Please read this post
before reading this story. Its a different perspective to the same
incidents there. And very very thanx to somewhereondearth dai for sharing such an excellent plot.
“भाउजु मान्छे त सेक्सी हगी सुजन !”
रमको
रमझममा रमेका सुजन र म गफ गर्ने बिषय खोज्दै थियौ । सलाद राख्न आउनुभएकी
भाउजुलाइ जिस्क्याउँदै मैले गफीन एउटा रमाइलो बिषय फुलाएको थिऐं ।
“बनाएको कसले त्यो भन न ! हेर यो कुरा हुने भन्दा ज्यादा बनाउने हो । राम्रो कालीगडको हातमा परेपछी यस्तै हो !”
सुजनलाई बिषय मात्र चाहिन्छ, सुरु भएपछी रोक्नै गार्हो ।
“उस्, होला होला !” बानीसंग राम्ररी परिचीत भाउजु ओठ लेप्र्याउँदै भान्सा तिरै लाग्नु भयो । सुजन चै अझै जोसीदै भन्दै थियो, “ल
आइज, म तँलाइ यसको कला सिकाउँछु । तेरो तेरी श्रिमतीमाथी पहिलो छाप कस्तो
पर्छ, त्यसमा भर पर्छ पछी तेरी श्रिमती कस्ती हुन्छे भन्ने कुरा ……………………………………….”
“ल खाना पनि खाने की झोलले नै अघाएको हो ?”
सुजनको एकोहोरो दर्शनबाट मलाई कसरी उम्कीउँ भैसकेको थीयो, निहुँ पाउने
बित्तीकै जुरुक्क उठेर भान्सातीर लागीहालें । टाइलमा पानी पोखिएको रहेछ,
लर्बरीएका खुट्टा चिप्लेर उत्तानो चित ।
“ल हेर ! कति धेरै पिएको त !” भाउजुले हतार हतार आएर पाखुरामा समाएर कुर्सीमा बसाउनुभयो । सुजन पनि राता-राता आँखा पार्दै आएर बस्यो । खाना खाँदै फेरी सुरु भयो, “अनि तैले उसकैग बेल्ने, उसका अगाडी गर्ने कुराहरुले पनि धेरै फरक पार्छ, जस्तै ……………………………………….”
-----------------------------------------------------------------------------
एक्लै
बस्न साँच्चै गाह्रो काम हो । घरबाट साथी बिहे गर त भनेका भन्यै छन्, अनि
बिहे नगरेर एक्लोपनको फाइदा उठाउने खालको मान्छे पनि होइन म ! तरपनि
एक्लोपनकै निवारणका लागीनै बिहे गर्नु ठिक जस्तो लागेन । हुनसक्छ त्यसपछि
आइपर्ने ब्यबहारीक बोझसैग पनि म डराएको हुँ । फेरी म अलि असामाजिक पनि छु
जस्तो लाग्छ, धेरै सैग नमिल्ने, धेरै साथी नभएको ! हुनपनि मेरो काठमाण्डौ
भरीमा राम्रो आइजाइ भएको त्यहि सुजनकोमा त हो नि ! भाउजु पनि एकदम
फरासीली, मिलनसार ! आज त छुट्टी को दिन, भात खान एतै आइज भनेर बोलाए पनि त
हुने !
मोबाइलको घन्टी बज्यो, कति लामो आयु रैछ यो सुजने मोराको !
“हेल्लो”
“हजुर”
“ए, भाउजु पो, म त सुजन होला भनेको !”
“किन र बाबु, मैले चै फोन गर्नै नहुने ?”
“ए मेरी भाउजु, किन नहुनु !”
“अनि के गर्दै बस्नुभएको ?”
“एक्लो मान्छे, के गर्नु र भाउजु, त्यत्तीकै बसिरा ! तपाइलेपो सुजनबाट कसरी छुटकारा पाउनुभयो ?”
“वहाँ त अस्ति सिंगापुर जानुभयो त, १५ दिनका लागी !”
“ल हेर, डाका, खबरै नगरी गएछ !”
“अँ, एक्कासी भयो अनि कतै पनि खबर नै गर्न पाइएन । तपाइ पनि एक्लै भए आउनु न, मलाइ त दिक्दार लागीसक्यो, यत्रो घर, एक्लो मान्छे !”
के खोज्छस कानो, आँखो !
“भैहाल्छ नी, ल म हिंडीहालें ।“
म
तयार भएर हिंडीहालें । मासु त पक्कै ल्याउनुभयो होला भाउजु ले, साह्रै
मिठो पकाउनुहुन्छ फेरी, खसीको भुटुवा, ठ्याक्कै आमाले दाउराको आगोमा,
किटको बाक्लो कराइमा पकाएको स्वाद ।
“अझै सुनसान, यहाँ अफुलाइ भोक लागीसक्यो !” म पुगेर सिधै भान्सामै छिरें ।
“एकैछिनमा पाकीहाल्छ नि बाबु, बैठकमा बस्दै गर्नु न !”
“आ, कति टिभी हेर्नु, बरु तपाइकै गफ सुनौ न, सुजनले सिकाको छैन ?” मैले जिस्क्याउदै भने !
“तपाइ पनि खाली उचाल्नुहुन्छ, अनु वहाँ पनि उचालिइहालनु हुन्छ ।“
राइसकुकर
अन गरेर भाउजु लसुन-प्याज तिर लाग्नुभयो ! घर ठुलै भएपनि भान्सा चै सानै
हो यो सुजनको, यता-उता गर्दा पनि ठोकिने ! २ डल्ला प्याज देखेर सोधें, “मासु ल्याको हो भाउजु ?”
“अँ, आज खान मन लाग्यो !”
“ल आज मस्त खाने भैयो !”
म
त्यहाँ बस्दा भाउजुलाइ ओहोर-दोहोर गर्न गार्हो भएकाले म स्लाब माथी नै
बसेर मासु काटन थालें । पहिला गरेको भए पो, मासु त कता-कता
उछिट्टीयो-उछिट्टीयो । निधारमा पनि लागेछ, भाउजुले टिपिदीनुभयो ।
मासुको
स्वादमा पहिलको भन्दा कुनै कमीं थीएन, उहि मेरी आमाको किटको कराइ र
दाउराको स्वाद । चर्कीएका कोखा मुसार्दै सोफामा पल्टेर टिभी हेर्न थालें,
भाउजु भान्सामै थान्को-मुन्को मा लाग्नुभयो !
“अनि बाबु, बिहे नगर्ने ?” भान्साबाट निस्कँदै भाउजुले त्यहि प्रश्न सोध्नुभो जुन प्रश्नप्रती उमेर पुगेका हरेक केटालाई घृणा हुन्छ ।
“गर्ने नि भाउजु, खोज्नु न, सोल्टीनीहरु भए चिनाउनु !”
“म खोजीहाल्छु नि, ल भन्नु न कस्ती मन पर्छ ?”
अब कस्ती भन्ने मैले, राम्री तर कस्ती राम्री ?
“तपाइकै फोटोकपी भए हुन्छ !” म संग यो भन्दा राम्रो उत्तर थिएन !
यस्तै-उस्तै गफमा धेरै समय बिते । चिया खाएर भाउजुले फोटो देखुन थाल्नुभयो । “यि मेरा काका, यो मीतीनी आमाकी छोरी ………………………………”
“कस्तो चिसो हात भाउजुको त !”
फोटो देखाउँदै गर्दा मैले भनें । मेरी बहिनी को पनि यसतै छ, चिसो न चिसो !
सेकाइदिनु न दादा भन्दै हात तेर्स्याउँदै आएर बाक्क लगाउँथी, अनि मैले
समातेर गसको हात सेकाइदिनु पर्ने !
फोटो
हेर्दै जाँदा एउटा पुरानो एल्बम देखें । सुजनका केटाकेटीका फोटाहरु ।
त्यसमा त म नहुने कुरै भएन । बिगतका यादहरु झल्झली आँखा अगाडी नाच्न थाले
। बोटमा चढेर लिच्ची खाएको, नहरमा पौडी खेलेको, ढोक्से थापेर माछा मारेको
! आहा कति रमाइला ति दिन !
ल
हेर, फोलो हेर्दाहेर्दै त धेरै समय पो बितीसकेछ । भाउजु पनि उता अर्कै
एल्बम हेर्दै हुनुहुन्थ्यो । शायद हाम्रा गफपनि सकिइसकेका थिए । म आङ
तान्दै उठें । घर जाने बिचार गर्दै पछी पनि मासु-भात खान आउने आस गर्दै
भनें,
“ल त भाउजु, म लागें । कम्पनि चाहिन्छ भने भन्दै गर्नुस है !”
भाउजु त रातो मुख लगाएर, जुरुक्क उठेर कराउन पो थाल्नुभयो,
“तपाई खुरुक्क यहाँबाट गइहाल्नुस !”
एकछिन
त म अलमल्लमा परें, सोच्नै सकिन किन भाउजुले येसो भन्नुभयो । पछी लाग्यो,
अहो, कतै मेरो भनाइको अर्थको अनर्थ त लागेन ! गाँठो परेको गला सोझ्याउँदै
भनें,
“भाउजु, मेरो भनाइको अर्थ त्यस्तो थिएन !”
“तपाई खुरुक्क यहाँबाट गइहाल्नुस !”
वहाँ
केही सुन्ने पक्षमा हुनुहुन्न थियो । मलाइ त्यहाँबाट निस्कनु नै निको
लाग्यो । थकित खुट्टा, लज्जीत मन र आश्चार्यचकीत आफुलाइ मैले धेरै
चिमोटें, सपना हो कि भनेर ! सोचें, मैले कुन क्षण के त्यस्तो गल्ति गरें,
जसले भाउजुलाई मेरै अगाडी असुरक्षीत बनायो ? के यो वहाँको एक्लोपनको
नैराश्यता र असुरक्षाको भावनेले गर्दा मात्रै हो कि मेरो पनि केहि गल्ति छ
?
आफ्नै
आँखामा लज्जीत म वाटोभरी तर्क-बितर्क गर्दै फर्कें, एउटी आमासमान भाउजु त
गुमाएँ-गुमाएँ, मैले नगरेको पाप सुनेर बाल्यकाल देखिको मेरो साथी सुमनले
मेरो बारेमा के सोच्ला !!!