[Show all top banners]

BostonKtm
Replies to this thread:

More by BostonKtm
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 हेरौं हाम्रा मन्त्रीका सम्पत्ति
[VIEWED 6545 TIMES]
SAVE! for ease of future access.
Posted on 12-05-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरौं हाम्रा मन्त्रीका सम्पत्ति

 

काठमाडौं, मंसिर २० - संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीसँग न सुन-जुहारत छ न त बैंक ब्यालेन्स नै । उनले मन्त्रिपरिषद् सचिवालयमा दर्ता सम्पत्ति विवरण फेहरिस्तमा तीन शब्द लेखेका छन्, 'सम्पत्ति छैन' र 'सर्वहारा' । उनको सोलुखुम्बुको पैत्रिक सम्पत्ति भाइको नाममा छ । 'पार्टी माओवादीले तोकिदिएको खर्च र सामग्रीबाहेक अरू सम्पत्ति छैन' विवरणमा उल्लेख छ ।

धनी देखिन्छन्, उपप्रधानमन्त्री वामदेव गौतम । तर उनकै नाममा भने कुनै सम्पत्ति छैन । ललितपुर सैंबुमा १२ आना जग्गामा बनेको अढाइतले घर छोरा हरिशदेवको नाममा छ । जग्गाको परल मूल्य २४ लाख र घरको लागत ६० लाख पर्ने विवरणमा उल्लेख छ । बर्दियाको ३ कट्ठा जग्गा पनि छोराकै नाममा छ । छोराकै नाममा ऋण पनि ठूलै छ । 'गोंगबु बिजनेस कम्प्लेक्स' निर्माण निम्ति १ करोड र जग्गा खरिद तथा घर निर्माण गर्न ४० लाख बैंकबाट ऋण लिएका छन् । तर तिर्न बाँकी ५० लाखमात्र छ ।

श्रीमती तुलसा देवी, बुहारी तारा, छोरी विजिताका नाममा सुन, चाँदी र हीराका सामान उल्लेख

छ । विवरणअनुसार श्रीमतीका नाममा व्यवसायबाट आर्जित ८ लाख बैंक ब्यालेन्स पनि छ । उनकी श्रीमतीको व्यवसाय र बैंकिङ सेयर लगानी राम्रै देखिन्छ । तुलसी ट्रेडर्समा १० लाख लगानी छ भने बुहारी ताराका नाममा नेपाल लायन्स फाइनान्समा ५ लाख ब्यालेन्स छ ।

मुलुकको ढुकुटी खेलाउने अर्थ मन्त्रालय सम्हालेका माओवादी नेता बाबुराम भट्टराईले 'निजी सम्पत्ति छैन' भनेका छन् । विवरणमा उनले लेखेका छन्, 'दसवर्षे महान् जनयुद्धक्रममा पार्टीको निर्णयअनुसार सबै सम्पत्ति पार्टीका नाममा गरिएकाले आफ्नो नाममा कुनै निजी सम्पत्ति छैन ।'

पार्टीको तर्फबाट गाउँमा रहेको वा आफ्ना नजिकका व्यक्तिको चल/अचल सम्पत्ति छोरी मानुषी यमी भट्टराईलाई नामसारी भएको उल्लेख छ । तर बैंक ब्यालेन्स भने देखिन्छ । आफ्नै खातामा ४ लाख र छोरीको नाममा १० लाख देखिन्छ । संयुक्त क्रान्तिकारी जनपरिषद्को रकम, त्यसको संयोजकका नाताले आफ्नो खाता खोली सञ्चालन गरेेको उल्लेख छ भने छोरीको रकम श्रीमती हिसिला यमीको घर बेचेर छोरीलाई अंश दिएको तथा युद्धकालमा उनका ठूली आमाहरूले सहयोगस्वरूप दिएको उल्लेख छ ।

भट्टराईकै पत्नी तथा पर्यटनमन्त्री हिसिला यमीको पनि 'आफ्नो नाममा' कुनै सम्पत्ति देखिँदैन । ससुरा भोजप्रसाद भट्टराईबाट प्राप्त जग्गा छोरीको नाममा हस्तान्तरण भएको उल्लेख छ । मन्त्री हुँदा विदेश भ्रमणबाट प्राप्त रकम भने बैंक ब्यालेन्समा देखाएकी छन् । भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारको सम्पत्ति विवरण निकै खदिलो छ । सुनसरी र विराटनगरमा टन्नै जग्गा छ । पुख्र्याैली र दाइजोबाट जग्गा, सुन र चाँदी राम्रै परिमाणमा प्राप्त भएको छ ।

गाडीवाला मन्त्री पनि यिनै

देखिन्छन् । उनको नाममा एउटा ल्यान्डक्रुजर टोयटा र टाटा सुमो छ । उनले यी सांसद सुविधाअन्तर्गत ऋणमा खरिद भएको उल्लेख गरेका छन् । सम्पत्ति मात्र होइन, उनले आफूसँग राइफल र एक बोरको बन्दुकसमेत रहेको देखाएका छन् । ट्रक व्यवसाय, टोयटा गाडी भाडा, तलब भत्ता आम्दानीबाट बैंकमा सेयर तथा ब्यालेन्स छ । व्यवसाय सञ्चालन र गाडी खरिदका लागि ६८ लाख रुपैयाँ ऋण लिएको पनि देखिन्छ ।

जलस्रोतमन्त्री विष्णु पौडेलको नाममा जग्गा देखिँदैन । छोरा नवीन पौडेलको नाममा सैंबुमा ९ आना, काठमाडांै महानगर-४ मा ८ आना जग्गा देखिन्छ । यी सम्पत्ति पैत्रिक स्रोतबाट खरिद भएको उल्लेख छ । उनको बैंक ब्यालेन्स जम्माजम्मी १० हजार रुपैयाँ मात्र छ ।

उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले पनि सम्पत्ति विवरण बुझाएकी छन् । उनको नाममा बाबुले बकस दिएको १ रोपनी ७ आना जग्गा र घर छ । श्रीमान एमाले नेता अमृत बोहराको नाममा जीप, २ लाख १० हजार बैंक ब्यालेन्स छ भने छोरी आस्थाको नाममा ३ लाख बैंक ब्यालेन्स छ । यी रकम सांसद हुँदा पारिश्रमिकबाट जम्मा भएको उल्लेख छ ।

गरिबमै पर्दा रहेछन्, कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङ । उनको नाममा मनाङ धारापानी-८ मा कच्ची घर, १३ रोपनी पुख्र्याैली जग्गाबाहेक केही छ्रैन । सामान्य प्रशासनमन्त्री पम्फा भुसालको सन्धिखर्कमा ४ आना घडेरी मात्रै छ । आमाले दिएको २ तोलाको औंठी, १ तोलाको लकेट, दुई जोडा एक तोलाका टपबाहेक अन्य सम्पत्ति उनीसँग छैन । शान्तिमन्त्री जनार्दश शर्माको नाममा पनि कुनै सम्पत्ति देखिँदैन । सुन, जुहारत, हीरा भने श्रीमती, बुहारीको माइतीबाट दाइजोका रूपमा प्राप्त भएको उल्लेख गर्ने मन्त्रीको संख्या कम छैन ।

त्यस अतिरिक्त युवा तथा खेलकुदमन्त्री गोपाल शाक्य, वन तथा भूसंरक्षणमन्त्री किरण गुरुङ, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २३ मन्त्रीमध्ये १३ मन्त्रीले मात्र सम्पत्ति विवरण बुझाएका छन् ।

सम्पत्तिका सवालमा मन्त्रिपरिषद्बाट कानुन उल्लंघन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० -१) मा सरकारी सुविधाका पदमा बहाल भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । कानुन मिच्नेमा राज्य सञ्चालक प्रमुख पुष्पकमल दाहाल स्वयं छन् । २०६५ साउनको अन्तिम दिन प्रधानमन्त्री भएका दाहाल सरकारले 'मधुमास' का दिन पार गरिसकेको छ । उनले कानुनअनुसार असोज ३० भित्र विवरण बुझाउनुपथ्र्यो । मन्त्रिपरिषद् सचिवालयका अनुसार मन्त्रीहरू उपेन्द्र यादव, रामबहादुर थापा, कृष्णबहादुर महरा, जयप्रकाशप्रसाद गुप्ता,  राजेन्द्र महतो, गिरिराजमणि पोखरेल, रेणुकुमारी यादव, रामचन्द्र झा, लेखराज भट्ट पनि विवरण नबुझाउनेमा पर्छन् । यादव, थापा, महरा, गुप्ताले कात्तिक ६ मा र महतो, पोखरेल, यादव, झा, भट्टले कात्तिक १५ भित्र बुझाउनुपथ्र्याे ।

'यसमा हामीले चासो लिएका छौं,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त वेदप्रसाद सिवाकोटीले भने । उनका अनुसार आयोगले राष्ट्रिय सतर्कता केन्द्रलाई अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । त्यसपछि कारबाहीको प्रक्रिया अघि बढ्छ ।

ऐनमा कानुनी सीमाभित्रै विवरण नबुझाए ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । त्यसो त, उपप्रधान तथा गृहमन्त्री गौतमले पनि कानुनी सीमा नाघेपछि मात्रै विवरण बुझाएका छन् । उनले कात्तिक १५ भित्र बुझाउनुपर्नेमा कात्तिक २९ मात्र बुझाएका थिए । अर्थमन्त्री भट्टराईबाट कानुनको पालना भएको छ । उनले २०६५ भदौ ३० मा विवरण बुझाएका छन् ।


 
Posted on 12-06-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you guys believe what every they said.. i don't believe in them.... and i don't trust of them as well..
 
Posted on 12-06-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र सबैको नाममा १५ हजार नेपालीको टाउकाको मुल्य पनि जोडम न, हात्ती आयो हाती आयो फुस्सा ............
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters