मेरी पूर्णिमा
मलाई थाहा छ । तिमी चाहन्छौ, तिम्रो बयान, चन्द्रमाबाट होस् भनेर । तर म त, त्यस्तो केहि देख्दिन, ती आकाशीय पिण्डमा । बरु, सबथोक देख्छु तिमीमा, मलाई चाहिने जति । मेरो सम्पुर्ण अंग अंगमा कौतुहलता बढेको पाउँछु । जब, तिमी मुस्कुराएर लठ्ठ पर्छौ । अनि मलाई लाग्छ, तिमीमा मलाई चाहिने जति सम्पुर्ण गुण छ । जुन चन्द्रमामा छैन् । त्यसैले, किन किन मलाई तिम्रो शितलता मन पर्छ । अनि त्यहि शितलतामा डुबुल्कि मारी, चरम आनन्दको अनुभुती गर्न मन लाग्छ । हजार बस्तु यहाँ छन् । जसलाई तिमी रुचाउँछौ । तर, किन किन मलाई ती सबै देखि ईष्या लाग्छ । अनि, मलाई आफूमात्र उपस्थित हुँ जस्तो लाग्छ । तिमी सामू, खाली हात । मलाई त, त्यो भन्दा पनि बढि ईष्या लाग्छ, आफ्नै पहिरन देखि । त्यसैले, पूरै नाङ्गिऊकी जस्तो लाग्छ । एउटा अवोध वालक झै गरी । किनभने मलाई लाग्छ, कतै यहि पहिरनले त लोभिएकी हैनौ तिमी ? त्यसैले पनि, नाङ्गिएर वास्तविकतालाई चुमौं चुमौं लाग्छ । यहाँ हजार हातहरू, जब बढेको देख्छु तिमी सामु । तब, मैले मेरो हात, एक बित्ता अगि बढाउन बाध्य हुन्छु । म लालायित हुन्छु, म विवश हुन्छु । तिम्रो स्पर्श, पहिला आफै गर्नलाई । जसबाट तिम्रो राम्रो बयान गर्न सकु । तिमी भित्रको चन्द्रमा भेटाउन सकु । अनि मैले आफ्नो पूर्णता पाऊ । जसले, तिम्रो भित्री भावनाको महसुस गराओस्, एउटा सफल जीवनको परिकल्पनामा । अनि, सम्बन्ध हाम्रो अमर बन्दै, तिमी उदाउन् मेरो जीवनमा । सधैं सधैं पूर्णिमा भई, औंसीलाई बिर्सने गरि ।
|