KaliKoPoi
Replies to this thread:

More by KaliKoPoi
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 सम्झनामा
[VIEWED 10612 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-12 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

सम्झनामा
-----------------------------------

होस छैन मात्छु बेसरी
बिर्सन तिमीलाई पिउछु बेसरी
 
तिम्रो बाध्यता मेरो जिद्दी
बिर्सी भन्यौ सम्झिन्छु बेसरी
 
कबाडी जिबन नया प्रयोग
पस्दै छु म निराशा भुमरी
 
मरे भाबना म जिउदो लाश
लग्यौ मुटु छाती  चिथोरी 
 
बिछोडको चोट समयको मल्हम
रमाउछु आफै  खाटा कोतरी

होस छैन मात्छु बेसरी
बिर्सन तिमीलाई पिउछु बेसरी
***********************************

लेख्न त मैले गज़ल लेख्या हो. हुन चै क भो था भएन. भन्न चै म गजल नै भन्छु  एसो समय मिलाएर सुझाब पाम त सझाबासी गजलकारहरु बाट
 

 
Posted on 03-05-12 2:49 PM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु गजलकार नभाएको ले लाइक मात्र गर्दे है
 
Posted on 03-05-12 2:57 PM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह !
गजल सजल लाइ मारो गोली,  जे छ भाव मै छ बेसरी .
 
Posted on 03-05-12 3:08 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sounds like a rap song...Dallu gajal gone Rap
 
Posted on 03-05-12 5:41 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ले, म पनि गजलकार अथवा गजलको जानिफकार चाँही होइन । मलाई गजल लेख्न पनि आउँदैन र अहिलेसम्म लेख्ने प्रयास पनि गरेको छैन । तर पनि म यस्तो ठाँउमा बस्छु, जहाँ मान्छेहरु दिनभरि जसो गजल ओकली रहन्छन्, गजल पढ्छन, गजल खान्छन्, गजल पिउछन् .... शायद रेष्टरुममा पनि गजलाई उत्पादन गर्छन् कि खै ? छोटकरीमा भन्नुपर्दा यहाँ गजल आतंक छ ।

ठुल्दाइले भने जस्तै डल्लेको लेखाइमा मिठो भाव छ । तर यदि गजल नै भन्ने हो भने रदिफ, काफिया, बहर.. आदी इत्यादी धेरै मध्ये कम्तीमा पनि रदिफ र काफिया चाँही भयो भने राम्रो भन्छन् क्यार ! (ठुल्दाइलाई बढी थाहा होला) । जे होस् डल्लेको गजलमा रदिफ त छदै छ, अझ काफिया पनि भएको भए राम्रो हुन्थ्यो कि? त्यसो त बहर पनि भएको भए झन राम्रो हुन्थ्यो होला ...

तर जे होस् प्रयास राम्रो छ ...
 
Posted on 03-05-12 9:20 PM     [Snapshot: 208]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लहरे, ठुल्दाई, वेल्कु लाइ धन्यबाद.
 
जिते दाई, म पनि गजलकार होइन र गजलको नाममा जे लेखे/जे भयो म आफु त संतुस्ट छु. तर मलाई नि हल्का गजल आतंकले प्रभाब पारेको भएको ले गजल लेख्ने चेस्टा गरेको हुँ, अब येसो गजलको नियममा बाधिएर लेख्ने कोसिस गरुँला  शब्द/सुझाबहरुको लागि धन्यबाद 

 
Posted on 04-26-12 1:55 PM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai ramro cha , geetkar le geet samjhe bho , gajal kar le gajal , rapkar le rap  tara malai sarai ramro lagyo hai

 
Posted on 04-26-12 2:05 PM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो छ /

 
Posted on 04-26-12 3:16 PM     [Snapshot: 523]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I am always fascinated by the gazals. But, since I do not even know what रदिफ, काफिया, बहर.. आदी इत्यादी mean, I never tried to write one. (A friend of mine read a peom of mine and said it was a gazal.. and I didn't know that ) आज चैं म पनि ट्राइ गरी हेरम न त भनेको एस्तो भयो ..

गजल लेख्न खोज्दा पजल लेख्ने बानी
सकिन है गुथ्न बहर जानी जानी

राम्रा कुरा खोजी खोजी पढ्ने गरे पनि
भाको छैन लेखकको असर जानी जानी

नियम पुर्याई आज लेख्न खोज्दै छु म
छोडेको त होइन कसर जानी जानी

यौटा राम्रो गुरु थापी असल "चेली" बन्दै
लेख्न पाएहुन्थ्यो गजल जानी जानी !!


JPT
..



 
Posted on 04-26-12 3:22 PM     [Snapshot: 535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माँ सा, चेली को गजल ले त पजल बनायो बाई ...

गजल को नियम कानून मा बाँधिएर लेख्दा भावहरु खुम्चिन्छन कहिले काहीं . सके सम्म मिलाउने हो तर भाव र अर्थमा सम्झौता चाहि गर्न हुन्न भन्ने मेरो व्यक्तिगत बिचार हो .

 


 
Posted on 04-26-12 3:46 PM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 डल्ले-दाई... मन पर्यो ..गजल होस् या गीत तर भाव चै मनपर्यो , चेलीको गजल नै पजल हो तैपनि फेरी मनपर्यो 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters