दर्ता चलानी
मितिः २०७२÷५÷९
जो जससँग सम्बन्धित छ ।
अहिलेको युग सञ्चारको युग हो । सूचना र सञ्चार विना हामी एक कदम पनि अघि बढ्न नसक्ने अवस्थामा पुगेका छौं । त्यतिमात्र होइन लोकतन्त्रमा स्वतन्त्र सञ्चार भएन भने लोकतन्त्र नै धरापमा पर्न सक्छ । त्यसैले मुलुकको यो विषम परिस्थितिमा आमसञ्चार माध्यमको भूमिका निकै महत्वपूर्ण र संवेदनशील छ । अहिले मुलुक राजनीतिक संक्रमणबाट अघि बढिरहेको र संविधानसभामार्फत संविधान निर्माण गरी दिगो शान्ति कायम गर्नु हामी सबैको दायित्व हो ।
लामो समयदेखि राजनीतिक पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार गोकुल श्रेष्ठले पत्रकारिता मार्फत पु¥याउनु भएको योगदानको हामीले उच्च मूल्यांन गरेका छौं । लोकतन्त्रलाई संस्थागत गर्नका लागि उहाँले सगरमाथा टेलिभिजनमार्फत प्रस्तुत गरेका रिपोर्टहरु र टेलिभिजन बहस कार्यक्रमले हामीलाई महत्वपूर्ण निर्णय गर्न सहयोग पु¥याउने गरेको छ । त्यतिमात्र होइन कैयौं विवादास्पद राजनीतिक मुद्दामा बहस गरी समाधानको उपाय खोज्न पत्रकार श्रैष्ठको भूमिका महत्वपूर्ण हुने गरेको छ । त्यस्तै बेला बेलामा छापा माध्यममा प्रकाशित हुने उहाँका लेखले केन्द्रीय समिति बैठकमा बहस सृजना गर्ने गरेको छ ।
पत्रकार श्रेष्ठको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक भूमिकाको अपेक्षा गर्दछौं ।
दिपक बोहोरा
महामन्त्री
संचार मन्त्रालय
मितिः २०७१÷२÷२४
जो जससँग सम्बन्धित छ ।
यो प्रमाणित गरिन्छ कि यस मन्त्रालयको रेकर्ड अनुसार नेपाल राजनीतिक पत्रकार संघ २०६४ सालमा दर्ता भएको हो । यसको दर्ता नम्बर २४÷०६४÷६५ हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने यसका ७० वटा शाखा छन् । यो संस्था राजनीतिक पत्रकारितामा क्रियाशिल पत्रकारहरुको साझा संस्था हो । यो संस्थामा ३४७६ जना पत्रकारहरु आवद्ध भएका छन् । यो संस्थाका संस्थापक अध्यक्ष गोकुल श्रेष्ठ हुनुहुन्छ ।
राजनीतिक पत्रकार संघले राजनीतिक पत्रकारितामा क्रियाशिल पत्रकारहरुको हक अधिकार रक्षा, क्षमता अविवृद्धिका साथै मुलुकको आमुल परिवर्तनको पक्षमा काम गर्दै आएको छ । यो संस्थाले राजनीतिक विकृतिलाई उजागर गर्न संस्थागत रुपमै पहल गर्ने गरेको छ ।
यो संस्थामा चार प्रकारका सदस्यहरु रहेका छन् । जसमा साधारण सदस्य, संस्थागत सदस्य, सल्लाहकार सदस्य र विशिष्ट केन्द्रीय सदस्य रहेका छन् । यसको केन्द्रीय समितिमा एक जना विशिष्ट सदस्य हुन्छन् । पाँच वर्ष सफल कार्यकाल पूरा गरेका पूर्वअध्यक्ष यस संस्थाको विशिष्ट केन्द्रीय सदस्य हुने प्रावधान छ । जसको अवधी पाँच वर्षको रहेको छ ।
नेपाल राजनीतिक पत्रकार संघ र यस मन्त्रालयसँग कुनै जिज्ञासा भएमा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।