प्रधानमन्त्री मनमोहन सिंहले मंगलबार सा“झ लोकसभाको विश्वास प्राप्त गरे । बहुमत सदस्यको र्समर्थनसहित सरकार विना अवरोध अब अमेरिकास“ग असैनिक परमाणु सम्झौता कार्यान्वयन गर्न सक्षम भएको छ । सिंह, प्रगतिशील गठबन्धन, समाजवादी पार्टर्ीीम्किला अनुहार लिएर विजयोत्सवको खुसियालीमा रमाइरहेका छन् ।
उता सरकार गिराउने एक सूत्रीय एजेन्डासहित मैदानमा उत्रेका भारतीय जनता पार्टर्ीीवामपन्थी दल र बहुजन समाजवादी पार्टर्ीीरेका बिरालाजस्ता भएका छन् । तिनका चमक एकाएक हराएका छन् । तर के विश्वासको मत लिनु अघिका ४८ घन्टामा भएका सौदाबाजीले मनमोहनले जितेको वा आडवाणीले हारेको भन्नेमात्र संकेत गर्छ - वास्तवमा मनमोहनले जितेको वा आडवाणीले हारेको होइन, सम्पर्ूण्ा भारतले हारेको छ, लोकतन्त्रले हारेको छ । एजेन्डाले हारेको छ, अवसरवादले जितेको छ । मूल्य-मान्यताको राजनीतिले हारेको छ ।
वामपन्थीले साढे चार वर्षलामो गठबन्धन तोडेपछि सरकार बचाउने वा गिराउने नाममा दर्ुइ सातासम्म र विशेषगरी दर्ुइ दिन अघिदेखि भएका गतिविधिले संसारको सबैभन्दा ठूलो उदार प्रजातन्त्रको धज्जी उडाएको छ । संसारका सामुन्ने भारतीय लोकतन्त्र नांगिएको छ । विश्वासको मतभित्र भएका अनगिन्ती अनैतिक र अप्राकृतिक क्रीडा र सौदाबाजीले संसदीय सर्वोच्चताको र्सार्वजनिक खिल्लीमात्र उडाएन, लोकतन्त्रीय पद्धतिमाथि नै प्रश्नचिह्न खडा गर्यो ।
आणविक शक्तिशाली राष्ट्रको अमेरिकी क्लबभित्र प्रवेश गर्नै लागेको भारतीय लोकसभामा मंगलबार अपराह्न दर्ुइ ब्रिफकेस लिएर तीनजना सांसद पुग्छन् । लोकतन्त्रलाई दिगो र समुन्नत बनाउन विधेयक र कानुन निर्माण गर्न विश्वाससाथ जनताले केन्द्रमा पठाएका ती प्रतिनिधि महोदय सभामुखअघि ब्रिफकेस खोल्छन्, त्यसभित्र पैसाका गड्डी देखिन्छन् । एक-एक हजार नोटका दस-दस लाख रुपैया“का १० गड्डीलाई सांसद महोदय सबैका अघि पर््रदर्शन गर्छन् । बारम्बार पर््रदर्शन गर्छन्, मानौं त्यो पर््रदर्शनयोग्य छ । र त्यो सबै २ अर्ब ५० करोड जनताले घर-घरमा बसेर लोकसभा टेलिभिजनमार्फ हेरिरहेका छन् ।
भारतीय जनता पार्टर्ीी ती तीनजना सदस्य त्यसपछि भन्छन्- हामीलाई कंग्रेस
-आई) की अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकार अहम्मद पटेल र समाजवादी पार्टर्ीी महासचिव अमर सिंहले सदनमा अनुपस्थित हुनका लागि ३/३ करोडको प्रस्ताव गरे । एक करोड टोकनका रूपमा पेश्की थिएका थिए । त्यही पेश्की रकम हामीले यहा“ पर््रदर्शन गरेका हौं । सरकारको पक्षमा मत हाल्नेलाई २५ करोड प्रतिसांसद दिन तयार रहेको समेत र्सार्वजनिक भयो । त्यसपछि सदनमा हंगामा हुन्छ, पक्ष-विपक्षमा नाराबाजी चल्छ । सभामुख सोमनाथ चर्टर्जी बैठक स्थगित गर्छन् ।
फेरि बैठक सुरु हुन्छ । 'लोकतन्त्र कि नोटतन्त्र -' यही शर्ीष्ाकमा बहस प्रारम्भ हुन्छ । हरेक पार्टर्ीी हरेक सदस्य आफू निष्ठावान राजनीतिज्ञ भएको र अरू सबै सौदाबाजीमा संलग्न भएको दोषी चस्मायुक्त महान आदर्शपरक दृष्टिकोण राख्छन् । नेहरूको विरासत बोकेकी सोनिया खिइ“दै गएको राजनीतिक आदर्शलाई प्रोत्साहित गर्छिन् भने भावी प्रधानमन्त्रको दाबी गर्ने आडवाणी आफ्ना सांसद खरिद गर्न खोजिएको हुतिहारा अनैतिक र अमर्यादित विषयमा लम्बेतान बहस गर्छन् ।
यो अन्तिम समयमा भएको सांसद किनबेचको प्रयास थियो । त्यसअघि भएको थियो- 'पदको बार्गेनिङ' । शिवु सोरेन नामक एक गुरुजी छन्, जो भर्खरै हत्याको अपराधमा जेल परेका थिए । पछि पैसा र पहु“चको प्रयोग गरी अदालतलाई समेत किनेर रिहा भएका थिए । पहिले मनमोहन सरकारका मन्त्रीसमेत भएका यी झारखण्ड मुक्तिमोर्चाका अध्यक्षलाई आणविक सम्झौताबारे थाहा छैन । किनभने सत्ता लेनदेनको बहसमा यिनले कहिले पनि आणविक सम्झौता प्रसंग कोट्याएनन् । आणविक सम्झौताले भारतलाई ऊर्जा प्रदान गर्छ वा विदेश नीति अमेरिकी निर्भर बनाउ“छ भन्ने सोरेनले बुझ्ने भएनन् । उनले सोनियास“ग प्रस्ताव राखे- मलाई क्याबिनेट मन्त्री, मेरो भतिजोलाई झारखण्डको उपमुख्यमन्त्री । सम्झौता भयो । पदको बार्गेनिङमा केही स्वतन्त्र सांसदसमेत लागे ।
पदको बार्गेनिङस“गै अर्को कार्ड आयो- 'शक्ति र सत्ताको दुरुपयोग' । सुपरस्टार अमिताभ बच्चन र व्यापारी अनिल अम्बानीलाई भाइ सम्बोधन गर्ने समाजवादीका महामन्त्री अमर सिंह । उनी विवादास्पद र प्रोपोगान्डिस्ट राजनीतिज्ञ हुन् । आणविक सम्झौताको पक्षमा र्समर्थन गरेजस्तो चलाखीपर्ूण्ा अभिनयमार्फ उनी मुख्य राजनीतिक प्रतिद्वन्द्वी मायावती विरुद्ध षडयन्त्र बुन्न सरकारको र्समर्थनमा आएका थिए । उनले मनमोहन सरकारलाई के र्समर्थनमात्र गरेका थिए, भारतीय केन्द्रीय अन्वेषण ब्युरो
-सीबीआई) ले एकाएक मायावती विरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका ९४ भन्दा बढी मुद्दा र्सार्वजनिक गर्यो । जबकि यसअघि सीबीआईले ती मुद्दामा मायावतीलाई सफाइ दिएको थियो । सत्ता र शक्तिको प्रयोग गर्न धुरन्धर अमर सिंहको कंग्रेसस“गको गठबन्धन मन्त्री पदका लागि नभएर त्यसभन्दा घातक षडयन्त्रका लागि थियो ।
त्यसपछि भारतीय राजनीतिभित्रको अपराधीकरणका पर्याय बनेका कैदी लोकतन्त्रको उद्धारमा सरकारद्वारा खटाइए । संसारको सबैभन्दा ठूलो लोकतन्त्रको फैसला विभिन्न अपराधमा जेल सजाय काटिरहेका सांसदले गरे भन्ने सुन्दा लोकतान्त्रिक राज्यप्रणालीप्रति मोहभंग हुनुपर्ने हो, तर त्यसले सोनिया वा आडवाणीलाई केही प्रभाव पारेन । चर्चित राजनीतिक अपराधी पप्पु यादव, मोहम्मद शहराबुद्दिन, सुरजभान, अतिक अहम्मद, अफजल अन्सारी तथा उमाकान्त यादव जेलबाट संसद प्रवेश गरे र प्रधानमन्त्री सिंहको पक्षमा मतदान गरे । त्यसो त विहार र उत्तर प्रदेशमा विधानसभा सदस्यमध्ये झन्डै ४० प्रतिशत विभिन्न अपराधमा संलग्न रहेका छन् भन्ने रिपोर्ट केही अघि र्सार्वजनिक
भएको थियो ।
प्ाालो आयो 'फ्लोर क्रसिङ'को । पार्टर्ीीनर्ण्र्ााविपरीत सरकारको पक्षमा मतदान गर्नेमा सबैभन्दा बढी ६ जना सांसद बीजेपीका थिए । सरकार च्युत गराउन रातदिन अनेकौं गोप्य तानाबाना बुनिरहेका आडवाणीले आफ्नै सांसदलाई विश्वासमा लिन नसकेको र्सार्वजनिक भयो । अन्य साना पार्टर्ीी केही सांसदले पनि फ्लोर क्रस गरे । त्यसअघि नै समाजवादी पार्टर्ीी तीन सांसदले आफूहरू 'बहनजी' -मायावती) को बहुजन समाजवादी पार्टर्ीी्रवेश गरेको बताइसकेका थिए । अवसरवादी राजनीतिको यो सुपरहिट नांगो प्रतिस्पर्धाप्रति सोनिया र आडवाणीले खेदसमेत व्यक्त गरेनन् । बरु एकअर्काप्रति दोषारोपण गरे ।
फेरि सुरु भयो 'भोजनीति' । विश्वासको मतको अघिल्लो रात लोकसभा सदस्यका लागि सायद जीवनकै रमाइला क्षण थिए । राजधानीका पा“चतारे होटल उनीहरूका लागि बुक थिए र हरेक सांसद जनताले दिएको अमूल्य मतलाई फगत एकरातको रमाइलो र भोजनमा बेचिरहेका थिए । भोजमा को आउ“छन्, को जान्छन्, सबैभन्दा बढी चासो यसमा केन्द्रित थियो । प्रधानमन्त्री सिंह र विपक्षी नेता आडवाणीद्वारा आयोजित भोजनीतिमा सरकार कायम राख्ने र ढाल्ने एक सूत्रीय एजेन्डामाथि सदस्यहरूलाई सपथ खुवाइयो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणन र विदेश सचिव शिवशंकर मेनोनसमेत सरकार बचाउने घिनलाग्दो खेलका प्रशिक्षक भएर देखापरे । उनीहरूले विश्वासको प्रस्तावमा सहभागी सदस्यलाई आणविक सम्झौतालाई कसरी प्रस्तुत गर्नेबारे बिप्रिmङसमेत गरेका थिए । ब्रिफिङ उनीहरूले एजेन्डाको गरे, तर सांसदलाई एजेन्डाले होइन, अवसरवादले आकषिर्त गर्छ भन्ने उनीहरूले बुझेनन् । भोजनीतिमा कमरेड प्रकाश कारात, एबी बर्धनसमेत सहभागी भए ।
नेपाली राजनीतिज्ञले सधैं सल्लाह र परामर्श लिने भारतीय राजनीतिक दल र तिनका नेता/संसदीय चरित्रका यी केही नमुनामात्र हुन्, जुन दर्ुइ साताबीचमा र खासगरी ४८ घन्टामा मञ्चन भएका थिए । तुलनात्मक रूपमा भारतीय वामपन्थी सांसद खरिद-बिक्री वा संसदलाई व्यापार बनाउने राजनीतिमा कम सहभागी थिए । तर एजेन्डाको राजनीत्रि्रति उनीहरूमा पनि इमानदारी देखिएन । साम्प्रदायिक राजनीति विरुद्धका योद्धा दाबी गर्ने कारात र यचुरीले तिनकै नाइके आडवाणी र राजनाथलाई गुरु थापेको देख्दा मार्क्सवादले लाज मानेको हुनर्ुपर्छ ।
भारतीय राजनीतिक विश्लेषक र सञ्चारमाध्यम पनि दलको कोटरीभन्दा बाहिर निस्कन सक्दारहेनछन् । तिनले पैसाको बिटो बारम्बार देखाए, अमर सिंहका अमरवाणी दोहोर्याए । तर भारतीय लोकतन्त्रमा भएको चरम अवसरवाद विरुद्ध स्वतन्त्र विचार दिन सकेनन् । केही सञ्चारमाध्यम र विश्लेषकले भारतीय लोकतन्त्रका लागि सबैभन्दा कालो दिन भन्ने टिप्पणीसम्म गरे । भारतीय राजनीतिमा सांसदको खरिद-बिक्री नया“ नभए पनि सदनभित्र पैसाको बिटो पर््रदर्शन गरिएको भने यो पहिलो घटना थियो ।
त्यसैले मनमोहनले जितेनन्, हारे । इतिहासमा मनमोहन सरकारको पालामा भएको यो शर्मनाक घटनाले अमेरिकास“गको आणविक फाइदालाई ओझेलमा पार्नेछ । इन्दिरा गान्धी संकटकाल लगाएर बदनाम भएकी थिइन्, सोनिया सांसद किनबेचलाई संस्थागत गरेर बदनाम भएकी छन् । 'सिंह इज किङ -सिंह राजा हुन्)' भनेर आकर्षरुपमा मिडियाले प्रस्तुत गर्न खोजे पनि उनको नैतिकता र मर्यादा हारेको छ ।