dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अर्थ को अनर्थ

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE: <<  1 2 3  
[VIEWED 22579 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-27-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ पख बाबा र म फुलमा पानी हालिराथ्यौ भाइ लुसुक्क आगँनको ढोका खोलेर भित्र छिरेको मात्र के थ्यो बाबाको ब्यङ्य को झटारो भेटिहाल्यो--"बल्ल महाराज को सवारी भयो", भाइ केहि नबोलि चुप चाप माथि दौड्यो। उस्को अनुहार हेर्दा दिन्भर खेत खनेर आएको खेतालो भन्दा कम थकित देख्याथेन। म पनि एक्छिन पछि माथि गएँ, हेर्छु त भाइ आफ्नु कोठामा बत्ति पनि नबालेर लम्पसार परेर सुतिरारेछ। " के भो बाबु? यो बेला न कुबेला किन सुतिरा? बाबा आउदै हुनुहुन्छ माथि" --बाबाको डर देखाउदा पनि उ नउठेपछि केहि ठुलै काम बिगार्यो भन्ने कुरामा निस्चित थिएँ। "कहाँ थ्यौ यतिबेरसम्म"-- कुरा खोतल्न खोज्दा "त्यहि लाटा बहिरहरुकाँ टि. टि. खेल्न म र साथिहरु" भन्यो। हाम्रो छिमेकिको घरमा लाटा र बहिराहरुको संगठन थ्यो जहाँ मेरो भाइ र उस्का साथिहरु खुब जान्थे टि. टि. खेल्ने बहाना बनाएर जुन कुरा घरमा हामी कसैलाइ मन् परेको थेन। जति सम्झाउद पनि भाइ लुसु लुसु जाने गर्थ्यो आफ्नु साथिहरु सँग र केहि न केहि बेगारेरनै आएको हुन्थ्यो। "अब आज के गर्यौ फेरि?" --उस्को प्राए बिगारहरु सँग म परिचित थिएँ, तर आज भने बरु ढुङ्गो बोल्ला मेरो भाइ बोलेन। अहिले नभनेनि पछि त पक्कै भन्छ भन्ने थाहा थ्यो तेसैले धेरै कर पनि गरिन।
 
भोलि पल्ट भाइ, म र आमा घाम तापेर साँदेको भोगटे खादैथ्यौ, एक्कासि त्यो संगठनबाट १५-२० जना मान्छेहरु दौडेर जग्गु दादाको आँगनमा धुइरिएको देख्यौ। जग्गु दादाको खास नाम चैं जगन्नाथ हो तर उस्लाइ आफ्नु नाम लामो लागेर जग्गु दादा राखेको थ्यो। जग्गु दादा, हाम्रो टोलको रोमियो, जुन केटी देख्यो तेहि मन पर्ने उस्को बानी कहिले सप्रेन। उस्लाइ मन पर्ने मात्र हो र? अझ हामीलाइ धाक दिन्थ्यो--"यो केटी त म भने पछि भुतुक्कै हुन्छे" भनेर, फेरि हामीले सधै देख्थ्यौ केटीले वास्ता नगर्दा पनि आफु मरि मेटेर पछि परेको। उस्को पहिलो काम भनेकै बिहान उठ्यो अनि बस स्टप धायो। बल्ल तल्ल कोहि जालमा परेनै भने पनि त्यो गाँठ न साँठ को लोखर्के सँग को टिक्ने? हप्तादिन पछि त माछा उम्किहाल्थे अनि हामीलाइ आएर धाक दिन्थ्यो--"बुझ्यौ त्यो केटी ले त बिहे गर भनेर हैरान गरी अनि लौ आफ्नु बाटो लाग भन्देँ", "खोइ हजुरले नै पाउनु हुदो रैछ तेस्ता केटीहरु भेटेको हप्तादिनमै बिहे गर भन्ने" हामीले पनि पाको बेलामा भन्न कहाँ छोड्ने? उस्लाइ हाम्रो कुराको के असर पर्नु? केटीले दुई पैसाको भाउ नदिदा पनि त्यो नभको भाउमा उल्टो जु थपेर हामीलाइ भन्थ्यो--"उ हेर तिमीहरुको भाउजु, मलाइ देख्योकि मस्किन्छे", मस्केको हो कि सरापेको हो चैं उस्का मुखबाट निस्केका शब्दहरुले हामी आफै ठम्याउथौ। तर जे जसो भने पनि आफ्नु टाढाको नाता पर्ने के भन्नु? माया पनि लाग्थ्यो कहिले त।
 
त्यस्तो कोहि केटी देख्न नहुने जग्गुलाइ आफ्नै घर् अगाडि तेत्रो संगठन अझ त्यस्मा पनि तेति राम्रा राम्रा केटीहरु आउथे, उस्को मन के थामिन्थ्यो? त्यहाँ पनि आँखा गाड्न छोडेको थे न। तिनिहरु मद्धे एउटा केटी मन परेको कुरा त्यो प्यार प्यारे जग्गुले आफ्नु मनमा के राख्न सक्नु? त्यो केटी बाहेक अरु सबैलाइ फुक्न भ्याइसकेको थ्यो। "कुन दिन त्यो संगठनका अरुले थाहा पाए भने मर्लान पछि पर्दा" भन्दा उल्टो हामीलाइ भन्थ्यो--"बिहे त बुझ्यौ यस्तै सँग गर्नुपर्छ, बोल्दा पनि बोल्दैनन्, जे गरे पनि घरमा कच कच पनि नहुने, बचन बाण पनि नआउने , आनन्दै"---उस्ले त बिहे गर्ने सम्म सोचि सकेछ।
 
कती दिन देखी मौका छोपिरा जग्गुले त्यो दिन छतमा बसिरा बेलामा त्यो केटी गोल्भेडा किन्न हातको इशारा गर्दै पसलेसँग कुरा गरिरा देखेर हाम्फाल्दै पुगेछ र त्यहा पुग्दा थाहा पाएछ कि गोल्भेडा जम्मा डेड किलो मत्रै बाकि छ भनेर। उस्ले केटीलाइ हेर्दै ईशाराले धारी हात देखाएर "तिमी आदा लिउ म आदा लिन्छु" भनेछ। त्यो केटी त एक्कासी कराउन थालिछ र उनिहरुको संगठन बाट ५-७ जना मान्छे हरु दौडदै आएको देखेर जग्गु केही बुझ्न नसकेर ज्यान बचाउन आफ्नु घरमा भागेछ। सबै जना उस्लाई लखेट्दै उस्को घरमा धुइरिएछन। म र भाई त्यहा पुग्दा २०-२५ जना नै भेला भैसकेकाथे। सबैको अनुहारमा रिसको आगो बलेको प्रस्ट देखिन्थ्यो। जग्गु चै बेलाबखतमा पर्दाको सहारा लिएर ज्यालबाट चिहाइरहेको पनि देख्यौँ। जग्गुको बुवा तर्सेर आँगनमा आउनु भयो र आफ्नु आँगनमा त्यसरी भिड किन गरेको भनेर सोध्नु भयो। त्यो संगठनको सभामुख चैँ बोल्न सक्ने थिए र उनैले भनेपछी पो थाहा पायौ त्यो केटीलाई जग्गु ले ईशाराले आदा आदा लिउँ भनेको त उस्ले बुझ्दा के बुझिछ भने--"यो गोल्भेडा लियिस भने तँलाई काट्छु", र आफ्नु सखाहरुलाई बोलाइछ र "हाम्रो साथीलाई काट्छु भन्नेलाई हामी जिउदै गाड्छु" भनेर सबै जना मुर्मुरिरहेका रहेछन। बिचरा जग्गु ले अझै बुझ्न सकेको थेन आफुले मुडो ताक्दा बन्चरो ले घुडो ताकेछ भनेर र अरु बेलामा तेत्रो फुर्ती दिने मान्छे लुरुक्क परेर ज्याल बाट चिहाइरहेको देखेर मैले हाँसो रोक्न सकिन र त्यहा बाट जानुनै उचित देखेँ।
 
म र भाई फर्किदै थ्यौ भाईले अली भयभित स्वोर मा सोध्यो--"दिदी अब यिनिहरुले जग्गु दादालाई पिट्छन हो", "हो नि यिनिहरुको रिश कडा हुन्छ, हत्तपत्त मर्दैन, अब देखी तिमी पनि नजाउ है टि. टि. खेल्न त्यहाँ"--मैले भाईलाई त्यहाँ जान बाट बन्चित गराउने सुनौलो मौका गुमाउन चाहिन। उ अलि बढिनै डराएको देखिन्थ्यो। 
 
बेलुका बाबा अफिसबाट फर्केपछी आफ्नु कोठामा पत्रीका पढ्दै हुनुहुन्थ्यो र भाइ माथि कुकुर सँग खेल्दै थ्यो। मलाई दिउसो को कान्ड कती खेर सुनाउ जस्तो भाईराथ्यो, एक्छिन पनि कुर्न सकिन र बाबाको कोठामा गएर बेलिबिस्तार लाउन थाले। आफ्नु नानि देखि लागेको बानि के जान्थ्यो?  "त्यो जगनेलेले पनि कति दुख दिन सकेको होला बिचर बुढो भएको बाउलाइ"--बाबालाइ जग्गुको हर्कत सुन्नुभयोकि उस्को बुवा प्रति माया जाग्थ्यो। अनि बाबाले झट्ट सम्झेर आमालाइ भन्नु भयो--"ए साच्चि भोलि बिहान त्यो संगठन्को सभामुखले उनिहरुको सभा गर्न २ घन्टको लागि हाम्रो आँगन मागेका छन, मैले पनि हुन्छ भन्दे"
 
भोली पल्ट शनिबार थ्यो। बाबा र आमा पशुपती जानु भएको थ्यो र जाडो महिना म अल्छि गरेर सिरकमै गुटुमुटु पारिराथे, भाइ आयो--"दिदि आज चैँ म मर्ने भएँ" भन्दै, "के भनेको त्यस्तो एका बिहानै, के गर्यौ फेरि?" उ आँत्तेको देखेर म पनि जर्याक जुरुक उठेँ। "गर्न त आज होइन अस्ती गरेको टि टि खेल्न जाँदा"--बल्ल अलिकती कुरा चुहायो।
"त्यही पनि त्यस्तो नराम्रो त केही गरेको होइन, खाली त्यो लाटाहरुलाई हामीलाई टि टि खेल्न देउ भनेको"---अली कुरा चपाएर बोलिराथ्यो मेरो भाई
"अनी के भो त?"--मेरो कुरा खोतल्ने अभियान जारी नै थ्यो।
"उनिहरुले हामीले भनेको बुझेनन् अनी मैले चिट्ठी लेखे तर उनिहरु तेत्तिकै रिसाए"--उस्ले भन्यो।
"कस्लाई लेखेको थ्यौ चिट्ठी"--मलाई हो न हो कुनै केटीलाई पो दियो कि जस्तो लाग्यो।
"लेख्न त कस्लाई लेख्नु नि? सबैलाई हुने गरेर "आदरणिय लाटाज्यू" लेखेको थे नि, मोराहरुले एक लाइन पढ्ने बित्तिकै रिसाएर च्यतिदे"--उस्ले भन्यो।
"अनी बोल्न नसक्नेलाई लाटा भनेर सम्बोधन गरेपछी रिसाउदैन् त? अब कुन दिन बङगारा झार्दिने भए"--उस्को कुरा सुनेर डरै लाग्यो।
"हुनत अस्ति तेहि दिन चिट्ठि च्यात्ने बित्तिकै हामीलाइ डर् लाग्यो र भाग्न खोज्दा एउटाले त मेरो ढाडमा दुई मुक्का बजाउन भ्याइसक्याथ्यो"-- मैले बल्ल थाहा पाएँ त्यसरि ढाडमा बाजा बज्यारैछ तेसैले पो भाइ साहाब केहि नबोलि अस्ति कोठामा लम्पसार परेर सुतेको रैछ।
"अनी अहिले चै कस्ले मार्ने त मुक्का अस्ती भेटिसकेको भए?"-- उस्लाई सोध्दा "अस्ती त एउटाले ठटाथ्यो आज त सबै आएछन आँगनमा मलाई ठटाउन" भन्यो। नभन्दै बाहिर हेर्दा त ग्वार् ग्वार्ती सबै छिरिराछन् हाम्रो आँगनमा, अनी झल्यास्स सम्झेँ अघिल्लो दिन बाबाले भन्नु भएको, सभामुखले दुई घण्टाको लागि आँगन मागेको छ भनेर। "तेत्राले ठोके भनेत म मरिहाल्छुनि"--भाइको सातो पुत्लो उडिराथ्यो केहि कुरा नबुझि। फेरि जग्गुको जल्दो बल्दो अर्थ को अनर्थ भएको उस्ले देखेको थ्यो अघिल्लो दिन् मात्रै। 
भाइ बेला बेला मा ज्याल्बाट हेर्दै मुर्मुरिदैथ्यो--"आफु गर्छु आग्राको कुरा, ति लाटाहरु गर्छन् गाग्राको कुरा, मेरो गल्ति हो र?"
हिजो जग्गु देखेर हाँसेको त आज आफ्नै भाइ उ भन्दा कम भएको थेन --" लौ न दीदी अझ अरु पनि आउदैछन्"---उ झन् आँत्तिदैथ्यो।

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-28-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfren, मेरो मामा घर एउटा मात्र भये पो तिम्रो मामा घर छेउमा मेरो मामा घर भये पछी दिपिकाको मामा घर छेउ मा हुन सक्दैन भन्नु
बोल्रे तो मेरा दो दो मामा है ! लोल



 
Posted on 01-28-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मलाइ थाहा छ तिम्रो दो मामाघर हो भनेर। तर अर्को तिम्रो मामाघर नजिकै मेरो फुपुको घर अनि फुपुको घरको पछाडी दिपिकाको मामाघर हो?

त्यो भोटे कुकुर भाको हरियो घर?

मलाइ भन्नु पर्दैन त तिमिले। हामी त्यो घरमा सुन्तला चोर्न गाको होइन एकचोटि।

दिपिका, यो रिट्ठेले तिम्रो मामाघरको पर्खाल नै भत्काइदेको बाबै।


 
Posted on 01-28-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites jyu ra ritthe

म पनि यो शब्द प्रयोग गर्न धेरैनै हिचकिचाएकी थिए। अली मजाक बन्ने हो  कि भनेर डराएकी थिएँ। मैले पोस्ट गर्नु अघी धेरै नै सल्लाह गरेर पोस्ट गरेकी हुँ। लाटो शब्द आँफैमा नराम्रो होइन। तर कुन ढंगले प्रयोग गरेको छ तेस्मा भर पर्छ। मैले उनिहरु सँग धेरैनै मित्रता गाँसेकी थिएँ। उनिहरुको बोर्डमानै "लाटा बहिराको संगठन" लेखेको थियो।लाटा लाई संस्क्रितमा मुका भनिन्छ तर त्यो शब्द त्यती प्रयोग नहुने भएको ले बुझ्न गाह्रो पर्ला भनेर मैले ठेट शब्दनै प्रयोग गरेकी हुँ। लाटो शब्द को नेपालिमा समानार्थी शब्द खोज्ने प्रयास त मैले गरेकी हो। तर बिकलाङ वा अपाङ जस्ता शब्द ले ठ्याकै त्यही अर्थ दिने न भएको ले वाध्य भएर लाटो शब्द नै प्रयोग गर्नु पर्‍यो। तर मेरो मनसाय उनिहरुको कम्जोरी औल्याउने होइन। त्यो कुरा चैँ म प्रस्ट पार्न चाहन्छु। धन्यवाद

Last edited: 28-Jan-08 09:09 PM

 
Posted on 01-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न म चैँ उनिहरुलाई मैले प्रयोग गरेको शब्द राम्रो लागेनछ भनेर आफुलाई प्रस्ट पार्दै छु उनिहरु चै मेरो मामाघर खोजेर बसेक रहिछन बाबै
लौ हो त तेही भोटे कुकुर भएको हरियो घर त हो नि मेरो मामाघर। ए त्यो सुन्तला ला चोर्दा कुन्चैको हो भाग्दा भोटेले खुट्टा दर्फ्राएको थ्यो। पक्कै रिट्ठेको होला।

Last edited: 28-Jan-08 09:03 PM

 
Posted on 01-28-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika, timro mamagharko kukur ta kya ajanga ko thiyo, malai ta tyo baato hindna pani kya dar laagthyo


 
Posted on 01-28-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका,

हो त नि, त्यो तिम्रो मामाघरको भोटे कुकुरले रिट्ठेको कुर्कुचा क्याप्पै पारेर रिट्ठेले १४ सुइ खाको थ्यो। उसलाइ सुइ दिदाँ पाँच् जनाले समात्नु पर्थ्यो। बिचरा तेसदिनदेखि सुन्तलाको सु पनि भन्दैन।


 
Posted on 01-28-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, त्यो भोटे कुकुर ले कस्तो निर्दयी ढंगले मलाई टोक्या है
तर भन्छन नि जनावरहरु को सोच्ने शक्ती नभएनी एकदम इमान्दार  हुन्छन भनेर, त्यो त मलाई हो जस्तो लाग्यो
urfren र म सङै  गा' है सुन्तला टिप्न है है है urfren?
तर मलाई मात्र झम्ट्यो त्यो कुकुरले urfren लाई एकफेर 'भौ' पनि गरेन
आखिर आफ्नो साथी भाई त चिन्छ नि कुकुर भएर के गर्नु
 
Posted on 01-28-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर र बिरालो भन्ने कथा थाहै छ नि। कुकुरले बिरालोलाइ त देखि सहदैन नि होइन र? अब रिट्ठे के जस्तो भनेर भन्नु परेन मैले।
म्याँु म्याउँ नगर है धेरै
 
Posted on 01-29-08 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गहन बिषय बस्तु लाई, सानो अनुभव को रुपमा उठाउनु भएको छ ।
शैलि, मन छुने छ ।

भाव हरु टटोल्दै गर्नु होला । ळेख्दै गर्नु होला ।

 
Posted on 01-29-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 dipika timi pheri mamaghar gaeko ho... khoi kata bhaneko...

Last edited: 29-Jan-08 06:55 PM

 
Posted on 01-29-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika ekdum ramro chha ani ramailo pani., where can I get more of your stories like this!!
great work!!
goodluck

 
Posted on 01-29-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji,

Its nice to read ur writings once again, Well, as usual there is no way that i wouldn't like ur writings. Dui wota sandarba lai eutai thau ma gabhnu bhako raicha, antya sanga napadhi ali nabujhne prakar ko lagyo. Ani its not much clear and easy to find out which 1 u tried to focus; jaggu dada or ur brother. I know the condition, although, is same. But, i liked ur sentence structure very much. yup, looking forward for more of  ur writings.

Jay Nepal.


 
Posted on 01-29-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika bak from hibernation...:)

 
Posted on 01-29-08 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth jyu,

समयले साथ दिए सम्म लेखौला।  हजुरको लेखाइ पनि मलाई एकदम मन पर्छ।लेखाइलाई निरन्तरता चै दिनुस है।

कान्छा,
म यही छु। तिमीलाई किन त्यस्तो पिर लागेको म मामाघर गएकी भन्ने ह?

zigkbcnp,

स्वागत गरें यो धागोमा। अरु कथा पढ्न मेरो nick मा click गर्नुस् र मेरो साझा पोस्टिङ् मा  देख्नु हुनेछ।

Nepal Premi jyu,

पुन एकपटक धन्यवाद।
यो कथाको निस्कर्श नै अर्थ को अनर्थ हो तेसैलै मैले दुबै सन्दर्भलाइ उत्तिकै ध्यान दिन खोजेकि हुँ।
 दुइटा भिन्न सन्दर्भ गाबेर निचोड निकलेको भएर कथा बुझ्न अन्त्य सम्मै पढ्नु पर्ने कुरा पनि सहि हो। हजुरको प्रतिक्रिया मलाइ सधै मन पर्छ। मलाइ सुझाब दिएर अरु पनि सुधारको मौका दिन नछोड्नु होला।

HD,

लौ न के भनेको त्यस्तो? मामाघर जान पनि नपाउने :-P

 धन्यवाद

दिपिका

Last edited: 29-Jan-08 09:53 PM

 
Posted on 01-29-08 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukur ani biralo re !lol

 
Posted on 02-02-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow Dipika ji....your another excellent work

"आदरणिय लाटाज्यू" .....----hajurko bhai pani funny raicha.

please keep up the good work


 
Posted on 02-02-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, grt work....keep it up.....yo ta jandai padnai chuteko..


 
Posted on 02-04-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को सरल अनी रमाइलो कथा पढने अवसर दिनु भएकोमा दिपिका जि लाई धेरै धेरै धन्यवाद।
 
Posted on 02-04-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once more dipika ji

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters