कुकुर ले मान्छे लाई टोक्यो भनेर कुकुर् लाई डाक्टर साब हरुले कुकुर लाई टोक्न त भयन नि । कहिले तराइ बन्द, कहिले सिविल् वार् रे, अनि तेस्ले पनि नपुगि हाम्रो देस् मा सबै भन्दा पढे लेखेका जाने बुझेका हरुले दुखि बिरामिको मर्म बुझि दिनु पर्यो। दोषि लाइ कार्बाहि गर्ने तरिका अरु पनि त छ नि।
चिकित्सकहरूको तीनदिने देशव्यापी हडताल
BBC Nepali Service
सोमबार राजधानी काठमाण्डौंको एउटा अस्पतालमा भएको एउटा विवादको विषयलाई लिएर देशभरका चिकित्सकहरू हडतालमा उत्रिएका छन्। त्यसले गर्दा अधिकांश सरकारी र केहि निजी स्वास्थ्य निकायको आकस्मिक बाहेकका सबै सेवा ठप्प हुंदा कयौं विरामीहरू अलपत्र परेका थिए। काठमाण्डौंको कान्ति बाल अस्पतालमा सोमबार एकजना आठ महिने बालकको मृत्यु भएपछि चिकित्सक र विरामीका आफन्तहरूबीच दोहोरो झडप भएको थियो।
त्यसपछि चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पेशागत सुरक्षाको माग गर्दै बुधबारदेखि तीनदिने देशव्यापी हडताल शुरू गरेको हो।
हडतालको पहिलो दिने देशभरका अधिकांश सरकारी र केही निजी अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि कयौं विरामीहरूले उपचार पाउन सकेनन्।
त्यसलाई मध्यनजर गर्दै थुप्रै संघ संस्थाहरूले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्।
अब बिहिबार पनि चिकित्सक संघका प्रतिनिधि र सरकारी अधिकारीहरूबीच वार्ता हुने डा. श्रेष्ठले जानकारी दिए।
उनले भने- " हडताल फिर्ता लिनको लागि हाम्रो माग पुरा हुन्छ भन्ने हामीलाई ठोस संकेत प्राप्त हुनुपर्छ।"
झण्डै आठ महिना यता चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्ने तीसवटा विवादपूर्ण घटना सार्वजनिक भएका छन् भने त्यस निहुंमा दशपटक सरकारी र निजी स्वास्थ्य निकाय एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएका छन्।