[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131760 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 04-28-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok ji

just superb.

waiting for the next one....


 
Posted on 04-28-05 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,

अलिकति खिर मलाई पनि। मलाई खिर सारै मन पर्छ के। :) दौराको फेरोमा लुकाएर ल्याउनुस है, फेरि बाटामै दादाले खोसेर खाइदिनु होला :)

-सरु
 
Posted on 04-28-05 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) सुन्दै ... ... ...।
 
Posted on 04-28-05 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok ji interesting.
>>>>>>>>>>>>"धनिलाई धन प्यारो, गरीबलाई मन प्यारो"<<<<<<<<<<<


 
Posted on 04-29-05 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ ल साथि को लेखन , जावस् यार अरु पनि !
 
Posted on 04-29-05 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म केवल सुनिरहें निशब्द, मात्र प्रशंसाका दुइ शब्द लिएर केवल दुइ शब्द।
अब त मैले नि पाउँछु होला नि खिर रे क्या।;-P
अझ आवस् है चाँडै,
निर्माण
 
Posted on 04-29-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok bro, maile tapailai chinna sakya chhuina ahile samma, tapai ma bhanda 2 barsha aghi parnu bhayo kyare, kina bhane "jethi maili kanchhi (oth katiyeki) " haru tapai bhanda 1 batch pachi, tineru ma bhandaa 1 batch aghi..... Pheri ma civil hoina bijuli department tira pare...chine bhane pani ma gup chup nai rakchhu ni, dhandaa namannus.............

Tara tapai ko katha stop na hos hai..........tapaiko katha preranadayee chha.....



(wish i could type in nepali, i lost my XP CD and couldnot install unicode, shame to me......)
 
Posted on 04-30-05 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not have word to write down here.same situation and same feelings as well
 
Posted on 04-30-05 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok bro..

where is the next part??

still waiting....

 
Posted on 04-30-05 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok Jee, next part khoi bhanya..........weekend ma yeso tapai ko katha padera tyaam pass garam bhanya...........
 
Posted on 04-30-05 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके कता बेपत्?ता हो?कत्ति कुरनु भन्?या?

 
Posted on 05-01-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok dai is busy.
kehi karaan baas prasaraan rokeena gayeko ma chyaama prathi chau :)



p.s>>>>kati time lagcha ok dai?!sabai jana halla garera haran ..balla balla samjhayera rakheko chu:)


 
Posted on 05-01-05 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ के जी खै कता हो आजकाल ?

थेसिसको खोलो बढेर साझामा पनि २-३ महीना नआउने जस्तो छ नि यार। तर्न सके सम्म बल गरम् है, अब तर्नै नसके त कसरी कर गरम् र।

पर्खिनै गारो भो र मात्र हो।

-सरु
 
Posted on 05-01-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समयाभाबले सबै साथिहरुको जीज्ञासाको प्रतिउत्तर दिन नसकेकोमा "सरी" भन्दै,अर्को भागः

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड ७
यसपालीको दशैंमा पानी परेन। गएको साल त हिले दशैं भर कस्तो कन्तबिजोक भा थियो। खोला पनि घट्दै गए। मलाई भने दशैंको रमाईलो भन्दा पनि छिट्टै झरी नपरे स्कुल जान पाईने आस थियो। फेरी दशैँपछि पनि पानी परेर खोला बढ्ने हुन कि भन्ने डर पनि थियो, कता कता। खै सरहरुले तेत्रो दिन गएल हुँदा के भन्ने हुन फेरी, भन्ने चिन्ता पनि एकातिर छँदै थियो। दशैं पनि ठीकठीकै भो। हजुरआमाको हातको टिका थाप्न धेरै नातेदारहरु हाम्रै घरमा आए। हजुरआमा हाम्रै घरमा बस्नु हुने भर दशैंमा पाउनालाई दिने पैसा र खानाको खर्च चाहिँ ५ जना बुबाका सन्तानहरु मिलेर सबैले बराबरी बेहोर्थे। ४ जना बढाउहरु मात्र जीबित हुनुहुन्थो। हुन त मेरो बुबा खाल ६ जना रे। जेठा बढाउ पहिले नै बित्नु भा रे, बिहे नै नगरी। कुनै पनि सन्तान नभकाले उहाँको काजक्रिया गरेर बाँकि सम्पति सबै भाईलाई बराबरी बाँडेको रे। दशैँ आयो र गयो पनि सधैँको जसरी।

दशैँको पुर्णिमाको भोलिपल्ट म स्कुल हिँडे। "खै माथिबाट हेर्दा त सानै देखिन्छन्, तर्न सकिने हो को हैन यी खोलाहरु फेरी" बिहान ६.३० बजे तिरै बाटो लागेँ। आमाले "खोलो तर्दा अलिक होस् गर, नसक्ने जस्तो लागो भने बल नगर। ला यो प्लास्टिक पनि लैजा, किताब-कपी यो भित्र हाल र राम्ररी बाँध, नत्र त खोलो तर्दा भिज्न सक्छ" भनेर एउटा बर्खामा घाँस काट्न बन जाँदा ओढ्ने प्लास्टिक दिनु भो। ओरालो बाटो, हरर तल मोलुङ खोलामा पुगेँ। खोलो त ठूलै रहेछ, मलाई त खुट्टा टेकेर तर्ने हो भने त डुबाउला जस्तो। तर मुल्को चाहिँ दरो जस्तो लागेन। मेरा सबै सामानहरु गुटुमुटु पारेर आमाले दिएको प्लास्टिकमा हालेँ। गञ्जी र कट्टु पनि खोलेर प्लास्टिक भित्र नै राखेँ। "त्यो एकान्त ठाँउमा कस्ले पो देख्ला र? फेरी अहिले चिसो कट्टु लाउनु भन्दा त नाङ्गै पौडीनु बेश" भनेर कट्टु सम्म पनि लगाईन। सबै सामानलाई पानी नपस्ने गरि बाधेर टाउकोमा कसी पौडेर खोलो पार गरेँ। अर्को पट्टिको किनारामा त निकै तल पो पुर्यायो, छालले हुत्याएर। झण्डै छाँगो नखसाको! करीब १५ दिन जति पौडेर वारी र पारी गर्नु अनि कपडा लगाएर स्कुल र घर गर्नु मेरो दैनिकी नै बन्यो।

घनश्याम सर, हेडसर र १/२ जना अति मिल्ने साथिहरुले बाहेक कसैले पनि "किन स्कुल नआको?" भनेर सोधेन । सोध्नेजति सबैलाई मैले घरमा काम पर्यो, अनि आउन पाईन भनेर ढाँटे। आखिर रामपुरमा कसैले पनि केहि सहयोग गर्छन् भन्ने लागेन, त्यसैले आफ्नो दुखःका सबैकुरा के सबैलाई सुनाउदै हिड्नु भन्ने लागो। बेकारमा खिसी गर्छन् र हेप्छन् मात्र। आमाले कहिले काहीँ भन्नु हुन्थ्यो "सबै मानिस उस्तै हुन्नन्। सकेसम्म आफ्नो कथा आफूसंगै राख्नु बेस, सबैलाई सुनाउँदै हिड्नु हुन्न। बैरीले आफ्नो कमजोरीको गलत फाईदा लिन सक्छन्, हाम्रो दरिद्रतामा खिसी गर्न सक्छन्। बाहिरबाट सहानुभुतिको नाटक गर्नेहरु र मुखमा बनावटी मायाका शब्दहरु ओकल्नेहरु त कयौँ छन् यहाँ तर बास्तबिकतालाई आत्मसाथ गर्नेहरु र साँच्चै सह्रदयी सहयोगीहरु त हातका औंलामा गन्न सक्ने मात्र हुन्छन्"। सायद यो साझामा पनि मेरो बिगतलाई बास्तबिक परिचयको माद्यामबाट लेख्नु पर्ने हो भने मेरो यो कथा पनि यहाँ पस्कने दुश्साहस गर्ने थिईन होला। मलाई लाग्छ यो साझामा पनि मलाई ब्यक्तिगत रुपले चिन्ने १०।१५ जना त अबश्यै छन्। अहिले सम्म गुपचुप नै राखेको मेरो ईतिहाँस सर्बाङ्ग रुपले नाङ्गो बनाउदा उनिहरुका नजरमा मेरो चित्रण नै फेरिन सक्छ। सके त्यसपछि म प्रतिको दृष्टिकोण नै परिबर्तन हुन के बेर?

मंसिरमा बार्षिक परीक्षा पनि आयो। परीक्षा पनि राम्रै भो । सबै मिलाउन त सकिएन तर पनि धेरै पनि बिग्रिएन, आफ्नु बिचारमा। बेलुका ११ बजे सम्म टुकि पालेर पढ्थेँ, परीक्षाको तयारी गर्थेँ । गत बर्ष आमाले ल्याएको मट्टितेल तर्याकतुरुक बाँकि नै थियो । "यस पालीबाट त म नै कटारी (उदयपुर जिल्ला अन्तरगत भित्री मधेसको बजार, जहाँबाट सामान सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटांग जिल्लामा भरियाले ढुबानी गर्छन्) जान्छु नुनतेल लिन, कति आमालाई मात्र दुःख दिनु" भन्ने सोचेँ । कमसेकम ३ पसेरी (१५ किलो) नुन र १ चौथाई मट्टितेल (१ टिनको ४ भागको १ भाग) ल्याएँ भने पनि त केहि समयसम्म त गर्जो टार्न सकिन्छ। कटारी जान मात्र रित्तै हिड्दा २ दिन लाग्छ, भारी बोकेर हिड्दा त ४ दिनमा पनि मुस्किल। १ पटकलाई १ हप्ता लाग्ने । यसपालीको बार्षिक परीक्षा पछि र माघमा पढाई शुरु हुनु अघि २ पटक जति कटारी जाने बिचार गरेँ। "पौष १४ गतेको रीजल्ट अघि १ पटक र रिजल्ट पछि १ पटक जानु पर्ला" भन्ने सोचाई बनाएँ । फेरी कोहि साथि पनि त मिल्नु परो नि भने जस्तो संगै जाने । "राति खोलाहरूको बगरमा बालुबा माथी सुत्नु पर्छ। खाना पनि संगै खाने, बिरामी परेर बिच्चा परे यसो दर्बिलो साथी भए जानु" भन्नु भो आमाले पनि । मेरो आफ्नै मामाको छोरा भाने दाईसँगै जाने कुरा मिलो, १ पटकलाई। पल्लाघरे धने दाईसंग १०० रुपियाँ सापट मागि दिनु भो आमाले नुनतेल किन्न, पछि हिँउदमा आलु ओखल्ढुङ्गा हाटमा लगेर बेचे पछि साउँ ब्याज फिर्ता दिने गरी। कटारीमा शुक्रबारे हाट भेट्ने गरी २४ गते मंगलबार बिहान नै हामी बाटो लागिउँ र सञ्च सुबिस्ताले नै घर पनि फर्किउँ, सोमबार बिहान। हुन त त्यसपछि एस.एल.सी. पास गर्दासम्म बर्षको ३ पटक जति कटारी गएर नुनतेल ल्याउथेँ। ढाकर बोक्दा नाम्लोले टाउकामा बसेको डाम 2001 मा थाई एयरवेजको बिमान चढ्न लाग्दा सम्म छामेको याद छ। तर अहिले त खै जति छामे पनि भेट्दै भेट्दिन!
क्रमशः
 
Posted on 05-01-05 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०४३ साल पौष १४ गते सोमबार। हाम्रो स्कुलको रिजल्ट हुने दिन। बिद्यार्थीहरुको बाली पाक्ने। कमाई लगाउँदा कस्ले कति पसिना चुहाएछ भनि निर्क्योल हुने दिन । "डेढ महिना स्कुल छुटिरैछ । खै के हुने हो रिजल्ट पनि?" मनमनै सोचिरहेँ बाटै भरि स्कुल नपुगुन्जेल सम्म। हिजो नै लगाउने कपडा राम्रोसंग खरानी पानीमा उमाल्दै धोई सफा पारेको थिँए। चिसो तुसारो र हिउँले खाएर पट्पट् फुटेका मेरा पैतलाहरु ढुङ्गाले घोटी घोटी सफा पारेँ। तर के गर्नु, धुलो र छारोले फेरी उस्तै हुन्छन् एकछिन पछि। जुत्ताचप्पल भनेको त मेरो कल्पना भन्दा पनि बाहिरको कुरा थियो। मलाई अहिले सम्म याद छ, म ९ कक्षामा पढ्दा मञ्जुले धनश्याम सर संग बिहिबारे हाटमा झगडा गरेर किन्न लगाको हातिछाप चप्पल पहिलो पटक लगाउन नजान्दा मञ्जु कस्तरी छक्क परेकी थिईन्? "दाई १।२ दिन हो, त्यसपछि त कस्तो सजिलो लाग्छ, ल हेर्नुस् त म कति सजीलै हिड्छु" भनेर प्याट् प्याट् चप्पल पड्काउदै हिडेर मलाई सिकाएकी थिइन्, चप्पल लगाउने तरिका।

केहि समयको औपचारिक कार्यक्रम पछि नै स्कुलमा रिजल्ट सुनाउने समय पनि आयो । रिजल्ट सुन्न सबै तल चौरमा बसे। अग्लो ठाउँमा मञ्च राखेर कक्षा १ देखि क्रमैसंग फष्ट, सेकेन्ड, थर्डको नाम बोलाउँदै हुनुहुन्थो, दयाराम सर। मैले त कसैलाई पनि तेति धेरै चिन्दिन थिँए, तर पनि जो जो पुरस्कार थाप्छन् तिनिहरूलाई हेर्दै गएँ । कुनै कक्षामा केटीले फष्ट गरे, कुनैमा केटाले। कक्षामा १,२,३ मा केटाहरुले फष्ट गरे, ४ र ५ मा चाहिँ केटीले। कक्षा ६ म फष्ट भएँछु, २ नंबरले मात्र। डम्मर कार्की सेकेन्ड। मञ्चबाट पुरुस्कार लिएर फेरी चौरमा के मात्र बसेको थिँए, कसैले पछाडिबाट मसिनो स्बरले भन्यो "ओम दाई बधाई छ"। यसो फर्केर हेरेँ । उनि त एकछिन् अघि मञ्चबाट पुरुस्कार थाप्ने बहिनी जस्तो लागो। "अनि बहिनी पनि फष्ट हैन त, ल तपाईँलाई पनि बधाई छ" भने। अपरिचित संग बोल्दा म सबैलाई तपाईँ नै भन्थेँ। "धन्यबाद दाई" उनि मुसुक्क हाँसिन्। म अगाडि फर्केँ। यसो एकछिन् पछि सम्झेको त मैले त "धन्यबाद" नै भन्न बिर्सेँछु। "अब भनौँ भने पनि के भनौँ" कस्तो पछुतो लागो "कस्तो होस् नपुर्याको मैले नि"। सबै कक्षाको रिजल्ट पनि सकियो। कोहि खुशि थिए, कोहि दुःखी। म पनि अर्को १ बर्ष पनि फिः मिनाहा हुने हुदा पढ्न पाउने कुराले खुशि नै भएँ। सबै जना उठेर घर जान लागे।

हेडसरले मलाई बधाई दिदैँ भन्नु भो "अर्को बर्ष अझ राम्ररी पढ्नु"।
"हस् सर, मैले सकेको मिहिनेत गर्छु" । मैले यति भन्दा भन्दै हेडसर अर्को सरसंग बोल्न थाल्नु भो।
म घर हिड्न लागेको मात्र के थिएँ, पछाडिबाट घनश्याम सरले बोलाउनु भो "ए ओम ! एता आउ त एक छिन्"। म धनश्याम सरको नजीक गएँ । घनश्याम सर सँग त अगि मलाई बधाई दिने बहिनी पनि रहिछन्।
"तिमी डेढ महिना स्कुल नआउदा त फष्ट हुन गारो हुन्छ जस्तो लागेको थियो, तर पनि राम्रै भो रिजल्ट, अब अर्को बर्ष देखी चाहिँ तेसरी स्कुल नछोड्नु है" सरले ति बहिनीको पछाडि हातले धाप मार्दै भन्नु भो "यिनी मेरी छोरी मञ्जु, ५ बाट ६ मा गईन् यस्पालि"।
"अँ, थाहा पाँए अगि रिजल्ट सुनाउदा" मैले छिट्टै बोलेँ ।
"छोरी, उ ओम खनाल, शिबदुतीबाट आका, ६ बाट ७ मा गए यसपाली, राम्रो पढ्छन्।" मञ्जुले बुझे झैँ गरेर टाउको मात्र हल्लाइन्, केहि बोलिनन्। सायद उनलाई बुबाका अगाडि थाहा पाईसकेको कुरा भन्न पनि शंकोच लागो।
"मञ्जु, तिमी पनि राम्रो पढ, केहि नबुझे उ ओम संग सोध्नु, सिकाईदेउ है बहिनीलाई"।
"भैहाल्छ नि सर, मैले जानेको त सिकाई हाल्छु नि" म अलिक हतारमा थिँए, "सर, मलाई ढिलो भो घर पुग्न, फेरी रात पर्छ, जान्छु है"। मैले सरलाई नमास्कार गरेँ । रात पर्ला जस्तै भसकेको थियो । छिटो छिटो घरतिर लागेँ।
साझाल्यान्ड,
१८ बैशाख, २०६२
 
Posted on 05-01-05 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>ढाकर बोक्दा नाम्लोले टाउकामा बसेको डाम 2001 मा थाई एयरवेजको बिमान चढ्न लाग्दा >सम्म छामेको याद छ।
एकजना सि. डी. ओ. साऽपले मलाई भन्नुभाऽथ्यो के काठमाण्डुमा यसो हाम्रो कोठामा पाल्नु हुँदा,
"हेऽऽऽरी यी भाइ, मेरा नङ् कोट्याउँदाखेरि कालो कालो धुलो निस्किन्छ, त्यो के हो भने नि, गोबर फाल्दाखेरिको गोबर अझै छ यी नङ् भित्र।"
Budha chopila hun yaar! Ahile pani falano jillama CDo nai chhan. kata Maobadika fela parlan bhanne pir ni feri.
 
Posted on 05-01-05 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी

हाजीर गरेको है। फेरि नि:शब्द छु।

-सरु






 
Posted on 05-01-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK jee,
Maile ni hajir gare hai............Roll number 2.........(Roll number 1 ta hamro bhaute bhai)

Ma pani hisabda nai chhu............katha aaune kram na tutosh........ajjai aru pani aaos bhanne aasa ma chhu............

-Bhale

 
Posted on 05-01-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hisabda >>> nisabda
 
Posted on 05-01-05 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यस पालीबाट त म नै कटारी...........
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
Ok jee, कटारी bhandaa malai euta geet yaad aayo, pahila pahila radio ma suneko......(sayad J.B. tuhure ko ho ki ......)

Pasina jhardai तर र.........
४ दिन को बाटो कटारी बजार...............
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters