[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  जनताको बाघे झापु बागी उम्मेदवारलाई
[VIEWED 2842 TIMES]
SAVE! for ease of future access.
Posted on 11-28-13 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा ,भर्जिनिया 

दोश्रो संबिधान सभाको निर्वाचन सफलता पूर्वक समाप्त भै सकेको छ l अब सरकार बनाउने तरखरमा बढी स्थान र मत प्राप्त गर्ने दल कसरतहरु गुणा भागमा व्यस्त छन् l यस पालिको निर्वाचनमा जनताले वागी उम्मेदवारलाई मात्र नभई जनजातिका ,संघियता र मधेशका मुद्दा उठाउने दल तथा उम्मेदवारहरुलाई गालामा चड्कन लगाई दिएका छन l

वागी उम्मेदवारको जमानत जफ्त र लज्जाजनक पराजयको ठुलो धक्का लागेको छ l जनताले गालामा नील डाम बस्ने गरि मतदान द्वारा चड्कन हानी दिएका छन् l यिनीहरु राजनैतिक दलका सिपाही कदापी हैनन् ,दलको सिद्धान्त र आदर्श प्रति प्रतिबद्ध नभई केवल आफ्नो निजि स्वार्थ परिपूर्तिको दलमा प्रवेश गरिएको देखियो l एक बर्षको अन्तरालमा नेताहरुले झापड खाएको समाचारले डढेलो लागेको थियो भने आज यिनीहरुको जमानत जफ्त भएको समाचारले पनि बिश्व भर दनदनी आगो लागेको छ l वागीले त्यो भन्दा पनि ठुलो झापड बाघे झापु रन्थनिने गरि पाएका छन् l

प्रजातन्त्रमा वाक स्वतन्त्रलाई प्रत्याभूति गरेको हुन्छ र मानिस स्वतन्त्र हुन्छ l उस्ले जे गर्न पनि ईक्षा राख्न सक्छ तर कुनै पनि दल भित्र प्रवेश गरेको छ भने दलको सिद्धान्त ,लक्ष्य ,अनुशासन र आचार संहिता संग चल्न सक्नु पर्छ नत्र उ घरको न घाटको हुन् जान्छ l दोश्रो संबिधान सभाको चुनाबमा जनताले वागी उम्मेदवारलाई घरको न घाटको बनाई दिएका छन् l वागी उम्मेदवारहरुको हैसियत र दल बिनाको वैयक्तिक अस्तित्वले लछार पाटो लगाउदैन भन्ने होसमा ल्याई दिएका छन् l प्रजातन्त्रमा छलफल र बिचार बिमर्श द्वारा हरेक कुराको निकास निकाल्ने समयमा आफ्नो अस्त्तित्वलाई आफैले मुल्यांकन गरि दलले आग्रह गरेको र सारा शुभ चिन्तकले गरेको निबेदनलाई अस्विकार गरि चुनाबमा केहि मुट्ठीभरका आसेपासेले हौस्याएको कारण घगडान नेताहरुहरुसंग टक्कर लिदा चित खेलाई दिइएका छन् l

प्रख्यात हिन्दि शोले चलचित्रमा धर्मेन्द्रले रेलमा द्वन्द्ध गर्दा गर्दै 'विरू से टक्कर ' भनेको जस्तै सारा जीवन राजनीतिमा व्यतित गरेकालाई कपालको रौ पनि हल्लाउन सकेनन र जनताले गोप्य मातदान द्वारा धुलो चटाई दिए l

हुन त आफ्ना कार्यकर्तालाई सदैब झोला बोकाई र भजन गाउन लगाउने नेताहरुको सौतिनी ब्यबहार पनि कम छैन र प्रतिभाशाली र दलको नेतृत्व हाक्न सक्ने नेतालाई किनारा लगाउने दलको प्रवृति हटेको छैन l यी वागी उम्मेदवारहरुका आफ्ना व्यथा र कथा पनि न भएका हैनन l दललाई सेवा गर्दा गर्दा जीवन नै सकिन्छ कि भन्ने भयले घुर्की स्वरुप वागी पनि दिएको हुन् सक्दछ l 

राजनीतिमा लागेको मानिसले धैर्य र शान्त हुन् सकेन भने उ राजनीतिमा नलागे पनि हुन्छा,प्रजातन्त्र प्राप्त गर्न १९४७ देखि अविरल रुपमा लागेको दलको नेतृत्व वर्गसंग जोरी खोज्नु भनेको हास्यास्पद मानिन्छ l ६ दशक पार गरि सकेका प्रजातन्त्रका आदर्श र सिद्धान्तमा चलेको दललाई प्रजातन्त्र प्राप्त गर्न ४० बर्ष कुर्नु परेको थियो भने हिजो जन्मने बितिकै आज नै कुर्शीको दाउ ,सत्ता लिप्सा र पदको लोलुपता ताक्ने प्रवृतिलाई यसरि नै जनताले निरुत्साहित गर्दै गए भने यस्ता  बागी उम्मेदवारहरुले सात जन्म सम्म पनि सोच्न बाध्य हुने छन् l

हिन्दीमा उखान छ ' ऊट पहाडके नीचे ' ऊट लाई आफु ठुलो हु भन्ने घमण्ड हुन्छ अरे ,जब उ बिशाल पहाडको मुनि उभिन्छ र पहाड भन्दा सानो देख्दछ l अब यी वागी उम्मेदवारहरुले यहि ऊटको शिक्षा लिन आवश्यकता छ l  आफै आत्मालोचना गरि सार्वजनिक रुपमा आम माफी माग्न सके सहानुभूति पाउन झिनो आशा हुन सक्दछ नत्र एक्लो बृहस्पति भईन्छ l

दल बिना कुनै पनि राजनीति गर्ने मानिसको अस्तित्व हुदैन तर कहिले काही कागताली पनि पर्न सक्छ l केहि दिन अगाडी मात्र एक दल त्यागी अर्को दलमा प्रवेश गरेका एक वागी उम्मेदवारले बिजयी भएका छन् l ईतिहास हेर्ने हो भने केहि नेताहरुलाई जनताले साथ दिएको ईतिहासले देखाएको छ र कहिले भाग्यले पनि साथ दिन्छ l सधै भरि जनता बेवकूफ हुदैनन र यसपाली यस्ता नेतालाई पनि बाघे झापु दिएका छन् l गाठी कुरा धैर्यता ,अनुशासन ,प्रतिबद्ध ,आचार संहिता ,त्याग ,बलिदान र ईमान्दारी हुन् सके जनताले साथ् दिन्छन नत्र यहि गाई जात्रा हेर्न टुडीखेल गै रहनु पर्दैन l सबैमा यो चेतना जागोस l


.......................................................................अस्तु 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters