करीब ५ बर्ष पछि मलाई उसको याद आयो, थाह छैन किन । उसलाई मैले राम्रो संग चिनेकी पनि छैन । केवल एक चोटी मात्र भेटेकी थिए । २००३ अगस्ट २० तारीख का दिन म उ संगै काठमाण्डौं देखी बेङ्कक अनि त्यहा देखी अमेरीका संम्म एउटै फ्लाईट मा थियौं । बेङ्कक तथा सन फ्रान्सिस्को को ट्रान्जीट मा उसले मलाई धेरैनै साथ दिएको थियो । बेङ्ककमा मेरो साथी मलाई भेट्न आउछ भन्दा उ पनि म संगै मेरो साथी भेट्न लाई बसेको थियो । तर मेरो साथी को फ्लाईट मिस भयको ले आएन र हामीले भेट्न पाएका थिएनौं । उ म भन्दा सिनियर पनि हो (माफ गर्नु होला, मैले उहा लाई यहा उ भनेर संम्बोदन गरेकी छु)।
मैले संझे अनुसार उ cincinnat(ओहायो) अथवा connecticut को कुनै युनिभर्सीटिमा म्याथम्याटिक्स डिपार्टमेन्टमा, ग्राडुएस असिस्टेन्ट वा टिचिङ्ग असिस्टेन्ट वा लेक्चरर को रुपमा काम गर्थ्यो । उसले भने अनुसार उसको दिदी पनि उ संगै बस्नुहुन्थ्यो ।म संग भयको ईन्फर्मेसन यत्ति नै हो । मलाई थाह छैन उ किन आझ भोली मेरो याद मा आउछ। उसलाई मैले बिचमा कहिल्यै पनि संझेकि थिईन , तर अनायासै आजभोली किन हो किन मलाई उसको अनुहार झलझल्ति याद आउछ। आफै एक्लै छट्पटिन्छु अनि झिनो आश बोक्छु, उसलाई एक चोटि , केवल एक चोटी, फेरी भेट्न पाए - - - यो आश, मैले मेरो साथी लाई सुनाउछु र उसैले यो माध्यम बाट भेट हुन सक्ने संभावना बताएपछि मैले यहा यो सन्देस पोस्ट गरेकी छु । कृपया मेरो मन मष्तिष्कलाई चोट पुर्याउने प्रतिकृया नदिनुभए , यहाहरु प्रति आभारी हुने थिए ।
मैले माथि पेश गरेको इन्फर्मेसन को भरमा यदि कोहि कसैले यो सुचना संवन्धित ब्यक्ति (उ) सम्म पुर्याईदिनु भए थप आभारी हुने थिए ।
संपर्कको लागी मेरो ईमेल ठेगाना यहा राखेकी छु । मेरो ईमेल ठेगाना sapanasearch@gmail.com हो । मैले तपाई हरुको पोजेटिभ रेन्स्पोन्सको आशा गरेकी छु।
धन्यबाद !
सपनासर्च
Last edited: 17-Nov-08 05:28 PM