यस कारण वान कि मुन को नेपाल भ्रमण महत्व पूर्ण छ !
आगामी बौद्धजयन्तीका अवसरमा काठमाडौँमा जेठ ६ र ७ गते बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र ८ गते लुम्बिनीमा बुद्धजयन्ती मनाइँदैछ ।
२५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसंका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको छ ।
बान कि मुनसँगको भेटमा उपप्रधानमन्त्री मैनालीले राष्ट्रसंघले नेपालको विकाशमा नेपाल र नेपालीप्रति दर्शाएको माया र गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मैनालीले नयाँ संविधान प्रजातातिन्त्रक र समावेशी चरित्रको रहेको उल्लेख गर्दै दीर्घकालिन समस्या समाधानका लागि बाँकी रहेका मुद्दाहरु उच्च स्तरीय राजनीति संयन्त्र निर्माण गरी सरोकारवालाहरुसँग छलफलमार्फत सुल्झाइने बताउनुभयो । महासचिव बानले पनि महिलाको अवस्थाबारेको आयोगको ६० औं सेसनमा भाग लिने टिमको नेतृत्व गरेकोमा उपप्रधानमन्त्री मैनालीलाई धन्यवाद दिनुभएको थियो ।
भेटघाटका क्रममा उपप्रधानमन्त्री मैनालीले महासचिव बानलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव बानलाई २५६० औं बुद्ध जयन्तीका अवशरमा नेपाल भ्रमणको निम्तो पठाउनुभएकोमा उपप्रधानमन्त्री मैनालीले निम्तोपत्र हस्तान्तरण गर्नुभयो । महासचिव बानले निम्तोका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । पर्यटनमन्त्री पोखरेलले बुद्धजयन्तीको लागि भइरहेको तयारीबारे जानकारी दिदै महासचिव बानलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । भेटघाटमा नेपाली राजदूत दुर्गाप्रसाद भट्टराई, महिला , बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी र अन्य सरकारी अधिकारीहरुको पनि उपस्थीति रहेको थियो ।
मन्त्री पोखरेलले २०७३ जेठ ६, ७ र ८ गते हुने तीन दिवसीय २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा राष्ट्र सङ्घका महासचिव मुन र चिनियाँ राष्ट्रपति पिङ आउने धेरै सम्भावना भएको जनाउँदै बुद्धजयन्ती समारोहका अवसरमा धेरै देशका राष्ट्रप्रमुख र राजदूतलाई समेत आमन्त्रण गरिएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रसंघ महासचिव र चिनियाँ राष्ट्रपतिले लुम्बिनी आउने इच्छा व्यक्त गरेका छन् ।
वासिघ्टन डि सि निबासि सुद्ध नेपाली भाषी पत्रकार बिजय थापा भन्नु हुन्छ- बान्की मुन को नेपाल भ्रमण ले बिश्व लाई नै एक नयाँ पाठ दिने छ । नेपाल अब भ्रमण योग्य भइ सक्यो । भुकम्प को कारण पर्यटक घरी रहेको अवस्था मा उहा को भ्रमण ले पर्यटन प्रबदन मा टेवा पुर्याउने छ । बिश्व भर शान्ति को सन्देश जाने छ ।
डा किरात भन्नु हुन्च- मुन को भ्रमण ले नेपाल लाई नयाँ उर्जा प्रदान गर्ने छ । त्यसका लागी भए पनि उहा ले भ्रमण गर्नु जरुरी छ ।
डेचेन लामा भन्नु हुन्छ - बिशेष त पर्यटन प्रबर्धन लाई टेवा पुग्छ अनि अर्को कुरा शान्ति को भुमी नेपाल बुद्ध को जन्म स्थान यो पावन भुमी मा धेरै बिदेशी नगरिक हरु घुम्न आउने छन भन्ने मलाई बिश्वास छ ।
बुद्द वाज बर्न इन नेपाल मुभ मेण्ट मा लागी रहनु भए का समाजसेबी क्यलिफोर्निया निबासि प्रेम गुरागाइ भन्नु हुन्च- बुद्ध भारत मा जन्मे का हुन भने र जुन भ्रम फैलाउने काम भयो त्यस्ता भ्रम हरु चिर्न लाई पनि मुन को भ्रमण अति महत्व पुर्ण हुने छ साथै उहा को भ्रमण ले नेपाल को पर्यटन प्रबर्धन साथै आर्थी क बिकास मा पनि ठुलो सहयोग पुग्ने बिश्वास छ ।
मन्त्री पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका निर्देशक जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोखरेलले ‘लुम्बिनी नेपाल, द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड द फाउन्डेसन अफ बुद्धिज्म’ को नारासहित अन्तर्राष्ट्रिय सम्मेलन मनाउन गइरहेको जानकारी गराए ।
सांसद इस्तियाक अहमद खानले बुद्ध र बुद्धधर्मलाई सही ढंगले विकास गर्ने अवसरको रुपमा आसन्न सम्मेलन अवसरको रुपमा अगाडि आएको हुँदा झिना मसिना असन्तुष्टिलाई केही समयका लागि छेउमा राखी सबैले एक भई सम्मेलन सफल पार्न लाग्नुपर्ने बताएयो ।
वान कि मुन जस्तो ब्यक्तित्व जसरि पनि नेपाल जानै पर्छ । नेपाली एकता र बिकास को लागि भए पनि, बुद्द को जन्म स्थल त्यो पबित्र भुमी लाई बिश्व मा चिनाउन भए पनि जानै पर्छ । उहा को त्यो कदम ले नेपाल लाई धेरै हित हुने छ । पहिलो कारण्- नेपाल को आर्थक बिकास्, पर्यटन प्रबर्धन्, भुइ चालो बाट ग्रस्त भएको देश लाई शान्ति को सन्देश बिश्व मा जाने छ । बुद्द को पावन भुमी मा मुन ले भ्रमण गर्दा स्थानिय ठाउ को बिकास मा अझै टेवा पुग्ने छ । अर्को कुरा देश का सस्कृतिक कुरा हरु लाई जोगाउने पर्ने रैछ भन्ने कुरा को ज्ञान भाबी पिडी हरु को लागी एक पाठ नै हुनेछ । मुन को यो भर्मण एतिहासिक हुने छ ।