उ । मोमजस्तै। सुम्पिदिन्छे आफ्नो सर्वस्व कहिले कसलाई त कहिले
कसलाई। किन यति सस्ती उ? शायद उ यसलाई आफ्नो स्वतन्त्रता ठान्छे। एउटा लिवरेसन,
क्रान्ती भनौँ।मान्छे क्रान्तिकारी हुने रहर मा, आगोका झिल्का उमार्ने चक्करमा
आफुलाई डढाउँछ। मेरो सोचाइ मेरो परिधि भित्र मात्रै पनि ठीक हुन सक्छ। म संकिर्ण
भएर उसको सोचाइ, उसको लिवरेसन नवुझेको पनि हुन सक्छु।तर मेरो मनमा धेरै प्रश्नहरु
कुदिरहे।
चियामा रंग हालेँ। विस्तारै
दुधको रंगको हराउँदै गयो। चियाको रंग गाढा हुँदै गयो। भान्छामा खोजेर तेजपत्ता
हाँले।स्वादे जिव्रो। के के खान मन लाग्छ। ग्याँस वन्द गरेँ अनि टेवलमा गएर फेरि
वसेँ। वन्द डायरी मलाई गिज्याई रह्यो। "तैँले नवुझेकी सुधा, पढिसकुन्जेल वुझी
सक्ने छैनस्।"
मैले सुस्तरी डायरी
सुम्सुम्याएँ। वाहिरको अघीका सेता वादलका टुक्रा अध्याँरिएछन्। हावा पनि चिसिएछ।
पानी पर्छ जस्तो छ।
**************
***************** *************** ************ *************** **********
सुधाको डायरी-११२
केहि छिनको तनाव पछि स्थिति
सामान्य वन्यो। साकेत विस्तारै उभिएर झ्याल छेउमा गयो। पर्दा खोल्यो। वाहिर उसले
रोपेको "रातकी रानी"को सुवास झ्याल खुले सँगै विस्तारै छिर्यो।उसले
आफ्नो चुरोट सल्कायो।
"म पनि पिउँछु !"
म उसको नजिकै गएँ।
"कहिले सुनाउँछौ त तिम्रो
कथा" निर्वस्त्रै रहेकी मेरो शरिरलाई थोरै सुम्सुम्यायो।
कथा शुरु हुन्छ तिजको
दिनवाट
शनीवारको दिन हुँदो हो
शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै
हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क
लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा
थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन
खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी
पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई
चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई
सोध्नुभयो
"के भयो छोरी?"
मैले विस्तारै जवाफ फर्काएँ
"वत्ति गयो !!".................................................
उ मेरो कथा सुनिरह्यो । म
भन्दै गएँ। अनि मेरो कथामा उ आयो। उ मुसुक्क हाँस्यो। विस्तारै सोध्यो
"तिमीलाई तिम्रो म
प्रतिको आकर्षण अस्वभाविक हो जस्तो लाग्दैन ?"
"किन र?"
"मात्र शव्दवाट मात्र
सम्वन्ध सम्भव छ र?"
"सम्वन्ध त एक अर्का
विच जोड्ने पुल हो। शव्द नै पुल वन्यो भने ?"
"हममम" उसले
उत्तर दिएन।
"एउटा कुरा
सोधौँ?"
म आफ्नो कथा वाट वाहिर आएँ।
मलाई वाहिरको तरुनीको रुन आँटेको तस्विरले अझै दिमाग खाइराखेको छ।
"तिमीले आफ्नो कथा
टुंग्याएकी छैनौ!" उसले फेरि चुरोट सल्कायो। एक कश फुकेर मलाई दियो। मैले पनि
अर्को कश लगाएँ। उसको ओठको छाप भेटेँ त्यो चुरोटमा । उसको उपस्थिति यति गहिरो र
यति वलियो छ कि उ प्रत्येक वस्तुहरुमा आफ्नो छाप छोड्छ।
"म भोली पनि आउन
चाहन्छु ! मैले आज कथा अपुरै राख्ने विचार गरेँ। एउटा अरवी राजा आफ्ना रानीहरुलाई
विहे गरेकै दिन मार्दो रहेछ। कान्छी रानी कथाको भरमा वाँच्ने विचार गरेर एउटा कथा
अपुरै छोडिदिछ।"
"मलाई यो कथा थाहा छ
तै पनि सोध्छु, अनि के भयो?"
"अनि उ जोगिइ
,अन्त्यमा त्यहि हो !"
" आफुलाई जोगाउन
चाहन्छौ वा वर्वाद हुन चाहन्छौ ? भोली म सँग वाइन छैन ,फ्रान्सको !!!!!"
"मलाई अरु नै नशाले
झुम्म वनाएको छ!"
उ हाँस्यो अनि मेरो
प्रश्नमा फर्कियो
"तिमी म सँग केहि
सोध्दै थियौ !"
"त्यो वाहिरको
तस्विरको वारेमा !को हो त्यो केटी?"
एक छिन चुप रह्यो ,झ्याल
छेउ गयो। खुलेको पर्दा वाट अर्ध मुस्कान हाँस्दै गरेको चन्द्रमा लाई हेर्यो अनि
भन्यो
"तिमी भोलि पनि त
आउँदैछौ , यो कथा पनि भोलि लाई नै वाँकि राखौँ !"
******************
************* ************* *********** *********** **********
चिया टुंगियो। उसको यो
अध्याय पनि ।यस पछि डायरीमा एक पाना खाली छ। यो अध्याय नै हुनुपर्छ। कि केहि पछि
लेख्छु भनेर छोडेकी हो उसले खाली पाना? उ भविष्य सोच्दिन ! उ आफ्नो जीवन वर्तमानमा
नै रमाउँछे। खासै सोच केहि नहोला यो खाली पानामा !
|
|
|
IDK2013
Please log in to subscribe to IDK2013's postings.
Posted on 08-17-15 8:53
AM [Snapshot: 30798]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस पछि डायरीमा एक पाना खाली छ। यो अध्याय नै हुनुपर्छ। Great line जीवनहरु कहिलेकाही यसै घट्ने गर्छन, सबै कुरा ब्यक्त गर्न सकिन्न तर ति घटाईहरु चाही उत्तिकै ब्याप्त हुन्छन स्मरणमा अरु लेखिएका घटना हरु जस्तै | त्यो आफु र कोही निश्चित आफ्नालाई मात्र थाहा हुन्छ | त्यसैले हो कि खाली पाना?
|
|
|
KyaJhoor
Please log in to subscribe to KyaJhoor's postings.
Posted on 08-17-15 11:00
AM [Snapshot: 30873]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा लाई Continue गरेको मा धेरै धेरै आभारी छु। वेलकम ब्याक फुच्चे। तिम्रो लेखाइ को प्रसम्सा गर्न म सँग कुनै शब्द छैन। बस यती भन्छु keep writing... am reading !!! :)
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 08-17-15 2:35
PM [Snapshot: 30888]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अघि सोधेका हरेक प्रश्नको उत्तर यो भागको घेराबन्दी भित्र भेटें फुच्चे साथी मैले ..... शायद संकीर्णताको किराले अलिकति मलाई पनि टोकेछा भन्नु पर्यो मैले पनि , त्यसैले उपर्युक्त प्रश्न ठडिए . <<मान्छे क्रान्तिकारी हुने रहर मा, आगोका झिल्का उमार्ने चक्करमा आफुलाई डढाउँछ।>> -- डढीन्छ, पोल्छ भन्ने डरले आगो नै नबाले त क्रान्ति कहिले प्रज्वलित नै हुदैन नि हैन र ...... रहरको क्रान्ति एउटा भ्रान्ति मात्र हो तर ..... IDK2013 ज्यू, <<जीवनहरु कहिलेकाही यसै घट्ने गर्छन, सबै कुरा ब्यक्त गर्न सकिन्न तर ति घटाईहरु चाही उत्तिकै ब्याप्त हुन्छन स्मरणमा अरु लेखिएका घटना हरु जस्तै | त्यो आफु र कोही निश्चित आफ्नालाई मात्र थाहा हुन्छ | >> ----सारै घतलाग्दो अनुभव पोखियो तपाईंबाट पनि , खारिएको मनोभाव ..... फुच्चे साथि अर्को भागको कुराइमा - थाहा छैन
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 08-18-15 1:25
AM [Snapshot: 31110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल कथा आएर २ भाग थपिएछ म आफै गायब भएछु शायद फुच्चे प्रभुको जस्तै बानि लग्यो जस्तो छ :P अब चै नरोकिकन मज्जाले बगाउदै जाम है कथालाई ....
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 09-03-15 10:20
AM [Snapshot: 33063]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
IDK 2013,Kyajhoor,Thaney and akinchan thanks a lot for sweet responses ,glad to know that you are still reading this story though I made a big break in between... Thanks to all the peoples who read and liked my story...
साकेतले सुनाएको क्यारोनको
कथा
यो डायरी मेरो होइन। म त
फगत एउटा पात्र ।सुधाको नजिकको ! वास्तवमा सुधाको अघि कहिलेकाहिँ लेखक भन्न पनि डर
लाग्छ। उसले आफ्ना पल पललाई कोरेर ,जतन गरेर यसरी राखेकी छे मलाई कहिलेकाहिँ लाग्छ
उ म भन्दा ठूलो लेखक हो। उ आफुलाई मेरो ठूलो प्रशंसक भन्न रुचाउँछे। शायद मेरो
जीवनको सवैभन्दा ठूलो सफलता होला।
उसले मलाई आफ्नो कथा सुनाउँदा सुनाउँदै प्रश्न
राखेकी थिइ
"त्यो वाहिरको
तस्विरको वारेमा !को हो त्यो केटी?"
"क्यारोन !" मेरो
मनले मनमनै भन्यो। " उ मेरी क्यारोन हो !"
************* ***********
************* ************* ************** ************
एम्स्टर्ड्यामका क्यानलहरु
हिउँले छोपेका थिए। जमेको क्यानलमा स्ट्रिट लाइट चम्किरहेको थियो। यहाँ मानिसहरु
जमेको हिउँमा स्केटिंग गर्छन्। त्यहि क्यानलमा वसेर वियर खाँदै लागेको घामको मजा
लिन्छन्। मलाई कहिलेकाहिँ लाग्छ त्यो जमेको हिउँ पनि मान्छेले आफूमा वनाएको पर्दा
जस्तो न हो। भित्र के हुँदै छ पत्ता पाउनै गाह्रो।
म छेवैको कफि शपमा
एस्प्रेसोले हिजोको ह्यांगओभर हटाउन खोज्दै थिएँ। त्यतिखेर भने मैले मेरो जीवनको
एउटा अनन्य पात्र भेट्टाएँ " क्यारोन !"
पहिला उ रोइरहेकी थिइ। मेरो
क्यामेरा छेवैमा थियो। धेरैवेर खिचौँ ,नखिचौँको दोधारमा रहेर मैले उसको फोटो खिचेँ
। मैले खिचेको क्यारोनको पहिलो तस्विर। उ अस्तव्यस्त थिइ । किन रोइरहेकी थिइ ?
टाढावाट पत्ता लाउन सकिन। तर मेरो फिफ्टिन थ्रीहन्ड्रेडको लेन्स भएको निकोनले
टाढैवाट पनि उसको स्पष्ट तस्विर खिच्यो। त्यो तस्विर पछि मैले खिचेको मोनालिसको
तस्विर वन्यो।
करिव पाँच मिनट को क्याफेको
वसाइ पछि मैले फेरि क्यारोन तिर आँखा दौडाएँ। उसले मेरो आँखा उसैतिर तानी भनौँ। क्यारोन
भने अव धुवाँ उडाउँदै थिइ, वेखवर भएर। एम्सटर्ड्यामको धुवाँ अरु धुवाँ भन्दा फरक
हुन्छ। अलि स्ट्रंग हुन्छ। अनि त्यो धुवाँमा परिधी हुन्न। कसैको रोकटोक हुन्न। जति
पनि उडाउन पाइन्छ। घडी हेरेँ। विहानको साढे दश वजेको छ। विहानै उसलाई ड्रिंकका
लागि जौँ पनि भन्न सक्दिन।
"हाइ !" मैले
नजिकै गएर सुस्तरी भनेँ।
उसले उत्तर फर्काइन।
क्यारोनलाई नजिकै वाट हेरेँ। नाकमा फुली लगाएकी थिइ। करिव चार पाँच कलरमा कपाल
इन्द्रेणी वनेको थियो। अनी त्यो खैरो आँखा गहिरो थियो। आँखाको तल केहि काला
धव्वाहरु थिए। उ शायद इटलियन हुनुपर्छ। इंग्लिस वुझ्दिन होला !
"तिमी मलाई कस्तो केटा
रहेछ भन्छौ होला। तर परवाट देखेको मैले सहन सकिन ! एक चोटी वोल्नै पर्छ जस्तो
लाग्यो !"
"हाइ, मेरो अंग्रेजी
राम्रो छैन सरी !"
"कहिलेकाहिँ वोलेको
त्यत्तिकै वुझिन्छ, भाषा चाहिन्न !" म थोरै हाँसे।
"वाइ द वे के भाषा
वोल्छौ? मलाई थोरै थोरै फ्रेन्च पनि आउँछ !" मैले अझै जोड गरेँ। उसले म
तिर पुलुक्क हेरी खासै उत्तर दिन मन नगरे जस्तो गरेर।
"स्पेनिस !"
"म त्यो पनि वोल्छु
थोरै !"
स्पेनिस् रैछ।
"के वोल्छौ स्पेनिस मा
?"
"केरो बेवेर
कन्मिगो?(म सँग केहि पिउँछौ?)"
"हाहाहाहाहा, नाइस
ट्राइ , भख्खर एघार वज्दैछ।"
"पिइ सकेपछि घडी कसले
हेर्छ र ?" मैले अझ जोड गरेँ।
उसले टुलुटुलु हेरी । त्यो
अघिको धुवाँले उसलाई लठ्ठ वनाएको छ। उसलाई वोल्न पनि मन छैन। मलाई भने लठ्ठ परेकी
उसले नै लठ्ठ वनाएकी छ।वोलिरहन मन लागेको छ।
"समय त त्यहि नै हुन्छ
,घडी हेरे पनि नहेरेपनि !"
"मान्छेले आफुले
आफुलाई ढाँट्न सक्नुपर्छ कहिलेकाहिँ मिस............."
"क्यारोन , मेरो नाम
क्यारोन हो ! तिम्रो?"
"साकेत !"
"इन्डियन हौ?"
मैले टाउको हल्लाएँ।
"मलाई पनि हैन जस्तै
लागेको थियो !" उ खितित्त हाँसी ।
"म छेवैको पुलिट्जर
होटलमा वसेको छु। वि क्यान ह्याभ लन्च टुगेदर"
"तिमीलाई म पछि पछि
आउँछु जस्तो लागेको छ?"
"कहिलेकाहिँ प्रयास
गर्दा के जान्छ र ?"
"तिमिले यहाँको विड
ट्राइ गरेको छौ?"
"छैन !" मैले
टाउको हल्लाएँ।
"कुरा सुन्दा त गरे
जस्तो लाग्छ। हाम्रो भेट भएको दश मिनट पनि भएको छैन।"
मैले घडी हेरेँ । उ गलत
थिई। तेह्र मिनट भएको थियो।
"जीवनका धेरै
महत्वपुर्ण कामहरु दश मिनट मा टुंगिन्छन् ।"
"सरी म तिमी सँग होटल
जान सक्दिन । तर तिमीले मलाई लन्च अफर गरेका छौ। त्यो एक्सेप्ट गर्न सक्छु। यो
वाटोको कुनामा मिठो पिजा पाउने इटलियन रेष्टुरेन्ट छ ! अनि भ्यान गो को म्युजियम
पनि "
म त्यो म्युजियम पुगेको छु।
रमाइलो छ।
"तिमीलाई म्युजियम जान
मन छ?"
"छैन ! तिमीलाई पछि
म्युजियम मा राख्नुपर्छ जस्तो लागेर भनेको। युनिक छौ !" उ खितित्त हाँसी ।
आफ्नो झोला उठाई ।अनि भनी
"भामोस अमिगो !"
मैले मेरो निकोनको फोटो
डिस्प्ले गरेर हेरेँ। उसको रोएको फोटो आकर्षक थियो। पत्ता लागेन उ किन रुँदै थिई।
खुशीमा वा दुखमा !
|
|
|
Smaran
Please log in to subscribe to Smaran's postings.
Posted on 09-04-15 6:57
AM [Snapshot: 33281]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fucche keto: If only the book of this had been published i would be among the first few people to buy it. "Sudha" is something else that keeps me coming back and check if new part has been posted. Please hamilai dherai na kuraikana jati sakdo chado post gardai garam saathi..."sudha ra usko kanda" haru ko byagra pratikshya ma chu :)
|
|
|
sojoketo
Please log in to subscribe to sojoketo's postings.
Posted on 09-04-15 4:00
PM [Snapshot: 33406]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै सम्म फुच्चेको कथा नआउदा कता कता फुचेलाई Bhukampa ले पो लग्यो कि जस्तो डर मन मा खेलिरहेको थियो, Bhagwan लाई मुरी मुरी धन्यबाद फुचेलाई सकुसल राख्नु भएको मा. I wish your family to be I safe as well. काठमाडौँ को गल्लि हरुमा. भौतारिरहेको छु म. सायद जीवनमा रहेका उत्तर्रहिन प्रस्नको उत्तर को खोजीमा. ध्वसेय, एउटा अपराध बोकेर भाग्दै छु अनि माया पाएकी केटि जस्ता कथा हरुले मलाई सुधा बनि आफुलाई साकेत .सामू सुम्पिदॆउ justo लाग्छ. सुधा र sudha को sir को कथा मलाई आफ्नो कथा जस्तै लाग्छ. फुच्चे साथि मुरी मुरी धन्यबाद तिम्रो लेख haruko lagi आनन्द आउछ, मन हर्सित हुन्छ अनि हराउछु म आफैमा तिम्रा कथा haruko साथमा Heartfelt gratitude Fucche saathi, k ca plan Timro katha harulai novel Sarah Sabai samAKCHEY PURYAUNE BAREMA.
Last edited: 04-Sep-15 04:01 PM
Last edited: 04-Sep-15 04:04 PM
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 09-07-15 3:34
PM [Snapshot: 33866]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब साकेतको कथा जोडिएछ, त्यो पनि राम्रो जाने पक्का छ ..बरु चाढै राखम् न हो फुच्चे साथि !!
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 09-08-15 12:41
PM [Snapshot: 34110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे साथि, सररर बगेर पो होकी, कस्तो कम लेखेको होला भन्ने आभास भयो . कथैकथाको बिच एउटा अर्को कथा - साकेतको कथा . क्यारोन - लठ्ठ हुँदा त तेस्तो सतर्क र चंख उत्तर दिन्छे , हाँसी मजाक नि गर्छे अनि आफ्नो स्थानको र समयको पनि ख्याल राख्छे भनेसी नहुँदा कति अभिज्ञ छे होली . रुन चै किन रोईन होली ति ? कुरीराको छु सुन्नलाई . - थाने
|
|
|